Monday, February 29, 2016

मधेसी मोर्चा र राजनीतिक गृह कार्य (2)

मधेसी मोर्चा र राजनीतिक गृह कार्य
महाशिवरात्री को पर्व
नेपाल को भावनात्मक एकीकरण, भारतको भावनात्मक एकीकरण
Kathmandu And Jerusalem

संविधान कार्यान्वयन अगाडि संसोधन

आंदोलन त्यति का लागि हो। कुनै पनि चुनाव हुनु अगाडि ११ बुँदे सम्बोधन भएर संविधान संसोधन हुनुपर्यो। होइन भने लफड़ा हुन्छ। द्रुत गतिको आर्थिक विकास हुन नदिने किसिमको व्यवहार गरेका छन सत्ताधारी ले।

मन मैलो?

मधेसी नेता हरु छुट्टा छुट्टै किन कार्यक्रम गर्दैछन्? एक भएर आंदोलन गरेको हो भने एक भएर समीक्षा गर्नु पर्छ। एक भएर आंदोलन लाई गंतव्य मा पुर्याउनुपर्छ। खुल्लम खुल्ला छलफल र बहस हुनुपर्छ।

नाकाबंदी नाकाम 

सत्ता पक्ष ले प्रतिशोध को भावना ले आंदोलनकारी धरपकड़ गर्ने किसिमका समाचार आएका छन। त्यसले देशलाई फेरि नाकाबंदी मा पुर्याउँछ। त्यस्तो गलती न गरौं। देश भित्र शांतिपूर्वक विरोध प्रदर्शन त हुनै पर्छ। त्यति त जो सुकैले गर्न पौंछ। आंदोलन प्रति प्रतिशोध को भावना छैन र देश भित्र शांतिपूर्वक विरोध प्रदर्शन गर्ने अधिकार सुरक्षित छ भने देश अब फेरि नाकाबंदी मा जाँदैन। नाकाबंदी युद्ध को कदम थियो तर त्यो फासिज्म विरुद्ध लक्षित थियो। सफल पनि भयो।

मधेसी मोर्चा ले पनि फराकिलो भएर सोच्नु पर्छ। हप्तामा ६ दिन आर्थिक गतिविधि १ दिन संगठन विस्तार को कार्यक्रम राम्रो। त्यतिले पुगेन भने एक कदम अगाडि बढेर दैनिक जुलुस मा जान सकिन्छ। प्रत्येक शहरमा १ घंटा। जुलुस लाई पुलिस सँग मुठभेड़ किन बनाउने? जनताको तलब खाएको पुलिस। बरु अग्रिम सूचना दिने। हामी यो बाटो जुलुस निकाल्दैछौं बरु सुरक्षा प्रदान गर्न आउनुस् भनेर भन्ने पाहिले नै। तर अहिले जुलुस मा जानुपर्ने अवस्था आएको छैन र सकेसम्म न आओस।

जिल्ला स्तरमा संगठन विस्तार र केंद्र मा वार्ता ---- अहिले मधेसी मोर्चा का लागि यो बाटो राम्रो हो। आंदोलन नहारेको हो न थाकेको हो। तर गंतव्य मा पुर्याउन बाँकी छ। सत्ता पक्ष ले मुद्दा फिरता, शहीद घोषणा, उपचार खर्च, ६ महीना को शुल्क ब्याज मिन्हा जस्ता कदम फटाफट चालेर आफु पनि फराकिलो दिल ले सोंचिरहेको भन्ने देखाउनु श्रेयस्कर हुन्छ। आखिर गर्नु नै छ भने खुट्टा किन घिसारने?

मधेसी मोर्चा ले त पहिला वार्ता आफु आफु गर्नु पर्यो। मन मिलाउनु पर्यो। आफु आफु बीच ठोस एकता रहेको देखाउनु पर्यो।

भन्ने ले भन्छन अंतरिम संविधान मा चितवन बाहेक का मधेस का जिल्ला एक मधेस दो प्रदेश मा आइसकेर पनि राजेंद्र महतो ले नमानेकोले पहिलो संविधान सभा तुहियो, त्यसैले हृदयेश ले अहिले लाठी जुलुस निकाल्नु पर्ने बेला मा वार्ता गर्छ, वार्ता गर्नु पर्ने बेला मा जिल्ला पुगेर लाठी जुलुस निकाल्छ। हो, यस्ता असमझी हरु थुप्रो छन मधेसी मोर्चा भित्र। नाकाबंदी गर्यो कसले झिक्यो कसले, त्यति का लागि मोर्चा भित्र मारामार। पहिलो संविधान सभा तुहिएको त सुभास नेमबांग ले माधव नेपाल लाई फ़ोन गरेर। "भन्नुस् कामरेड म के गरौं?" "तपाइँ त्यहाँ बाट भागि हाल्नुस्।" अनि नेमबांग टाप। यसको क्रेडिट राजेन्द्र ले लिने की हृदयेश ले?

आपस मा बोलचाल छ भने यस्ता गलतफहमी का लागि ठाउँ नै रहँदैन।

११ बुँदे 

लचक त हुनैपर्छ। दुबै पक्ष नै। अब कसैले जुलुस निकाल्नु नपरोस्। त्यस का लागि मोर्चा ले आतंरिक गृह कार्य गर्नु पर्यो। कतिसम्म लचक हुन मिल्छ, कहाँ भन्दा पर जान सकिँदैन। त्यो निर्णय मोर्चा भित्र शीर्ष तहमा हुनुपर्यो र गोप्य राख्नुपर्यो। अनि वार्ता चाहिँ कार्यदल ले गोप्य किसिमले गर्नु पर्यो। मीडियाबाजी गर्ने भनेको वार्ता सफल भए पछि बल्ल। 


नेपाल को भावनात्मक एकीकरण, भारतको भावनात्मक एकीकरण

दक्षिण भारत का मानिस उत्तरी नेपाल मा आएर बसिदिएका छन र सत्ता हात पारेका छन। उत्तरी भारत सँग मिल्दोजुल्दो मानिस नेपाल मा दक्षिण नेपाल मा छन। उत्तरी भारत को हात मा दिल्ली को सत्ता छ।

तर न भारतको भावनात्मक एकीकरण पुर्ण रुपले भएको छ, न त नेपालको। नेपालको त छताछुल्ल छ।

महाशिवरात्री को पर्व

पहिला नेपालको भावनात्मक एकीकरण गर्ने अनि त्यही टेम्पलेट लगेर भारतको पनि भावनात्मक एकीकरण गर्ने ----- तरिका त्यो हो। त्यस अर्थमा वास्तवमा नेपाल पृथ्वी ले भने जस्तो "सच्चा हिन्दुस्तान" हुनेछ। नेपाल त्यस मानेमा मिनी भारत हो कि महाभारत हो?

Kathmandu And Jerusalem

नेपालमा माओवादी समस्याको राजनीतिक समाधान खोजियो पनि र पाइयो पनि। त्यही टेम्पलेट भारत लगेर लगे हात भारतको नक्सल समस्याको समाधान पनि खोज्न सकिन्छ।

नेपालको बाबुराम भट्टराई र भारतका नक्सल हरु (२)
नेपालको बाबुराम भट्टराई र भारतका नक्सल हरु
बाबुरामले भारतको नक्सल समस्या समाधान गर्न सक्छन

हामी बीच के फरक छ भन्दा पनि हामी बीच के समान छ भन्ने सोंच का साथ दुबै पक्ष अगाडि बढ्नु पर्छ। मधेसी मोर्चा पनि र सत्ता पक्ष पनि।


Nepal News (53)

(अन्तर्वार्ता) अबको सहमति भनेको निर्वाचन नै हो : निधि
‘मधेसमा कांग्रेसप्रतिको आकर्षण घटेको छैन, बढेको छ’
सहमतिमा सभापति चयन नभए म पनि ब्याक हुन्नः महत
‘अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म'
महाधिवेशनपछिको कांग्रेस र राष्ट्रिय राजनीति
यस पटकको प्रतिनिधि चयनमा यो प्रदेशले तथाकथित संस्थापन पक्षको बर्चस्वलाई अकल्पनीय ढंगले विस्थापित गरिदिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीजस्ता जिल्लाबाट समेत शेरबहादुर देउवापक्षीय उम्मेवारहरू पार्टीको जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर आएका छन् । यसले देउवा पक्षलाई त हौस्याएको छ नै, अहिलेसम्म आफ्नो गुटको एकल सभापति उम्मेदवारमा सहमति बनाउन नसकेको संस्थापन पक्षलाई पनि नयाँ ढंगले सोच्न र रणनीति बनाउन बाध्य पारेको छ । ..... खासगरी प्रदेश सीमाङ्कनका बेला कैलाली…–कञ्चनपुरलाई टुक्रिन नदिएका कारण तराई–मधेस देउवाप्रति धेरै सकारात्मक नहुने सामान्य अनुमान विपरीत प्रदेश नं १ को मोरङ र सिङ्गो प्रदेश नं २ बाट उनका पक्षमा प्रतिनिधिको उल्लेख्य संख्या निर्वाचित भएर आएको छ, जसलाई अब फरक ढंगले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ । ....... सरकारमा रहँदा उनी सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका छायाजस्ता मात्र देखिन्थे । उनको नेतृत्वमा जारी भएको संविधानले मुलुकलाई निकास दिनसकेको छैन । संविधान जारी गर्न केही दिन पर्खेर असन्तुष्ट पक्षलाई पनि समेटेर लैजाने विकल्पलाई ओलीको लहैलहैमा उनले अस्वीकार गरे । ..... कोइराला परिवारभित्रै सुजाता, शशांक र शेखरबीच समन्वयको अभाव छ । रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार मान्न कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहहरू पनि तयार छैनन् ...... ‘सेन्ट्रिस्ट’ शक्तिका रूपमा स्वत: प्राप्त हुने लाभले नै उसको अस्तित्व रक्षा गरिरहेको छ । ..... अहिलेका सभापति पदका प्रत्यासी शेरबहादुर देउवा २०५२ सालमा प्रधानमन्त्री हुँदा आर्थिक सुधार र उदारीकरणका पक्षधरका रूपमा पहिचान बनाउँदै थिए । त्यो बेला खासगरी जलविद्युत उत्पादन आयोजनाका प्राथमिकताका दृष्टिले देउवाले ‘बिग इज बेटर’को पक्षमा र त्यतिखेरकी प्रभावशाली नेतृ शैलजा आचार्यले ‘स्मल इज ब्युटिफुल’को तर्कलाई अघि सारेका थिए । ..... अर्का प्रत्यासी रामचन्द्र पौडेलले आधुनिक परिवर्तित विश्व परिवेशअनुरूप आफूलाई प्रशिक्षित नै गरेका छैनन् । उनी अझै पनि कर्मकाण्डी समाजवादको अवशानमाथि रोइकराइ गरिरहेका छन् । .....

कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तनको कसरत हुने आम अनुमान छ ।

..... देउवा र पौडेल बीचको प्रधानमन्त्री र सभापति पद लेनदेनबारे गत साताको जुहारीलाई हेर्दा कांग्रेसभित्रका दुवै गुट सके पार्टी र सरकार दुवै हत्याउने र नसके दुवै छाड्ने जुवाडे मानसिकतामा रहेको देखिन्छ । .... अबको मूल नेतृत्व कोइराला परिवारको प्रभुत्व घेराभन्दा बाहिरको हुनेछ
नबनेकी ‘फस्र्ट लेडी प्राइम मिनिस्टर’
Prime Minister Oli Urges Morcha to give up rigid stand
Give up rigid position to seek solution, PM Oli tells Morcha
पुन: संविधान संशोधन गर्न तयार: प्रधानमन्त्री
संयन्त्र सो–केस होइन : ओली
Dahal vs Bhattarai
प्रमको मोर्चालाई आग्रह, ‘ओइरो बिनाको जाँतो घ्वाइँघ्वाइँ नपारौं’