Thursday, June 30, 2022

30: Coalition Possibilities

एमाले, लोसपा र जनमतबीच गठबन्धनको गृहकार्य
शिव सेनाका विद्रोही नेता एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री
रातोपाटी ब्रिफिङ : गठबन्धन भत्काउने एमालेको दाउ, नयाँ गठबन्धनको गृहकार्य जसपा विभाजनतिर, के गर्लान् बाबुराम ? ...... नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको छ ..... पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच आ–आफ्नो बाटोतिर लाग्ने सहमति जुटेको बताइएको छ । यही अनुसार जसपा अघि बढे उपेन्द्र यादवको पार्टी थप क्षयीकरण हुने देखिएको छ भने बाबुरामको आगामी राजनीतिक यात्रा कस्तो होला भन्ने चासो पनि बढेको छ । केही पहिले जसपाबाटै लोसपा पनि फुटेको थियो ।

सहमतिमै आ–आफ्नो बाटो लाग्न उपेन्द्र–बाबुरामबीच सहमति ! छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । ....... ‘बाबुरामजीले सौहर्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहनु भएको छ, यो कुरा उहाँले उपेन्द्र यादवजीसँग पनि राखि सक्नु भएको छ’, उनले भने, ‘उपेन्द्र यादवले पनि हुन्छ भनिसक्नु भएको छ, सायद बाबुरामजी त्यसको तयारीमा लाग्नु भएको छ ।’

‘गठबन्धनको ढोका बन्द गरेका छैनौं’ ‘तर नेकपा एमाले कसैलाई एकथान प्रधानमन्त्री बनाउन आफ्नो ढाड निहुराउने पक्षमा छैन ।’

जसपाको पनि सबै मन्त्री फेरबदल हुने, डा.भट्टराई र महेन्द्र यादवलाई कारवाही गर्ने भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

धनुषामा यस्तो हुन्छ संघिय भिडन्त, दुई फरक गठबन्धन बिच कडा प्रतिस्पर्धा
गठबन्धन भए/नभएको अवस्थामा यस्तो हुन सक्छ देशको राजनितिक समिकरण गठबन्धनबाट भने नेकपा एस र जसपालाई घाटा भएको देखिन्छ । विराटनगर महानगरपालिकामा उपप्रमुख, जनकपुरधाममा प्रमुख सहितको पद गुमाए पछि जसपा शसंकित बनेको छ । जसपा उचित भागबण्डा र विश्वसनिय आधार पाए मात्र गठबन्धनमा जाने सोचमा रहेको बताइन्छ नभए मधेशी दलहरु बिचको गठबन्धन जसपाले अर्को विकल्पको रुपमा लिएको छ । ....... बामदेवले ओली प्रधानमन्त्री छोडन तयार भएपनि प्रचण्डले नमानेको खुलासा गर्नु माधव र ओलीको गठबन्धनका लागि बामदेवले गर्न खाजेको सहजीकरणका रुपमा लिइएको छ । ........ नेकपा एसले गठबन्धन र सरकार छाडे लोसपालाई सरकारमा प्रवेश गराई सरकार टिकाउने दाउ प्रधानमन्त्री शेरबहादुर देउवाको छ । त्यस अवस्थामा एकापटि पुन: लोसपा सहितको पाँच दलिय गठबन्धन हुने छ भने अर्को तर्फ एमाले, नेकपा एस र अन्य पार्टीको मिलन हुन सक्ने छ । ......... एमालेको भने क्यिलर भिजन छ । पहिलो गठबन्धनबाट कांग्रेस अलग्याउने नभए नेकपा एस र जसपालाई सम्मानजनक सिट दिएर गठबन्धन फोडने । ........ एता डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि गठबन्धन गर्ने भनेकाले सम्भवत: एमाले नेतृत्वको गठबन्धनमा उनी जान सक्ने सम्भावना देखिन्छ । एमाले संग राप्रपा नेपाल पनि जान सक्ने बताइन्छ । राप्रपा भने वैकल्पिक विचारका साथ एकल चुनाव लडने मनस्थितीमा रहेको देखिन्छ ।



रातोपाटी ब्रिफिङ : एसपीपीबाट ‘ब्याक’ भयो सरकार, जसपामा उपेन्द्र र बाबुराम पक्षबीचको शक्ति संघर्ष उत्कर्षमा बढ्दो महँगीप्रति सरकार निरीह
दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै
यस्ता छन् रवि लामिछानेको पार्टीका सात विशेषता
रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु
राष्ट्रिय सभागृहमा रविको क्रेज, तस्बिरहरु हेर्नुहोस्
जसपाको प्रस्तावबारे लोसपाले छलफल गर्दै

Monday, June 20, 2022

20: Kathmandu

गगन थापाले दिए काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव मन्त्री झाँक्री र मेयर बालेनको पहलकदमीको प्रशंसा ....... नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गरेका छन् । साथै उनले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिएका छन् । ...... काठमाडौं महानगरपालिकाले सिसडोल-बन्चेडाँडाका बासिन्दासँग फोहोर विसर्जनका सम्बन्धमा १७५ औं पटक सम्झौता गरिसकेको भन्दै १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था नआवस् भन्नेमा थापाको जोड छ ।

उदाए बालेन ‘मैले यो कुरा स्वीकार्नै पर्छ, यसपालिको चुनावले वैकल्पिक भनिएको पार्टीलाई पनि जनताले विकल्प भन्ने सोचेनन्, पार्टी विचार र सिद्धान्तको कुरामा फस्दा जनताले स्वतन्त्र व्यक्तिलाई विकल्पको रुपमा चुनेका छन् ।’ ...... बालेन साह र्‍यापरका रुपमा युवा पुस्ता माँझ पहिल्यै चिनिएका थिए । तर पुराना पुस्ताका मतदातासँग चाहिँ उनी सुनिएका नाम थिएनन् । ...... चुनावमा मनोनय दर्ता गराएपछि सञ्चारमाध्यमहरूका अन्तरवार्तामा आउन थालेपछि मात्रै पुराना पुस्ताका धेरैको नजरमा परेका थिए । ....... ‘काठमाडौं म आफैं बस्ने ठाउँ पनि हो, म माफैं मास्क लगाएर धुलोमा हिँड्नु परेको छ, खाल्डाखुल्डीमा म आफैं परेको छु’ उनले केहीअघि अनलाइनखबरसँग अन्तरवार्ता दिंदै भनेका थिए, ‘जताजातै फोहोर आफैंले देखेको छु, दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न, त्यसैले बस्न लायक सहर आफैंले बनाउनुपर्छ भनेर लागेको छु ।’ ...... ‘अहिले बालेनको पक्षमा एक्कासी लहर सिर्जना भएर जनमत जुटेको छ, उनीप्रति धेरै अपेक्षाहरु छन्’ उनी भन्छन्, ‘तर भोलिका दिन उनी मेयर भएर पनि फोहोर नउठ्ने जस्ता समस्या देखिए पनि एक महिना पनि नभइ बालेनप्रति पनि नागरिकमा फ्रस्टेसन सुरु हुनसक्छ ।’ ....... साहको इञ्जिनियरिङ पृष्ठभूमिका कारण पनि मतदाता लोभिएका छन् । ‘तर उनी कस्तो काम गर्छन् भन्ने विषयमा टेस्टेड मान्छे होइनन्’ खतिवडा भन्छन्, ‘मतदाताको अपेक्षा अनुसार गर्न सके उनका लागि यो अवसर हो, नभए आगामी दिन उत्तिकै चुनौतीपूर्ण पनि छ ।’ ........ मेयर भनेको व्यवस्थापकीय पद पनि हो । सीमित स्रोतका बीच उनले अघि सारेका महत्वकांक्षी योजनाहरुलाई कसरी पूरा गर्छन् भन्ने पनि देखिइनसकेको खतिवडा बताउँछन् । ‘योजना पूरा गर्न आम्दानीको योजना के हो भन्ने अहिलेसम्म स्प्ष्ट छैन, त्यसैले नागरिकमाझ सिर्जित अपेक्षा र बजेटको सीमितता बीच दूरि बढ्नसक्छ’ उनी भन्छन्, ‘यो उनको व्यवस्थापनमा भर पर्ने कुरा हो ।’ ...... कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने खतिवडा बताउँछन् ।

Is Fed mulling a steep rate hike? they expect the central bank to be more aggressive after recent inflation reports showed bigger-than-expected price jumps.