Wednesday, February 10, 2016

Nepal News (22)



लयमा फर्किंदै मध्य तराई
मजदुर खुसी
मोर्चा आबद्ध ३ दलका केन्द्रीय अध्यक्षको गृहजिल्ला सर्लाही आन्दोलन फिर्तासँगै गुल्जार भएको छ । ..... महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्लामा मोर्चाको आन्दोलन निकै चर्किएको थियो । हजारौं स्थानीय दैनिक प्रदर्शनमा उत्रिन्थे । ..... ‘लामो बन्दहडतालले ७ जनाको ठूलो परिवार पाल्न गाह्रो भएको थियो,’ उनले भने, ‘अहिले केही सहज भएको छ ।’ .... आर्थिक नगरी तथा मुलुकको प्रवेशद्वार मानिने वीरगन्ज बिस्तारै पुरानै अवस्थामा फर्किंदै छ । बजार, पसल, शिक्षण संस्था, सरकारी कार्यालय खुल्दै छन् ।


टीकापुरमा फर्किंदै चहलपहल
भदौ पहिलो साताको हिंसात्मक घटनापछि त्रसित स्थानीय फेरि पूर्ववत् अवस्थामा फर्किन थालेका हुन् । हिउँदे यामको सुरुवातसँगै जिल्लाका विभिन्न ठाउँमा महोत्सव र धार्मिक मेला सञ्चालन हुन थालेपछि घुमफिरका लागि स्कुल, कलेजका विद्यार्थीदेखि आन्तरिक पर्यटक टीकापुर पुग्ने क्रम बढेको पर्यटन व्यवसायी थर्क शाहले बताए ।


सुख्खा बन्दरगाहमा चहलपहल बढ्यो
के थियो कोइरालाको मृत्युको कारण
प्रमुख कारण निमोनियाँ : चिकित्सक
अबको आन्दोलन सिंहदरबार केन्द्रितः उपेन्द्र यादव
ओली सरकार तस्कर र माफियाहरुको संरक्षण गरेको आरोप लगाउँदै उनले भने, 'ओली सरकारलाई जनताले तह लगाउँछन् । संसारको कुनै पनि ठाउँमा तानाशाही प्रवृत्ति टिक्न सकेको छैन् ।' अधिकारका लागि आन्दोलन गरिरहेका तराई मधेसका जनताहरुमाथि राज्यले बल प्रयोग गरी आन्दोलनलाई तुहाउन बिभिन्न घुसपैठहरु परिचालन गरेको बताउँदै जस्तो सुकै संघर्ष गर्नुपरेपनि आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले दाबी गरे ।

तराई मधेसमा नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीलाई पाखा नलगाएसम्म मधेसी जनताको अधिकार सुनिश्चित नहुने उनको तर्क थियो ।

कोइराला बाथरुममा लडेका थिए
निद्रा लाग्ने औषधि समेत सेवन गर्दै थिए
एक केन्द्रीय सदस्यले कान्तिपुरसंग भने,'परिवारका सदस्यहरुले आफ्नो स्वार्थका लागि कोइरालाको विरामी लुकाएर राखे ।'

पार्टीका नेता र आम कार्यकर्ताहरु महाधिवेशनका बेला नकारात्मक सन्देश जाने भयले अस्पताल नगली कोइरालालाई घरमै राख्न बाध्य पारिएको बताउँछन ।

परिवारका सदस्यहरुले औपचारिक रुपमा कार्यकर्ताहरुको यो आक्रोशको जबाफ दिएका छैनन् । ...... स्रोतका अनुसार कोइराला सोमबार बेलुका ९ बजे बाथरुममा जाँदा रिंगटा लागेर लडेका समेत थिए । उनको निधारमा समान्य चोट लागेको थियो । तर, परिवारका सदस्यहरुले सिमित नेताहरुसँग दुई दिनअघि लडेको दावी गर्दै आएका छन् ।

चोट लागेको भागमा चन्दन लगाए छोपिएको थियो ।

लडीसकेपछि पनि अस्पताल नलैजानुलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले रहस्यको रुपमा लिएका छन् । ..... महाधिवेशनका तनावका कारण कारण कोइराला केही दिनदेखि निदाउन समेत सकेका थिएनन ।

निदाउन नसकेपछि परिवारका सदस्यहरुले चिकित्सकको सल्लाह विपरित उनलाई निद्रा लाग्ने औषधि समेत खुवाएका थिए ।

'औषधि दिएपछि सुशील 'दा' मस्त निदाउनु हुन्थ्यो । हामीलाई उहाँको शरीरलाई आराम होला भन्ने सोचेर निद्रा लाग्ने औषधि दिएका थियौं' कोइरालाका एक सहयोगीले भने,'तर चिकित्सक करवीरनाथ योगीले त्यसले फोक्सोमा असर गर्छ भनेपछि मात्रै थाह भयो ।' ...... बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह राजधानीमै थिए । उनीहरुलाई पनि कोइरालाको गम्भिर अवस्थाका बारेमा जानकारी गराईएको थिएन । परिवारका सदस्यहरुसंग मात्रै परामर्श भइरहेको थियो । ..... कोइराला निकट केन्द्रीय सदस्य बलवहादुर केसी पूर्व प्रधानमन्त्री र पार्टीको सभापतिजस्तो व्यक्ति विरामी पर्दा राज्यले थाह नपाउनु दुःखको कुरा भएको बताउँछन । २४ गते विहान सोलुखोम्बुको महाधिवेशनका बिषयमा कोइरालासंग कुराकानी भएको स्मरण गर्दै केसीले आफूलाई अन्तिम अवस्थामा पुग्नेगरी विरामी भएको भन्ने थाह नभएको बताए । 'उहाँलाई अस्पतालनै लैजानुपर्दथ्यो, नीजि चिकित्सकले के गरे ? किन लगेनन ? भित्री कुरा थाह भएन' ..... अस्पताल लगेको भए अहिले उठेका दश खालका आशंका पनि उठ्ने थिएन ।' नीजि चिकित्सक करवीर योगीले सहिद गंगालालको ६०१ नम्वर कोठा बुक गरेको समेत जानकारी गराएका छन् ।

अस्पताल लैजाने तयारी गरिएको बताउदै तत्काल एम्बुलेन्स नपाएको जानकारी समेत योगीले गराएका छन् । जवकि कोइरालाका चढ्ने र सुरक्षा चढ्ने गाडीनै निवासमा थिए । कोइराला बसेका निवासबाट ५ मिनेटकै दुरीमा अस्पताल छन् ।

‘कि भारतले छक्यायो, कि हाम्रै नेताले कुरो बुझेनन्’
ती आम नागरिक, जसको आफ्नो भन्नु जीवनमात्रै छ । परिवार, बालबच्चा र अलिकति जग्गा छ । तीमध्ये कतिपय घाइते, अंगभंग छन् । आन्दोलनमा ठयाक्कै कति मारिए, कति अंगभंग भए, मोर्चासँग वास्तविक आँकडा छैन । ...... ‘वार्ता निश्चित विन्दुमा पुगेर सहमति भएको भए हामी यी सबै कुरा दाबी गर्न सक्ने अवस्थामा हुने थियौं,’ ती नेताले भने, ‘तर सरकारसँग यी कुरा माग्न हामीलाई आफ्नो आत्मसम्मानले दिँदैन । आखिर हामी आन्दोलनकारी न पर्‍यौं ।’ ..... मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक कुराकानीका आधारमा भारतले मोर्चालाई नाकाबन्दीको औपचारिक घोषणा गर्न आग्रह गरेको थियो । ‘खासमा मधेसमा धेरै हिंसा हुन थालेपछि हामीले नै नाका अवरोध गर्नुपर्छ भन्ने प्रस्ताव बैठकमा राखेका थियौं, रक्सौल गएर भारतीय अधिकारीलाई ढुवानी रोक्न आग्रहसमेत त्यही बेला गरिएको हो,’ मोर्चाका अर्का नेताले भने, ‘सुरुमा आम्दानी गुम्ने डरले भारतीय अघि सरेनन् । पछि बाध्यकारी निर्णय उनैले गराइदिए ।’ ...... गरौं कि नगरौंको द्विविधामा मोर्चाले राजविराज बैठक लम्ब्याउँदै अन्तत: असोज ७ गते नाकाबन्दी आह्वान त गर्‍यो, तर त्यस अगावै सबै सीमा नाकाबाट पेट्रोलियम ढुवानी बन्द भइसकेको थियो । छठ अगाडिसम्म सबै नाका बन्दै रहे, केही मात्रामा फलफूल र अन्नपात पठाउनेबाहेक । त्यसपछि भने वीरगन्ज–रक्सौल नाकामात्रै पूर्ण रुपमा बन्द थियो, अरु नाका खुलिरहे ...... मोर्चाभित्र अन्तर्विरोध चर्केको छ । माघ २० गते तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वयं वीरगन्ज–रक्सौल नाकास्थित मितेरी पुलमा उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनलसहित धर्ना दिन पुगेका थिए । उनले नाकाबन्दी अझै जारी रहने दाबी गरेका थिए । यता सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने भोलिपल्ट २१ गते विराटनगर पुगेर वीरगन्ज बन्द गरिराख्नुको कुनै तुक नभएको टिप्पणी गरेपछि मोर्चाभित्र खैलाबैला भएको थियो । माघ २५ गतेको मोर्चा बैठकमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपाका नेताहरुले महतोले माफी माग्नुपर्ने अड्डी लिएपछि उनी उठेर हिँडेका थिए ।

उनले अलग्गै महागठबन्धन वा मोर्चा बनाएर देखाइदिने चेतावनी दिएका छन् ।

....... सद्भावना महासचिव मनिषकुमार सुमनले मोर्चाभित्र केही असमझदारी रहे पनि आफ्नो दल आन्दोलनबाट विचलित नहुने प्रष्टीकरण दिए । नाकाबन्दीलाई भारतले गरेको भनी प्रचार भइरहे पनि मोर्चाले नै गरेको उनको दाबी थियो । ‘यो नाका धर्ना र आमहड्तालबाट मधेसी जनतालाई केही फाइदा भएको भए जस हामी लिन्छौं, घाटा भएको अपजस हामीलाई नै जान्छ, किन अरुको कुरा गर्ने ?’ सुमनले भने, ‘नाकाबन्दी फिर्ता लिएकामा निराश हुनुपर्ने कारण छैन । सद्भावना अध्यक्ष राजेन्द्र महतोभन्दा पहिले नै आन्दोलनको स्वरुप बदल्ने भनेर त अरु नेताहरुले नै भनिसक्नुभएको थियो । त्यसलाई बिर्सन मिल्दैन ।’
‘हामी कुनै पनि हालतमा माफी माग्दैनौं’
मधेस आन्दोलनलाई सफल बनाउन हामीले नाइटोदेखिको बल लगाएका छौं । हरेक कार्यक्रममा सक्रिय भएर सहभागी भएका छौं । घाइतेलाई भेट्नेदेखि लिएर सहिद परिवारलाई भेट्न सबैभन्दा अगाडि हामी हुन्थ्यौं । कुनै प्रकारको सहयोग गर्नुपर्दा हामी नै अगाडि हुन्थ्यौं । मधेस आन्दोलनमा निरन्तर मधेसमा हामी नै बस्यौं । यस अवस्थामा पनि माफी माग्नु पर्छ, स्पष्टिकरण दिनुपर्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो । हामी कुनै पनि हालतमा स्पष्टीकरण दिँदैनौं र माफी माग्दैनौं । ...... महागठबन्धन बनाउने हाम्रै प्रस्ताव हो, नाकाबन्दी स्थगित गर्नुपर्छ हाम्रै प्रस्ताव हो । आन्दोलनका कार्यक्रम ल्याउनुपर्छ भन्ने हाम्रै प्रस्ताव हो । यी सबै हामीले मानेका छौं तर हामीले माफी माग्ने, स्पष्टकरण दिने, निर्देशन दिने जस्ता कुरा कहाँबाट आयो ? त्यसलाई हामी कदापि स्वीकार गर्दैनौं । यदि नेताहरूसँग हिम्मत छ भने निस्कासन गरेर देखाउँदा हुन्थ्यो नि । तर किन सक्नुभएन ? ....... मोर्चामा धेरै पहिलादेखि आन्दोलनमा को सबभन्दा बढी सहभागी हुन्छ, को सबभन्दा बढी सक्रिय भएर काम गर्छ भन्ने कुरामा प्रतिस्पर्धा रहेको थियो र त्यो स्वाभाविकै पनि हो । राजेन्द्र महतो सबभन्दा कर्मठताका साथ, सबभन्दा बढी सक्रियाताका साथ, सबभन्दा बढी अनुशासनका साथ आन्दोलनमा लाग्नुभएको थियो । त्यसले गर्दा लोकप्रियता पनि ह्वात्तै बढेको थियो । त्यसैकारण अरू नेताहरूलाई इष्र्या लागेर यो गैरजिम्मेवार निर्णय गरेका हुन् । ......

सद्भावना पार्टी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जन्मदाता हो ।

आजभन्दा नौ वर्षअगाडि राजेन्द्र महतोकै अथक प्रयासबाट उहाँकै घरमा उपेन्द्र यादव सम्मलित संयुक्त मधेसी मोर्चा गठन भएको थियो । त्यसको करिब एकवर्षपछि मात्र तमलोपा पार्टी गठन भएर मोर्चामा सम्मलित भएको हो । त्यसपछि मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनेको हो । ...... मोर्चा गठन भएदेखि आजसम्म सबै निर्णयहरू पल्टाएर हेर्नुस्, कुनै पनि निर्णय बहुमत वा अल्पमतमा भएको छैन । सबै सर्वसम्मतिले भएका छन् । तर हिजो जुन प्रकारको निर्णय आयो, त्यसमा हाम्रो चार नम्बर बुँदामा मात्र असहमति रहेको छ । त्यसले गर्दा मोर्चामा विवादको रेखा तानिएको हो । तर, यो विवाद र असहमतिका वावजुद पनि मोर्चामै रहेर संघर्ष गर्ने र मधेसका लागि काम गर्नेछौं । ...... हिजोको निर्णय मधेसी मोर्चाका केही अध्यक्ष (उपेन्द्र र महेन्द्र) ले एकजना भलादमी अध्यक्ष (महन्थ) लाई प्रयोग गर्दै गरिएको हो । तिनै दलका दोस्रो तहका नेताहरूले हिजोको निर्णयलाई मन पराएका छैनन् । ..... यो मोर्चा कुनै पार्टी अध्यक्षको पेवा होइन । यो मोर्चा करोडौं मधेसीको आस्थाको केन्द्र हो । जसको कारणले ४७ जनाले ज्यानै दिए । २ हजारभन्दा बढी घाइते छन् । सबभन्दा ठूलो आस्थाको केन्द्र भएकाले यसलाई छाडेर जाने कल्पना पनि गर्न सकिदैन । ..... आन्दोलनको स्वरूप परिवर्तन गरी राजधानीकेन्द्रित आन्दोलन गर्ने भनेर उपेन्द्रजीले भन्नुभयो । पुस १० गतेको बैठकबाट नाकाबन्दीको बारेमा छलफल गरिन्छ भनेर महन्थजीले भन्नुभयो । माघ १८ गते नाकाबन्दी फिर्ता हुन्छ भनेर महेन्द्रजस्ले भन्नुभयो । तर हाम्रा पार्टीका अध्यक्षले सबै नाका खुल्ला छ भने वीरगञ्ज नाकामात्र किन बन्द राख्ने भन्नेबारे प्रस्ताव मोर्चाको बैठकमा लान्छु भन्नु गलत कसरी हुन्छ ? मधेसमा जतिखेर आन्दोलनकारीहरू मरिरहेका थिए, त्यसबेला सुशील कोइराला र प्रचण्डले फोन गरेर बोलाउँदा उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादव काठमाडौ आएर सुटुक्क कुराकानी गर्न मिल्ने तर हाम्रो अध्यक्षलाई कुनै नेताले फोन गरेर बोलाउँदा आउन किन नमिल्ने ?

मधेस आंदोलन फेज २: नाकाबंदी बंद हड़ताल फिर्ता, घनीभूत वार्ता, ११ बुँदे मा लचकता, संगठन विस्तार, फेज ३ को गृह कार्य

मधेस आंदोलन फेज २

(१) नाकाबंदी बंद हड़ताल फिर्ता

आर्थिक गतिविधि लाई मधेसमा ११०% मा पुर्याउनु पर्छ। जनता फलोस फुलोस।

(२) घनीभूत वार्ता

वार्ता भनेको पहरिया को मा चिया बिस्किट खान पुग्ने भनेको होइन। वार्ता भनेको आफ्नो आतंरिक गृह कार्य गर्ने भनेको हो। ११ बुँदे मा कति सम्म लचक हुन सकिन्छ र कहाँ भन्दा बढ़ी लचक हुन सकिँदैन। त्यो निर्क्यौल गर्ने प्रयास गर्नु पर्ने हुन्छ। त्यो आतंरिक गृह कार्य हो। वार्ता कार्यदल को मार्फ़त गरेको राम्रो। होइन भने कोआर्डिनेट गर्न गार्हो।

(३) ११ बुँदे मा लचकता

मेरो गोरुको बारहै टक्का भनेको वार्ता होइन।

(४) संगठन विस्तार

जनतालाई सन्देश दिने, हप्तामा ६ दिन आर्थिक गतिविधि ११०% र हप्तामा एक दिन स्थानीय स्तरमा संगठन विस्तार। अब मधेसमा साढ़े तीन पहाड़ी दल को के काम? देखियो त हालत तिनको। अब मधेसी पार्टी हरुको सदस्यता लिने सबैले।

(५) फेज ३ को गृह कार्य

सकेसम्म फेज ३ मा जानु नपरोस्। फेज २ को त्यस किसिमको सदुपयोग हुनुपर्यो। तर फेज ३ मा जान पर्छ कि भन्ने जस्तो गरेर फेज ३ का लागि गृह कार्य पनि गर्नु पर्ने हुन्छ। रघुवंश प्रसाद सिंह कूदेको कुदै छन उता।


११ बुँदे मा लचक को संभावना

मधेसी मोर्चा ११ बुँदे माग
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points

(१) एक मधेस दो प्रदेस

यो त मान्नै पर्ने हुन्छ। तर लचक कहाँ हुन सक्छ भन्दा साथै एउटा संघीय आयोग बनाउने। १० वर्षमा देश भित्रको प्रत्येक राजनीतिक सीमाना को पुनरावलोकन गर्ने अधिकार भएको आयोग। सबै समुदाय का जनता सीमांकन बारे केही न केही भन्न चाहन्छन्। त्यो समस्या कसरी भो? त्यो त धेरै राम्रो हो। लोकतंत्र भनेकै जनताको शासन हो। जनताले लोकतंत्र मा नबोले कहाँ गएर बोल्ने? त्यस आयोगले प्रत्येक दुई वर्षमा नक्शा हरु पेश गर्छ। र नक्शा हरु को संख्या घट्दै जान्छ। आठौं वर्षमा एउटा फाइनल नक्शा आउँछ। तर त्यो पनि दुई वर्ष पछि मात्र संसदले लागु गर्ने। स्थानीय स्तरको पनि सीमांकन हुन्छ। जिल्ला टाटा बाई बाई हुन्छ। तर अहिले लाई सबै भन्दा उपयुक्त यो शशि ठरूर वाला सात प्रदेश हो। यो काम चलाउ मात्र हो।

(२) समानुपातिक समावेशी 

राज्य प्रत्येक तहमा समानुपातिक समावेशी हुने लक्ष्य संविधान मा हुनुपर्यो। त्यसमा विवाद हुन सक्दैन। तर क्लस्टर कुन किसिमले निर्धारण गर्ने। त्यहाँ विवाद छ। प्रत्येक नेपाली नागरिक कुनै न कुनै क्लस्टर मा त आउनै पर्यो। र क्लस्टर भित्र पनि सब क्लस्टर हुनु पर्यो। यानि कि मुख्य क्लस्टर र उप प्रमुख क्लस्टर।

मुख्य क्लस्टर मा पनि लिंग को आफ्नै स्थान छ। महिला मात्र भनेर हुँदैन। महिला मात्र भनेर छोड़िदिने हो भने सप्पै बाहुन बाहुन ले पड्काउँछ। भने पछि महिलाको कोटा भित्र दलित, मधेसी, जनजाति भन्नु पर्यो। दलित भित्र पहाड़ी दलित, मधेसी दलित भन्नु पर्यो। फेरि लिंग भन्दा पुरुष र महिला मात्र होइन। समलिंगी र थर्ड जेंडर लाई समावेश गर्नु पर्ने हुन्छ।

भने पछि प्रमुख क्लस्टर के हुन सक्छन? नेपालमा खस र आर्य भनेको भारतमा हिन्दु र मुसलमान जस्तो हो। एउटै हुँदै होइन। कहाँ को खस कहाँ को आर्य। कर्णाटक बाट आएको बाहुन ले खस को भाषा चोरेको चाहिँ हो। तर खस आफै नै बिभेदमा परेको समुह हो। फेरि आर्य भन्ने हो भने मधेसी पनि आर्य नै हो। भने पछि हामीलाई दुःख दिएका जुन बाहुन क्षेत्री हुन तिनले आफुलाई न खस भन्न पाउने हुन्छ न त आर्य। पहाड़ी आर्य भन्नु पर्ने हुन्छ।

भने पछि एउटा क्लस्टर भो पहाड़ी आर्य। त्यसमा अमरीश पुरी बाहुन क्षेत्री पर्ने भए। दोस्रो क्लस्टर खस। त्यसमा दशनामी आदि पर्ने भए। तीन क्लस्टर: मधेसी, जनजाति, दलित। अनि ती तीन भित्र का सब क्लस्टर निर्धारण गर्नु पर्ने भो। मधेसी अंतर्गत थारु, मुसलमान, यादव, भुमिहार, राजपुत, बाभन, कायस्थ, सुड़ी, तेली र अन्य जसलाई बिहारमा पंच फोरना भनिन्छ। थारु र मुसलमान मधेसी क्लस्टर भित्र बसे पनि न बसे पनि न मधेसी लाई फरक पर्छ न कसैलाई। किनभने थारु यदि ७% हो देशको भने थारुले ७% पाउने भनेको न हो देशमा। त्यो छुट्टै क्लस्टर बनाए पनि उही हो, मधेसी अंतर्गत बनाए पनि उही हो। थारु र मुसलमान मधेसी क्लस्टर भित्र बस्ने कि नबस्ने? त्यो निर्णय थारु र मुसलमान लाई गर्न दिने। मधेसी दलित लाई त हामीले छुट्टै क्लस्टर दिएका छौं त। भन्दैमा मधेसी दलित मधेसी हुन छोडेको छैन त।

जनजाति भनेको सेतामगुराली र नेवार हो।

दलित मा पहाड़ी दलित र मधेसी दलित भन्नु पर्छ। होइन भने विश्वकर्मा हरुले मुसहर दुसाद चमार लाई ठग्छ।

भने पछि प्रमुख क्लस्टर मा सबैले ठाउँ पाए। यहाँ सम्म कि बाहुन क्षेत्री पनि परे।

त्यस पछि आरक्षण को कानुन को कुरा आउँछ। अनि त्यस कानुन ले सोध्छ। यी मध्ये कस कसले अहिले नै समानुपातिक समावेशी पाइसकेका छन? उत्तर आउँछ। पहाड़को बाहुन क्षेत्री ले पाइसक्यो। मधेसी मध्ये भुमिहार, राजपुत, बाभन, कायस्थ, सुड़ी ले पाइसक्यो। जनजाति मध्ये नेवार ले पाइसक्यो। महिला मध्ये पहाड़ी बाहुन महिला ले पाइसक्यो।

भने पछि यी पाइसकेका हरुले ४९% आरक्षण मा पाउँदैनन्। तिनले ५१% खुला प्रतिस्प्रधा मा नै खोज्नुपर्ने हुन्छ।

अर्को लक्ष्य हुन सक्छ। कुनै पनि समुदाय लाई ५०% कटाउन ठुलो प्रयास गर्ने। र प्रत्येक समुदाय ले ५०% काटेको अवस्थामा आरक्षण को फोर्मुला परिमार्जन गर्ने। त्यस पछि खुला प्रतिस्प्रधा बाट ७०% र आरक्षण बाट ३०% मा लाने।

अर्को समस्या छ संख्या मात्र गन्ने कि पदोन्नति मा पनि आरक्षण हुने? स्वाभाविक छ पदोन्नति मा पनि आरक्षण हुन्छ।

आरक्षण बारे जनतामा के भ्रम छ भन्दा खुला प्रतिस्प्रधा बाट डाक्टर आउने ठाउँमा आरक्षण को बाटो कमपाउंडर आइपुग्छ भन्ने छ। यो भ्रम छरेको बाहुनले। संघीयता मा एउटा प्रदेश बाट अर्को प्रदेश जान वीसा लाग्छ भन्ने भ्रम पनि बाहुनले छरेको।

भारत जान त वीसा लाग्दैन भने नेपाल भित्र के को वीसा? आरक्षण बाट फाइदा लिन कुनै पनि व्यक्ति सो पदको लागि सक्षम हुनै पर्छ। यो होइन कि ग्रेजुएट चाहिने पद छ, तर त्यो दलितको कोटा मा पर्यो भने मैट्रिक पास दलित घुसाउने भन्ने हुँदैन। त्यसरी मैट्रिक पास घुसाउने भनेको बालुवाटार मा मात्र हो। अरु ठाउँ मा त योग्यता हेरिन्छ।

समानुपातिक समावेशी का लागि देश भित्रका १२५ समुह लाई नै कुनै न कुनै क्लस्टर मा राख्नुपर्ने हुन्छ। अनुसुचि बनाउन सकिन्छ। अनि आरक्षण को वर्तमान कानुन परिमार्जन गर्नु पर्ने हुन्छ। अहिले को कानुन मा त थारु, मुसलमान, यादव, पंच फोरना  सबैको भाग भुमिहार, राजपुत, बाभन, कायस्थ ले पाउने किसिमले लेखिएको छ। त्यो कसरी हुन सक्छ?