Saturday, December 03, 2022

3: Maoist

आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादीले सबै विकल्प खुला राख्ने विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’ .

सुरक्षा जोखिम निम्त्याउने भन्दै चीनले लण्डनमा बनाउन लागेको विशाल दूतावासमा रोक
संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ
सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ
कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा
स्वतन्त्र पार्टी यसकारण सरकारमा जानुपर्छ



यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ : महन्थ ठाकुर. ठाकुरले मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठन हुनुपर्ने भनिरहेका छन् ........ यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ । त्यस्तै यो चुनावबाट अबको राजनीति ठूल्ठूला व्यापारी, ठेकेदारको हातमा जाँदै गरेको महसुस गरेँ । गरिब, किसान, कम पुँजी भएकाहरू अब चुनाव लड्न सक्दैनन् । अब चुनाव व्यापारी र ठेकेदारहरू मात्र लड्न सक्ने अवस्था आउँदैछ । ...... म पहिला देशको नेता थिएँ, अहिले मधेसको नेता भएको छु । मान्छे तलबाट माथि जान्छ तर म माथिबाट नै तल आएको हुँ । कोही मधेसको नेता भएर देशको नेता बनेका छन् म देशको नेता भएर मधेसको नेता बनेको हुँ । ....... तर मधेसले नै मलाई दुई पटक अस्वीकार गरेको छ । म कमजोर भए पनि मेरो विचार, मेरो मुद्दा, मेरो एजेण्डा कमजोर भएको छैन । ........ तराई मधेसको समाज इमोशनल समाज हो । यो समाजमा इगो पनि बढी हुन्छ । कसैले कसैलाई स्वीकार गर्ने अवस्था छैन । दलहरू आपसमा नमिल्नु यो पनि यो एउटा आन्तरिक कारण हो । हामीले अन्तिम समयसम्म एकताका लागि प्रयास गरेका थियौँ । आ–आफ्ना कमीकमजोरी सुधार गरौँ र पार्टीलाई एकीकृत राखौँ भन्यौँ तर उहाँ (उपेन्द्र यादवपक्ष)हरुले कानुनी आधार जे छ त्यसैलाई टेकेर अगाडि बढौँ भन्नुभयो । ........ चुनावको समयमा पनि हामीले मधेसका शक्तिहरूसँग गठबन्धन बनाउनुपर्छ भनेर एउटा कार्यदल नै बनाएका थियौँ । तर मधेसका कुनै दलसँग सहमति हुन सकेन र त्यसले मूर्त रूप लिन सकेन । र, मधेसमा शक्ति कमजोर भयो । त्यसको फाइदा अरुअरुले उठाइरहेका छन् । ....... कसैले सोचेको थिएन अघिल्लो संसद्मा नेपाली काँग्रेसबाट यो देशको प्रधानमन्त्री बन्छ । तर शेरबहादुर देउवा देशको प्रधानमन्त्री बन्नुभयो । दुई तिहाइको सरकार, दुई तिहाइ बहुमत भएको नेकपाको सरकार, कसरी ढल्यो, कसरी सबै भताभुङ्ग भयो, कसरी देशमा काँग्रेसले नेतृत्व पायो । सबै कुरा छर्लङ्ग छ । यहाँ जे पनि हुनसक्छ । मेरो कसैसँग दुस्मनी छैन । वार्ता र संवादका लागि खुल्ला छु । ........ गठबन्धनको सरकार बन्छ तर कसको नेतृत्वमा बन्छ त्यसको छिनोफानो अहिलेसम्म भएको छैन ।

समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ । ....... नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१ ......... मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी) ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ । ......... लुम्बिनी प्रदेशमा ... नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ । ....... सुदूरपश्चिम प्रदेशमा ..... माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४

जो बाइडेनले भने, ‘पुटिनसँग कुरा गर्न तयार छु’, तर राखे शर्त जो बाइडेनले भने, ‘यो युद्ध अन्त्य गर्ने एउटा उपाय छ । सबैभन्दा पहिला पुटिनले आफ्नो सेनालाई युक्रेनबाट बाहिर निकालुन् । तर उनले त्यसो गर्छन् जस्तो लाग्दैन । यस्तो नगरेका कारण उनले ठूलो मूल्य चुकाउनु परिरहेको छ तर उनी युक्रेनमा अविश्वसनीय तरिकाले सर्वसाधारणको मृत्युको कारण बनिरहेका छन् । उनले अस्पताल, स्कूल, नर्सरी स्कूलमाथि बम बर्साइरहेका छन् । उनले जे गरिरहेका छन्, त्यो घटिया हो ।’ ........ ‘जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएदेखि नै वार्ता गर्न इच्छुक थिए, पुटिन नै युद्ध सुरु गर्न चाहन्थे । र मैले यो वर्ष फेब्रुअरीमा रुस र युक्रेनको भ्रमणमा देखेको छु । त्यसैले जेलेन्स्कीले कुराकानीका लागि केही शर्त राख्नु सही छ ।’

को– को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ? सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ । ....... जनमत पार्टीसँग प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिट सङ्ख्या छ भने प्रदेशमा छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ ।

सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ । ...... बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । ...... प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ । ......

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ ।

....... महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी संघ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ । सोही अनुसार सीके राउतले आफ्ना माग सत्ता गठबन्धनसमक्ष अनौपचारिक रुपमा राखिसकेको बताइन्छ । ....... जनमत पार्टीका अध्यक्ष राउत भन्छन्, ‘छलफल सबैसँग भइरहेको छ, तर निष्कर्ष कसैसँग निस्केको छैन ।’ आफूहरुको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ छ । आफूहरुको मागप्रति सहमति नजनाउनेसँग सरकारमा जान बाध्य नहुने उनले प्रस्ट पारे ।






प्रधानमन्त्रीमा माओवादीको दाबी कति उचित?
जो गतिशील उसकै नेतृत्व माओवादी जनयुद्धका पाँच वर्ष बित्दा–नबित्दै तत्कालीन शाही सेना पैंतालीस हजार जवानबाट दोब्बर बढेर नब्बे हजार जवानको संगठित फौज बनेको थियो । त्यही समयमा गठन भएको थियो, पन्ध्र हजार जवान भएको सशस्त्र प्रहरी बल । शान्ति क्षेत्रका रूपमा कहलिएको नेपालजस्तो सानो देशका लागि कति ठूलो सुरक्षा बल !

संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ
सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ
कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा
स्वतन्त्र पार्टी यसकारण सरकारमा जानुपर्छ



5/8/23 Update: Goshen (NY) puts Third World corruption to shame, thanks to greedy, corrupt, unethical lawyers like Andra Dumais. ..... I toppled a Third World dictator and German Radio called me Robin Hood On The Internet. I am not going to get intimidated by some small-town racist. Andrea Dumais is a small-town racist. ....... You are treating me worse than the people 2,000 years ago.

Friday, December 02, 2022

गठबन्धन को स्थिरता संघीयता का कारण





Magic Number: 138

गठबन्धन को स्थिरता संघीयता का कारण  हुनेवाला छ। पुरानो गठबन्धन मा जनमत र उन्मुक्ति थपे पछि र मधेस, लुम्बिनी र सुदुर पश्चिम मा जनमत, लोसपा र उन्मुक्ति लाई हैसियत भन्दा बढ़ी दिँदा केंद्र मा स्थायित्व हुनेछ। 

जनमत लाई मुख्य मंत्री दिने, रेशम लाई मुक्ति। त्यसले केन्द्रमा स्थिरता दिनेछ। 

होइन भने यसै संसद को अंकगणित ले प्रशस्त अस्थिरता दिन सक्छ। 

एमाले ७८ + राप्रपा १४ + जसपा १२ + रास्वपा २१ = १२५ 
जनमत ५ + लोसपा ४ + उन्मुक्ति ३ + स्वतंत्र ५ = १७ 
१२५ + १७ = १४२ 

संघीयता अगाडि यो अस्थिरता दिने गणित हो। अहिले गठबंधन बन्यो भने पाँच वर्ष चलन सक्छ। 


Thursday, December 01, 2022

पहिलो दुई वर्ष प्रचंड, अंतिम तीन वर्ष गगन पनि गर्न सकिन्छ

ओली ले केमिस्ट्री यति सारहो बिगारेका छन कि प्रचंड र माधव को मेरे अँगने में तुम्हारा क्या काम है अझै कायम छ। मधेसी थारू को पनि त्यस्तै हो। एक भए निर्णायक तेस्रो शक्ति बन्ने हो। प्रधान मंत्री नै पड्काउने। तर क्षत विक्षत छन। कोंग्रेसी हरु बढ़ी मिलनसार होइन। तर लोकतान्त्रिक संस्कार को फाइदा भएको छ। गाली गलौज गर्छन अनि वाक स्वतंत्रता भनेर उड़ाइदिन्छन। पार्टी चाहिं एक ढिक्का राख्छन। 

गठबन्धन कायम रहला जस्तो छ। त्यसमा सीके राउत थपिने। पाँच सांसद सीके को। 

प्रधान मंत्री। राष्ट्रपति। उप राष्ट्रपति। सभामुख। उप सभामुख। सात प्रदेश का मुख्य मंत्री। ६ भनौं। एमाले राप्रपा ले एक नंबर प्रदेश पाए जस्तो छ। 

आलोपालो को पहिलो प्रधान मंत्री प्रचंड? दाबी त्यस्तै देखिन्छ। राष्ट्रपति कुनै दलित महिला खोजेर ल्याउनु पर्छ। बाहुन प्रधान मंत्री बाहुन राष्ट्रपति चल्दैन। सभामुख महंथ ठाकुर। उप सभामुख भइसकेको मान्छे। जनमत पार्टी लाई मधेस प्रदेश को मुख्य मंत्री दिनुपर्छ। अरु पाँच मा माधव को पनि एउटा त क्लेम रहला। 

पहिलो दुई वर्ष प्रचंड, अंतिम तीन वर्ष गगन पनि गर्न सकिन्छ। 

अझै पनि ढिलो भएको छैन। सीके राउत ले चार पार्टी को एकीकरण गर्न पहल लिनु पर्छ। भयो भने संसदीय दलको नेता सीके नै हो। जनमत, उन्मुक्ति, जसपा, लोसपा। भोट त जनमत र जसपा को हाराहारी नै छ। एक वर्ष भित्र एकीकरण महाधिवेशन। त्यति बेला सम्म दुई अध्यक्ष। महंथ त सभामुख। होइन भने कमसेकम जनमत र उन्मुक्ति। 

कर्णाली र सुदुर पश्चिम माओवादी लाई दिन सकिन्छ। मुख्य मंत्री। मधेस जनमत लाई। लुम्बिनी नागरिक उन्मुक्ति लाई किन नदिने? रेशम लाई रिहा गर्ने शर्त मा। 

माधव को पार्टी लाई उप राष्ट्रपति। तर जनजाति हुनुपर्ने शर्त मा। 

पहिलो काम नागरिकता विधेयक। विद्या ले अन्याय गरी। 





प्रदेशमा फेरि पनि मिलीजुली सरकार, कस्तो हुन्छ समीकरण ? चारवटा प्रदेशमा गठबन्धनलाई बहुमत, प्रदेश १ मा एमालेसहितको गठबन्धनलाई बहुमत, मधेस र लुम्बिनीमा नयाँ पार्टीको भर .
कांग्रेससँग सहकार्य गर्दै सरकारमा सामेल हुन सिके राउत सहमत प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।



मत परिणामलाई कसरी हेर्ने ?
रेशमको अडान : मुद्दा फिर्ता नभए पार्टीले सपथ ग्रहण नै गर्दैन ‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए प्रदेश र संघ दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’, पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’ ....... सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ । उनीहरु अहिलेपनि जेलमै जीवन काटिरहेका छन् । अरु ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् । यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।



शक्ति बाँडफाँट : दलका नजरमा ३४ पद नयाँ सरकार बन्ने प्रक्रियामा गठबन्धन बनाउने र टिकाउने प्रयास गरिरहेका दलहरूको ध्यान भने अहिलेका प्रमुख राजकीय पदहरू प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा छ । प्रमुख यी तीनसहित ३४ पद छन्, जसमा सरकार बनाउनुअघि दलहरूबीच बार्गेनिङ सुरु भएको छ । ....... ‘अहिले मुख्य दलका शीर्ष नेताहरूको ध्यान सत्तामा छ, राजकीय पावर सेयरिङमा छ । तर, सुशासन र विकासमा छैन । जनतालाई कसरी डेलिभरी हुन सक्छ भन्नेमा छैन,’ उनी भन्छन्, ‘दलहरूबीच पावर सेयरिङको गृहकार्य सुरू भइसकेको छ ।’ ....... एमालेले चुनावअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो भने माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि प्रधानमन्त्रीका आकांक्षी छन् । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन नगरेको अवस्थासम्म आकांक्षीको लर्को छ ।...... हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ भने एक वर्षपछि अध्यक्ष पद नै रिक्त बन्दै छ । ....... पूर्वी तराईमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीसम्मको उदयले दलहरूलाई प्रदेशमा बहुमत पुर्‍याउनकै लागि भए पनि गठबन्धनमा धेरै दललाई समेट्नुपर्ने चुनौती छ । .

रवि, तपाईंको राजनीति के हो ? नयाँ दल र तिनका नेताहरूका विचार– व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ? ..... राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र विजेताहरू एकआपसमा दोहोरो परिचय समेत नभएको अवस्थामा उनीहरूलाई एउटै विचार, सिद्धान्त र राजनीतिको गाँठोले बाँधिएका नेता–कार्यकर्ता भन्न कसरी सकिएला ? प्रश्न ज्युँदोजाग्दो छ ।....... जनताको मतदानबाट घण्टी बजाएको नवीनतम दल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेको सत्ता आरोहणमा उनको जन्म, जन्मसँग जोडिएको जात–थरको विरासत, जात–थरसँग टाँसिएको उनको खस–आर्य समुदायको पहिचान, त्यस समुदायका शासकहरूको भाषामाथि पकडले बलियो भर्‍याङ र खुड्किलाका रूपमा काम गरे कि गरेनन् ? ....... रवि लामिछाने वा अन्य नेतालाई अब सवाल गर्नुपर्ने हुन्छ- तिम्रा हेराइ, बुझाइ र गराइलाई निर्देशित गर्ने वर्ग र वर्ण के हो दलपति ? ती वर्ग र वर्णबाट मुक्त भएर राज्य र समाजको लोकतन्त्रीकरण गर्न सक्छौ ? ....... गोर्खा साम्राज्य र त्यसपछिको नेपाली राज्यमा खस–आर्य समुदायका छ–थर (थरघर) राजनीतिक कुलीन पुरुषमा एकाधिकार रहेको महेशचन्द्र रेग्मीको भनाइ छ । लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलसँगै अधिकांश राजनीतिक दलको नेतृत्वमा ब्राह्मण–क्षत्रीजस्ता सवर्ण जात–समूहसँगै ‘थजात’ (उपल्लो जात) का नेवाःको प्रभुत्व छ । यसले मुलुकका सामाजिक, आर्थिक, प्रशासनिक मात्रै होइन, राजनीतिक संरचनामा पनि ‘उच्च जात–समूह’ को उच्च उपस्थिति र माथिल्लो हैसियतलाई देखाउँछ । राजनीतिमा पहाडी जात–समूहको प्रभुत्वको जरो कारण हो- समाजलाई हिन्दु वर्णव्यवस्था अन्तर्गत तहगत संरचनामा बाँड्ने जात–व्यवस्था र त्यसलाई लागू गर्ने हिन्दु राज्य । .......... प्रजापरिषद्का सदस्यहरू उच्च वर्गका सन्तान थिए । यस पार्टीमा मूलतः ब्राह्मण, क्षत्री र नेवाःको सहभागिता थियो भने शूद्रहरू शून्य थिए । यसका सदस्यहरू राणा सरकारका भारदारका छोरानाति थिए, जो आफ्ना बाबुको मृत्युपछि स्वतः उक्त पदमा जागिरे हुन्थे । सरकार र व्यवस्थाबाट दुःख, गरिबी र शोषणको अनुभूति गर्न नपाएका उनीहरू राणाका सन्तानबाट पाएको अपमान र हीनताबोधका कारण असन्तुष्ट तप्का थिए । ........ राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित, तर राणाको राजदरबारमा भूमिका खोसिएर बिदेसिनुपरेका खलकका सन्तान नै कांग्रेसको नेतृत्व–पंक्तिमा थिए । नेकपाका संस्थापक पुष्पलालका अनुसार प्रजापरिषद् र कांग्रेसमा विशेष गरी सहर–बजारका, त्यसमा पनि खास गरी उपत्यकाका तीन सहरका ठूला–साना मध्यमवर्गीय व्यक्ति थिए । यी पार्टीहरू संगठनको परिपाटीमा संगठित नभई नेताहरूकै व्यक्तित्वको आधारमा भुले । राणाशासनको अन्त्यपछि उनीहरूले पुँजीवादी जनतान्त्रिक अधिकार हनन गर्दै राजाको शक्ति मजबुत पार्ने तथा जनवादी शक्तिलाई कमजोर पार्ने कार्यमा अग्रिम भूमिका खेले । अतः ‘नेता प्रधान होइन, नीति प्रधान’ गरी सोच्ने बेला आएको छ ।’ ....... राज्य र समाजकै आमूल परिवर्तनको उद्घोषका साथ क्रियाशील कम्युनिस्ट पार्टीमा पनि त्यस्तो वर्णीय, लिंगीय र धार्मिक समूहको एकाधिकार कायमै रहनु तथा त्यसलाई संरचना, प्रक्रिया र पद्धतिमा हेरफेर–सुधारबाट तोड्न नखोज्नु विडम्बना नै हो । ....... नेकपा स्थापना गर्ने पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सबै नै नेवाः समुदायभित्रका हिन्दु ‘उच्च जात’ का सदस्य थिए, पछि गएर ब्राह्मण पुरुष–सत्ता स्थापित भयो । ........ राजनीतिक दलहरू सम्भ्रान्त वर्गबाट सञ्चालित हुनाले पिछडिएका समूहका समस्याप्रति प्रतिबद्ध छैनन् ...... भ्रातृ संगठनमा संलग्न उपेक्षित अगुवाहरूले अर्काको हली पो भइएछ कि भनी विचार पुर्‍याउनुपर्‍यो ।’ ........ करिब दुई दशकअघि र पछिको राजनीतिक नेतृत्वको जातीय संरचना र प्रभुत्वमा कुनै परिवर्तन आएको छैन, राजतन्त्रसँगै कमजोर भएको क्षत्रीहरूको प्रभुत्वलाई कांग्रेसले थाम्न खोजिरहे पनि एमाले, माओवादी र अन्य दलमा ब्राह्मण एकाधिकार प्रबल छ । मधेशवादी दलमा पनि उच्च र मध्यम जातको प्रभुत्व रहेको अवस्थामा जनमत पार्टी पनि मध्यम जातको एकाधिकारबाट अलग होला भन्न सकिन्न । स्वतन्त्र वा अन्य नयाँ राजनीतिक दलमा पनि ब्राह्मण कुलीन पुरुषहरूकै एकाधिकार रहने स्थितिमा समता र समावेशिताका राजनीतिक–सामाजिक मुद्दा आकाशको फल हुन सक्छ ।