Tuesday, January 31, 2023

के हो नमशैतान अभियान?





नमशैतान अभियान: Reorganizing The Caste System





नमशैतान अभियान

सनातनी आत्मा हरु। तपाईं हरु सबैलाई नमन। भारतवर्ष मा प्रत्येक ठाउँ मा धर्म को क्षय हुँदै आएको छ। सारा नेपाल मा मात्र जनकपुरधाम एक ठाउँ हो जहाँ अरु ठाउँ मा भन्दा अलि कम भएको छ। समस्त भारत मा ९०% ब्राह्मण ले मासु खान्छन र रक्सी खान्छन। पुजारी र पंडित परिवार हरु मा पनि त्यही हाल छ। यो स्वीकार्य छैन। सम्पुर्ण जातीय व्यवस्था को क्षय भएको छ। त्यो जातीय व्यवस्था एक तर्फ मात्र खुल्ने ढोका जस्तो छ। जो मानिस हरु हिन्दु धर्म लाई छोड़ेर बाहिर जान चाहन्छन तिनका लागि द्वार खुला छ। तर कोही भित्र आउन चाहे तिनका लागि ढोका बन्द छ। कोही मुसलमान यदि हिन्दु बन्न चाहेको खण्डमा कसैलाई थाहा नै छैन त्यो कुन जातको मानिस हुन्छ भनेर। कुनै राजदरबार यदि ३,००० साल पुरानो छ भने त्यस भित्र कोही बस्न चाहंदैन र त्यो एउटा खण्डहर बन्न पुग्छ। त्यहाँ भित्र रहेका हरु आपस मा लड़ाई झगड़ा गर्छन। तिम्रो भन्दा मेरो कोठा राम्रो भन्दै तु तु मैं मैं गर्छन। तर कसैलाई यो थाहा भइरहेको हुँदैन कि अरु को कोठा कस्तो छ। सबैले मात्र यो भनिरहेका हुन्छन् कि मेरो कोठा राम्रो छ। जातीय व्यवस्था एउटा खण्डहर बन्न पुगेको छ। यसको पुनर्निर्माण गर्नु अपरिहार्य भएको छ। यो पुरा का पुरा दलेर नगइजाओस त्योभन्दा अगाडि नै। अब यसलाई यस्तो निर्माण गर्नुपर्छ कि बाहिर बाट भित्र आउने कुनै पनि नया मान्छे लाई यो भ्रम नै नपरोस कि उ आखिर कुन जात को हो।

९०% ब्राम्हण ले मासु खान्छन। ती नाम मात्र का ब्राम्हण हुन।
९०% क्षत्रिय ले लड़ाकु काम नगरी अरु नै कुनै काम गरेर बसेका छन। ती नाम मात्र का क्षत्रीय हुन।
५०% वैश्य कृषि वा अन्य कुनै काम गर्छन, इच्छा लागे जति सेना मा पनि भर्ती भइदिन्छन। ती नाम मात्र का वैश्य हुन।
६०% भन्दा बढ़ी संख्या मा क्षुद्र/दलित मध्यम वर्गीय जीवन व्यतीत गरिरहेका छन। तै पनि तिनी माथि क्षुद्र/दलित को लेबल लगाइदिने गरिन्छ। त्यसले सामाजिक नैराश्य फैलाउँछ।

हिन्दु समाज को नया वर्ण व्यवस्था यस प्रकार को हुनेछ।
(१) ब्राम्हण: जो मासु, रक्सी र धुम्रपान बाट टाढा रहोस।
(२) दलित: जो सुँगुर, गाई बाहेक को मासु मात्र खाने गरेको होस।
(२ क) जसले मासु त खाएको होस तर रक्सी र धुम्रपान बाट टाढा बसोस।
(२ ख) जसले रक्सी खाने धुम्रपान गर्ने गरेको त होस तर जसले मासु नखाओस।
(३) महादलित: जसले सुँगुर को मासु खाओस।
(४) शूद्र: गाई को मासु खाने हरु।

ताकि कसैले आफ्नो जातीय पहिचान बारे गलत क्लेम नगरोस त्यसका लागि परिचय पत्र र ट्रैकिंग सिस्टम को व्यवस्था गरिनेछ।

कसै माथि कुनै किसिम को दबाब रहने छैन कि उसले आफ्नो जीवन शैली बदल्नै पर्ने। तर कुनै पनि गाई को मासु खाने अथवा सुँगुर को मासु खाने अथवा मासु खाने अथवा रक्सी खाने अथवा धुम्रपान गर्ने व्यक्ति ले आफ्नो बारे गलत क्लेम गर्न पाउने छैन। कुनै पनि चेली को विवाह उनको इच्छा विपरीत झुक्किएर कुनै रक्सी खाने मानिस सँग हुन पुग्ने अवस्था रहने छैन।

जातपात व्यवस्था बदल्ने काम सरकारी पहलकदमी द्वारा गरिनेछ। व्यापक जनजागरण अभियान चलाउनु पर्नेछ। भारत निकै ठुलो देश हो। भारतवर्ष बृहत छ। त्यसैले हामीले यो अभियान नेपाल बाट शुरू गर्नुपर्नेछ। त्यसैले हामी नेपाल मा एउटा सत्य युग समाज पार्टी को निर्माण गर्न लागेका छौं। तर त्यो कदम चाल्नु अगाडि हामी एउटा सानो प्रयोग गर्न चाहन्छौं। ताकि हामी हेर्न सकौं आम मानिस को स्तर मा यस अभियान प्रति कस्तो प्रतिक्रिया आउँछ। ३,००० साल देखि चल्दै आएको जातीय व्यवस्था बारे आम मानिस ले के सोच्छन। हामीले जनकपुरधाम नै किन भनेको? किनभने सारा नेपाल मा जनकपुरधाम नै त्यो एउटा ठाउँ हो जहाँ धेरै मानिस ले रक्सी खाँदैनन र मासु खाँदैनन। यदि जनकपुरधाम का मानिस ले यस अभियान प्रति राम्रो प्रतिक्रिया दिएको खण्डमा यो कुरा सारा नेपाल मा फैलिन सक्छ। हामीले जनकपुर नै किन चुनेको? यो मिथिला को राजधानी हो। मेरो दोस्रो गृहनगरी हो।

हामीलाई कस्तो अभियान चाहिएको?

यस अभियान को नाम रहनेछ नमशैतान अभियान। नमशैतान अभियान: हिन्दु जन हरु भित्र सुतेको अवस्था मा रहेको दैविक आत्मा हरु लाई जगाउने अभियान। हिन्दु हरु लाई यस अभियान का मार्फ़त यो पहिचान गर्नुपर्नेछ कि आखिर धर्म यसरी क्षय भएर गएको कारण के रहेछ त। जुन मानिस हरुले धर्म को क्षय को पहिचान को असली कारण बुझ्ने छन ती कल्कि सेना कहलाउने छन। र जो मानिस हरुले त्यस सत्य लाई स्वीकार गर्न नकारने छन ती म्लेच्छ कहलिने छन। अर्थात कलि युग का राक्षस। कल्कि सेना का सदस्य हरु ले एक अर्का लाई नमस्ते भनेर अभिवादन गर्नेछन। जो कल्कि सेना का सदस्य हुने छैनन तिनलाई नमशैतान भनेर अभिवादन गरिनेछ।

एउटा मिति किटान गरिनेछ। त्यस मिति बाट त्यो अभिवादन लागु भएको घोषणा गरिनेछ। जबसम्म जनजागरण अभियान पुरा हुँदैन तबसम्म त्यति बेला सम्म कसैले पनि त्यो अभिवादन को प्रयोग गर्ने छैन।

म्लेच्छ को?

(१) ती मानिस हरु जसले मासु खाने ब्राह्मण लाई पनि ब्राम्हण मान्दछन र जसले कास्ट सिस्टम को पुनः इंजीनियरिंग गर्ने कुरा को विरोध गर्छन।
(२) जसले पुँजीवाद को समर्थन गर्छन र कल्किइज्म को विरोध गर्छन, पैसारहित समाज को विरोध गर्छन।
(३) जसले पत्थर मा शैतान देखन सक्छन तर भगवान देखन सक्दैनन।

अभियान को प्रक्रिया। जनकपुरधाम मा एक जना झण्डा बेच्ने कल्कि सेना को सदस्य ले आफ्नो घर माथि झुन्ड्याउने झण्डा बेचने छन। त्यो झण्डा तिनले मुफ्त मा पाउने छन र साथै एउटा रिस्ट बैंड पनि। म झंडा को वितरक लाई एउटा झंडा को ५० रुपया दिनेछु। सड़क टीम ले त्यो झंडा एक परिवार लाई ५०० मा बेच्नेछन। मुनाफा कल्कि सेना को।

कल्किइज्म के हो? एउटा पैसारहित समाज जहाँ प्रत्येक सामान को मुल्य घंटा, मिनट र सेकंड मा तय हुन्छ।



Thursday, January 26, 2023

26: Janamat



मधेशका बिनाविभागीय मन्त्रीको कार्य विभाजन : भौतिकमा सरोज, अर्थमा संजय र कृषिमा बसन्त नेकपा एमालेका तर्फबाट मन्त्री बनेका एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका सञ्जयकुमार यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको

गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

प्रहरी प्रशासन र कर्मचारी छैनन्, प्रदेश सरकार भनेर सरकार जस्तो भएन आन्तरिक उडानमा पनि हामी ३ बजे पछि जान नसक्ने अवस्थामा थियौँ । अब हामी रात्रिकालीन उडान पनि गर्न सक्छौँ । ....... हाम्रो विमानस्थलमा मध्यम आकारको जेट विमान आउन सक्छ । ठूला विमान आउनलाई जोग्राफिकल लोकेशनसँगै रन वे पनि छोटो छ । मैले त्यो बेलामा अभियान चलाउँदै धावन मार्ग तीन किलोमिटर हुनुपर्ने भनेको थिएँ, जुन २५०० मिटरमा आयो । भौगर्भिक अवस्थाका कारण यहाँका डाँडाको उचाइले पनि आपत्कालीन अवतरणमा अनेक अप्ठेरो हुन सक्छ । ........ उडानका लागि भूटान इच्छुक छ । ....... बङ्गलादेशमा हामी त्यसपछि अघि बढाउँछौँ । विस्तारै बैंकक, सिङ्गापुर होला । ...... सहकार्य, सहअस्तित्व र समन्वय तीन सिद्धान्तका आधारमा हामीले सङ्घीयताको व्यवस्था गरेका हौँ ........

केन्द्रले सङ्घीय निजामती ऐन अहिलेसम्म नबनाउनु यो दुःखद् पक्ष हो । प्रहरी समायोजनको क्रियाकलाप नै अगाडि बढेको छैन । यी दुई वटा कुरा हुनेबित्तिकै बल्ल सरकार जस्तो हुन्छ । प्रहरी प्रशासन आफूसँग छैन, निजामती ऐन समायोजन नभएर कर्मचारी पनि छैनन् । यस्तो अवस्थामा प्रदेश सरकार भनेर सरकार जस्तो भएन नि ।

....... खर्बौं बजेट छ सङ्घअन्तर्गतका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार मन्त्रालयमा । यहाँ त हामी ३२/३३ अर्बको पनि बजेट छैन । ........ न बाटा, न पुल, न अस्पताल, न स्कुल बन्छ त्यसले । न मानवीय विकासका लागि तालिम, जनशक्ति उत्पादनका आदि काम गर्न सक्छ त्यसले । स्रोत त असाध्यै सीमित भयो । ........ धेरैजसो कानुन बनाउने काम कार्यपालिकाबाटै हुन्छ । ती कानुनलाई समुचित ढङ्गले पारित गर्ने, परिष्कृत गर्ने काम व्यवस्थापिकाको हो । आवश्यकताअनुसार कानुन बनाउने, माथि केन्द्रसँग समन्वय गर्ने, केन्द्रले पनि यसलाई सहजीकरण गर्ने गरी बनाइदिने सङ्घीय कानुनहरू बनाइ दिँदै गए । यहाँ व्यवस्थापिकाले पनि काम गर्न पाउँछ । .......... हरेक ठाउँमा पाँच–दश लाखका योजना दिने गरिएको छ । ....... विधायकहरू पनि धारो, पानी उद्घाटन गर्न तल्लीन हुने अवस्था छ । ....... प्रदेशसभामा पक्ष/विपक्ष हुन्छ, तर समितिहरू अत्यन्तै अन्तरक्रियात्मक हुन्छन् त्यसले स्तर वृद्धि गर्दछन् । सभामुख र मुख्यमन्त्रीका बीचको समन्वयले सही सहजीकरण गर्न सक्छ । ......... संसदीय व्यवस्थामा प्रतिपक्षविनाको संसद्को परिकल्पना गर्न सकिदैन । प्रतिपक्ष संसद्कै महत्वपूर्ण अङ्ग हो, प्रतिपक्षप्रति उत्तिकै सम्मान हुन्छ । ......... हामी शासक हैनौँ, सेवक हौँ । जनताको सेवामा निरन्तर तत्पर हुन्छौँ । शासकीय शैली र शासक बन्ने अहंकार हामीमा कहिल्यै देखियो भने प्रदेशवासीले औँला ठड्याइदिनुहोस् विनम्रतापूर्वक सच्चिन्छौँ ।
.



४० रोपनीमा अनार खेती



जनमतका उपाध्यक्ष खानद्वारा खानेपानी मन्त्रालयको पदभार ग्रहण ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरू अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ,’ उनले भने।

ठूला दलका नेताहरु संसदमा राजाजस्तै : डा.राउत जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी स्वराजीहरुलाई संगठित गर्दै ‘राष्ट्रिय स्वराज पार्टी’ घोषणा गर्दैछौं १६औं मधेश बलिदानी दिवसको अवसरमा सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छौं । ...... हाम्रो परिषद् बैठकबाट ‘राष्ट्रिय स्वराज पार्टी’ घोषणा गर्ने निर्णय भएको छ । ...... मधेश मात्रै होइन, यो देशमा अब एउटा नयाँ पार्टीको जन्म हुँदैछ । सम्भवतः मेरै नेतृत्वमा नयाँ पार्टी निर्माण हुँदैछ । ...... उहाँले छोडेको स्वराज र मधेश मुद्दालाई आत्मसात गर्दै अगाडि बढ्छौं । ...... स्वतन्त्र मधेश होइन, हामी मधेशको मुद्दालाई अगाडि बढाउँछौं । राष्ट्रमै स्वराजको परिकल्पना हामी गरिसकेका छौं । राष्ट्रमै स्वराज स्थापना हुनुपर्छ भनेर नै हामी राष्ट्रिाय स्वराज पार्टी घोषणा गर्न लागेका हौं । मधेशमा नयाँ दलको आवश्यकता छ । जब हामी जनमत पार्टी गठन ग¥यौं, त्यो बेला डा.राउतले मधेशमा अब कुनै मधेशवादी पार्टी छैन, सबैले मुद्दा छोडिसक्यो भनेर भन्नुहुन्थ्यो । तर, अहिले उहाँ पूरानै पार्टीको बाटोमा हिड्दै हुनुहुन्छ । यसले प्रष्ट गरिसकेको छ कि जनमत पार्टी पनि मधेशवादी पार्टी होइन । मधेशमा मधेशवादी पार्टीको आवश्यकता रहेकोले हामी मधेशवादी पार्टी गठन गर्दैछौं । ....... प्रतिनिधिसभाको बैठकमा डा.राउतको प्रस्तुती पब्लिसिटी स्टन्ट मात्रै हो । ........ प्रधानमन्त्री प्रचण्डले मधेशका शहीदलाई राष्ट्रकै शहीद हो भनेर मान्यता दिनुभएन । ....... जब राष्ट्रले नै मधेश आन्दोलनका शहीदलाई शहीद घोषणा गरिसकेको छ । मधेशको मत चाहियो, कर चाहियो तर संसदमा मधेशीलाई सम्मान दिन मिल्दैन भने यस किसिमको राजनीति अब चल्दैन । ........ राम्रो मन्त्रालय नपाएपछि मधेशको अपमान हो भनेर भन्न मिल्छ ? यदि मधेशकै अपमान हो भने सरकारमा बस्नुको औचित्य छैन । उपेन्द्र यादवजीको पार्टी यो सरकारलाईा समर्थन गरेपनि अहिलेसम्म मन्त्री पठाउनुभएको छैन । त्यहींअनुसार यदि नैतिकता छ भने सरकारको साझा न्यूनतम् कार्यक्रमलाई समर्थन गरोस् र सरकार बाहिर बसोस् । डा.राउत त आफै प्रचण्डको चरणमा जानुभएकोा छ । राम्रो मन्त्रालय नपाएपछि डा.राउत आफू सरकारमा नगएर बिचारा अब्दुल खानलाई बलीको बोको बनाइएको छ । ....... हाम्रो पहिलो एजेण्डा भनेको पूर्वदेखि पश्चिमसम्मको मधेशको भूभागलाई एकीकरण गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, राज्य पुनर्संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय हुनुपर्ने, राज्यको सबै निकायहरुमा मधेशी युवाहरुको सामूहिक प्रवेश हुनुपर्ने लगायतका थुप्रै एजेण्डाहरु छन् । यी एजेण्डाहरु अन्य दलहरुको पनि रहेका छन् । तर तिनीहरुको भनाइ र गराइमा तालमेल छैन । हामी संघर्षको माध्यमबाट यी एजेण्डाहरु सुनिश्चित गराउँछौं ।

सुकुम्बासी समस्या समाधानका विषयमा गृहमन्त्री लामिछाने र मेयर शाहबीच छलफल
मधेस प्रदेशमा पनि जनमतलाई पाखा, दुई दिनमै परिवर्तन भयो मन्त्रालय मंसिर २९ गते मुख्यमन्त्रीसँगै बिना विभागीय मन्त्रीको शपथ लिएका जनमतका वसन्त कुशवाहालाई मंगलबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर बिहीबार उनको मन्त्रालय परिवर्तन गरी उनलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी जनमत मधेस प्रदेशको संसदीय दलको बैठक शुक्रबार बिहान ८ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष डा.सिके राउत पनि सहभागी हुने जनाइएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुबीच सहमति भएको थियो ।

संघमा खानेपानी जस्तै मधेशमा पनि जनमतलाई चक्मा, कृषि मन्त्रालय दिइयो बिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत दुई दिन देखि बधाई र शुभकामनाको लर्को आइरहेको थियो । तर एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय खोसिएर कृषि बनाइएको छ ।

माता सरस्वती पुजाको अवसरमा जनकपुरधाममा यस्तो छ रौनक (तस्वीर)