Friday, August 05, 2022

5: Election

हामी छिट्टै सिंहदरबारमा पुग्छौं : रवि लामिछाने अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको उनले अरोप लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताए । .

ओलीले भने : एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्दैमा देशको उन्नति हुँदैन
सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल
सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने
निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सिके राउत उपेन्द्र यादवको चुनावी क्षेत्रबाट लड्ने

प्रदेशको सरकार भ्रष्टाचारको नाङ्गो नाच नाच्दैछ . निश्चितरुपमा हाम्रो अध्यक्ष प्रधानमन्त्रीसँग निरन्तर सम्वाद र छलफलमा हुनुहुन्छ । त्यो छलफल र सम्वादको परिणाम पनि आयो । नागरिकता विधेयक दुवै सदनबाट पास भएको छ । ........ मधेश–थरुहट आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्ताका लागि गृहमन्त्री बालकृष्ण खाँड र लोसपाका नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसहितको एउटा कार्यदल बनेको छ । सो कार्यदलले आफ्नो कार्य अगाडि बढाएको छ । ....... लोसपाले जहिले पनि मधेश–थरुहट आन्दोलनको एजेण्डालाई नै प्राथमिकतामा राखेको छ । सत्ताको विषयलाई हामीले प्राथमिकताका साथ उठाएका छैनौं । ...... बिहानदेखि बेलुका कांग्रेसलाई प्रचण्डजीले धम्काइरहनुभएको छ । ....... लोसपाको आधारभूमि मधेश रहेको छ । जोसँग सिट बाँडफाँडमा कम्फरटेवल हुन्छ, त्यो शक्तिहरुसँग गठबन्धन हुने हो । अर्को कुरा, मधेशमा तीन–तीन वटा मधेश विद्रोह भयो । त्यो आन्दोलनका युवा नेतृत्वहरु छन्, उहाँहरु मधेशकेन्द्रित दुईटा दलसँग धेरै सन्तुष्ट नभएका कारण निष्कृय भएर बसिरहनुभएको छ, ती सबै साथीहरुलाई लोसपामा आउनुस् भनेर आग्रह गर्न चाहन्छु । ......... लोसपा सहकार्य गर्न खुला छ । तर, त्यस्ता पात्रहरु जसले मधेशको समस्या देखाएर अकूत सम्पति आर्जन गर्ने, जहिले पनि मन्त्री बनिराख्ने, काठमाडौंमा दश वटा घर किन्ने त्यस्तालाई गठबन्धनको नाउँमा सुनपानी छर्किने जरुरी छैन । ........ संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं भन्ने उपेन्द्र यादव केपी ओलीको सरकारमा १८ महिना बस्नुभयो तर कुन–कुन माग पूरा गराउनुभयो, सबै छर्लङ्गै छ । अहिले उहाँ १० महिनादेखि सरकारमा हुनुहुन्छ, मधेश आन्दोलनका कुन एजेन्डा सम्बोधन गराउन सक्नुभएको छ ? .......... हिजो जुन पार्टीले रमेश महतोको लाश लुट्यो आज त्यो पार्टीलाई मधेश भवनमा मन्त्री दिने त्यहीं उपेन्द्र यादव हो । ....... रमेश महतोको लाश लुट्ने लुटेरा पार्टीलाई मधेश सरकारमा मन्त्री दिन उहाँलाई सहज भो तर मधेशकै अर्को शक्ति लोसपालाई उहाँले पचाउन सक्नुभएन । भनेपछि उहाँले फेरि लोसपासँग सहकार्यको कुरा बाहिर भनेर हुँदैन नि । त्यसैले गठबन्धन हुन सक्छ, चुनावमा पनि हामी सँगै जान सक्छौं । तर झुक्याउने हिसावले हुँदैन । ......... उपेन्द्र यादवलाई धनी, उपप्रधानमन्त्री, भ्रष्टाचारी नेतालाई मुख्यमन्त्री बनाउन गठबन्धन गर्नुपर्ने हो र । ....... हिजो साइकल र मोटरसाइकलमा हिंड्ने नेताहरु मधेश आन्दोलन भइसकेपछि प्राडो किन्ने हैसियतमा पुगिसकेका छन् । मधेश आन्दोलन भनेको फगत केही नेताहरुलाई धनी बनाउनका लागि भएको हो र ? ........

महन्थ ठाकुर, राजेन्द्र महतो वा उपेन्द्र यादवको कुरा यहाँ छैन । उहाँहरु १५ वर्षदेखि मधेशको नेता हुनुहुन्छ नै । १५ वर्ष उहाँहरुको नेतृत्वमा चलेको पार्टीहरुले मधेशलाई के दियो र भोलि तपाइँसँग के रोडम्याप छ

भन्ने किसिमको आज जनअपेक्षा छ, त्यसलाई चिर्ने गरी गठबन्धन बन्नुपर्छ ।






भोट बेचुवा पार्टीहरूलाई एकपटक राम्ररी सबक सिकाउनुपर्छ : चन्दन सिंह एउटा भोटको पाँच हजार लिनुस् अनि भोट दिनुस् जस्ता विकृति देखियो । अब स्थानीय तहको चुनावमा यस्तो किसिमको परिपाटी बसाएर एकदमै गलत गर्ने काम हुँदैछ । मधेशमा पैसा दिएर भोट किन्ने धन्दा चलिरहेको छ । त्यसकै परिणामले मधेशको समग्र विकासमा असर पारेको छ । हामीलाई जनताले सवा लाख भोट दियो । त्यो भोट हाम्रो लागि अमूल्य हो । बिक्री नभएका सवा लाख भोट हाम्रोमा देखियो । यो एकदमै सकारात्मक हो । ......... हाम्रो हरेक जिल्लामा जिल्लास्तरीय समीक्षा बैठकहरू चलिरहेका छन् । गाउँ, नगर, जिल्लास्तरीय बैठकहरू जारी राखेका छन् ।हामीले स्थानीय चुनावको भन्दा संघ र प्रदेशको चुनावमा राम्रो परिणाम ल्याउँछौँ । जनताले जनमत पार्टीलाई अत्यधिक भोट दिनेछ । ........ प्रतिनिधिसभामा हाम्रो उपस्थिति राम्रै हुनेछ । यसमा हामी विश्वस्त छौँ । .......... हामीले स्थानीय चुनावमा २ स्थानीय तहको प्रमुखमा जित्यौँ । त्यस्तै, करिब २० वटा वडामा हामी जित्यौँ । यी ठाउँहरूमा हामीले जनता राजको अनुभूति दिलाइरहेका छौँ । ............ संविधान संशोधन वास्तवमा हुनुपर्छ । मधेश आन्दोलनपछि आएका पार्टी जुन आफूलाई राष्ट्रिय पार्टी भनेर भन्ने गर्छन् । ती दलका नेताहरूलाई सोध्नुस्, संविधान संशोधन भयो त ? त्यति मात्र होइन नागरिकता समस्या, सेना सामूहिक प्रवेशलगायतका मागहरू किन पूरा हुन सकेनन् ? यिनीहरू मन्त्री बन्ने काम मात्र गर्छन् । ............ प्रदेशसभामा हाम्रो राम्रो उपस्थिति हुन्छ । क्लिन स्वीप हुन पनि सक्छ । कुनै ठूलो कुरा होइन । यसपटक जनताले प्रदेश र संघका चुनावमा हामीलाई भोट दिन्छन् । .......... अहिले भर्खर भारतमा पंजावको चुनाव भएको छ । ४७ वर्षको युवा त्यहाँको मुख्यमन्त्री बनेका छन् । विगतदेखि वर्चस्व कायम गरेकाहरू पराजित भए । मधेशमा हुने चुनावमा अब त्यही अवस्था आउनेबाला छ । र, पूरा युवा नेता आउने छन् ।

काठमाडौँमा बालेन साहलाई हेर्नुस् । जनता अब बुझिरहेका छन् ।

मधेशका जनताले पनि बुझिरहेका छन् । .......... हामीले आधिकारिक रूपमा गठबन्धन गर्ने भनेर भनिसकेका छौँ । गठबन्धनको कुरा गर्ने हो भने जुन पार्टीसँग पनि हुन सक्छ । मधेशको समस्या समाधानमा लाग्ने पार्टीसँग मात्र गठबन्धन हुन्छ । डा. सीके राउतले ल्याएका सिद्धान्तमा मिल्न सक्ने जुन पार्टीसँग पनि गठबन्धन हुन सक्छ । ........ हामीले रेशम चौधरीसँग भेट गरेका थियौँ । उहाँसँग मिलेर चुनाव लडेको भए हामी धेरै ठाउँमा जित्न सक्थ्यौँ । पश्चिम नेपालका ठाउँहरूमा जित्थ्यौँ । त्यसैले हामी मिलेर जानुपर्छ । त्यसपछि अन्य दलहरू पनि छन् । नयाँ गठबन्धन पनि बन्न सक्छ । ........ काठमाडौँमा पनि हामीले उम्मेदवारी दिन सक्छौँ ।




यी हुन् एमालेका मुख्य तीन चुनावी एजेण्डा राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविका ......... नेपालको भूमि समेटेर चुच्चे नक्सा बनाउनेदेखि नागरिकता विधेयकमा फरक अडान राख्ने एमाले नै हो ....... ५ दलीय गठबन्धन नभत्किने लगभग निश्चित भएसँगै मंसिरको निर्वाचन एमाले भर्सेस गठबन्धन भएर प्रतिस्पर्धा हुने निश्चित छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण पार्टी विभाजनको पीडा भोगेको एमालेले यो पटक एकल बहुमत ल्याउने दावी भने गर्न छोडेको छैन । त्यसका लागि उसले केही साना दल र क्षेत्रीय पार्टीलाई समेट्ने रणनीति कायमै राखेको छ । ........ अघिल्लो निर्वाचनमा ओली नेतृत्वको सरकारले भारतले गरेको नाकावन्दीको सामनालाई प्रमुखताका साथ उठाएको थियो । यसपटक पनि पार्टीले राष्ट्रियताको मुद्दा प्राथमिकतामा राखेर जनतामा गए जित सुनिश्चित रहेको अध्यक्ष ओलीको भनाइ छ । .

प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा प्रचण्ड काठमाडौ र सिरहाबाट चुनाव लडे पनि सिरहाबाट मात्रै निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा भने प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कसरी भयो भ्रष्टाचार ? १७ हजार २३८ मध्ये १ हजार २०० थान मात्रै ब्राण्डेड ........ उनले दिएको प्रतिवेदनमा साइकलको कम्पनी, ब्राण्ड खुल्ने लोगो वा स्टिकर नभएको, एण्टी स्किड पेडल नभएको, साइकलको चेन कभर, मडगार्ड, सेफ्टी लक, सारी गार्ड, पेडल, मडगार्ड रेफ्लेक्टर अत्यन्तै कमसल रहेको, पञ्चर भइरहने, चेन चुडिरहने, हेन्डल हल्लिने, हेन्डलको ग्रीप खुस्किरहने, बस्केट भाँचिने, कुच्चिने, सारीगार्ड खुस्किने, चेन कभर हल्लने, स्ट्याण्ड कमसल रही साइकल नै नधान्ने, पेडल बिग्रिरहने जस्तो समस्या पाइएको र ती साइकलहरू स्पेशीफिकेसन अनुसारको नभएको उल्लेख छ । ....... उक्त भ्रष्टाचारमा मुख्यमन्त्री लालबाबु राउत, तत्कालीन प्रमुख सचिवहरु अर्जुन प्रसाद पोखरेल र गोकर्णमणि दुवाडी, मेकानिकल इञ्जिनियर जितेन्द्र कुमार सिंह मेकानिकल इञ्जिनियर रामानन्द प्रसाद साह, उपसचिव दिलिप कुमार प्रधान लगायतलाई भने सफाइ दिइएको छ ।



सुवास नेम्वाङ भन्छन् – दूषित गठबन्धन भत्काउन एमाले लागेकै छ
‘मन्त्रीको कुर्सी त बन्धन रहेछ, पार्टी सचिव हुँ तर जिम्मेवारी छैन’ म कम बोल्ने बढी सुन्ने अवस्थामा छु : रामकुमारी झाँक्री ...... एकातिर रामकुमारीलाई रुवाएर समाजवाद आउँछ ? भनेर प्रश्न गरिए ...... म अलिकति भावुक बनेको हो । तर त्यो दृश्यले रामकुमारी झाँक्री नेतामात्रै नभएर अभिनेता पनि रहिछन् भन्ने पनि कतिपयको बुझाई रह्यो नि ? ........ मन्त्री छाडेपछि शहरी विकास मन्त्रालयमै एउटा ‘प्यानलिस्ट’ भएर आएँ । ३० वर्षदेखिका ‘एक्सपर्ट’हरुसँग ‘प्यानलिस्ट’ हुने क्वालिटी पनि मैले बनाएँ । ...... यो जे गरेँ, यो मन्त्रालयका टीमबाट गरेँ । त्यो टीमले मलाई नर्सरीको विद्यार्थीलाई जस्तै गरेर पनि सिकाउनुभएको छ । ...... ‘ए ! मामु छोड्ने ?’ भन्दै ऊ पनि खुसी थियो । मैले पकाएको दालभात खाने मान्छे, आठ महिनासम्म मैले पकाएको दालभात खान पाएन । त्यसकारण छोड्न गाह्रो हुन्छ भन्ने लागेन । ........ छोडेपछिको उन्मुक्ति धेरै आनन्दको हुँदोरहेछ । हामी छोडेका २/३ जना मन्त्रीहरु पछि पनि भेट्ने, हिजो गरेका कामको तरिकाका समीक्षा गर्ने, कसो गरेको भए अझ बेटर पर्फमेन्स हुन्थ्यो ? नगरेर के भयो ? भनेर पनि समीक्षा गर्ने गर्छौँ । ........ काठमाडौँ महानगरमा नयाँ मेयर आइसकेपछि फोहरलाई वर्गीकरण गर्ने भन्नुभयो, त्यो कुरालाई पहिलेदेखि नै छलफल गर्दा वर्गीकरण गरेर बञ्चरे डाँडा ल्याण्डफिल साइट २ सय वर्ष पुग्छ, यही गरौँ भनेर सहमति गर्‍यौँ । त्यसका लागि श्रोतमै वर्गीकरण गर भन्ने कुरा सजिलो थियो तर कसरी गर्ने ? त्यसको म्यानुअल बनाउन लागेका थियौँ, त्यो म्यानुअल फाइनल भएर स्टेयरिङ कमिटीले पास गर्नुपर्ने थियो, त्यो पनि ठ्याक्कै ९९ मै गएर अड्कियो । ......

तर सबैभन्दा धेरै बेरुजु भएको उपभोक्ता समितिबाट गर्ने काममा ग्रास रुटसम्म भ्रष्टीकरण भयो भनेर अख्तियार र महालेखाले भनिरहेको अवस्थामा उहाँले खोलिदिनुभयो ।

........ आज पनि सहरी विकासमा मैले गरेका कामको ‘इम्प्याक्ट’ देखिन्छ । त्यही कारण पनि यो सरकारप्रति ६ महिना संसदमा प्रश्न उठाउँदिनँ, बोल्दिनँ भन्या हो । राम्रा कामका लागि बोलौँला, तर अरु बोल्दिनँ भनिरहेकी छु । मैले गरेका कतिपय राम्रा निर्णयको प्रस्ताव अहिले पनि मेरै हस्ताक्षरमा गइरहेका पनि होलान् । ....... हामी सानो साइजको एमाले नै छौँ, नेतृत्व पनि एमालेको फोटोकपी छ, त्यो बदलिएको छैन तर पनि बदल्ने प्रक्रिया जारी छ । ........ अहिले त हाम्रो ‘ओएफ थिङ्किङ’ उस्तै प्रकृतिको, साइजको थोरै पात्र आएर हिजो एमालेमा ओली सरले जे अभ्यास गर्नुभएको थियो, त्यही अभ्यास । दुईचार वटा नियुक्ति, मन्त्री हेरफेर, शक्तिको अभ्यास भइरहेको छ । यो भन्दा पर गएर नयाँ मुभमेन्टलाई नयाँ ढङ्गले लानुपर्छ भन्ने हिसाबको सोच कम भइरहेको छ । ........ गठबन्धन रहन्छ वा रहँदैन र समाजवादी केन्द्र बन्छ या बन्दैन भन्ने तथ्यको कुरा मैले मिडियाबाटै थाहा पाउने हो । ........ माओवादीलाई पनि दोस्रो भएर निर्णायक शक्ति भएर निर्वाचनपछि सरकारको नेतृत्व आफ्नै हातमा हुनेगरी आफूलाई निर्माण गर्न पाए हुन्थ्यो, एमालेलाई अझ साइजमा राख्न पाए हुन्थ्यो भन्ने लाग्नुलाई अन्यथा लिन सकिँदैन । ........ अस्ति एउटा कार्यक्रममा गगनजीले म प्रधानमन्त्रीको दाबी होइन, एटेम्प्ट गर्ने हो भन्दै गर्दा म पनि सँगै थिएँ । तर म भने ‘व्यक्तिगत त एटेम्प्ट गरौँला तर मेरो पार्टी ?’ भन्ने ठाउँमा पुगेँ । मेरो अवस्थाको कारणले मैले बोल्न सकिनँ, मलाई त्यो कन्फिडेन्स आएन । .......... पहिलो पार्टीले २ वर्ष, दोस्रोले २ वर्ष गर्ने हो भने मेरो पार्टीले पनि १ वर्ष या ६ महिना भए पनि सरकारको नेतृत्व गर्न पाउनुपर्छ । मूल नीति नै सांसदहरुलाई ६/६ महिनामा मन्त्री बनाउने भएको पार्टीले एक वर्ष प्रधानमन्त्री त माग्नै पर्‍यो नि !


5: CK Raut Of Mahdeva



गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने
सुरु भयो जनादेशको दौड, ध्रुवीकरण कस्तो रहला?