Tuesday, February 01, 2022

शत प्रतिशत विदेशी नागरिक कामदार हुने कम्पनी हरु स्वागतम

काठमाण्डु तराई फ़ास्ट ट्रैक को प्रत्येक पाँच किलोमीटर मा ऑन रैंप ऑफ रैंप राखेर काठमाण्डु देखि निजगढ एउटा लकीर शहर बसाउने हो र देश को राजधानी सारेर निजगढ देखि वीरगंज सम्म एउटा नितान्त नया महानगर बनाउने हो भने त्यो लकीर शहर को प्राकृतिक वातानुकुलन (एयर कंडीशनिंग) ले नै टन्न विदेशी कंपनी हरु तानेर ल्याउँछ। बिजुली हुनुपर्यो, बाटो हुनुपर्यो, सुरक्षा हुनुपर्यो। खानेपानी, ढलनिकास। इज ऑफ़ डुइंग बिजनेस मा देश टॉप ५० मा हुनुपर्यो। अनि त्यस्ता दिल्ली को गर्मी छलेर आउने विदेशी कंपनी लाई सकेसम्म कम टैक्स रेट राखेको राम्रो। शायद १५% हो। 

भारतीय र चिनिया पुँजी नेपाल आउन पर्खेर बसेको छ। तर नेपाल मा न्युनतम वातावरण पनि छैन। दुःख दिने नेता र कर्मचारी छन। बिजनेस मैत्री वातावरण छैन। 










YouTube: February 1

Dr. CK Raut: February 1



किसान र मजदूरहरू काँग्रेस, कम्युनिष्ट र जसपामा बस्नु हुँदैन! . सत्ताधारी घटकमध्ये काँग्रेस त सामन्त र पूँजीपति वर्गको पार्टी भयो, किसान र मजदूरको हितको कुरा गर्ने कुरै भएन । जसपा किसान र आमजनताको नरसंहार गर्ने योजना बनाउने फरार अपराधीहरूको कबिलाई झूंड हो । तर आफ्नो नाममा कम्युनिष्ट झुण्ड्याउनेहरू ? कम्युनिष्ट त किसान र मजदूर सर्वहारा वर्गको हितैषी हुनु पर्ने, हैन र ? ........ तर हेर्नोस् त एक महिनाभन्दा बढी भयो किसान आन्दोलनको । किसानहरू माथि लाठी चार्ज गरे, अश्रुग्याँस फाले, गोली चलाए । तर कथित कम्युनिष्ट पार्टीहरूलाई कुनै मतलब नै छैन । जबकि किसान आन्दोलनमा ११ बूँदा मध्ये सबै किसानसँग सम्बन्धित मागहरू छन्, कुनै राजनैतिक वा अन्य पार्टीसँग सम्बन्धित माग पनि छैन । ...... अनि यस्तो विशुद्ध किसानको माग किन कम्युनिष्टहरूले सुन्न समेत सकेका छैनन् त? यसले प्रष्ट हुन्छ कि यी कम्युनिष्टहरू किसान र मजदूर वर्गका पार्टी नै होइनन् । त्यो त उनीहरूको फगत देखाउने दाँत मात्रै हो । यी त मार्सी चामल खाँदै पूँजीपतिहरूसँग रमाउँदै उल्टा किसान र मजदूरमाथि दमन गर्ने पार्टीहरू हुन् । सबैलाई चेतना भया । ......... यी पार्टीका किसान मोर्चाहरू पनि छन् । तर त्यो फगत किसानको भोट लिन मात्रै हुन् भनेर पनि आज साबित भएको छ । किसानको मुद्दा सम्बोधन होस् भनेर तिनीहरू चाहँदैनन्, नभए किसानहरूको ११ बूँदे मागलाई तिनीहरूले समर्थन गर्ने थिए । ........ तर किसानको माग भन्दा पनि तिनीहरूलाई आफ्नो पार्टी प्यारो ! किसानको माग होइन । त्यसैले किसान र मजदूरहरू ती काँग्रेस, कम्युनिष्ट र जसपामा कदापि रहनु हुँदैन । (यो विचार डा. सीके राउतले फेसबुकमा रहेको आफ्नो सचिवावय पेजमार्फत सार्वजनिक गरेका हुन् ।)