Thursday, November 04, 2021

November 4: Happy Diwali

Tuesday, November 02, 2021

News: November 2



भुटानको ज्यादतीको पोल एक दिन खुल्नेछ 'अमेरिकामै स्टेट काउन्सिलर हुँदै अमेरिकी कंग्रेसमा समेत यिनै भुटानी आप्रवासी जान सक्ने सम्भावना देखिएको छ । भुटानमा ल्होत्साम्पामाथि भएको अत्याचार र यसबारेको स्वीकारोक्तिमा कुनै दिन भुटान उभिनेछ भन्ने मलाई लाग्छ ।' ......... त्यहीबेला भुटानले व्यापक रूपमा

दक्षिणी भुटानका नेपालीभाषी ल्होत्साम्पामाथि गरिरहेको दमन र ज्यादतीबारे म केही मात्रामा अवगत भए पनि

औपचारिक तवरमा यसबारे खासै छलफल भएन । भुटान भ्रमणका बेलामा केही ल्होत्साम्पा शिक्षकहरूसँग पनि भेटघाट र वार्तालाप भएको थियो । ............. त्यसको मुख्य कारण थियो– भुटानी सरकारले त्यहाँ धेरै पुस्तासम्म बसोबास गरेका ल्होत्साम्पाहरूलाई आफ्नो नागरिकताबाट वञ्चित गराउनु । ......... स्थिति कतिसम्म थाहा पाएको थिएँ भने दक्षिणी भुटानमा रहेका ल्होत्साम्पाका बालबच्चाले त्यहाँबाट बाहिर निस्केर पढ्नका लागि ‘सर्टिफिकेट’ पनि पाउन सकिरहेका थिएनन् । ........ सत्य के हो भने भुटानले सन् १९८० र ९० को दशकमा एउटा भयावह जातीय सफाया गरेको थियो, जुन इतिहासकै सबैभन्दा ठूलोमध्येको एक हो । ........ जनसंख्याको ठूलो हिस्सा (६ भागमा एक भाग) लाई देश निकाला गरिएको थियो ।

भुटान सरकारका उच्च अधिकारी, उच्चपदस्थ र राजनीतिज्ञहरू यति ‘सोफिस्टिकेटेड’ छन् कि यो सबै इतिहास र घटनालाई ढाकछोप गरिरहन सक्षम छन्, पारंगत छन् ।

............ अन्तर्राष्ट्रिय सभा–सम्मेलन, मञ्चहरूमा भुटानका प्रतिनिधिले राख्ने धारणा र अडानमा अचम्मको ‘भरोसा’ र आत्मविश्वास झल्केको हुन्छ । उनीहरू जे बोल्छन्, मीठो भाषामा बाहिरी विश्वले पत्याउने गरी बोल्छन् । नेपालको प्रस्तुति भने कामचलाउ मात्रै हुन्छ । ............ भुटानी शरणार्थी समस्या समाधानका वार्ताहरूमा पनि त्यही भएको हो । कहिले भुटानी नागरिकको वर्गीकरण, कहिले यो र त्यो भनेर उनीहरूले नेपालीलाई रनभुल्ल पारेकै हुन् । रनभुल्ल पार्ने तहको भुटानीको ‘नेगोसिएसन स्किल’ लाई मान्नैपर्छ । ............ हामी कुरै मात्रै गरिरहेका छौं, उनीहरू कामले देखाइरहेका छन् । वातावरणीय सचेतना, शिक्षा, स्वास्थ्यका पक्षमा भुटानमा निकै प्रगति भएको छ । ......... ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल जस्ता संस्थाले भुटानबाट लखेटिएका १ लाखभन्दा बढी भुटानी नागरिकबारे प्रश्न उठाइरहेकै छन् । ........ अस्ट्रेलियामा रहेको एउटा रिफ्युजी काउन्सिलले त यो जीएनएचलाई भुटानका हकमा ‘ग्रस नेसनल हिपोक्रेसी’ भनेर उल्लेख गरेको छ । ........ यसको कारण स्पष्ट छ– नेपालले यो घटनालाई दह्रो रूपमा कहीं पनि उठाएकै छैन, अथवा उठाउन चाहेकै छैन । भारतले पनि यो घटनालाई ढाकछोप गर्नै चाहेको छ, चीनले पनि कहिल्यै बोलेको छैन । ........ भुटानका छिमेकीहरूले नै यत्रो जातीय सफायाको मुद्दालाई सम्बोधन गर्न चाहेकै छैनन् ।

राष्ट्रसंघीय मञ्चमा उभिएर नेपालले भुटानका बारेमा बोल्नुपर्दा एक–दुई वाक्यमा भन्न खोजेको के हो, त्यो बुझाउन नचाहेरै अस्पष्ट र अमूर्त बोलिरहेको हुन्छ ।

.......... अर्कातिर, ‘हामी नेपालसँग वार्ता गर्दैछौं, भुटानी नागरिक प्रमाणित भएमा फिर्ता गर्छौं भनेकै छौं नि’ भनेर भुटानी अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमै उभिएर मीठो बोलीमा अल्मल्याउने काम गरिरहे, हामी अलमलमा परिरह्यौं । ........ कस्तो संयोग छ भने अहिलेको रोहिंग्या संकट उब्जँदा बर्मा सरकारले पनि त्यही कुरा भनेको थियो– हाम्रा नागरिक प्रमाणित भएमा घर फिर्ता गर्नेछौं भनेर । हो, यो ‘चाल’ बर्माले भुटानबाट सिकेको थियो । ...... जसरी एउटै भुटानी नागरिक घर फर्कन सकेनन्, त्यसैगरी रोहिंग्या पनि बर्मा जान सकेका छैनन् । तर, यत्ति हो कि आज १ लाख २० हजार भुटानी नागरिक विश्वका विभिन्न देशमा पुगिसकेका छन् । ..... अमेरिकामै स्टेट काउन्सिलर हुँदै अमेरिकी कंग्रेसमा समेत यिनै भुटानी आप्रवासी जान सक्ने सम्भावना देखिएको छ ।