Showing posts with label aashwin sangram. Show all posts
Showing posts with label aashwin sangram. Show all posts

Thursday, September 17, 2015

दुई वर्ष पर्खिन सकिँदैन

अर्को चुनाव मा दुई तिहाई ल्याउ अनि आफै संसोधन गर भन्ने हरु ठग हुन। ए हो त, ठीकै भन्यो भन्यो कि यो गलत संविधान स्वीकार गरियो।

यस संविधान ले मधेसी लाई अनागरिक र दोस्रो दर्जाको नागरिक बनाएको छ। एक व्यक्ति एक मत छैन। त्यसमा पनि भुगोल का आधारमा चुनावी क्षेत्र कोर्ने प्रावधानले मधेसी को बैलट पावर लाई झनै dilute गरेको छ। सीमांकन मा त्यस्तै तहसनहस छ। अप्पर हाउस मा त मधेसी राष्ट्रिय पंचायत को ratio मा पनि पुग्दैन।

यस संविधान को बाटो मधेसी ले संविधान संसोधन गर्ने कल्पना पनि नगरे हुन्छ।

आश्विन संग्राम बाहेक अर्को उपाय छैन। यो वार कि पार को लड़ाई हो। यो अंतिम लड़ाई हो। मधेस अलग देश सम्म पनि पुग्न सक्छ। सिंगापुर पनि इच्छा नलागि नलागि मलेशिया बाट अलग भएको हो। मलेशिया मा पनि यस्तै खस हरु थिए, जातीय राज्य बाहेक अर्को राज्य को कल्पना नै गर्न नसक्ने। त्यहाँ पनि भन्थे, हामी सँग natural resources छ। अहिले कहाँ मलेशिया कहाँ सिंगापुर। धनी देश बनाउने human resource ले हो। इजराइल सँग बालुवा बाहेक केही छैन।

क्रांति एक मात्र उपलब्ध रास्ता हो।

नेपाल बाट अलग भएर मधेसी ले गुलामी गुमाउँछ, त्यो बाहेक अरु केही पनि गुमाउँदैन। जनधन को कमसेकम क्षति को बाटो अवलम्वन गर्नु पर्छ। मधेस जातीय देश बन्न लागेको होइन। पहाड़ी लाई नै पनि नेपालमा भन्दा मधेस मा बढ़ी मजा हुनेछ। बढ़ी अधिकार, बढ़ी समृद्धि। हिंदी सरह नेपाली पनि देशको कामकाजको भाषा हुनेछ।

मधेसको साबिक भूभाग मा हामी अलग देश स्थापना गर्छौं। पहाड़ का जनजाति पनि त्यही बाटो जान चाहेमा हामी मदत गर्छौं र उनी हरु सम्मिलित एउटा महाभारत नामको Confederation खड़ा गर्छौं। दलित लाई मधेस मा आरक्षण र क्षतिपूर्ति दुबै हुनेछ।

आश्विन सकिनु अगाडि नै गंतव्य मा पुगिसक्नु पर्छ।

संघीयतावादी र स्वराजी को fusion गरेर तीनबाहुनदलवादी लाई परास्त गर्नु पर्छ।