Tuesday, August 25, 2020

मधेस क्रान्तिको नया संस्करण: सीके राउतको संगठन निर्माण

नेपालको राजनीतिले खोजेको पुस्ता हस्तान्तरण

वीडियो प्लेलिस्ट

आखिर किन तराईका जिल्लाहरुमा सिके राउत आन्दोलनको जनसमर्थन बढ्दैछ ...... ??

सड़कमा जनता उतारेर मात्र गन्तव्यमा नपुगिने रहेछ। त्यो चार पटक भएको मधेसी क्रान्तिको इतिहास हो। सीके राउतको नेतृत्वको जनमत पार्टीले संगठन निर्माणमा कोसे ढुङ्गा पछि कोसे ढुङ्गा थप्दै गएको देखिन्छ। प्रवासमा बलियो संगठन छ। 

संगठन छैन भने भोट आउँदैन। जनमत पार्टीले काँग्रेस, कम्युनिस्ट, जसपा तीन वटै भन्दा आफु फरक रहेको भनेर जनताको माझ गएको देखिन्छ। 

पार्टी सदस्य संख्या एक लाख माथि पुगिसकेको छ। आगामी चुनाव अगाडि त्यो पाँच लाख माथि पुग्छ भने पार्टीले १० लाख बढ़ी भोट बटुल्छ कि भन्ने हुन्छ। राजपा र फोरमले दुई दुई लाख भोट ल्याएको। अब एक भएपछि पाँच लाख सम्म ल्याउँछन कि? काँग्रेस थाकिसकेको पार्टी, कम्युनिस्ट समाजवाद होइन बिचौलिया पुँजीवाद (crony capitalism) मा लिप्त। भारतलाई गाली गरेर दुई तिहाई ल्याएको तर सिन्को नभांचेको, डेलिवर गर्न नसकेको। 

तराईका २०-२२ जिल्लामा संगठन निर्माण गरेर त्यहाँ प्रत्येक निर्वाचन क्षेत्रमा चुनाव लड्ने जनमत पार्टीको लक्ष्य जस्तो देखिन्छ। 

जसपाको भोट मात्र काटने र आफु राष्ट्रिय पार्टी पनि नबन्ने स्तरबाट निकै माथि पुगिसकेको छ जनमत पार्टी। जनमत पार्टी तराईका २०-२२ जिल्लामा मुख्य रूपले काँग्रेस र कम्युनिस्टको र केही हदसम्म जसपाको पनि भोट काटने बाटोमा अग्रसर देखिन्छ।  

तर समग्र तराई केन्द्रमा ५०% पनि होइन। तराईका २०-२२ जिल्लामा पछिल्लो चुनावमा अझै पनि कम्युनिस्ट र काँग्रेस नै बलिया देखिए। प्रदेश २ मा जसपाले बल्ल बल्ल साधारण बहुमत ल्याएको। 

तराईका २०-२२ जिल्लामा जनमत पार्टीले एक तिहाई, दुई तिहाई अथवा सोभन्दा बढ़ी सीट ल्याउने संभावना कतिको छ? अहिलेसम्म चुनाव अगाडि आन्दोलन को संभावना कतिको छ? जपाले महाधिवेशन गर्नै बाँकी छ। चुनावी अभियानको झलक अहिले पाइने कुरा होइन। 

दुई तिहाई भन्दा बढ़ी निकै गारहो हो। त्यसका लागि व्यापक आन्दोलन नै चाहिन्छ। दुई तिहाई पनि गारहो हो। साधारण बहुमत कै संभावना अहिले त छैन तर समय बाँकी छ। मानौं जनमत पार्टी तराईका २०-२२ जिल्लामा ४०% सम्म पुग्यो रे। त्यो केन्द्रमा २०% भन्दा कम हो। 

त्यस अवस्थामा कि त विपक्षमा बस्नु पर्यो कि त गठबंधन बनाउनु पर्यो। जपाले २०% र जसपाले १५% सीट ल्याएको खण्डमा त्यो अझै अपुग हुन्छ। त्यति बेला जपा र जसपा का लागि काँग्रेस भारत जस्तो र कम्युनिस्ट चीन जस्तो हुन पुग्छन। 

त्यो परिस्थिति अहिले जनमत पार्टी ले खोजेको परिस्थिति होइन। जनमत पार्टी ले त आमुल परिवर्तन खोजिरहेको छ। 

त्यसकालागि आन्दोलन गर्नुपर्ने हुन्छ। समाउने मुद्दा भ्रष्टाचार नै हो। गरेर तुरुन्त देखाउने काम भनेको शिक्षा र स्वास्थ्य नै हो। आम आदमी पार्टी को जस्तो। मधेसले खोजेको संविधान संसोधन दोस्रो तहको मुद्दा बन्न पुग्छ। 

बहुदल, गणतन्त्र, संघीयता आकारको ठुलो मुद्दा, आन्दोलन गर्न लायकको मुद्दा अहिले भ्रष्टाचार नियंत्रण नै हो। संगठन निर्माण गरेर आन्दोलन गर्ने, आन्दोलन को क्रममा द्रुत गतिमा संगठन विस्तार गर्ने। 

जनमत पार्टीले खास खोजेको स्वीप गर्न हो। त्यो आन्दोलन को बाटो मात्र सम्भव छ। आन्दोलन ले देश भरि नै काँग्रेस र कम्युनिस्ट लाई राप्रपा बनाइ दिन सक्छ। 

What next for CK Raut? - myRepublica - The New York Times Partner ...

dr.ck raut ne diya Kathmandu ko hila ke - YouTube

Delhi Assembly Elections: Arvind Kejriwal Responds To Amit Shah ...

Tuesday, August 11, 2020

नेपालको राजनीतिले खोजेको पुस्ता हस्तान्तरण

पंचायत ढाल्नु र निरंकुश राजतन्त्र ढाल्नु आफैमा एउटा बहादुरी र कला हो। तर त्यति काम फत्ते गर्ने पुस्ताले त्यस पछिको काम गर्न नसक्ने रहेछ। चार चार पटक भएको मधेसी क्रांतिले पनि मधेस आन्दोलनलाई गन्तव्यमा पुर्याउन सकेन। संघीयता र समावेशिता को जननी मधेसी क्रांति तर संविधानको प्रस्तावना मा उल्लेख छैन। 

काठमांडु अथवा बागमती प्रदेश मैं सीमित रहे पनि नेपालमा पनि एउटा आम आदमी पार्टी त चाहिएको हो। समात्ने मुद्दा भनेको भ्रष्टाचार नै हो। पंचायतको भ्रष्टाचार को रेकॉर्ड कांग्रेस ले तोड्यो, कांग्रेस को ज्ञानेन्द्रले र ती सबैलाई ओझेलमा पार्दैछन केपी ओलीको सरकार। महाभुकम्पमा महाभ्रष्टाचार। महामारीमा महाभ्रष्टाचार। 

विवेकशीलमा पुस्ता हस्तान्तरण भइसकेछ। नाम हो रंजु दर्शना। 


चाहे साझा होस अथवा विवेकशील, हाम्रो पार्टी होस अथवा दर्शन रौनियार, अथवा अहिलेको तातो तातो इ, सरकारलाई अनुरोध गर्नु बेकार छ। केपी ओलीसंग महमारीको रोकथाम, भ्रष्टाचारको रोकथामको अपेक्षा, ज्ञानेंद्रसंग गणतंत्रको उपेक्षा गर्नु जस्तो हो। समाधान पार्टी निर्माण नै हो। एक ठाउँमा आउन सक्नुपर्छ। 

काठमांडु खाल्डो नै नेपाल हो भने त्यहाँ राजशाही स्थापना गर्ने गोपालवंशी, पुर्वी तराई बाट आएका यादव हरु। लिच्छवी त अझ बिहार बाट आएका। नेपालको इतिहासमा स्वर्ण युग मानिन्छ लिच्छवी शासन। सभ्य मानिसहरुले शासन गरे पछि त्यस्तै हो। नाक कान काटने हरुको शासन फापेन नेपाललाई। मल्लहरुको राजदरबारको भाषा मैथिलि। त्यति बेला नेपाली भाषा पैदा भएको थिएन। शाह राणा भनेका राजस्थान बाट भागेर आएका शरणार्थी। ओली जस्ता बाहुन कर्नाटक बाट आएका। स्थानीय भनेका त मिथिलावासी हुन। अब देश स्थानीय वासिन्दाले चलाउने कि? राजा जनकको मिथिला हिमालय पर्वत देखि गंगा नदी सम्म हो, गण्डकी देखि कोशी सम्म। रामायण भन्दा बढ़ी आधिकारिक दस्तावेज अर्को कुन हुन सक्छ? अयोध्या कहाँ छ भन्ने सम्म ज्ञान नभएको मान्छे कुर्सीमा बस्नु नेपालको महादुर्भाग्य। 

सीके राउतको संगठनमा विदेशमा दुई लाख मानिस छन। देश भित्र ५-१० लाख पार्टी सदस्य बनाउन सके हुँदैन त पुस्ता हस्तांतरण? मधेसीले समानता नपाउने नेपालमा आर्थिक क्रांति संभव छैन। सीके राउत बौद्धिकतामा बीपी कोइराला र जवाहरलाल नेहरू संग छन, संगठन क्षमता अमित शाहको जस्तो छ। इमानदार छन। 

वीडियो प्लेलिस्ट 

CK Raut 'violates deal with govt'