Tuesday, September 01, 2015

In The News (3)



वीरगन्जमा ४ र कलैयामा १ आन्दोलनकारीको मृत्यु
वीरगन्ज दंगाग्रस्त घोषणा
प्रदर्शनकारीका तर्फबाट पनि बम र गोली प्रहार: प्रहरी
कर्फ्र्यु उल्लघंन गरी मंगलबार विहानदेखि वीरगन्ज सहरका विभिन्न भागमा प्रदर्शन भएका थिए । ..... यहाँको मकालु होटलमा बसेका सद्भावन पार्टीका अध्यक्ष राजेन्द्र महतो विहान कफ्र्यूको अवज्ञा गर्दै आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगेका थिए । उनले सोमबार साँझ प्रहरीको गोलीबाट मृत्यु भएका दिलीप चौरसियाका आफन्तलाई भेटेका थिए । प्रहरीले व्यापक दमन गरी मधेसीको आवाज दबाउन खोजेको उनले आरोप लगाए । 'सरकारले वार्ताको माहौल बनाएन,' उनले भने । महतो ३ दिनदेखि वीरगन्जमै छन् । स्रोतका अनुसार दुई दिनअघि यहाँ आएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर मंगलबार विहानको काठमाडौँ गएका छन् । यसैबीच कर्फ्र्यू लगाउँदा पनि शान्ति सुरक्षा नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले वीरगन्जलाई मंगलबार अपराह्न ३ बजेदेखि दंगाग्रस्त क्ष्ाेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार कर्फ्र्यु घोषणा गरिएको क्ष्ाेत्रलाई दंगाग्रस्त घोषणा गरिएको हो । सुरुक्ष्ाा स्रोतका अनुसार स्थिति काबुमा नआए सेनासमेत खटाइने छ । ........ 'प्रदर्शनकारीका तर्फबाट गोली र बम प्रहार भएका छन् ।' प्रदर्शनकारीले श्रीपुरमा सुतली बम पडाएको उनले बताए । ' प्रदर्शनकारीको तर्फबाट बसपार्क क्ष्ाेत्रमा ७ राउण्ड गोली प्रहार भएको छ,' उनले भने, 'नगवा र श्रीपुरमा पनि नलकटुवा पेस्तोलबाट प्रहरीलाई ताकेर गोली चलाइएको छ ।' ..... भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रका प्रहरी चौकीहरुमा आगजनी गरिएको छ । लंगडी, आशवारी, मिर्जापुर, जानकीटोला, बुडगाँई, भिस्वा प्रहरी चौकीमा आगो लगाइएको उनले बताए । वीरगन्ज बसपार्क क्षेत्रमा रोकिराखिएका करिब १० वटा बसमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । मधेसवादी दलले भने प्रहरीले व्यापक दमन गरेको आरोप लगाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्दि्रय सदस्य राजेशमान सिंहले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि स्थिती तनावग्रस्त बनेको बताए । यसअघि सोमबार भएको झडपमा प्रहरीको गोली लागेर वीरगन्जमा मनियारीका ३५ वर्षीय दिलीप चौरसियाको मृत्यु भएको थियो । सोमबार र मंगलबार दुई दिनमा वीरगन्जमा ५ जना आन्दोलनकारीको मृत्यु र कयौं घाइते भएका छन् । ...... प्रहरीको गोली प्रहारले कम्तीमा २५ र अश्रुग्यासले ३० जना घाइते भएको संघीय समाजवादी पार्टी फोरम नेपालका अध्यक्ष रामबाबुकुमार यादवले दावी गरे ।

'गोली लागेर ढलेका हिफाजत(मृतक)लाई डिएसपी विनोद शर्माले मानवता विरोधी दुव्र्यवहार गरेर मारे,' उनले भने, 'अरुलाई घरघरमा पसेर कुटेर घाइते बनाएका छन् ।' यी बाहेक घाइते ढल्दासमेत गोली प्रहार गरेको उनले बताए ।

...... 'घुँडामुनि हान्ने अवस्था हुँदा हुँदै प्रहरीले मृत्यु हुने गरी गोली प्रहार गरेका छन्' ..... 'अश्रुग्यासको असरले दुई दिनदेखि खाना नरुच्ने, चक्कर आउने, जिउ चिलाउने समस्या भएको छ,' घाइते कचोर्वा १ का प्रदीप यादवले भने । ..... कलैयामा तनाव चर्केको दोस्रो दिनमा विभिन्न्ा गाउँमा प्रदर्शन भएको क्रममा

प्रदर्शनकारीले केही प्रहरी चौकीमा आगजनी गरेका छन् । अन्य केही चौकीमा तोडफोड गरेका छन् । कचोर्वा चौकीमा प्रदर्शनकारी पुग्दा त्यहाँका प्रहरी नजिकैको सिमा पारी गए । त्यपछि उनीहरु त्यहाँका कागजात जलाइदिएका छन् । देवापुर, बडकी फुलवरिया, गण्डक चौकीका प्रहरी चौकी छाडेका छन् । कतिपय चौकीका प्रहरीहरु नजिकैको शसस्त्रको क्याम्पमा पुगेका छन् । .... यसैबीच आन्दोलित संयुक्त मधेसी मोर्चाले गाउँका प्रहरी फिर्ता लिन, प्रहरी र प्रशासनका कर्मचारीलाई भाडाका कोठाबाट निकाल्न घरबेटी र उनीहरुसित सामान विक्री वितरण व्यापारीलाई नगर्न मंगलवार उर्दी जारी गरेका छन् ।

काठमाडौंमा थपियो निषेधित क्षेत्र
भारतले सीमाक्षेत्रको सडक स्तरोन्नति गर्ने
१ हजार ७ सय ५१ मिलोमिटर खुला सिमामा जोडिएको नेपाल-भारत सिमावर्ती बिन्दूका सम्पर्क सडकलाई सहज र सुविधायुक्त बनाउन भारत सरकारले २ सय ५८ करोड रुपैंयाको बिनियोजन गरिसकेको ...... सडक निर्माण भनिए पनि सिमावर्ती भेगमा तटबन्धको स्वरुपमा निर्माण भइरहेको सूचना पाएर आफूले विदेश मन्त्रालयमा ध्यानाकर्षण गराएको राजदूत दीपकुमार उपाध्यायले कान्तिपुरलाई बताए । ....... भारतले आफूखुशी ढङ्गमा 'कोरिडर' सडकका रुपमा ७ मिटर चौडाइमा फैलिएको सडक निर्माण जारी राखेको छ ।
नेपाल सिमावर्ती भारतीय हाइवे
१.सितारगंज-टनकपुर - ५२ किलोमिटर
२.रुपडिया-बाराबंकी - १४४ किलोमिटर
३.काकरवहा-बाराणसी -१४४ किलोमिटर
४.सोनौली-गोरखपुर -८३ किलोमिटर
५.रक्सौल-पिप्राकोठी -७० किलोमिटर
६.सनोबसारा-मुजफ्फरपुर -७० किलोमिटर
७.काकरभिट्टा-पानीटंकी -७० किलोमिटर


उपेन्द्र र महन्थ काठमाडौं आए
राजनीतिक र कुटनीतिक चासो सम्बोधन गर्ने
यादव जनकपुरबाट हवाइजहाजमा र ठाकुर वीरगञ्जबाट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आउनेबित्तिकै बिजुलीबजारस्थित पार्टी मुख्यालयमा कान्तिपुरसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले सरकार र ठूला भनिने दलले जारी हिंसा नरोकुन्जेल वार्ताको कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । तर ठाकुरले राजनीतिक र कुटनीतिक चासो सम्बोधन गर्न काठमाडौं आएको संकेत गरे । मधेसी मोर्चाले संविधानसभा प्रक्रिया रोक्नुपर्ने, सेना परिचालन फिर्ता गर्नुपर्ने मुद्दालाई वार्ताको पूर्वशर्तका रुपमा अघि सारेको छ भने विगतका सहमति कार्यान्वयन हुनुपर्ने उसको माग यथावत् छ । मोर्चाले वार्ताका लागि शर्त राख्दैगर्दा सरकार र मुख्य दलहरुले अस्वीकार गरेको पृष्ठभूमिमा उनीहरु काठमाडौं आउनुलाई अर्थपूर्ण मानिएको छ । मंगलबार वीरगञ्जको प्रदर्शनलाई नेतृत्व गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो भने काठमाडौंमा वार्ता हुन नसक्ने अडानमा छन् ।
असन्तुष्ट दलका मागमा एमाओवादीले अग्रसरता देखाउने
'असन्तुष्ट मधेसी दलहरु, थारु, दलित, जनजातिलगायतका एजेन्डा सम्बोधन गर्न कांगेस र एमाले सग छलफल गर्ने निर्णय भएको छ,' बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कान्तिपुरलाई भने, 'उनीहरुका जायज मागहरु पुरा गराउन हामीले अग्रसरतासमेत देखाउने निर्णय गरेका छौं ।
जलेश्वरमा कांग्रेस कार्यालयमा तोडफोड
कार्यालय सचिव श्यामशरण वर्माका अनुसार करिब ५ लाख मूल्य बराबरको क्षति पुगेको बताए ।
उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्छ: निधी
काँग्रेस महाधिवेशन सार्न संविधान संशोधन गर्ने प्रस्ताव
कृष्णप्रसाद सिटौलाले असोज ५ गतेभित्र पार्टीको १३ औं महाधिवेशन गर्न असम्भव भएको र त्यसअघि नयाँ संविधान जारी हुने नहुने निश्चित नभएको अवस्थामा ..... तत्काल अन्तरिम संविधान संशोधन प्रस्ताव दर्ता गर्न एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग वार्तागरी अघि बढ्नु पर्ने ...... संविधानको परिमार्जित मस्यौदामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका मधेसवादी दलको मागबारे उनीहरुसँग विगतमा भएका सहमतिहरु अधिकांश कार्यन्वयन भइसकेको र बाँकी पनि संविधान जारी गरेपछि पूरा गर्न सकिने धारणा पौडेलले राखेका थिए। ..... पौडेलका अनुसार, संविधानको प्रस्तावना, धर्म निरपेक्षता, थ्रेसहोल्ड, संबैधानिक निकायका पदाधिकारीहरुकेा सुनुवाई, बाग्लुङ र रुकुम जिल्ला नटुक्राउने, जिल्लाको अधिकार क्षेत्र, सेना परिचालनको व्यवस्था, अर्धन्यायिक अदालतको बन्दोवस्त, विधेयक स्विकृतिमा राष्ट्रपतिको भूमिका, स्थानीय तहको ऐनमा देखिएका संबैधानिक विवाद सर्वोच्च अदालतले सुनुवाइ गर्ने, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष अलग अलग दल वा एउटै दलको हुने लगायत १२ वटा विषयमा संशोधन प्रस्ताव दर्ता गर्नु पर्ने छ। ....

नेता निधिले नयाँ संविधानमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा अन्तरिम संविधानमा व्यवस्था भए अनुसारको विधि र प्रक्रिया अपनाएर जनसंख्याको आधारमा निर्धारण गर्नु पर्ने राय दिएका थिए।

संशोधन प्रस्ताव तयार गर्न काँग्रेसमा कार्यदल
मुख्यसचेतक चिनकाजी श्रेष्ठको नेतृत्वमा आनन्दा प्रसाद ढुंगाना र रमेश लेखक संलग्न कार्यदलले पार्टीका कुनै पनि सदस्यले राख्न चाहेको संशोधन प्रस्ताव संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने छ।
आज बीरगंजमा नेपाल प्रहरीको गोलीले मारिएका र घाइते भएकाहरु ।
सबैलाई ताकी-ताकी टाउको र छातीमा गोली ठोकिएको छ
कहाँ छन् नेपालका सपूत भनेर छाती फुलाउने मानवाधिकारवादीहरू ?
कहाँ छ संयुक्त राष्ट्र संघ ? !


झलनाथ, ओली, एमाले के नेता लगातार पहाडी-मधेशी सम्प्रदायिकता फैलाने का कोशिश कर रहें हैं । आज स्टार एफएम में ऋषि धमला के साथ बातचीत में झलनाथ ने कहा - ‘अब धोती प्रदेश बनाउने त’ । अब अगर सम्प्रदायिकता फैली तो जिम्मेवार कौन होगा ? शर्म तो हमें है , हमारी धरती उन लोगों के कैद में है जो किसी देश के इशारे पर इस देश का बिखण्डन करने के लिए सम्प्रदायिकता फैलाना चाहते हैं । और शर्म इसलिए भी कि अभी भी कुछ चेहरे से मधेशी दिखनेबाले लोग अपनी धरती, अपना नाम-परिचय और माँ-बाप के बेइज्जती के वावजूद एमाले नेताओं का बहिया बने हुए हैं । शर्म है ! शर्म है !!


गिरिजा बाबु बिरगंज में नहि रहे, अब यहा मधेशी सहिदो के सालिक लगाया जायेगा।





आज सर्लाही बरहथवा में सभी कार्यालयों में मधेश सरकार लिखने का कार्यक्रम सफल हुआ ।

In The News (2)



ग्रामीण क्षेत्रका मधेशीहरु पनि आन्दोलनमा जुट्दै
आन्दोलनमा विभिन्न पार्टीहरुले समर्थन जनाएपछि यहाका जनता जारी आन्दोलनलाई दोस्रो मधेश आन्दोलनको रुपमा लिन थालेका छन् । आन्दोलनमा गाउ गाउबाट सहभागि हुनेहरुको संख्या समेत बढ्दै गएको छ । ....... आईतवार कनपट्टी, कुर्था लगायतका गाउहरुबाट सयौको संख्यामा मधेशी जनता सरकार विरोधी नारा लगाउदै जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको छ । उनीहरुले संघिय प्रदेशको सिमांकन सच्चयाउनु पर्ने, नागरिकता सम्बन्धी प्रवधान सच्चयाउनु पर्ने माग अघि सार्दै आन्दोलनमा होमिएका छन् । यसैबिच, एकिकृत नेकपा माओवादीका भातृ संगठन राष्ट्रिय मधेशी मोर्चाले समेत आन्दोलनलाई समर्थन गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ । ......

जारी आन्दोलनमा मधेशी जनताको सहभागिता बढे केन्द्रमा माओवादी पार्टी दवाव दिन तयारी अवस्थामा रहेको छ।



गच्छदारले बनाए मधेशी थरुहट मोर्चा
देउवाको ‘गोहीको आँसु’ले बगाउला त बाबुरामलाई?
२०५२ सालमा तत्कालीन माओवादीले सरकारलाई ४० बुँदे मागपत्र बुझाएको थियो । बुझाउने थिए नेता बाबुराम भट्टराई, त्यसलाई रद्दीको टोकरीमा फाल्ने पात्र थिए तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा । त्यसपछि १० वर्ष मुलुक द्वन्द्वमा फस्यो । हजारौं मारिए । ...... १६ बुँदे सहमति बन्यो । जनतामा उत्साह बढ्यो । नेप्से ह्वात्तै बढ्यो । ..... तर सीमित भूगोलभन्दा माथि उठ्न नसक्ने केही छोटे राजाहरुको मनोबल ह्वात्तै गिर्यो । उनीहरु अखण्डको नारा लिएर मैदान उत्रिए । यो अभियानको नेतृत्व गरे तिनै देउवा ...... ०५२ सालमा माओवादी आन्दोलनलाई बेवास्ता गर्ने शेरबहादुरहरु ०५७ सालसम्म संविधानसभासम्म पुगेको माओवादीको नारालाई स्वीकार्न तयार भएनन् । जतिबेला १५ सय नेपालीको मात्र ज्यान गएको थियो । त्यही संविधानसभाको नारा स्वीकार्न १५ सयबाट १५ हजार नेपालीको जीवनमूल्य माग गरे र खर्चिए संसदवादी दलहरुले । ...... १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको राप र तापपछि संविधानसभालाई स्वीकारियो । तर संघीयतालाई अझै स्वीकारिएन । ...... परिवर्तनको एजेन्डालाई पहिलो संविधानसभामा जनताले एमाओवादीलाई उचित मत दिएर सम्मान गरे । तर माओवादीले जनमतलाई सम्मान गर्न सकेन । कथित क्रान्तिकारी बन्ने नाउँमा विद्रोहको आत्मरितमा रमाएर शान्ति र संविधानको घोषित नारालाई कुठाराघात गरियो । अगाडि जाने बाटोको अन्यौलमा रहेको एमाओवादीमा जनमतलाई स्वीकार गर्ने लाइन अल्पमतमा पर्यो । त्यसपछिका अहिलेभन्दा सापेक्षित उत्तम संविधान बनाउने अवसरहरुमा एमाओवादीले गोल गर्न सकेन । ......

जतिबेला माओवादी बलियो थियो, संविधान बनाउन दिइएन, एक्लै बनाउन माओवादीले सक्दैन थियो, मुख्य दलका शिर्ष नेताहरु, राष्ट्रपति, अदालतदेखि सेनापतिसम्म सबैले आ–आफ्नै पोजिसन देखाए ।

...... जसलाई गणतन्त्र स्वीकार्नै गाह्रो थियो, जनआन्दोलन नै केटाकेटी खेल लाग्थ्यो, उनीहरु गणतन्त्र र परिवर्तनका अन्य उपलब्धिहरुलाई संस्थागत गर्ने मुख्य भूमिकामा आइपुगे पछि के होला ? ...... पुराना शक्तिहरु नजिकिएर परिस्थिति १५ वर्ष अगाडिको राजनीतिक सन्तुलनतिर पुर्याउनसक्ने कमजोर सम्भावनाले आकार लिइरहेको छ । ...... यहाँनेर चित्रबहादुरजस्ता ‘आदर्श’ संघीयता विरोधीहरुभन्दा हजार गुणा खतरनाक भूमिकामा शेरबहादुर, भीम रावल र लेखराजहरु देखिएका छन् । एमाले उपाध्यक्ष तथा गृहमन्त्री

वामदेव गौतमले त सदनमै बोले, ‘संघीयतामा गएर गल्ती गरिएछ ।’

....... संघीयता जिन्दावाद भन्दै सीमांकनमा जाँदा अखण्डको कुरा गर्दछन् । यो राजनीतिक पाखण्ड नै अहिलेको हिंसाका पछाडि मुख्य रुपमा जिम्मेवार छ । एकाथरी मानिस छन्, जसले हिजो संविधानसभा माग्नेलाई पनि आतंकवादी भनेकै हुन् । आज उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगलाई अधिकार दिनुपर्छ भन्दा पनि आतंकवादी नै भन्छन् । ......

बाबुरामले जब थारुलाई पनि अधिकार दिनुपर्छ भन्छन्, शेरबहादुर पत्रकार सम्मेलन गरेर भन्छन्, बाबुरामले हिंसा भड्कायो । अनि थारुलाई रौं पनि दिन्न भनेको ताजा अतित बिर्सिएझैं गरेर कैलाली घटनाप्रति दुःख व्यक्त गर्दै गोहीको आँसु खसाउँछन् ।

..... जीवनभर कम्लहरी र कमैया बनेर मालिकको सेवा गरेर बसेकाहरुलाई मालिकहरुले जब परिवर्तित सन्दर्भ बिर्सिएर दासकै व्यवहार गर्छन्, तब परिस्थिति के हुन्छ ?


सेना परिचालन गरी जारी गरिने संविधान दिगो हुँदैन– थापा
संविधान जारी हुँदा जनतामा उत्साह र उमङ्ग हुनुपर्नेमा विभिन्न स्थानमा द्वन्द्व, हत्या र हिंसाका घटना हुनु दुःखदायी रहेको
बीरगंजमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरी चौकीहरुमा आगजनी



कलैयामा पनि गोली चल्यो
नेपालमा रहेका एक करोड भारतीयलाई संरक्षण गर्नुपर्छ : भारतीय गृहमन्त्री
इण्डिया टुडे लेख्छ- मधेसको आन्दोलनमा आदित्यको 'लजिस्टिक सपोर्ट' छ
एमाओवादीका नेताले भने– ‘थारुलाई प्रदेश नदिए टिकापुर घट्ना फेरि दोहोरिन सक्छ’
एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले ७ बाट ८ प्रदेश बनाएर भए पनि थारुहरुका लागि छुट्टै प्रदेशको माग गरेका छन् ।


हामी कसरी बिखण्डनकारी, कसरी आतंककारी?
यो पंक्तिकारले २०६९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ को भूमिकामा उल्लेख गरेका थिए- ‘अहिले भविश्यबाणी गरिँदैछ कि नेपालको सुदूरपश्चिम तराई कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य) अथवा सेती-महाकाली प्रदेश स्थापना गरियो भने निकट भविष्यमा मधेस बिद्रोहपछि अर्को थरुहट/थारुवान बिद्रोह उठ्छ। विगतका सामन्त खस शासकहरुको अहंकारपूर्ण प्रवृत्ति, शोषण र दमनकारी तथा हेपाहा मनोवृत्ति र डोट्याली राज्यका पक्षपोषकहरुका कारण राज्यपुरसंरचना अन्तरगत थारु समुदायको बसोबास, थारु भाषा संस्कृतिको र ऐतिहासिक निरन्तरताको आधारमा अब बन्ने ‘थारु–अबध–लुम्बीनी प्रदेश’ लाई तोडेर थारु समुदायलाई उनीहरुको प्रदेशमा कहिलपनि नेतृत्वमा आउन नदिनेगरी, सधैँ राज्यसत्ता भन्दा टाढा राख्न, भाषा, संस्कृति र थारु समुदायको स्वशासित प्रदेश बन्न नदिन र चौतर्फी विकास हुन नदिई सदैव सामन्ती शासकहरुको कमैया, कमलहरी, हली र सुकुम्बासी दासझैँ बनाइराख्न र उनीहरुलाई उनीहरुको थात-थलोबाट बिस्थापित गर्न ‘अखण्ड सुदूरपश्चिम’ अथवा ‘सेती-महाकाली डोट्याली सामन्ती राज्य’ पुनर्स्थापना गर्न खोज्ने खस सामन्त शासकहरुको योजनाविरुद्ध यो बिष्फोट ढिलो चाँडो उठ्नेछ भनेर थरुहट/थारुवान क्षेत्रका बासिन्दाहरुले भनिरहेका छन्। ‘Making of Modern Nepal‘का लेखक इतिहासविद डा. रामनिवास पाण्डेका अनुसार-

‘पछिल्लो महाभारत काल अथवा महाजनपद कालमा नेपाल तराईमा दुईवटा सभ्यता विद्यमान थियो। नारायणी नदी पूर्व मिथिला सभ्यता र नारायणी नदी पश्चिम लुम्बीनी सभ्यता। शाक्य गणराज्य थारुहरुको गणराज्य हो। यो गणराज्यमा पूर्व नारायणी नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको थियो। जसमा दाङ–देउखुरी र सुर्खेत उत्यकाहरु समेत यसमा समावेश थिए।’



‘बेवास्ता गरे सिंहदरबार कब्जा गर्ने चेतावनी’
यदि पहिचान सहितको थरुहट हुन्न भने एक महिनाभित्र थारुले थरुहट, मगरले मगरात, लिम्बुले लिम्बुवान कब्जा गर्नेछ। अनि लाखौको संख्यामा मार्चपास गर्दै सिंहदरबार प्रर्बेश गर्ने र सिंहदरबार पनि कब्जा गरेर पहिचानसहितको संघीय संबिधान घोषणा गर्ने बताए। ..... थारुहरुलाई मात्र संकट र दङ्गा क्षेत्र घोषणा गरी प्रशासनकै आडमा अखण्ड पक्षधरहरुसंग मिलि थारुहरुको घर खोजी खोजी जलाएको आरोप लगाइन्। उनले नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुरका थारुलाई एउटा रौं पनि नदिने अभिव्यक्तिको विरोध गर्दै

आफूहरु कैलाली कञ्चनपुरको एक इन्च जमिन पनि नछोड्ने चेतावनी दिइन्।

कांग्रेसको महाधिवेशन अनिश्चितकालका लागि स्थगित



कोइराला सरकारका ९ बदनाम मन्त्री – त्रिपाल पचाउनेदेखि लोक लजाउनेसम्म
सम्पत्तिको नाममा दुई वटा मोबाइल मात्रै रहेको सार्वजनिक भएको महिना नबित्दै आफ्नै बेडबाट १२ लाख हराएको समाचार आयो । ...... उनले आफूलाई धर्मनिरपेक्षता घोषणा भएको बारे थाहा नभएको अभिव्यक्ती दिएर लोक हँसाए । सोही अभिव्यक्ति पछि कोइरालालाई ‘हुस्सु’ प्रधानमन्त्रीको रुपमा समेत ब्याख्या गर्न थालियो । ....... वामदेव गौतम अमर्यादित व्यबहार .... भूकम्पपीडितलाई आएको राहतको जस्तापाता पीए रमेश महतले बेचविखन गर्न खोजेपछि ...... त्यस्तैगरि राहतको रकम भागबण्डामा करोडौं कुम्ल्याएको भन्दै कांग्रेसभित्र उनीमाथि प्रश्न उठ्ने गरेको छ । महतले राहत वितरण क्षेत्र निर्धारण गर्दा विभेद गरेको आरोप उनीमाथि छ । उनले भूकम्पका कारण सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकलाई भन्दा आफ्नो गृह जिल्ला नुवाकोटलाई धेरै रकम छुट्याएका थिए । ...... एमाले वृतमा उर्जामन्त्री राधा ज्ञवालीलाई धनी मन्त्रीको रुपमा लिइने गरिन्छ । हाइड्रोपावरको लाइसेन्स वितरणमा आर्थिक स्वार्थमा फसेको तथा जलविद्युत आयोजनामा मनपरी गरेर करोडौंको भ्रष्टाचार गरेको उनीमाथी आरोप छ । जलविद्युत आयोजना प्रमुख नियुक्ती तथा विभिन्न राजनीतिक नियुक्तीहरुमा मोटो रकम लिने गरेको ज्ञवालीमाथि आरोप छ । उनी सरकारी मन्त्रीहरुमध्ये सबैभन्दा बढी विवादमा आइरहने मन्त्री हुन् । ......... रिजाल एक औपचारिक कार्यक्रममा कट्टु लगाएर पुग्दा हाँसोको पात्र बने । ... कृषि मन्त्री हरिप्रसाद पराजुली .. असार १५ मा धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा महिलामाथि अश्लिल हर्कत गरेको ..... सहरी विकासमन्त्री नारायण खड्का .. भूकम्पपीडितका लागि राहतको त्रिपाल खरिदमा घोटाला गरेको आरोप ..... उद्योग मन्त्री महेश बस्नेत मन्त्री बन्नु अघि नै निकै विवादीत व्यक्ति हुन् । गुण्डा नाइकेहरुको संरक्षण गरेको आरोप लागेका बस्नेतले उद्योग मन्त्रीमा नियुक्त भएको केही दिनमै युवा संघकै वरिष्ठ उपाध्यक्ष दिलुपन्त माथि अमर्यादीत व्यवहार गरेका थिए ।


छिट्टै वार्ता नभए मधेस आन्दोलन नेतृत्व विहिन हुने खतरा
आन्दोलनको राजनीतिक उपचार खोजिनु पर्ने
मधेसी नेताहरुले आन्दोलनको नेतृत्व गुमाउने ..... ‘मधेसका अधिकांश मागहरु सम्बोधन भैसकेका छन्, त्यसलाई वार्ता मार्फत लिपिबद्ध गरिएन भने म मधेसको आन्दोलन राजनीतिक दलको नेतृत्वबाट उम्कने सम्भावना देख्दैछु । त्यसका लागि सरकार र आन्दोलनकारी दलहरु दुबै जिम्मेवार हुनुपर्छ ।’– अधिवक्ता तथा मधेस आन्दोलनलाई नजिकदेखि नियाली रहेका जितेन्द्र झाले खबरडबलीसँग भने । ....... प्रमुख राजनीतिक दलहरुले प्रदेशको सिमांकन गरे लगत्तै शुरु भएको विरोधमा अहिलेसम्म ९ आन्दोलनकारी, नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मी तथा एक नावालक गरी कुल

१७

जनाले ज्यान गुमाई सकेका छन् । ....... ढिलो गरी वार्ता हुदा मधेस आन्दोलनले झनै ठुलो रुप लिनसक्ने ..... मधेस आन्दोलनले थप हिंसात्म रुप लिँदै जाँदा प्रहरी पोष्ट जलाउने तथा प्रहरी तर्फ लक्षित गरी सांघातिक हमला हुने क्रम बढेको छ भने मधेसमा रहेका सत्ताधारी दलका पार्टी कार्यालयहरु पनि बारम्बार आन्दोलनकारीको निशाना बन्ने गरेका छन् । ......

नेपाली कांग्रेसका दिवंगत नेता गिरीजाप्रसाद कोइरालाको सालिकमा तोडफोड भएको छ



विघटनबाट जोगिन खोज्दै कांग्रेस
असोज ५ पछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न उठिरहेका बेला कांग्रेसले सविधान संसोधन विकल्पबाट वैधानिक हुने बाटो खोेजेको थियो । तर, संविधानमा ५ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानमा ६ महिना थप गर्ने गरी अन्तरिक संविधान संसोधनको छलफल पनि गरिरहेको छ । तर, सत्तारुढ दल एमालेले संविधान संसोधन गरी फेरि ६ महिना थप्ने प्रस्तावलाई कांग्रेसको सरकार नछोड्ने, संविधान निर्माणमा ढिलाई गर्ने योजनाको रुपमा बुझेको छ । सोही कारण

कांग्रेसले दुई हप्ता अघि नै संविधान संसोधनका लागि एमाले र एमाओवादीसँग छलफल गरेर संसोधन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि दुबै दलले खासै रुची देखाएका छैनन् ।

तर, पनि कांग्रेसले प्रयत्न छोडेको छैन् । ......... कांग्रेसले संविधान निर्माणमा लाग्नुपरेकोले महाधिवेशनमा लाग्न नसकेको बताउँदै आएको छ । तर, पनि भित्री कारण भने यस्तो नभएको नेताहरु नै बताउँछन् । सभापति सुशील कोइराला अहिलेनै महाविधेशन गर्दा आफू पराजित हुनुपर्ने मानसिकतामा रहेकोले ढिलाई भएको देउवा पक्षको बुझाई छ । ...... संस्थापनमा पदाधिकारीका आकांक्षी धैरै हुनुले उनीहरुलाई तत्काल नै मिलाउन सक्ने अवस्थामा नहुँदा तत्काल महाधिवेशनमा गए त्यसैको असन्तुष्टी र विरोधले देउवा हावी हुने बुझाईमा कोइराला छन् । सोही महाधिवेशनका केही कार्यक्रम सुरु गर्ने, संविधान ससोधन गर्ने जस्ता विकल्पबाट ६ महिनासम्म महाधिवेशन धकेल्ने योजनामा उनी छन् ।


विराटनगरमा मोर्चाले बन्दलाई अझै शसक्त बनाए
सङ्घीय समाजवादी फोरम नेपाल मोरङका सदस्य जीतेन्द्र यादवले कूटनीतिक निकायका गाडी, एम्बुलेन्स, फोहर सङ्कलनका गाडी, शववाहन, दूधका गाडी र पत्रकारका गाडी निर्वाध रुपमा चल्न दिने र यसबाहेकका गाडीलाई चल्न नदिने जानकारी गराउनुभयो । ... लगातार

१८औँ

दिनदेखि बन्द जारी