Sunday, October 16, 2016

सीमांकन का लागि जनमत संग्रह

कांग्रेस केन्द्रीय समिति बैठकमा सिमांकन हेरफेरको विषयमा जनमत संग्रह गर्ने प्रस्ताव लगिने

सम्विधान सन्सोधन का लागि सबै भन्दा विवादित विषय प्रदेश सीमांकन। नेता तहमा कुरा नमिल्ने देखिएकोले जनमत संग्रह मा जानु अन्तिम उपाय हुन सक्छ।

तर त्यस अगाडि सम्विधान सन्सोधन का अन्य सम्पूर्ण मुद्दा फर्छयौट गर्नु पर्यो। पहिलो त सरकार आफैले गर्न सक्ने कुरा हरू गर्नु पर्यो । शहीद घोषणा, झुठा मुद्दा फिरता, घाइते उपचार। त्यस मा खुट्टा घिसार्ने काम गरेर सरकार ले बडो गलत सन्देश दिएको छ।

अनि प्रदेश सीमांकन बाहेक का मुद्दा मा मधेसी मोर्चा को सहभागिता मा सम्विधान सन्सोधन गर्नु पर्यो । स्थानीय सरकार दुनिया भरि सन्घीय सन्रचना मा प्रदेश  सरकार अन्तर्गत रहने, नेपाल मा केन्द्र अन्तर्गत राख्ने प्रस्ताव सारिएको छ, कहीं नभएको जात्रा हाडी गाउ मा।

देश भरि स्थानीय इकाई बराबर जनसंख्या को हुँदैन। तर स्थानीय पदाधिकारी ले राष्ट्रपति का लागि भोट दिदा प्रत्येक प्रदेश लाई जनसंख्या समानुपातिक Electoral College दिन सकिन्छ।

Tuesday, October 04, 2016

राजावाद र बाहुनवाद

राजावाद र बाहुनवाद उस्तै उस्तै हो। राजावाद भनेको राजा को छोरो राजा हुने भनेको हो। बाहुनवाद भनेको बाहुन को छोरो पुजारी हुने भनेको हो।

राजावादी हुन राजा हुनु पर्दैन। कमल थापा राजा होइन। बाहुनवादी हुन बाहुन हुनु पर्दैन। जातपात मान्ने सबै बाहुनवादी।

राजावाद परास्त भएको हो कि बाहुनवाद विजयी भएको हो? देश गणतन्त्र मा गएको हो कि बाहुनवाद मा? बाहुनवाद ले राज सिंहासन बाहेक सब थोक खाएकै थियो। अब त्यो पनि खायो। मधेसी, जनजाति, महिला, दलित वाल्ल।  

वेद लाई ढुंगा मानेर पुज्ने बाहुन त गनिनसक्नु छ तर वेद पढ़ने बाहुन कति छ? पढ़ने भनेको मोटरसाइकिल भट्याउने भनेको होइन, पढेको बुझ्ने भनेको हो।

वेद त हामी लाई खुद ब्रम्हा ले दिएको भन्छ तर त्यही ब्रम्हा को पहिलो अवतार जिजस लाई नेपाल मा पस्न दिएको छैन।

Jesus: Wisdom: Bramha

विष्णु को पहिलो अवतार राम। जानु अगाडि म फेरि आउछु भनेर गएका राम, कृष्ण को रुप मा आए। विष्णु का जम्मा दुई अवतार। ब्रम्हा को पहिलो अवतार जिजस। येशु। जानु अगाडि म फेरि आउछु भनेर गएका येशु।

जुन भारतवर्ष लाई ब्रम्हा ले वेद दिए त्यस भारतवर्ष मा आज येशु का लागि ठाउँ छैन।    

Kumar: Wake Up To God

Monday, September 26, 2016

मधेसी भारतीय, ओली दक्षिण भारतीय

मधेसी भारतीय, ओली दक्षिण भारतीय हो। मधेसी सरेको होइन, बोर्डर सरेको हो। ओली खलक बरू दक्षिण भारत बाट नेपाल कसरी आइपुग्यो?

जो चोर उसको ठुलो स्वर?