Tuesday, June 30, 2015

केपी ओलीको व्यवहारमा माफियावाद

केपी ओली उप प्रधान मंत्री बन्न सक्छ। मंत्री बन्न सक्छ। त्यो लोकतंत्र हो।

तर संवैधानिक पद नखाने पर्दा पछाडि बाट अँध्यारो कोठामा बसेर पपेट खेलाए जस्तो धागो तांतून गर्दै बस्ने -- त्यो व्यवहार माफियावाद हो। त्यो संसदीय व्यवहार होइन, त्यो संविधान सम्मत व्यवहार होइन। त्यो बहुदलीय जनवाद सम्मत व्यवहार होइन।



विचार र शक्ति
Madan Bhandari: Speech
एमाले फुटेको राम्रो

१६ बुँदे सम्झौता: बाहुनवादको अन्तिम हुइँया?

After the dust has settled, अबको ५-६ वर्ष पछि देखिएला --- १६ बुँदे सम्झौतामा जुन हस्ताक्षर भयो बालुवाटारमा त्यो बाहुनवादको अन्तिम हुइँया थियो ----- त्यसपछि बाहुन हरुको दिन दुना रात चौगुना पतन हुँदै गयो र देशमा अंततः मधेसी/जनजाति ले तख्तापलट गरिछोडयो। तर त्यो ऑफ़सेआफ हुने होइन --- त्यसकलागि मधेसी र जनजाति प्रयत्नरत रहिरहनुपर्छ। मधेसी पार्टी हरुको एकीकरण अत्यन्त जरुरी छ।

१६ बुँदे एउटा overreach को अभ्यास र प्रयत्न थियो। मधेसीलाई, जनजातिलाई एक व्यक्ति एक मत, बाहुन लाई एक व्यक्ति तीन मत खोज्ने मनस्थिति जुन छ --- त्यसले बाहुन हरु लाई पतन को बाटो मा लैजान्छ।

लालु ले बिहार मा १९९० मा तख्तापलट गरेको हो। नेपालमा त्यो समय चाँडै आउँछ।

माओवादी को लागि त्यो १६ बुँदे यात्राको अंतिम कड़ी थियो, उनकै शब्दमा। मधेसी/जनजाति का लागि त्यो १६ बुँदे एउटा यात्रा को शुरुवात हो। गन्तव्य हो देशको राजनीतिमा तख्तापलट। उपेन्द्र यादवले माइकल जैक्सन कोएलिशन को पहिलो कदम चालिसकेका छन।