Friday, June 26, 2020

ओली को राणा शासन सोंच र नेपालको सन्दर्भमा नागरिकता

Sunday, June 21, 2020

BRI र MCC

नेपालमा चीनको BRI बारे बहस भएन। तर अमेरिकाको MCC बारे चर्काचर्की छ। 

बहस र छलफल हुनु राम्रो हो। MCC बारे बहस र छलफल हुनु राम्रो हो तर BRI बारे बहस र छलफल नहुनु अत्यासलाग्दो हो। 
BRI पनि र MCC पनि पुर्वसंरचना (infrastructure) सँग सम्बन्धित हुन। BRI मा सहभागी हुने देश चीनको सैन्य गठजोड़ मा सामेल भएको होइन। BRI मा सहभागी हुन कम्युनिस्ट विचारधाराको प्रचार प्रसारमा लाग्नुपर्छ भन्ने छैन। कम्युनिस्ट विचारधारा त खुद चिनिया कम्युनिस्ट पार्टीले त्यागेको कुरा। तर चीनमा भने उसको राजनीतिक एकमना (political monopoly) बरक़रार छ। नेपालकै कम्युनिस्ट ले कुन चाहिं कम्युनिस्ट विचारधारा पो मानेका छन र? भ्रस्टाचारमा काँग्रेस र पंचायत लाई उछिन्ने होड़बाजीमा लागेको देखिन्छ। 

भनेको कुरा सुन्नु पर्छ तर साथै गरेको कुरा पनि हेर्नु पर्छ। श्रीलंका मा बंदरगाह बनाइ दियो। अनि लि दियो। सैन्य प्रयोग गर्न मिल्ने बंदरगाह। पकिस्तानमा त्यस्तै बंदरगाह बन्दैछ। हुन त अमेरीकी सैनिक उपस्थिति जहाँ तहीं छ। अमेरिका ले गर्न हुने चीनले गर्न नहुने भन्ने होइन। 

BRI प्रोजेक्ट नेपाल ल्याउनु पर्छ। तर कुन शर्तमा ल्याइएको हो त्यो जायज र पारदर्शी हुनु पर्यो। व्यापक छलफल हुनुपर्यो। 

The Belt-and-Road initiative and the rising importance of China's Western  cities - Asiagreen


मधेसको सांस्कृतिक बोर्डर नेपालको राजनीतिक बोर्डर होइन

लन्दन को कुनै टेबल मा बसेर अफ़्रीकी महादेश को नक्शा कोर्ने हरु र नेपाल बालुवाटार बसेर नागरिकता कानुन को नक्शा कोर्ने नेकपा का ९ दाजुभाइ एकै ड़यांग का मुला हुन। सीके राउत को विश्लेषण सही छ। मधेसलाई उपनिवेश बनाएर राखिएको छ। सुगौली सन्धिको उल्लंघन भएको छ सरिता गिरीले भने जस्तो। 

नेपालको बोर्डर १८१६ अथवा १८६० मा कोरिएको हुन सक्छ। तर मिथिलाको बोर्डर ७,००० वर्ष भन्दा पनि पुरानो हो। प्रत्येक वर्ष अयोध्या बाट जनकपुर जंती आइपुग्छ। अयोध्या अवध, जनकपुर मिथिला। 

नेपाल भित्रै एकले अर्को सँग बिहे गर्नु जति प्राकृतिक कुरो हो मिथिला भित्र एकले अर्को सँग बिहे गर्नु त्योभन्दा २०० गुना बढ़ी प्राकृतिक कुरो हो। मिथिला त गंगा तट सम्म छ। नेपाल भारत सीमाना जाए भाँड़ में। 

बेइजिंग मा पानी नपर्दा बालुवाटार मा छाता ओढ्ने हरु कोरोना लाई बेसार चटाएर बसेका छन। कोरोना लाई बेसार आफ्ना वरिपरि का लाई १० अर्ब। 

केपी ओली वापस कर्नाटक जाउ तिमी। मिथिला मिथिलामा बस्छ। कर्नाटक ले न आउ भनेको छ उत्तर कोरिया जाउ। नेपाल लाई उत्तर कोरिया बनाउने तिम्रो सपना पुरा हुँदैन तर तिमी उत्तर कोरिया गए तिम्रो व्यक्तिगत सपना भने पुरा हुन्छ। 

Happy Ram Navami 2020: Date, History, Importance & Significance of Ram  Navami Festival?



Here's what you can do when you are in Janakpur