The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, January 30, 2022
Saturday, January 29, 2022
क्रान्ति का बिभिन्न चरण, बिभिन्न रूप
यो किसान आन्दोलन लाई सन २००६ अप्रिल क्रान्ति को अन्तिम अन्तिम अध्याय को रूप मा हेर्नुपर्ने हुन्छ। त्यस बीच मा भएका चार चरण का मधेस आन्दोलन, बिभिन्न जात जाति का आन्दोलन सबै समेट्नु पर्ने त्यसैले कर लागेको छ।
सड़क क्रान्ति गर्नु गारहो काम हो। सड़क क्रान्ति गर्ने पार्टी को साधन स्रोत कम हुन्छ। सत्ता मा पहुँच हुँदैन। त्यस कारण ले क्रान्ति बुलन्द हुन्छ।
किसान आन्दोलन लाई मंत्रीमंडल स्तर को वार्ता समिति मा लान खोजिएको हो।
स्थानीय र केंद्रीय चुनाव अगाडि संविधान संसोधन को मुद्दा छ। त्यो सम्बोधन भयो भने यो संविधान संसोधन भएर जोगिन्छ। होइन भने घोषित चुनाव नभएर संविधान अवसान को बाटो जान्छ।
त्यति बेला सम्म जनमत पार्टी ले देशव्यापी संगठन विस्तार गरिसक्नुपर्छ। संविधान अवसान को बाटो जान सक्छ। अंतरिम सरकार को नेतृत्व गर्नुपर्ने हुन सक्छ।
माग पुरा नहुँदा क्रांति संगठन विस्तार गरिरहेको हुन्छ। गरिरहेको छ पनि। खुल्लमखुल्ला राजनीति गर्न पाउने अवस्था को फाइदा त्यो हो।
न्यायपालिका पैरालाइसिस अवस्था मा छ। संसद को त्यही हाल छ। कार्यपालिका अकर्मण्य छ। नभएको भए आन्दोलन सँग वार्ता गर्थ्यो। त्यस मानेमा क्रान्ति एक मात्र निकास हो। लोकतंत्र, गणतंत्र, संघीयता लाई संस्थागत गर्ने। भ्रष्टाचार विरुद्ध राज्य लाई खड़ा गर्ने। राज्य को पुनर्संरचना गर्ने।
आर्थिक क्रान्ति गर्न का लागि यो सड़क क्रान्ति गर्नुपरेको हो।
देशव्यापी संगठन विस्तार गर्न सके जनमत पार्टी ले देशव्यापी चुनाव स्वीप गर्छ जब अंततः चुनाव हुन्छ। माग पुरा नहुँदा क्रांति संगठन विस्तार गर्नमा दत्तचित्त भएर लाग्नुपर्छ। चाहिने स्रोत साधन दिने नै संगठन विस्तार ले हो।
Subscribe to:
Posts (Atom)