Sunday, July 28, 2019

के नेपाल लाई अर्को संविधान सभा को आवश्यकता छ?



के नेपाल लाई अर्को संविधान सभा को आवश्यकता छ?

लोकतान्त्रिक तवरले बनेको संविधान को घोषणा लाई आधा देशले कालो दिवस को रुपमा मनाउँदैन। लोकतान्त्रिक तवरले बनेको संविधान को घोषणा गर्दा एक दुई सय मान्छे शहीद हुनुपर्दैन। लोकतान्त्रिक तवरले बनेको संविधान देश माथि लादन का लागि एउटा स्वतः स्फुर्त आन्दोलन, एउटा शांतिपुर्वक संचालित आन्दोलन माथि फ़ासिस्ट दमन गरिँदैन। त्यो फ़ासिस्ट दमन को रिपोर्ट लाई कुनै पनि लोकतान्त्रिक चरित्र भएको प्रधान मंत्री ले दबाएर राख्न सक्दैन।

स्वाभाविक छ यो संविधान अवैध छ। यो समाजवादी होइन फ़ासिस्ट संविधान नै हो। त्यसैले त नेकपा को एक जना शीर्ष पदाधिकारी ले प्रधान मंत्री निवासकै जग्गा आफ्नो नाम मा गर्न भ्याएको छ। पञ्च हरु पनि चोरी गर्दा लुकी लुकी गर्थे। कसैले थाहा पाऊँछन कि भन्ने डर हुन्थ्यो। नेपालका सत्ताधारी फ़ासिस्ट हरु लाई त त्यो डर पनि नलाग्ने रहेछ।

हुन त संविधान सभाले पनि दुई तिहाई ले नै संविधान पास गर्ने हो, र आखिर संसदले कुनै पनि बेला दुई तिहाई ले संविधान संसोधन गर्न सक्छ। संविधान सभा नै किन चहियो? संसद छँदै छ त।

संविधान सभाले संसदले गर्ने प्रत्येक काम गर्न सक्छ। सरकार बनाउन र ढालन सक्छ। संविधान बाहेक का कानुन बनाउन हटाउन सक्छ। तर संसदले संविधान सभाले गर्ने प्रत्येक काम गर्न सक्दैन। संसदमा व्हिप लाग्छ। संविधान सभामा व्हिप जारी गर्न पाइँदैन। भने पछि प्रत्येक संविधान सभा सदस्य ले निर्धक्क भएर बोल्न पाउँछ र मतदान गर्न पाउँछ। संविधान को प्रत्येक धारा र उपधारा बारे प्रत्येक संविधान सभा सदस्य ले बोल्न पाउने भने हुन्छ। त्यो बहस बिना कुनै मतदान हुँदैन। सिंगो संविधान बारे एउटा मतदान हुँदैन। प्रत्येक धारा र उपधारा बारे छुट्टा छुट्टै मतदान हुन्छ।

देशमा राजतन्त्र फर्केर आउँदैन। त्यो पारसले सुनिश्चित बनाइसकेको कुरा। राजतन्त्र को भुत देखाएर देशमा फ़ासिस्ट संविधान लादने काम भयो। नहीं तो गब्बर आ जाएगा भन्ने काम भयो।

देशले संविधान संसोधन होइन संविधान को अवसान खोजेको हो। देशले नया संविधान सभा नै खोजेको हो।

त्यहाँ सम्म पुग्ने बाटो के हो? देशले नया संविधान सभा नै खोजेको छ भनेर जनताको मा जाने। मैंडेट लिने। सरकार बनाउने र सम्विधान सभाको चुनाव गर्ने।

यो संसोधन गर्न नमिल्ने संविधान हो। प्रयास बेकार छ।


Sunday, July 21, 2019

के सीके राउत का अगाडि इम्मानुएल मेक्रोन को बाटो उपलब्ध छ?



के सीके राउत का अगाडि इम्मानुएल मेक्रोन को बाटो उपलब्ध छ? फ्रांस का इम्मानुएल मेक्रोन ले त्यति बेला का फ्रांस दुई ठुला पार्टी को झंडा नबोकेर नै फ्रांस को राष्ट्रपति पद जितेर देखाइदिए। लगत्तै आफ्नो नया पार्टी मार्फ़त त्यस पछि संसद पनि बजाए। के सीके राउत सँग त्यो बाटो उपलब्ध छ?

इम्मानुएल मेक्रोन त्योभन्दा पहिला मंत्री भएका मानिस थिए। दुई ठुला पार्टी मध्ये एक को मंत्रिमंडल मा थिए। एकाएक आएका भने होइनन। फ्रांस को साक्षरता, राजनीतिक चेतना र आर्थिक समृद्धि अर्कै लेवल मा छ। त्यहाँ को चुनाव पनि अर्कै किसिमको छ। राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने देश। इम्मानुएल मेक्रोन ले फ्रांस मा जे गरे त्यो शायद अमेरिका, बेलायत, जर्मनी, भारतमा संभव छैन। नेपालको संसदीय व्यवस्था पनि त्यस्तै छ।

तर गर्ने नसकिने भने होइन। सच्चा संघीयता, भ्रष्टाचार, आर्थिक क्रांति को मुद्दा लाई दरो सँग समाएर सम्मिश्रण गरेर पस्किन सके शायद त्यस्तो ज्वारभाटा ल्याउन सकिन्छ। तर त्यो गार्हो काम हो। फेरि मधेस अलग देश भनेर आफ्नो इमेज बनाएका मानिस लाई सारा देशले पहिलो चुनावमैं पत्याउने संभावना धेरै नहुन सक्छ।

मेनस्ट्रीम (मध्यमार्ग) मा आएपछि त्यो मेनस्ट्रीम मा आएकै कारणले चर्चामा रहेका छन सीके। कुनै नया मुद्दा सल्काउन सकेको देखिँदैन।

यी बिभिन्न कारणले मेरो विश्लेषण छ शायद सीके का अगाडि इम्मानुएल मेक्रोन को बाटो उपलब्ध छैन कि? ठोस बाटो भनेको अहिले पहिलो चरणमा कस्सिएर संगठन निर्माण गर्ने, दोस्रो चरणमा पार्टी एकीकरण गर्ने, संसद, पार्टी र मीडिया मा स्पेस बनाउने र त्यो स्पेस बढाउँदै लाने बाटो शायद बढ़ी उपलब्ध पो छ कि? यो संगठन विस्तार र पार्टी एकीकरण को बाटो बढ़ी ठोस बाटो हो। एकीकरण पछिको दोस्रो महाधिवेशन सम्म मा पार्टी अध्यक्ष पद नै पनि ताकन सकिन्छ। त्यो बढ़ी संभव बाटो हो।

पार्टी एकीकरण का समय, समयतालिका, अंकगणित, और केमिस्ट्री