Tuesday, August 31, 2021

Facebook: August 31





जसपा विभाजनको कारण व्यक्तिवादी प्रवृत्ति हो : राजकुमार लेखी राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ........ सरकारमा आफू गयो भने अग्रगमनकारी हुने, अरु व्यक्तिको नेतृत्वमा सरकारमा गयो भने प्रतिगमनकारी हुने । १९ महिनासम्म उपेन्द्र यादवजी दुई तीन वटा मन्त्री लिएर केपी ओलीको सरकारमा सहभागी हुँदा एउटा पनि माग र मुद्दा सम्बोधन गराउन नसक्दा त्यो अग्रगमन भयो । तर महन्थ ठाकुरजीको अगुवाईमा एक दर्जन मन्त्रालय, दर्जनौं झुठा मुद्दा खारेजी, थुप्रै साथीहरुको रिहाई र थुप्रै माग मुद्दा सम्बोधनार्थ प्रक्रियामा जाँदा त्यसलाई प्रतिगमन देख्ने आरोप–प्रत्यारोपका कारण यो अवस्थामा आएको हो । .......

जसपाभित्र रहेका केही मुख्य नेतृत्वहरुमा आत्मकेन्द्रित प्रवृत्ति बढी देखिन्छन् । टीम वर्क र सामूहिक भावनाको अभाव देखिन्छ ।

....... व्यक्तिवादी प्रवृत्तिका कारण जसपा विभाजन भएको हो । ......... रेशमजी आबद्ध भएको पार्टी र थरुहट आन्दोलनकारी शक्तिहरुले आफ्नो तर्फबाट पहल गरिरहेकै छन् । तर त्यसको खासै सुनुवाइ भएको हामीले पाउँदैनौं । ....... नेपालको समकालीन परिवेशमा सबै दलभित्र एकै खालका गलत प्रवृत्ति हावी भएको देखिन्छ ।

सबै दलका मुख्य नेतृत्वहरु दलाल पुँजीपतिको चंगुलमा छन् । माफियाहरु सबै पार्टीमा हावी भएको हामी देख्छौं ।

सबभन्दा पहिला हाम्रो नेतृत्वको ध्यान त्यतातिर जान आवश्यक छ । अन्य दलहरुले जतिसुकै समाजवाद र जनवादको कुरा गरे पनि जनताको सबभन्दा चासो र प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको तर्फबाट कमसेकम २५ प्रतिशत रकम छुट्याएर पनि जनताको बीचमा काम गर्न सक्यौं भने नेतृत्व र दलहरुप्रति जनताको विश्वास बढ्न सक्छ ।


जसपा, लोसपा र मधेश (सम्पादकीय) २०४६ सालको परिवर्तनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नु र पछि व्यवस्था नै विफल हुनुको एउटा कारण ५० को दशकमा देखिएको दल विभाजनको विकृति पनि हो । किनभने उक्त अवधिमा देशका दुई ठूला दल कांग्रेस र एमाले मात्रै विभाजित भएका थिएनन्, तेस्रो ठूलो दल राप्रपा पनि यही नियतिबाट गुज्रिएको थियो । ..... सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले जीवनकालमा दुईपटक फुट व्यहोर्नु प¥यो । त्यत्तिकै अवधिमा उनका शिष्यहरूले आठ पटकसम्म नेपाल सद्भावना पार्टीलाई चिराचिरा पारे । ...... यसरी विभाजन गर्दा दर्शन, सिद्धान्त र विचारले कहिल्यै प्रमुखता पाएन । पद, पैसा र प्रतिष्ठा नै विभाजनको मुख्य कारक तत्व बनेको थियो । तराई कांग्रेसको विरासत बोकेको सद्भावना पार्टी र नेसपाको विरासत बोकेको जनता समाजवादी पार्टी उपेन्द्र र राजेन्द्र पक्षले जति जनतालाई दिएका छन्, त्योभन्दा बढी देश र मधेशले उनीहरूलाई भुक्तानी गरेको यथार्थ पनि स्वीकार गर्दैपर्छ । विगतमा मधेशी जनअधिकार फोरमफो बढ्दो लोकप्रियतामा लगाम लगाउन तराइ मधेश लोकतान्त्रिक पार्टीको जन्म भयो । यहीँबाट फोरम र तमलोपामा टुटफूटको प्रक्रियाको थालनी भयो ।

जसपा विभाजनको असर मधेशमा वैकल्पिक शक्ति बनाउने सपना बोकेका नेताहरुले आफ्नो सपनालाई आफैले तुहाएका छन् । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी विभाजित भएको छ । यो विभाजन अरु कसैबाट नभई पार्टीकै नेताहरुको अहमको परिणाम हो । ...... माउ पार्टी फुटाएर नयाँ दल दर्ता गराए सांसद पद गुमाउनुपर्ने जोखिम अध्यादेशले पार लगाइदिएपछि दल विभाजनको होडबाजी चल्ने निश्चित छ ।

जसपा विभाजन र प्रदेश २ को उकुसमुकुस पार्टीका अल्पकालीन र दीर्घकालीन नीति, कार्यक्रम र योजनालाई सेलाएर सरकारमा जान मात्र तँछाडमछाड गर्ने नेता–कार्यकर्ताको अहंकार र चरित्रका कारण पनि मधेसवादी दलहरू दुर्दशाग्रस्त हुँदै आएका हुन् ।......... सत्तारूढ नेपाली कांग्रेसको सत्तायात्रा निर्विघ्न तुल्याउन ती दलहरूको विभाजन आवश्यक थियो । ........ नयाँ सत्ताको अभ्यास पनि अनौठो र उदेकलाग्दो हुन्छ । यसमा आपसी समझदारी कम र ढिपी बढी हुन्छ । त्यसमा पनि संयुक्त सरकार सञ्चालनमा दलीय दम्भ र फरक दृष्टिकोणले सदैव संकट सिर्जना गरिरहेको हुन्छ । प्रादेशिक सत्ता सञ्चालनको डोरो केन्द्रीय नेतृत्वकै हातमा रहने हुँदा त्यहाँ हुने खटपटको प्रतिविम्ब प्रदेश तहमा पनि देखिने गर्छ । अर्थात्, प्रदेश सरकारको अहिलेको अन्तरदलीय सहभागिता पनि द्वन्द्व निरूपणको पटाक्षेप होइन । ...... मन्त्रीहरूबीचको संवादहीनता, मन्त्रालयहरूबीचको कमजोर समन्वय र लडभीडले गर्दा प्रदेशको सत्ता राजनीति अस्तव्यस्त भइरहेको छ । यसले समग्रमा प्रदेशको राजनीतिक अस्थिरतालाई मलजल दिएको छ । ........ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने राउत सरकार आरम्भदेखि नै उपभोक्ता समितिको विकास मोडलमार्फत नेता–कार्यकर्ता पोस्ने काम गरिरहेको भनी आलोचित छँदै थियो । ......... संघ सरकारले प्रदेशलाई चाहिने जनशक्ति नदिने, भएका जनशक्तिको पनि घरीघरी सरुवा गर्ने,

संघबाट आएका कर्मचारीहरूले राजनीतिक नेतृत्वलाई नटेर्ने

र ती कर्मचारीलाई राजनीतिक नेतृत्वले काम गर्ने वातावरण नदिने समस्याले प्रदेश सरकारको कामकाज बाधित हुँदै आएको छ । आर्थिक तथा वित्तीय अनुशासन कायम नहुनुले पनि प्रदेश सरकारको छविमा ग्रहण लागेको छ । ........... केपी ओली सरकारको पतनसँगै दुई कित्तामा विभाजित मधेसकेन्द्रित दलका नेता–कार्यकर्ताबीच एकअर्कालाई भित्तामा टाँस्ने गरी हुर्मत लिने काम गरियो, जसले फुटको असर मस्तिष्कको नसासम्मै पुगेको अनुभूति दिन्छ । आरोप, प्रत्यारोप र विषवमनको यो शृंखलाले सामाजिक सञ्जालका भित्ताहरूलाई समेत भद्दा बनाउँदै आएको छ । यसै कारण मधेस राजनीतिमा आवेगी गति भए पनि लयहीन सुस्तता देखिँदै छ । वैमनस्यको कर्कश र कठोर बहावले तन्द्राहरण गर्ने खालको केटौलेपनले मधेस राजनीतिलाई गाँजेको छ । ......... फुट हुँदा अनुहार हेरेर किनारा लाग्ने नेता–कार्यकर्ताको चरित्रका कारण

मधेसकेन्द्रित दलको नेतृत्वमा मधेसवादको आवरणभित्र पलाएका सत्तालिप्सा, भाइभतिजावाद, आफन्त–कार्यकर्ता पोस्ने काम, अनियमितता र भ्रष्टाचारलाई बढावा दिने प्रवृत्ति पहिलेभन्दा बढी खतरनाक भएर अगाडि आएको छ ।

........ टुटफुटको लामो र नैराश्यपूर्ण यात्राबाट गुज्रिँदै पछिल्ला दिनहरूमा एकीकृत हुँदै गएका मधेसवादी दलहरूप्रति मधेसी जनतामा अलिकता भए पनि भरोसा पलाएकै थियो । तर, जसपा विभाजनसँगै त्यो भरोसामा पनि चट्याङ परेको छ । यसले मधेसी जनताको दिग्दारी बढाएको छ । ......... विचार विदीर्ण भएको पार्टीभित्र वैचारिक नेतृत्वको अवसान हुन्छ । अनि संगठनको आधार विचारबीज नभएर लाभहानि बन्न पुग्छ । यस्तोमा पार्टीको अवस्था गन्जागोल हुन्छ । यहीँनेर पार्टी फुटका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिहरूले सहजीकरण गरिदिने काम नेपाली राजनीतिक दलको विभाजन कथाले देखाउँछ । नेतृत्वको व्यक्तिगत स्वार्थ र अजेय शक्ति हासिल गर्ने तृष्णाले पनि पार्टी फुटाउन मार्गप्रशस्त गर्छ । जसपा विभाजनका सारभूत कुरा यिनै हुन् । ........... मधेसवादी दलहरूबीच समय–समयमा भएका एकीकरण र पृथकीकरण सैद्धान्तिक तथा राजनीतिक अवधारणाअनुरूप भएका हुन् कि थ्रेसहोल्ड, भारतीय इसारा, हैसियतको मूल्यांकन, जनदबाब र कार्यकर्ताको प्रभावले भन्ने खुट्याउनु जरुरी छ । ........

जातीय ‘माइजन’ हरूको पार्टी भएको आरोप खेप्दै आएका ती दलहरूले नेतृत्वभित्र सन्तुलन मिलाउने जटिलताबाट पार पाउनुपर्ने हुन्छ ।

.......... पार्टीभित्र नेता–कार्यकर्ताको मूल्यांकन, जिम्मेवारी विनियोजन र भूमिका निर्वहनमा सहजीकरण नगर्ने हो भन्ने कुपोषित हुँदै गएका मधेसवादी दलहरूलाई बलियो–बांगो बनाउन सकिँदैन ।


‘चुनावको खर्च उठाउन मन्त्री’ ‘ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ ।’......... ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ । अनुकूल जे भयो त्यो ठीक र त्यही कुरा अरूले गरेको छ भने सार्वजनिक रूपमा विरोध गर्ने नेपालका नेताहरूको चरित्र भएको छ । लोकतान्त्रिक दल कांग्रेस र एमालेमा यो रोग छ भने केन्द्रीयतामा विश्वास गर्ने माओवादीमा त्यो नहुने कुरै भएन । तर पार्टी गठनको प्रक्रियामा रहेको हुँदा माधवजी नै संस्था हो । .......

नेपालमा धेरै नेता आफूलाई केन्द्रमा राखेर पार्टी बनाउँछन् । संस्था पनि त्यसैगरी बनाउँछन् । त्यसले गर्दा प्रभावकारी सेवा प्रवाह हुन सक्दैन । गरिब देशहरूमा नेताको सनकमा मन्त्री बन्ने, नेताको नजिक भएका भरमा वा आफूलाई पैसा दिने नेतालाई मन्त्री बनाउने गरिएको छ ।

.......... पार्टी खर्चिलो छ, निर्वाचन खर्चिलो छ । त्यसैले सबै मन्त्री बनेर कमाउन चाहन्छन् ।

कार्यकर्ता पनि खर्चिला छन् । पैसा नभए आजकल कार्यकर्ताले नै भेट्दैनन् ।

......... नेताहरूले आफूलाई शक्तिशाली बनाउन आफ्नो मान्छेलाई मन्त्रीमा लैजाने अधिकार पनि लिन्छन् र त्यो मान्छेबाट धेरै पैसा उठाउँछन् । यसबाहेक मन्त्री बन्न पैसा बोकेर नेताकहाँ पनि जान्छन् । मन्त्री बन्न कसरी पुग्छन्, कुन ढंगले ‘एप्रोच’ गर्छन् भन्ने त मैले नै देखेको छु । ........ अहिले प्रचण्डसँग राजनीतिक शक्ति पनि छ, आर्थिक शक्ति पनि छ । दुईवटै शक्ति भइसकेपछि कार्यकर्ता पनि तिनीहरूसँग नै हुन्छन् । उनीहरूले पार्टीको संगठनको शक्ति पनि राख्छन् । त्यसले गर्दा नेतृत्वको चाकरी नगरी टिकट नपाउने, मन्त्री बन्न नपाउने, अरू नियुक्ति नपाउने हुन्छ । ब्युरोक्रेसीमा बढुवा नपाउने समस्या हुन्छ ।





YouTube: August 31