Thursday, June 09, 2022

अबको चुनाव मा बालेन को भुमिका

जनता मालिक हो। चुनाव को मैंडेट को आदर गर्नु कर्तव्य नै हुन्छ। बालेन लडेको छ काठमाण्डु मा, लौरो ले भोट पाएको छ विराटनगर मा। बालेन ले चुनाव जितेको छ काठमाण्डु मा, विजय जुलुस मा सरीक हुन आउन चाहने हरु देशै भरि। त्यो मैंडेट हो। त्यो जनता बोलेको हो। त्यो त भयो राजनीतिक पक्ष। 

आर्थिक पक्ष यो हो कि विगत ३० वर्ष देश डुबाएर राखेका हरु लाई अर्को १० वर्ष दिने हो भने नेपालको अर्थतंत्र सदैव घुँडा टेकेको टेकेकै हुन्छ। माओवादी गृहयुद्ध भन्दा ठुलो गृहयुद्ध त्यो हो जो दैनिक विमानस्थल मा बाकस मा ओर्लिरहेको हुन्छ। नेपाली अर्थतंत्र को प्रमुख पुँजी र एक मात्र पुँजी देश को युवा पिढ़ी (demographic dividend)। 

मेयर मा जितेको मान्छे ले गर्ने भनेको मेयर काम नै हो। तर एउटा भोट ले जितेको मान्छे होइन। उपत्यका भरि र देशै भरि छरिएर रहेका स्वयंसेवक हरु खुद ले निर्णय गर्नुपर्ने कुरा हो। प्रत्येक प्रदेश मा र देशै भरि स्वतःस्फुर्त किसिम ले संगठित हुने बेला हो। नया पार्टी खड़ा गर्ने, प्रत्येक गाउँ मा संगठित हुने, शहर शहर टोल टोल। मेयर बालेन देश दौड़ाहा मा जानु जरूरी छैन। परिवर्तन चाहने युवा पिढ़ी आफै अगाडि आउन सक्नुपर्छ। संगठन बनाएको आधार मा देशै भरि लौरो चुनाव चिन्ह माग्न पनि पाइयो। बालेन को शैली मा उम्मेदवारी दिनुपर्छ, पैसा खर्च नगरेर चुनाव जितेर देखाइदिनुपर्छ। प्रत्येक निर्वाचन क्षेत्र मा एउटा एउटा बालेन चाहिएको छ। बुढ़ा हरु ले बिगार्नु सम्म बिगारे। अब अझ बढ़ी बिगार्ने ठाउँ बाँकी रहेन। 






Wednesday, June 08, 2022

8: Janamat



जनमत पार्टीको सांसद् उम्मेदबारले प्रचार-प्रसार खर्च पहिला नै जम्मा गराउनु पर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आर्थिक मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। ....... त्यसैगरी समानुपातिकको सुचिमा अन्य मापदण्डहरु पूरा गरे पश्चात् आर्थिक मापदण्डको रुपमा प्रत्यक्ष उम्मेदवारहरुले जम्म गरेको रकमको दोब्बर रकम फिर्ता नहुने गरि पार्टीको खातामा बुझाउनु पर्नेछ ।सो रकम राष्ट्रिय स्तरमै पार्टीको प्रचारप्रसार गर्न कार्यक्रम तथा सभा आयोजना गर्न र निर्वाचन खर्चमा समेत प्रयोग गरिने पार्टीले निर्णय गरिएको छ।

डा. सीके राउतले भेटघाट गर्न कहाँ कहाँ जाँदै : हेर्नुस् भ्रमण तालिका