Tuesday, April 30, 2019

नेपाल जनमत पार्टी (नेजपा)

सीके राउतको जनमत पार्टी जनाधार भएको पार्टी हो। विकल्पको राजनीति गर्ने इच्छा भएका थुप्रै फॉरेन रिटर्न हरु ले त्यही क्लेम गर्न सक्ने अवस्था छैन। जनमत पार्टी एक्लै चुनाव लड़े राष्ट्रिय पार्टी बन्ने मात्र होइन देशको दोस्रो अथवा तेस्रो ठुलो पार्टी बन्ने देखिन्छ।

उज्वल थापाको विवेकशील दल छ। रविन्द्र मिश्र को साझा पार्टी छ। दर्शन रौनियार को देश बचाउ अभियान छ, M4C, Movement For Change। रूद्र पाण्डेको फेसबुक पार्टी छ हाम्रो पार्टी नाम गरेको। यी सबै देश विदेश पढ़े घुमेका मानिस हुन। तर व्यापक जनाधार भएको सीके राउत मात्र छ। भने पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा एक हुन सक्नुपर्यो।

तर मधेसीलाई समानता दिलाउने कुरामा एक ठाउँ आउन सक्नुपर्छ पहिलो कदम। त्यति त गर्न सक्नुपर्यो नि।

लोकतन्त्रमा विश्वास गर्ने तर वार्तालाप पनि गर्न नसक्ने? वार्ता गर्ने कला नभएको?

मधेसीले एक व्यक्ति एक मत लोकतंत्र भन्दा बढ़ी केही पनि मागेको छैन। त्यहाँ कुरा मिले पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा कुरा मिलाउन सक्नुपर्छ।

एउटै एकीकृत पार्टी चहियो। तर पार्टी को नाम हाम्रो विवेकशील साझा जनमत अभियान राख्न भएन। फ्रैंकेंस्टाइन नाम।

उपयुक्त नाम हुन्छ नेपाल जनमत पार्टी (नेजपा)  र पार्टी अध्यक्ष स्वतः सीके राउत नै हो।  पार्टी अध्यक्ष र भोलि गएर संसदीय दलको नेता। सीके ले मही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन। स्पष्ट नेता अगाडि सार्न नसक्ने पार्टीले चुनाव जित्न सक्दैन। खाना नै नपस्किने रेस्टोरेंट मा कसले गएर आर्डर दिन्छ?

उज्वल थापा, रविन्द्र मिश्र, दर्शन रौनियार, रूद्र पाण्डे आदि ले आ आफ्नो "NGO" हरुलाई राजनीतिक दल बनाउने एक मात्र उपाय यही हो। र समय सीमा छ। यसरी एकीकरण नगरेर चुनावमा गएर हारे ती सबै दल समाप्त हुनेछन।

भने पछि वार्ता गर्नु पर्यो। कुरा अगाडि बढाउनु पर्यो।

यसरी एकीकरण गरे रविन्द्र मिश्र ले वानेश्वर बाट अर्को चुनाव जित्ने हो। स्वर्णिम वाग्ले हरु के खान अस्ताएको घाम काँग्रेस पार्टी मा लागिबसेको? रविन्द्र मिश्र लाई समाउने।

 एक पटक को नेपाली सधैँ को नेपाली। प्रवासका ५० लाख नेपाली ले फोन बाट वोट खसाल्न पाउनुपर्यो।












Tuesday, April 23, 2019

सीके राउत को जनाधार बलियो देखियो






सीके राउत को पार्टी खोले पछि को पहिलो जनसभा को आधारमा भन्ने हो भने सीके को जनाधार बलियो रहेको देखियो।

जनमत पार्टीको जनसभामा डा.सीके राउतले के–के भने?
डा.सीके राउतको सभामा जनसागर, भने,‘जनताको चाहना अनुसार स्वराज आउँछ’

जनसभामा जनउभार देख्दा जनमत पार्टी एक्लै जान सक्ने बलियो आधार देखियो। जनमत पार्टी लाई फोरम राजपा सँग एकीकरण गर्नु खासै आवश्यकता नरहेको देखियो। विवेकशील को त अहिले खासै जनाधार पनि छैन।

जनमत पार्टी एक्लै राष्ट्रिय पार्टी बन्ने देखिन्छ। चाहेमा सीके ले जनकपुर बाट सांसद बन्ने जस्तो देखियो। २ नंबर प्रदेशको अर्को मुख्य मंत्री सीके राउत बन्ने बलियो संभावना छ।

जनमत पार्टी ले पश्चिम तराई मा पनि राम्रो गर्न सक्ने देखिन्छ।

फोरम राजपा सँग एकीकरण गरेर बरु जनमत पार्टी लाई बेफाइदा हुन सक्छ। इमेज ख़राब हुन सक्छ।

जनमत पार्टी ले प्रमुख रूपले संगठन विस्तार गर्नु पर्ने हुन्छ।

तराई मा जति आन्दोलन भए पनि आखिर काँग्रेस कम्निष्ट ले नै वोट पाइराख्ने जमाना अब गयो। समग्र तराई को सबैभन्दा ठुलो पार्टी बन्ने आधार जनमत पार्टी ले तैयार गर्दैछ। तराई का २० जिल्ला मात्र स्वीप गर्न सके काठमाण्डु कब्ज़ा हुन्छ।





























Tuesday, April 16, 2019

विवेकशील जनमत पार्टी?

विवेकशील र साझा को मयारेज डिवोर्स मा परिणत भयो। छुट्टाछुट्टी भयो। उज्जवल थापा नेतृत्व को विवेकशील र सीके राउत नेतृत्व को जनमत पार्टी को एकीकरण थुप्रै लाई अचम्म को आईडिया जस्तो लाग्न सक्छ। तर म भन्छु त्यसमा दम छ।



उज्वल र सीके दुबै विदेश को पढाई सकेर देशको सेवा गर्न भनेर आएका मानिस। लोकतंत्र को सबक पढाइनुपर्ने मानिस होइनन यिनी। एक व्यक्ति एक मत लोकतंत्र मानने कसैलाई पनि मधेस को मुद्दा के हो, मधेसी को मुद्दा के हो भन्ने कुरा मा मन्थन गर्नु पर्ने खासै आवश्यकता भने छैन। मधेसीले राजनीतिक समानता भन्दा बढ़ी के पो मागेको छ र? एक व्यक्ति एक मत लोकतंत्र मात्र मागेको हो। 

मधेसको मुद्दामा एउटै मञ्चमा आउन सके यी दुईले थप कुरा गर्न सक्छन। 

प्रधान मंत्री निवासको जग्गा नै आफ्नो नाममा गर्न भ्याएको कम्निस्ट पार्टीको महासचिवले। यो त पंचायत कालमा धीरेन्द्र ले क्रेन लगेर दिन दहाड़े भक्तपुर को मुर्ति चोर्न गए जस्तो भयो। न त चोरी, न त डकैती। खुलेआम दादागिरी। त्यो घटना को केही वर्ष पछि पंचायतको अन्त्य भयो। यो जग्गा प्रकरण नेपालमा कम्निस्ट पार्टीको अन्त्यको शुरुवात हो। 

तर कम्निस्ट पार्टीको अन्त्य भनेको कांग्रेसको उदय भने होइन। त्यो त जुन जोगी आए पनि कानै चिरेको भने जस्तो हुन्छ। 
एउटा नया पार्टी को आवश्यकता छ। 

उज्वल र सीके दुबै स्वच्छ छवि भएका मानिस हुन। तर स्वच्छ छवि त भारतमा मनमोहन सिंह को पनि थियो। सदा बरक़रार नै राखे। आफु स्वच्छ भएर पुग्दैन। सिस्टम लाई स्वच्छ बनाउने हरु चाहिएको हो। 

सीके प्रति फोरम राजपा वाला हरु आक्रामक छन। किन होला?

शायद सीके को सामीप्य फोरम राजपा नभएर विवेकशील पो हो कि?


दुबैले वार्ता पो गर्ने कि? 

विवेकशील को तुलनामा सीके को जनाधार ठुलो छ। त्यस आधारमा सीके अध्यक्ष र उज्वल उपाध्यक्ष हो शायद। 

मधेसको मुद्दामा एउटै नजरले हेर्न सके भ्रष्टाचारको मुद्दामा दुबै एकै ठाउँ छन। दुबै कम्प्युटर साइंस पृष्ठभुमि का मानिस। विज्ञानं र प्रविधि र विश्व बाजार बुझेका मानिस। नेपालको अर्थतंत्र लाई आधुनिकता तर्फ लान सक्ने हरु। 

पार्टी एकीकरण गरेर अर्को चुनावमा स्वीप गर्ने लक्ष्य का साथ अगाडि बढ्नुपर्ने हुन्छ। 

विजपा।

विवेकशील ले अर्को चुनाव एक्लै लडेर फेरि हारे पार्टी नै समाप्त हुने डर छ। सीके लाई पनि राष्ट्रिय छविको आवश्यकता छ।