Sunday, May 30, 2021

जसपा भित्रको गाँठो: राष्ट्रिय राजनीति को प्रतिविम्ब




राष्ट्रिय राजनीति जुन र जस्तो गाँठो मा गएर अल्झिएको छ जसपा भित्र को गाँठो त्यसैको सानो रूप हो। आफु संसदीय दल को नेता हुने संभावना नभए चुनाव नै हुन नदिने। पार्टी भित्र महंथ-राजेन्द्र लाई पछार्न देउबा र प्रचंड को चाकडी बजाउने, उपेंद्र लाई पछार्न महेश माफिया को। ओली ले संसद विगठन गर्नु अगाडि जसपा सँग परामर्श नगरेको हुँदै हो। संसद छैन भने संविधान संसोधन हुँदैन होइन कि संसद फर्केर आए पनि संविधान संसोधन हुँदैन। 

कदम कदम मा सर्वसम्मत निर्णय लिँदै अगाडि बढेको भए जसपा ले देश हाँक्ने त हो तर त्यो चरम अनुशासन को अपेक्षा नै गलत थियो। साधारण अनुशासन नभएको पार्टी सँग चरम अनुशासन को अपेक्षा गर्न मिल्दैन। उपेंद्र ले मधेसमा भोट बटुले, आफ्नो सपा भने पहाड़ी हरु लाई सुम्पे। यसरी सुम्पे कि न पहाड़मा पार्टी विस्तार हुन्छ र मधेसमा रहेको साख पनि समाप्त हुन्छ। चुनाव नजितने पहाड़ी हरु उपेंद्र को बॉस बनेका छन। पद छ उपेंद्र सँग निर्णय गर्छ अर्कै। 

महंथ को प्रधान मंत्री पद लिनु थियो भने कांग्रेस मैं बस्थे भन्ने दावा हावा हो। निधि लाई त नसकारेको कांग्रेस। जुनियर होइन सीनियर। सारा जिन्दगी कांग्रेस लाई अरपेको मधेसी राजदुत र राष्ट्रिय सभा सदस्य मधेसी पार्टी ले बनादिनु पर्ने जिकिर गर्छ जब। 

पार्टी भने फुटन नसक्ने। संसदीय दल कायम छ। अदालत मा विचाराधीन रहेको ले संसद कोमा मा छ, मरेको छैन। केंद्रीय समिति मा फेरि राजपा ले ५०-५० किन नगरेको होला? गोर्खे ले ठग्यो जस्तो छ। पार्टी फोड़न केन्द्रीय समिति र संसद दल दुबैमा ४०% बढ़ी चाहिने। एउटा अध्यक्ष ले अर्को अध्यक्ष लाई पार्टी बाट निकाल्न सक्दैन। पार्टी संगठन तर छिया छिया हुन्छ। 

संसद फर्केर आए अहिले त्यसको अंकगणित कहाँ छ कसैलाई पनि थाहा छैन। 

संसदीय व्यवस्थामा संसदीय दल आफ्नो पार्टी मुनि को निकाय होइन। संसदीय दल नै प्रमुख हुन्छ। त्यो कम्युनिस्ट हरु लाई बुझ्न गारहो हुँदो रहेछ। एमाले, माओवादी हुँदै मधेस पसेका उपेंद्र जी फेरि लाल सलाम गर्न लागेको हो भने राजनीति सकियो। 

पार्टी फुटे राजनीति त दुबै  पक्ष को सकियो। 



Ujwal



नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र) August 22, 2020 सत्ताको प्रलोभनका लागि नेपालका शासक सम्भ्रान्त वर्गले विश्वभरि फैलिरहेको “खोक्रो राष्ट्रवाद” ( घृणाको राष्ट्रवाद र जातीयवाद) को प्रयोग मज्जाले गर्नेछन्। यसले गर्दा हामी एक ‘असफल राष्ट्र’ को बिल्ला लाग्न थाल्नेछ। ....... सत्तारूढ कम्युनिष्टहरू र परम्परावादी/धार्मिक कट्टरपन्थीहरूको दस्ताले नेपालीहरूलाई “खोक्रो राष्ट्रवाद”को खोलमा फासीवादी-स्टालिनवादी शक्तिको समर्थन गर्न अभिप्रेरित गर्नेछ। प्रगतिशीलहरू लोकतन्त्रवादीहरुको लचिला गठबन्धनहरुका शुरुवात हुनथाल्छ। विभिन्न राष्ट्रहरूले “खुल्ला ढंगले “आन्तरिक” राजनीतिमा समर्थन गर्न थाल्छन् जसले घरेलु राजनीतिक मुद्दाहरुको अन्तर्राष्ट्रियकरण हुनथाल्छ। नयाँ पुस्तालाई “राष्ट्र बचाउ” को बहानामा खोक्रो राष्ट्रवादले विभाजित गर्नेछ। “शोसक शासक” कुलीन वर्ग (क्रोनी बामपन्थी-पुँजीवादीको जत्था) ले व्यापक हिसाबमा “नेपाल रहे नेपाली रहन्छ” भन्ने बिचारको दुरुपयोग गरी राज्य कब्जा गरेर उनीहरूको निरंकुश शासनको विरूद्ध कुनै पनि असहमतिलाई दबाउन थाल्नेछन्। यस्तो दमनको विरुद्ध प्रगतिशीलहरुको आन्दोलनले चाहिँ मानवताका मूल्यमान्यतामा आधारित भई नेपालीहरुलाई एक बनाउने कोशिस गर्नेछन्। उनीहरुले “नेपाली रहे पो नेपाल रहन्छ” जस्ता बिचार अगाडि सार्छन्। जारी दमनले हिंसात्मक बिद्रोहको स्थिति निम्त्याँउने सम्भावना बढ्छ र “लोकतन्त्र” बचाउकै नाउमा सत्ता प्राप्तिको होडबाजी हुनेछ। .......... समाजमा बढ्दो अराजकताको वहानामा राज्यले नै राज्य सञ्चालित हुल, सुचना प्रविधिद्वारा सामाजिक सञ्जाललाई नियन्त्रण गरी अभिव्यक्तिको स्वतन्त्रतालाई नराम्ररी निमोठ्नेछ। ....... भोकमरी नेपालीहरुको मौन हत्यारा हुनेछ। यस उथलपुथलले अर्को २ वर्षमा हरेक नेपाली परिवारको नातोगोतामा कोहि न कोहिको मृत्यु हुनसक्ने तितो वास्तविकता आउनसक्छ। ......... न्यायपालिकाले स्वतन्त्र वा निष्पक्ष रुपमा राज्य र यसका कार्यक्षेत्रको गतिविधिलाई खबरदारी गरिरहेको हुन्न। व्यवस्थापिका केवल आफ्नै शक्तिशाली गुटहरुको मात्र सुन्न तयार हुन्छ। न त ऊ नागरिकहरूप्रति जवाफदेही हुनेछ र वा उनीहरुका सुन्नेछन्‌। यस विन्दुमा कार्यपालिका न त पारदर्शी रहन्छ वा दिएका आश्वासनहरु नै कुनै पूरा गर्छन्। उदाहरणका लागि, कृषिका लागि चाहिने मलदेखि सरकारी सेवा; शैक्षिक सामग्रीदेखि चिकित्सक सेवा विरलै समयमै पाइने हुनाले त्यसको परिणामस्वरूप समाजमा अराजकता फैलिन्छ। नेपालको संविधान २०७२ कार्यन्वयन हुने कुरामा जनमानस खासै विश्वास रहँदैन। ......... स्वास्थ्य सेवा क्षेत्र झनै बिचौलिया र दोहनकारीकोमा केन्द्रीकृत हुनेछ। ‘स्वास्थ्य राज्यको प्राथमिक जिम्मेवारी हो’ भन्ने संवैधानिक दायित्वलाई निजी स्वास्थ्य उद्योगहरुले कार्यान्वयन गर्न नदिँदा यो विवाद नयाँ उचाइमा पुग्नेछ। सार्वजनिक स्वास्थ्य क्षेत्रलाई चाहिने चिकित्सक तथा स्वास्थ्य पेशाकर्मीहरु विदेश पलायन हुँदा मुलुकमा एक स्वास्थ्य संकटबाट अर्कोमा फस्नेछ। .......... सार्वजनिक स्कूल र कलेजहरूलाई दोहनकारी संस्थाहरुले खुला रुपमा अवैध गतिविधिहरु गर्नका लागि भर्तीकेन्द्र र लगानीकेन्द्र बनाउनेछन्। ........ सूचना प्रविधिका नीतिहरूलाई दुरुपयोग गरी नागरिकलाई नियन्त्रण गर्ने विभिन्न प्रविधिबाट देशलाई प्रहरी राज्य बनाइन्छ। तस्करी राज्य हुने प्रारम्भिक चरणमा नेपाल हुनेछ। ........ २०२२ सम्ममा अधिकांश नेपालीले देशभित्र आफ्नो भविष्य देख्न छाड्नेछन्। जल्दोबल्दो मुद्दाहरुमा निरंकुश बहुमतीय भीडका डरले हरेक क्षेत्रका अल्पसंख्यकहरु मौन रहनेछन्। दोहनकारी राजनीतिक र आर्थिक संस्थाका भिजिलान्तेहरुले असहिष्णुता बढाउने काममा लागिपरेका हुन्छन्। युवाहरू राज्यका कामकारवाहीमा विश्वास गर्दैनन्। अग्रजहरु अझै कठोर/निष्ठुर बन्दै जानेछन्। प्रभावशाली अग्रजहरु भने नयाँ पुस्ताले चाहेका दिगो परिवर्तनलाई रोक्न तल्लीन देखिने छन्। अहिले विद्यमान दोहनकारी शासकीय प्रणालीको विकल्प खोज्ने बारे नयाँ पुस्तामा तीव्र छलफल भइरहेको हुन्छ। प्रगतिशील र परम्परावादीहरुले प्रस्ताव गरेका विरोधाभास उपचारले नेपालीहरूलाई विभाजन गरि राख्नेछ। देशको प्रणाली परिवर्तन गर्न युवा पिँढीबीच “हिंसा” वा “अहिंसा” प्रयोग गर्ने बारे चर्चा-परिचर्चा भैरहन्छ। देशभित्रका विभाजन संसारभरै रहेका नेपाली बीच फैलिन्छ। विदेशमा रहेका नेपालीहरूले विदेशमा पनि आफूलाई सुरक्षित महसुस गर्दैनन्। ....... रूपान्तरण कि त पूर्वतयारीबाट आउनेछ कि त त्यसो नगर्नाले उत्पन्ऩ चरम दु:खबाट आउँछ।

कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ? काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । ....... समतामूलक समृद्धिका लागि चाहिने “समबृद्धि डीएनए” तानाशाही विरुद्ध लड्न काम लागेको “मुक्ति डीएनए” भन्दा फरक र विकसित हुन्छ । ब्याक्टेरियाको प्रतिरोध गर्ने एन्टीबायोटिकको बनौट र काम गर्ने तरिका ग्यास्ट्रिक निको पार्ने एन्टासिड जस्तो हुँदैन । ........ चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भइसक्यो । भारत केही वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दैछ र यी दुईको बीचमा हामी रहेका छौं । कल्पना गर्नुहोस् – नेपाल आजको अमेरिका र क्यानडाबीच रहेजस्तै हुनेछ । अझ, ४ मध्ये ३ नेपाली ४० वर्षभन्दा कम उमेरका छन् । ........ संसारभर उदाहरणीय र विशिष्ट भनी चिनिएको हाम्रो संस्कृति जोड्ने हो भने नेपाललाई वास्तविकरूपमै ‘समृद्धि, सहिष्णुता र सुन्दरता’को केन्द्रका रूपमा निर्माण गर्नसक्ने लोभलाग्दो स्थितिमा हामी छौं ।

नेपाललाई विश्वकै केन्द्रविन्दु बनाउन सकिन्छ ।

....... अहिलेको राजनीतिक नेतृत्त्वले नेपाललाई समृद्ध बनाउने उपाय खोज्नुको साँटो देश किन गरीब छ भन्ने विमर्शमा बढी समय खर्चिरहेको छ । ......... चाकडीवादी र भाग्यवादी सोच पुरानो पुस्तामा एक हदसम्म यथावत नै छ। तर नयाँ पुस्ता (८२% भन्दा बढी नेपाली ४५ वर्षभन्दा कम उमेरका छन्) नातावादको चक्रव्यूह तोड्न उत्सुक छ । ३० वर्षअघि मात्रै ४ मध्ये १ नेपालीमात्र साक्षर थिए भने हाल ४ मा ३ नेपाली साक्षर छन् । अहिले लगभग हरेक नेपाली दुनियाँसङ्ग जोडिएको छ (मोबाइल प्रयोगकर्ता जनसङ्ख्याको झन्डै १००%)। ........ “दोहनकारी आर्थिक संस्थाहरू धेरैबाट स्रोतहरू खिच्नको लागि बनाइएका हुन्छन् र तिनीहरूले सम्पत्ति अधिकारको रक्षा वा आर्थिक गतिविधि लागि आवश्यक पर्ने प्रोत्साहन प्रदान गर्न असफल हुन्छन् । तर समावेशी आर्थिक संस्थाहरूले सम्पतिको अधिकार लागु गर्छन्, लगानीको लागि सबैको लागि उही तहको मैदान तयार पार्छन् र नयाँ प्रविधि तथा सीपहरूमा लगानी गर्न प्रोत्साहन गर्छन् । .............. असफल पात्रहरूलाई बारम्बार शासन गर्न दिई फरक नतिजाको आशा गर्नु मूर्ख्याइँ हो । तर यो नेपालमा रीत नै बनिसकेको छ । यसको कारण हाम्रो भाग्यवादी सांस्कृतिक विश्वास हो जसले गर्दा हामी हाम्रो भाग्य यस्तै नै रहेछ र जबसम्म अरू कुनै शक्तिशाली पात्रले हामीलाई हालको बेथितिबाट बचाउँदैन हाम्रो नियति नै यही हो भन्ने ठान्छौं । ........ ४५ वर्ष मुनिका ८२% नेपालीले आफ्नो भाग्य आफै बनाउन नयाँ तरिका अपनाइरहेका छन्। आज पनि धेरै समृद्ध राष्ट्रहरूले हाम्रा युवा, हाम्रा स्थान, हाम्रा प्रतिभा र काम गर्ने शैली खोज्छन् । त्यसैले हाम्रा प्रतिभाशाली युवाहरू विभिन्न विकशित राष्ट्रहरूमा फैलिएर काम गरिरहेका छन्। ..........

परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ।



धारा ७६ (५) अनुसार बन्ने सरकारबारे सुवास नेम्वाङसँग तर्क-वितर्क अब चिह्नको महिमा आफ्नै ठाउँमा छ। सूर्य चिह्न, रूख चिह्न, हँसिया हथौडा इत्यादि। ...... तपाईंको तर्कलाई मैले मान्छु भन्दिनँ। तपाईंको तर्कमा तर्क छ। ...... एकछिनका लागि मान्नुहोस् न श्यामबहादुर। उसले भन्यो म प्राप्त गर्न सक्छु विश्वासको मत, मलाई भरोसा गर्दा हुन्छ। ऊ दाबी गर्न आयो। संयोग मान्नुस्। हुन निकै अप्ठ्यारो छ। किनभने यत्रो प्रोसेस असफल भइसकेपछि यो प्रक्रिया सफल हुन्छ कि हुँदैन शंका छ। मान्नुस् त्यहाँ रहेका ४ देखि ५ वटा दलले, त्यसमध्ये बहुमतप्राप्त ३ वटा दलले सही गरेर राष्ट्रपतिलाई यो मान्छेलाई हाम्रो समर्थन छ भनेर आइदियो भने। ........

वास्तवमा हामीले संविधान बनाउँदा कल्पना के गरेको हो भने, यो १, २, ३ जम्मै सक्कियो, कुनै सदस्य पो निस्कन सक्छ कि, हेरौँ न त एकपटक भनेको हो।

..... प्रधानमन्त्री भइसकेको मान्छे। मेरो पार्टीको एकछत्र १५-१६ वर्ष नेतृत्व गरेको मान्छे र उहाँ बहुदलीय लोकतन्त्रमा विश्वास गर्ने नेता। त्यस कारण आफ्नो पार्टीको नेतालाई हटाएर अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउन जानुहुन्छ भन्ने कुरा मलाई एक प्रतिशत पनि विश्वास छैन। यो गलत हो, बेठिक हो भनेर मैले पत्रकार साथीहरूलाई टिप्पणी गरेको थिएँ।




अर्को नेपालको कथाः सनैया दशकयता रेमिट्यान्सको कारण मैले आफ्नो गाउँ गोइठी (सप्तरी) मा देखेको जातीय, लैंगिक एवं आर्थिक सम्बन्धमा परिवर्तनका उदाहरणहरू। ......... वैदेशिक रोजगारको पूरै चक्र (अर्थात सपना देख्नुदेखि फर्केर आउनुसम्म) ....... काम गर्ने देशमा पुगिसकेपछि त खुरुखुरु काम गर्न पाइन्छ होला लाग्न सक्छ तपाईंलाई। तर, त्यहाँको कथा झन् बेग्लै छ। त्यहाँका कथा जति दर्दनाक छन्, त्योभन्दा बढी अकल्पनीय लाग्छ। ....... खाडी मुलुकमा पुगेपछि कामदारलाई सबभन्दा पहिला अर्को करार पत्रमा हस्ताक्षर गराइन्छ जसमा नेपालमा भनिएभन्दा कम तलब र अन्य सुविधा उल्लेख गरिएको हुन्छ। कसैले आनाकानी गर्‍यो भने थर्काएर, धम्क्याएर पनि हस्ताक्षर गर्न बाध्य पारिन्छ। आफूलाई असहज भयो, काम गर्न मन लागेन, घर फर्किन कसैले सोच्यो भने त्यसपछिको सास्ती फेरि बेग्लै छ। खाडी मुलुकमा बनेका कानुन मजदुरको हितलाई होइन त्यहाँका मालिक र कम्पनीको हातमाथि पारेर बनाइएको हुन्छ। ......... उसै पनि भनिन्छ, नेपालीहरूले विदेशमा पाउने भनेको 'थ्रीडी वर्क' हो। अर्थात 'डर्टी, डिफिकल्ट एन्ड डेन्जरस वर्क'। खाडी मुलुकमा त 'मोस्ट थ्रीडी' भने हुन्छ। ........ 'रियालमा झुन्डिएको जीवन' अध्यायमा काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु हुँदाको समय विवरण, साथी गुमाउँदाको पीडा र मनोदशा अनि कम्पनीका मानिसको असंवेदनशील व्यवहारको फेहरिस्त छ। आफ्नै साथी गुमाउँदा आँशु झार्ने वा सुँक्सुकाउन पनि नपाउने वातावरणबीचमा कामदारको मनमा राति सुत्दा कस्तो चिन्ता र भय उत्पन्न हुन्छ, 'हररात ऐंठन हुन्छ' अध्यायमा गज्जबसँग केलाइएको छ। .......... अत्यन्त गर्मीमा अनेकौं अभाव र कष्टबीच जोखिम उठाएर काममा खटिने नेपालीले आफ्नो शरीरमा पानी र पौष्टिक तत्वको अभाव भएको पत्तै पाउँदो रहनेछ। साँझको खाना खाएर स्वस्थ्य सुतेको मान्छे जब भोलिपल्ट उठ्दैन, त्यस्तोलाई सुतेको सुत्यै भन्दा रहेछन्। ....... पुस्तक पढ्दै जाँदा गनिराम गुरुङको मरुभूमि बसाइमा केन्द्रित च्याप्टर 'जंगलमा कानुन लाग्दैन' अत्यन्त कहालीलाग्दो छ। उनी सात वर्षसम्म ऊँटका गोठालो भएर बसेका थिए। उनका मालिक साह्रै क्रुर थिए। गनिरामलाई कहिलेकाँही पाँच दिनसम्म खान नपाएर भौतारिनुपर्थ्य। कहिले ऊँटले खाने दाना नै खानुपर्थ्यो। उनलाई सबभन्दा पीडा गर्मीमा आराम गर्नुपर्दा हुन्थ्यो। ........... 'ऊँटको पछाडि दौडिँदा खाने-बस्ने टुंगो थिएन। कतै ओत लाग्ने छाप्रो थिएन। बगरमै खायो। बगरमै सुत्यो। बगरमै हिँड्यो। तालु घामले पोल्थ्यो। बढी गर्मी भएमा कपडाले तालु छोप्थे। एकदमै चर्को घाम भए चराले जसरी तातो बालुवा खोस्रेर फाल्थे। चिसो बालुवा नभेटिएसम्म खाल्डो खन्थे र त्यही खाल्डोमा बस्थे। मरुभूमिमा बग्ने हावाले त्यो खाल्डो पुरिदिन्थ्यो। हावाले बालुवा नझारेसम्म बस्न मिल्थ्यो। हावाले बालुवा खसालिदिएपछि फेरि खोस्रिनु पर्थ्यो। कैयौं रात बालुवाले पुरिदिन्थ्यो। राति बिउँझिनुपर्थ्यो। अलि गहिरो निद्रा पर्दा त बालुवाले घाँटीसम्म पुरिदिएको हुन्थ्यो। मरुभूमिमा यस्तो जोडले हावा चल्थ्यो, एकैछिनसम्म मैदानमा बालुवाको पहाड भइसक्थ्यो।' ............ सरकारी कर्मचारीलाई पनि म्यानपावर एजेन्टले कसरी फनफनी घुमाउँछ .......... रोजगार क्रममा खाडी पुगेकोले आफ्ना कागजात हरायो, स्पोन्सर छोडेर हिँडेका वा अपराधको सजाय भुक्तानी गरिसकेकाले नेपाल फर्किन खोज्यो भने जेलमा बस्नुपर्दो रहेछ जसलाई 'सफर जेल' भनिन्छ। सफर जेलमा जान त्यहाँका प्रहरी (सुर्ता) ले पक्रिनुपर्ने। सुर्ताले पक्रेर जेल हालेपछि फर्किने कागजात तयार हुँदो रहेछ। जेल बसेर फर्किने यात्रा त सहज होला जस्तो लाग्न सक्छ हामीलाई तर हुँदो रहेछ ठीक उल्टो। पहिला त सुर्ताले पक्रियोस् भनेर घुस खुवाउनुपर्ने। कैयौं दिन सुर्ताले नपक्रिँदा खुला आकासमै रात काट्नुपर्छ। त्यस्तो रात कटाइलाई नेपालीहरूले 'जुनतारा गेष्ट हाउस' को बसाइ भन्दा रहेछन्। जेल पुगेपछि बाँसको झयाङजस्तै मान्छे कोचिएको हुन्छ। ठाउँ यति अभाव हुन्छ कि उभिने र बस्नेको पालो लागेको हुन्छ। बेलाबेला टोली नेताले भन्छन्, 'ल अब उठेकाहरूको बस्ने र बसेकाहरूको उठ्ने पालो।' .............

कतारमा मात्रै सोह्र लाख नेपाली बस्छन्। यसो हेर्दा खाडी मुलुक त नेपाल बाहिर रहेको अर्को नेपाल जस्तो लाग्छ।



नेकपा विभाजन गर्दै नयाँ संविधानसम्म पुग्ने खेलको सूचना एक वर्षअघि नै पाएको थिएँ- घनश्याम भुसाल

जसपाको बहुमत पक्षद्वारा ठाकुर-महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षमा ३० जना रहेका छन्। ....... विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर-महतो पक्षसँग २० जना सांसद रहेका छन्।

हामीले ठूलै एकताको झण्डा उठाउने हो, माओवादी मात्रको एकताको होइन हाम्रो प्राथमिकता अव आफ्नै खुट्टामा उभिने हो । आफ्नै वर्गमा फर्किने हो । विचार राजनीतिमा भर पर्ने हो । आफ्नै जनाधार सुढृढ बनाउने हो ।