Saturday, May 19, 2018

कम्युनिस्ट पार्टी एकीकरण को प्रभाव र मधेसले चाहेको संविधान संसोधन

एमाले र माओवादीको एकीकरण भएर चीन र वियतनाम पछिको एशिया कै तेस्रो ठुलो कम्युनिस्ट पार्टी निर्माण भएको छ। राणा शासनको अन्त्य पछि एउटा पनि सरकार ले आफ्नो पुरा अवधि काम गर्न नसकेको अस्थायित्व अब चाहिं समाप्त भयो कि भन्ने भान परेको छ। यस नया कम्युनिस्ट पार्टीले संविधान संसोधनको मुद्दा मा इमान्दारीपूर्वक काम गरेमा राष्ट्रिय एकताको सन्देश जानेछ र मधेसी दल त्यसपछि स्वतः आर्थिक विकासको मुद्दा मा लाग्नुपर्ने बाध्यता उत्पन्न हुनेछ। कार्यदल बनाएर अगाडि बढ्नु श्रेयस्कर हुन्छ।

सजिला नेता खोज्दै ओली–प्रचण्ड, विगतका मर्यादा हेरफेर हुने – OnlineKhabar
मधेसी दललाई सत्ताको निम्ता

दुई ठूला वाम दल एकीकरणपछि शक्तिशाली बनेको सत्तारुढ दल नेकपाका नेताहरुले मधेसी दललाई सरकारमा सहभागी गराउन पहल थालेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एकीकरणपछि शुक्रबार साँझ नै केप ीओली र प्रचण्डले विशेष सूत्रमार्फत मधेसवादी दललाई सत्तामा सहभागी हुन आग्रह गरिसकेका छन् ।

मधेसी नेताले पनि पहिचानसहितको संघीयतातर्फ संविधान संशोधन गराउनमा प्रयास भए आफूहरुलाई सत्तामा सहभागी हुन कुनै अप्ठ्यारो नभएको भन्दै सहभागी हुने आसय व्यक्त गर्न थालेका छन् ।
नेकपाले मधेशलाई माओवादीको नजरले हेर्ला कि एमालेको नजरले ? | Ratopati
तराई मधेश विकासका निम्ति संघीय सरकारले प्याकेज ल्याउने : मन्त्री महासेठ | Ratopati

सड़क आन्दोलनको स्पिरिट एउटा हुन्छ। चुनावको स्पिरिट अर्को हुन्छ। तर वार्ता को स्पिरिट त थप फरक हुन्छ। अब दुबै पक्ष वार्ताको स्पिरीटमा आउनुपर्छ। एउटा बैठक बसेर काम हुँदैन। न्यूज़ मा आइन्छ, हेडलाइन बन्छ एक दुई दिन तर प्रगति हुँदैन। पहिलो कदम नै कार्यदल बनाउने हुनुपर्छ। उच्च स्तरको कार्यदल। पार्टी अध्यक्ष स्तरको कार्यदल। ओली त सरकार चलाउन व्यस्त। प्रचंड, रघुवीर महासेठ, महंथ ठाकुर, राजेंद्र महतो बस्न सक्छन। मधेसी दल ले टाढै बाट माग राख्ने र नेकपा ले टाढै बाट हुन्न भन्ने तरिकाले काम हुँदैन। कार्यदल को घनीभुत संवाद को बाटो अख्तियार गर्नुपर्छ। दुबै पक्ष ले आफ्नो कुरा प्रष्ट सँग राख्नुपर्छ र एकले अर्काको कुरा बुझ्ने चेष्टा गर्नुपर्छ। मेरो गोरुको बारहै टक्का भन्ने हुँदैन। कहिलेकाहीँ मिलनबिंदु दुबै पक्षले चाहे भन्दा फरक कुनै तेस्रो विन्दु हुन पुग्छ।

तर लोकतंत्रमा विपक्षको महत्वपुर्ण भुमिका रहन्छ। एमाले र माओवादीको एकीकरण भएर सबैभन्दा बढ़ी दबाब फोरम र राजपा माथि परेको छ। यी दुईले पनि एकीकरण नगरी भएको छैन। संविधान संसोधन गर्ने, पार्टी एकीकरण गर्ने र सरकारमा सहभागी हुने।

यति गृहकार्य गर्न सके अर्को चुनाव पछि प्रचण्डको नेतृत्व र मधेसीको सहभागिता मा सरकार बन्ने संभावना रहन्छ।




Tuesday, May 08, 2018

मधेस संसदको अंक गणित होइन

एमाले र माओवादीले झन्डै दुई तिहाइ ल्याएर पनि उनी हरुलाई संसदमा उपस्थिति अपुग भए जस्तो लागिरहेको छ। किन होला? किनभने मधेस संसदको अंक गणित होइन। लोकतंत्रमा समानताको आकांक्षा त मधेसी को मात्र किन प्रत्येक नागरिकको अधिकार हो। मधेसी भनेका नेपालको सन्दर्भमा संघीयताका जननी हुन। काँग्रेसले बरु अर्को चुनाव पनि हार्ला तर फोरम र राजपा एकीकरण गरेर बनेको पार्टी ले पहाड़ पनि पस्ने महत्वाकांक्षा राख्न सक्छ, भोलि सत्तामा पुग्न सक्छ।

आर्थिक प्रगति भन्दा संविधान संसोधन बढ़ी महत्वपुर्ण भन्न खोजिएको होइन। संविधान संसोधन बिना द्रुत गतिको आर्थिक प्रगति संभव छैन भन्न मात्र खोजिएको हो। मुद्दा त नेपाल जस्तो गरीब मुलुककालागि आर्थिक प्रगति नै हो।

नेपाल भित्र मधेसको स्थान र दक्षिण एशिया भित्र नेपालको स्थान एक अर्कासँग जोडिएका छन। जुन कि न्यायपुर्ण कुरा होइन। नेपाल ले भारत सँग गरेको प्रत्येक असमान संधि सम्झौता पहाड़ी शासकले गरेको छ। त्यसको जिम्मेवारी सत्ता बाट टाढा राखिएका मधेसी ले किन लिने? आफ्नो अक्षमतालाई ढाकछोप गर्न नेपाली जनतालाई उल्लु बनाउन नेपालका पहाड़े नेताहरु दिल्लीलाई गाली गर्छन। भन्दैमा दिल्लीले नेपालसँग सधैँ राम्रो व्यवहार गरेको छ भन्ने पनि होइन।

भारतको नेपालसँग रोटीबेटीको सम्बन्ध छ भन्ने गरिन्छ। बेटीको सम्बन्ध मधेससँग हो। तर रोटीको सम्बन्ध त पहाड़सँग हो। पहाड़का मानिस भारत आफ्नै देश भए जस्तो गरेर काम गर्न जान्छन। मेक्सिकोको मान्छेलाई अमेरिकामा त्यति सहज छैन।

चीन र भारतलाई जुधाइदिने नेपाली नेताहरुको दिवास्वप्न नेपाली जनतालाई उल्लु बनाउने अर्को प्रयास हो। आफ्नो अक्षमतालाई ढाकछोप गर्न नाचिने नाच हो। भारत खुदले चीनको लगानी चाहेको छ। नेपालले चीनको लगानी खोजेर भारतको टाउको किन दुख्छ? बरु त्यसरी लगानी भित्र्याउन गर्नुपर्ने गृहकार्य नेपालले नगरेको अवस्था छ। दोष नेपाली नेतृत्वको हो।

नेपालभित्र भन्दा नेपाल बाहिर नेपाली बढ़ी संख्यामा छन। ती मध्ये अधिकांश भारतमा छन। उल्टै भारतको मान्छे मधेस पस्यो भन्ने अफवाह फैलाइन्छ। राजा जनकको राजधानी पो त जनकपुर भनेको। हिजोआज बनेको हेटौंडा जस्तो शहर हो र जनकपुर? लिच्छवी भनेका मधेसी। काठमाण्डुमाथि शासन गरेकै हुन। मुगलको समयमा आजको मधेस भारतको अंग नै थियो। मधेसी जति सबै भारतीय नागरिक नै थिए। मधेसी सरेको होइन, बोर्डर सरेको हो।

नागरिकताबाट कुनै पनि मनुष्यलाई वंचित राख्न पाइँदैन। त्यो त आधारभुत मानव अधिकार हो। पहिलो दर्जा, दोस्रो दर्जाको नागरिक भन्ने हुँदैन। लोकतंत्रमा हुँदैन। त्यस अंदाजमा संविधान संसोधन हुनुपर्छ।


Friday, March 02, 2018

भारतवर्ष र येशु







The Fullness Of My Humanity
From Belief To Knowledge Of God
या अल्लाह, या अब्बा
My Biographical Details Of The Past Few Decades
I Have Lived An Ordinary Life
Showered On By The Holy Spirit
The First Coming, The Second Coming, The Final Coming
The Caste System Can Go Now
Justice And Prosperity On Earth
"Nobody Goes To The Father But Through Me"
I Am My Own Shadow
Moses Waited 40 Years
Bramha Is Isa Is Jesus

एउटा ईश्वरले भारतवर्षको सृष्टि गरेको र अर्कै ईश्वरले बेलायत अमेरिका सृष्टि गरेको त होइन होला। सारा ब्रह्माण्डको सृष्टि ईश्वरले गरेको। वेद, कुरान, बाइबल, गीता सबैले त्यही कुरा भन्छन। भनेपछि त ईश्वर एक हो। पाँच अंधोले हात्ती छामे जस्तो विभिन्न धर्म ले ईश्वर लाई बुझ्ने प्रयास गरेका छन। तर वेद, कुरान, बाइबल, गीता सबैका लेखक त्यही एक ईश्वर भएका ले ती पुस्तक हरु एक अर्का सँग बाझ्दैनन।

यहुदी हरु लाई chosen people भनिन्छ। भारतवर्ष को ब्राह्मण त्यस्तै chosen people हो। तर जुन ब्रम्हा ले त्यस ब्राम्हण लाई विशेष स्थान दिए त्यही ब्रम्हा को पहिलो मानव अवतार येशु लाई तिरस्कार गर्नमा भारतवर्षको ब्राम्हण आज सबैभन्दा अगाडि छ। गाई खाने भाषा, गाई खाने धर्म भनेर तिरस्कार गरिन्छ। धर्म परिवर्तन विरुद्ध कानुन बनाइन्छ।

महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका थुप्रै नाम हरु मध्ये एक नाम हो ईशा। ईशा कुरान मा येशु को नाम हो। आमाले बोलाउने नाम येशुवा। त्यसैलाई ग्रीक मा जीजस भन्दिए। विष्णुको मानव अवतार राम र कृष्ण। ब्रम्हा को येशु। भने पछि हिंदु ले ब्रम्हा लाई तिरस्कार गर्नु पर्ने कारण के पर्यो?

महाभारत को अन्त्य तिर भनिएको छ, एउटा युग समाप्त भयो र अब कलियुग शुरू भयो। कलियुग मा के हुन्छ? कलियुग मा पाप हुन्छ। पापी मान्छे त नर्क जान्छ। भने पछि सबै मानिस नर्क जाने भए। गीता मा भगवन कृष्ण ले भनेका छन, हे अर्जुन, जस्तो सुकै पाप गरेको भए पनि तिमी Wisdom को बाटो स्वर्ग जान सक्छौ। Wisdom भनेको यहुदी हरु को बाइबल मा (जसलाई क्रिस्चियन ले Old Testament भन्छ) जीजस को नाम हो। Wisdom लाई अनुवाद गर्ने हो भने ब्रम्हा भन्नु पर्ने हुन्छ।

खुद भगवान कृष्ण ले कलियुग का मानिस लाई Go Accept Jesus भनेको अवस्था छ। त्यो पनि जीजस जन्मिनु भन्दा ३,००० वर्ष अगाडि जति बेला बाइबल को एक शब्द पनि लेखिएको थिएन।

राति को आकाशमा तारा हरुको pattern कहिल्यै पनि दोहोरिँदैन। रामायण र महाभारत का प्रमुख घटना हरुका समयमा गरिएको राति को आकाश को वर्णन ले भगवान राम ७,००० वर्ष अगाडि र भगवान कृष्ण ५,००० वर्ष अगाडि धरती मा प्रकट भएका हुन भन्न सकिन्छ।  त्यो त विज्ञान हो।

हिन्दु हरुको हठ के छ भने भारतवर्ष मा भगवान जन्मिए त्यस भगवान लाई मानने तर भारतवर्ष बाहिर जन्मिए त्यही भगवान लाई फेरि नमान्ने। कस्तो अचम्म को लिडे ढिपी ! ईश्वर के हिन्दु का मात्र ईश्वर हुन?

बाबरी मस्जिद र राम जन्मभुमि को विवाद मुर्खता को पराकाष्टा हो। भगवान राम भगवान रामको रुपमा पृथ्वी मा जन्मिनु अगाडि जुन रुपमा थिए त्यसैलाई त मुसलमान ले अल्लाह भन्छ। अल्लाह त फगत एक शब्द हो। त्यही शब्द लाई अँग्रेजी मा God भनिन्छ।

पाँच अन्धो ले एक अर्का सँग नोट compare गर्ने हो र ईश्वर को विराट स्वरुप बारे एक अर्का सँग थप जानकारी लिने हो।

भगवान शिव ले गरेको काम भगवान रामले गरेनन, भगवान रामले गरेको काम भगवान कृष्ण ले गरेनन, भगवान कृष्ण ले गरेको काम भगवान जीजस ले गरेनन, र भगवान जीजस ले गरेको काम भगवान कृष्ण, भगवान राम, भगवान शिव ले गरेनन। तर भगवान शिव ले जे गरे, भगवान राम, भगवान कृष्ण ले जे गरे, भगवान जीजस ले जे गरे त्यो सबै समस्त मानव जाति का लागि सधैँ सम्म का लागि सान्दर्भिक छ। भगवान शिवले धरती मा गरेको काम मा भगवान राम र भगवान जीजस सहभागी थिए। भगवान जीजस ले गरेको काम मा भगवान शिव र भगवान राम सहभागी थिए। God is One: the three exist in perfect harmony.

हिन्दु धर्म मा भनिएको छ त जन्म पछि जन्म पछि जन्म। धरतीमा नै आत्मा को recycling भइराख्छ। Paradise पुग्नु छ भने जीजस लाई accept गर्नु पर्छ त। भगवान कृष्ण ले कलियुग का मानिस लाई दिएको सन्देश हो त्यो। The Father and I are one भनेर जीजस ले भनेको। भनेको कृष्ण र जीजस एक हुन। कृष्ण को अराधना गरे जीजस रिसाउने, जीजस को अराधना गरे कृष्ण रिसाउने भन्ने हुँदैन। शिव, राम, कृष्ण, जीजस कसैको पनि सन्देश पुरानो र काम नलाग्ने भएको छैन। योग पुरानो भएको छैन, परिवार र न्याय र धर्म पुरानो भएको छैन। Salvation पुरानो भएको छैन।

यहुदी ले २,००० वर्ष अगाडि गरेको गल्ती र अहिलेसम्म गर्दै आएको गल्ती भारतवर्षको बाहुन ले आज गर्दैछ। आँखा खोल। आफ्नै ब्रम्हा लाई चिन।

Needy को देखरेख गर भनेर जति बलियो शब्द मा जीजस ले Gospel (शुभ समाचार) मा भनेका छन त्यति कुनै समाजवादी चिंतक ले भनेको छैन। पुजारी हरुको जति कड़ा आलोचना जीजस ले गरे त्यति कड़ा आलोचना कुनै मार्क्सवादी ले गरेको छैन। तर ईश्वर नै छैन भन्ने नास्तिक विचार दुर्गति तर्फ लाने विचार हो। नेपाल चलाएर बसेका बाहुन हरु चोरी मा पोख्त छन, भ्रष्टाचारमा लिप्त छन। चोरी पाप हो भन्ने नै थाहा नहुने बाहुन पापी कि पुजारी? वेद, कुरान, बाइबल, गीता कसैले पनि चोरी पाप होइन भनेको छैन त।

वेद पहिलो अध्याय हो भने, रामायण यदि दोस्रो र महाभारत तेस्रो अध्याय हो भने बाइबल त्यसै अलौकिक पुस्तक को चौथो र कुरान पाँचौ अध्याय हो। पुस्तक त पुरै पढ्नु परेन र? शिक्षा पुरा गर्नु परेन?

जसलाई हिन्दू ले शिव भन्छन तिनै लाई क्रिस्चियन ले Holy Spirit भन्छन। जसलाई हिन्दु ले विष्णु, राम, कृष्ण भन्छन तिनै लाई क्रिस्चियन ले Holy Father भनेको हुन्छ। हिन्दू को ब्रम्हा नै त क्रिस्चियन को जीजस हो।