Thursday, March 05, 2015

NRN संगठनका पद हरु र म

नेपालमा एउटा CDO भन्ने पद छ ----- राम्रै पद होला, महत्वपुर्ण पद होला ---- तर मेरो आफ्नो लागि ठ्याक्कै interest नलागेको पद। I have absolutely no interest whatsoever ------  मेरो लागि NRN संगठनको प्रत्येक पद --- तल देखि माथि सम्मको प्रत्येक पद त्यस्तै हो ---- मलाई ठ्याक्कै interest छैन। अहिले पनि छैन, पछि पनि छैन। I have absolutely no interest whatsoever. मलाई NRN को कुनै पद खानै छैन। ठ्याक्कै छैन। अहिले पनि छैन। पछि पनि छैन।

सन २०३० सम्म मा संसारको प्रत्येक देश घुमिसकने ambition भएको मान्छे म। I am a global citizen.


भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा

नागरिक घरबार ठूलो कि दिल्ली दरबार?

भु-राजनीति नबुझ्नेले राजनीति को गफै नगर्नु। भारतको भु-राजनीति नबुझ्नेले नेपालमा राजनीति गर्छु भनेर नसोंचे हुन्छ।

सीके राउतको खुट्टा बामेले भाँच्यो। सीके माओवादी भएको भए बामेको दुईटा खुट्टा भाँचिने। तर सीके पर्यो गांधीवादी। म चाहिँ परें मध्यमार्गी --- माओवाद बुझेको तर माओवादी होइन, गांधी लाई चरम हद सम्म आदर गर्ने तर विशुद्ध गाँधीवादी पनि म होइन, Gandhi for me is more about national pride -- मेरो worldview मा बामेको खुट्टा म भाँच्दिन, तर कसैले भाँचि हालेछ भने मैले दुःख मनाउ पनि गर्ने छैन --- सीके को मानव अधिकार हनन हुँदा पहाड़िया तथाकथित मानव अधिकारवादी लाई कुनै किसिमको डिस्टर्ब भा छैन, त्यस्तै ------ तर बामे लाई नेपालको राजनीति बाट मटियामेट गर्न कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने मेरो मान्यता चाहिं हो फेरि।

भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा के हो भने चन्द्रमा ले चाहेर पृथ्वी हल्लिने होइन, पृथ्वीले चाहेर सुर्य गायब हुने होइन। तर त्यो बुझ्ने सानो अंतरिक्ष यान पनि मंगल ग्रह पुग्न सक्छ। अर्थात नेपाल लाई First World Country बन्न कसैले रोक्दैन --- न भारतले रोक्छ, न चीनले, न अमेरिका ले। नेपाल First World Country नभएको कारण नेपाल भित्र छ। कस्तूरी ले आफ्नो नाइंटो छाम्ने हो। देशले दक्ष राजनीतिक नेतृत्व पाए देश समृद्ध बन्छ। त्यो व्यक्ति शायद बाबुराम हो कि? दिल्ली पढेको मान्छे दिल्ली घुम्न गयो --- केही महिना अगाडि अमरेश पनि अमेरिका घुम्न गएको हो। अनि के त? अमेरिकाले नेपालमा चासो लिन नहुने? चन्द्रमाले सुर्य देख्न नहुने?

अमरेशले नेपाली काँग्रेसको नेतृत्व सम्हाले काँग्रेस पार्टी सही बाटोमा आउँथ्यो कि?