Tuesday, October 31, 2017

बुढ़ानीलकंठ स्कुल र दमजम











बुढ़ानीलकंठ स्कुल मधेसी का हकमा पनि नेपाल सेना जस्तो संस्था हो, बिलकुल समानुपातिक समावेशी छैन। जस्तो ratio २० वर्ष अगाडि थियो अहिले पनि त्यस्तै छ। समावेशी छ, समानुपातिक समावेशी छैन। कुनै क्लास मा एउटा दुइटा मधेसी हुनु टोकन मधेसी (token Madhesi) लाई मात्र ठाउँ बनाउनु हो। २० वर्ष मा जीरो प्रोग्रेस। Such token Madhesis end up paying a heavy emotional price.


काँग्रेस ले विपक्षी पार्टी बन्ने निर्णय गरिसक्यो

लोकतान्त्रिक गठबंधन नाम मात्र को रह्यो। काँग्रेस थाकिसकेको पार्टी हो। उर्जा बाँकी छैन। कति देश हाँक्नु! न  राप्रपा राणा सँग एक पद एक उम्मेदवार गर्यो न त फोरम-राजपा सँग। बरु एमाले-माओवादी जस्तै फोरम-राजपा एक पद एक उम्मेदवार मा गएका छन। एउटा वाम गठबंधन, एउटा संघीय गठबंधन। अर्को कुनै गठबंधन छैन मैदान मा। रामचंद्र पौडेल को नाम एक पटक फेरि प्रस्तावित हुनु थियो प्रम पद का लागि र भयो पनि। तर त्यस प्रस्तावको कुनै अर्थ छैन। एक किसिमले फोरम-राजपा लाई व्यापक फाइदा भयो। अब दुई नंबर प्रदेश स्वीप गर्ने मौका पाए। फोरम-राजपा गठबंधन नभई नहुने गठबंधन थियो। तर फोरम-राजपा को काँग्रेस सँग गठबंधन हुनु खासै जरुरी थिएन। प्रतिस्प्रधा नै काँग्रेस सँग छ। अनि के को गठबंधन? एमाले-माओवादी एउटै पार्टी बन्ने संभावना छ। त्यसरी नै फोरम-राजपा पनि। ती दुबै ले अंततः काँग्रेस लाई साइज मा उछिन्न सक्छन।

काँग्रेस ले छोड़ेको vacuum भर्न विवेकशील लागिपर्नु पर्छ। सबैभन्दा उत्तम कैंडिडेट विवेकशील हो।