Wednesday, December 13, 2017

अंक गणित ले एमाले लाई पाँच प्रदेश मा थन्क्याउ भन्छ

अंक गणित यस प्रकार छ।

केंद्र मा प्रत्यक्ष मा १६५ मध्ये ७८ एमाले: त्यो बहुमत होइन।

प्रदेश १ मा प्रत्यक्ष मा ५६ मध्ये ३६ एमाले ले जितेको: त्यो बहुमत हो।

प्रदेश २ मा प्रदेश सभा को प्रत्यक्ष मा एमाले पाँचौं स्थान मा छ।

प्रदेश ३ मा प्रत्यक्ष मा ६६ मध्ये ४२ एमाले को। त्यो  बहुमत हो।

प्रदेश ४ मा प्रत्यक्ष मा ३६ मध्ये १७ मात्र एमाले को। त्यो बहुमत होइन। माओवादी ले मुख्य मंत्री पाउने देखिन्छ।

प्रदेश ५ मा प्रत्यक्ष मा ५२ मध्ये २७ एमाले को। त्यो बहुमत हो।

प्रदेश ६ मा प्रत्यक्ष मा २४ मध्ये १४ एमाले को। त्यो बहुमत हो।

प्रदेश ७ मा प्रत्यक्ष मा ३२  मध्ये १७ एमाले को। त्यो बहुमत हो।

यो प्रत्यक्ष तर्फ मात्र। समानुपातिक को नतिजा आउन बाँकी नै छ। तर समानुपातिक को नतिजा आउँदा सम्म एमाले को अवस्था केही खस्किने नै देखिन्छ। केंद्र सरकार, प्रदेश २ सरकार र प्रदेश ४ सरकार एमाले ले नपाउने देखिन्छ।

जनताले स्थायित्व खोजेका हुन। प्रचंड पाँच वर्ष प्रधान मंत्री बन्नु ले पनि स्थायित्व नै दिने हो। प्रदेश सरकार ले धेरै अधिकार नपाएको अवस्था छ। मुख्य कुरा केंद्र सरकार हो।

मधेसी दल ले प्रचंड लाई साथ दिए काँग्रेस केही ठुलो पार्टी नै हुन पुगेछ भने फरक पर्दैन। काँग्रेस र मधेसी ले एक एक उप प्रधान मंत्री र प्रमुख मंत्रालय पाउने अवस्था हो यो। चुनाव अगाडि काँग्रेस लाई सरप्राइज दिएका प्रचंड ले अब एमाले लाई त्यसै गरी सरप्राइज दिने बेला आएको छ।

ओली प्रधान मंत्री बन्नु भनेको हावादारी गफाडी लाई प्रधान मंत्री बनाउनु हो। काम केही नगर्ने खाली गफ चुटेर बस्ने। देश जाकिंछ। प्रम हुँदा प्रचंड को रिकॉर्ड राम्रो छ। देशलाई झन्डै ७% आर्थिक वृद्धि दर दिन भ्याए।

प्रदेश सभा परिणाम
चुनावी परिणाम



प्रचंड प्रधानमंत्री बन्नु पर्छ

प्रत्यक्क्षमा ५०% भन्दा कम सीट जितेको एमाले ले, समानुपातिक मां उसले ५०% बढ़ी सीट जित्दैन। एमाले बाहेक का पार्टी सबै एक ठाउं आए प्रचंड पांच वर्ष का लागि प्रधानमंत्री बन्न सक्छन। सही निर्णय पनि त्यही नै हुनेछ। एमाले पार्टी अध्यक्ष मा अब सुवास नेम्वां को पालो आइसक्यो।


सीके राउत ले चुनावी नतिजा को आदर गर्नु पर्छ

सीके राउत ले चुनाव लडेका हुन्। चुनाव लडेका हुन हारेका हुन्। दुई दुई पटक। भोट माग्दै हिडेका हुन् त। मत बदर अभियान भनेको के? भोट मागेको हो त्यो। ५०% बढ़ी मतको लक्ष्य थियो ५% मुनि पाए। त्यो बाटो अब सदा का लागि बन्द भएको मान्नु पर्छ। मत बदर अभियान सफल हुने मापदंड सीके आफै ले निर्धारण गरेका हुन्। ५०% मत बदर भए मधेस अलग देश ले जनादेश पाउनेछ भनेर सीके आफै ले भनेका हुन्। ३-४% अशिक्षा का कारन ले मत बदर हुने गरेको ठाउं हरू मा ९-१०% मत बदर भएको देखियो। भने पछि सीके ले ४-५% मत २ नम्बर प्रदेश मा बटुलेको देखियो। पार्टी खोलेर लडेका भए ३ नम्बर मा विवेकशील र २ नम्बर मा सीके को पार्टी उस्तै उस्तै हुने रहेछ। त्यस्तो देखियो। जनादेश त्यस प्रकार को देखियो। त्यस जनादेश को सीके ले आदर गर्नु पर्छ। यो म्यान्डेट भनेको अहिले का लागि मधेस अलग देश को एजेंडा लाई बैकबर्नर मां राखेर फोरम र राजपा एकीकरण भएर बन्ने राष्ट्रीय समाजवादी फोरम ज्वाइन गरेर संघीयता/समावेशिता को बाटो मधेस को सशक्तिकरन (empowerment) र विकास (development) मा योगदान पुर्याउ भन्ने हो।