Friday, July 29, 2022

जेल जाने कुरा

नेपाल का नेता हरु जेल गएको कुरा गरि थाक्दैनन। मानौं जेल जानु नै सर्वगुण सम्पन्न हुनु हो। हो भने अहिले पनि त जेल मा मानिस हरु होलान। चुनाव किन गराउने? जेल बाट मानिस हरु झिक्दै पद पद मा बसाइदिऊँ। (हुनुपर्ने उल्टो हो तर।) जेल को मान्छे पद मा पुग्दा वापस जेल पुग्ने किसिम को व्यवहार देखाइरहेको देखियो। लुट, ब्रम्हलूट, भ्रष्टाचार, बिभिन्न क्रियाकलाप।

Wednesday, July 27, 2022

Hamro Rabi, Hamro Jeffrey

यी छ जनाले चुनाव हारे देशले काँचुली फेरछ



पूर्वप्रधानमन्त्रीहरूलाई हराउँदैमा यो देशका समस्या सकिएलान्? ठ्याक्कै एक दशकपछि त्यो अभियान अहिले नयाँ स्वरूपमा सुरु भएको छ । शम्भु थापा हिजोआज ल फर्ममै होलान् । तर समाजमा उत्रो राजनीतिक वजन बनाइनसकेका युवाहरू पनि यस हराउ अभियानमा सक्रिय देखिएका छन् । ....... नेपालमा दलतन्त्रको गाँठो यसरी कसिएको छ, त्यसका सामू लोकतन्त्र पनि सायद डराउँछ । ........ कतिपयको अनुमानमा अस्तिको स्थानीय चुनावमा काठमाडौं मेयरमा बालेन जिताउन लाग्ने समूह नै यस अभियानमा सामेल छ । राजनीतिक संगठन होइन, असंगठित सन्जाल नै हाबी भइरहेको ह्वाट्सअप–इन्स्टा पुस्ताका अघिल्तिर कुनै कार्यकर्ताले आफू ३० वर्षअघि पार्टी सदस्य भएको रसिद सप्रमाण पेश गरे पनि व्यर्थ सावित हुन सक्ने खतरा छ । ........ रवि लामिछानेदेखि अरनिको पाँडेसम्मलाई यो राष्ट्रव्यापी हावाले हल्का स्पर्श गरेकै छ । यो हावा लोकप्रिय पनि सुनिन थालेको छ । ........ हामीसँग कुरा गरेका तीमध्ये एक युवाले यो अभियान चलाउनेहरुमा असंगठित नयाँ पुस्ता नै रहेको, तर बालेनको टोलीलाई काठमाडौंकै फोहोरले दायाँबायाँ सोच्न फुर्सद नदिएको बाध्यता बिसाए । ........ रुटिन अफ् नेपाल बन्दजस्ता नयाँ प्लाटफर्मबारे प्रधानमन्त्री देउवा पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले खुलेआम प्रश्न उठाएकी छिन् । बालेनलाई प्रचार अभियानमा सघाएका अरु यस्तै केही समूहहरूलाई काठमाडौं महानगरले घुमाउरो तरिकाले पोस्न लागेको भन्दै कति पनि ढिला नगरी प्रश्न उठाउनेहरुमा सरकार निकट मानिसहरु खटिइसकेका छन् । ...... अरु दलका नेताहरूमध्ये कतिलाई आफ्नो चुनाव क्षेत्र जोगाउन ‘समाजवादी केन्द्र’ चाहिएको छ । कतिलाई गठबन्धन चाहिएको छ । कतिलाई चाहिँ दुईदलीय प्रणालीको वकालत । ........ हामीले देशमा यस्तो किसिमको शासकीय–प्रशासकीय संरचना खडा गरेका छौं, जसलाई हाँक्न गगन थापा, शंकर पोखरेल या बालेन, रवि, हर्क जोकोहीलाई सिंहदरबार पठाइदिने हो भने पनि उसले बीसको उन्नाइस या बीसको सोह्र सत्रमात्रै फरक पार्न सक्छ । बीसको दस फरक पार्न सक्ने संरचना बनाउन यसअघि मेहनत गरिएको छैन । कुनै चमत्कारकाे आशा गर्नु, फेरि दुई वर्षपछि निराश बन्नु । ......... त्यसैले दृश्यमा देखिएका समस्याको जड दुई–चार नेताको संस्कार र प्रवृत्तिमा मात्रै खोजियो, अनि समग्र संरचना, जसलाई संविधानले गाइड गरेको छ, त्यसलाई उपेक्षा गरियो भने त्यो दृष्टि एकांगी हुन सक्नेछ । .......... गगन थापाले आगामी चुनावपछि कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु भन्नु राजनीतिक हो । तर यसअघि प्रधानमन्त्री भइसकेको हुनाले अब देउवाले हार्नुपर्छ भनी उनले माग राखे भने त्यो अराजनीतिक हो । अहिले देशमा जुन दिशाहीनता व्याप्त छ, यसका पछिल्तिर पूर्वप्रधानमन्त्री या शीर्ष नेताहरू पक्कै ठूलै कारक हुन्, तर त्योभन्दा ठूलो कारक नीतिगत सुधारमा देखिएको खाडल हो । .......... स्थानीय चुनावमा गैरदलीय उम्मेदवारीको जुन अर्थ हुन्थ्यो, संसदीय चुनावमा त्यसको खासै अर्थ हुनेछैन । दलका कमसल नेताहरूको विकल्प दलहरुभित्रैबाट खोजिनुपर्छ । फेसबुकमा पूर्वप्रधानमन्त्री हराउ अभियान भाइरल गराइरहेका मित्रहरुले यत्ति कुरो बुझे भने नयाँ पुस्ताको राजनीतिक चेतना अझै बलियो भएछ भनी विश्वास गर्न सकिनेछ ।



नेताका प्रतिष्ठानलाई महानगरबाट ४ करोड अनुदान काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको हो ।

निर्माण सम्पन्न नहुँदै ठाउँ ठाउँमा फुट्यो साढे ६ वर्षमा पनि बनेन जनकपुर—भिट्ठामोड सडक, फेरि म्याद थपको तयारी