Showing posts with label ethnic prejudice. Show all posts
Showing posts with label ethnic prejudice. Show all posts

Saturday, January 31, 2015

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

केंद्र सरकारको माथिल्लो सदनको सवालमा सबैभन्दा उपयुक्त हुनेछ कि सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र मनियोस, उपल्लो सदनमा १०० सीट होउन, अनि पुर्ण समानुपातिक निर्वाचन। १% मत ल्याउने पार्टीले १ सीट पायो, २०% मत ल्याउने पार्टीले २० सीट पायो। लिस्ट चुनाव अगाडि बुझाउनु पर्ने र सार्वजनिक पनि गर्नुपर्ने। चुनाव पछि लिस्ट फेरबदल गर्न नपाइने। लिस्ट समावेशी हुनुपर्ने दमजम को मुद्दामा। यस फॉर्मूलाले राष्ट्रिय एकता बलियो पार्छ।

तर काँग्रेस एमालेका टाउके बाहुन को भनाइमा यदि तराईमा एक राज्य र पहाड़मा दुई राज्य हुने हो भने प्रत्येक राज्यले उपल्लो सदनमा ३०-३० सीट पाउने। त्यसो गर्दा तराई माथि पहाड़को उपनिवेश परमानेन्ट हुन्छ।

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्। देश टुक्रिने बाटोमा जान्छ।


Wednesday, January 28, 2015

को हुन ती ४३ लाख नागरिकता पत्र बिनाका मधेसी?

सरकारी आँकड़ा अनुसार देशमा ४३ लाख मधेसी नागरिकता पत्र विहीन छन। को हुन ती? नेपाल यस्तो देश हो जहाँ तपाइँसँग नागरिकता पत्र छैन भने तपाइँको नाममा जग्गा हुन सक्दैन। भने पछि ती ४३ लाख सबै भूमिहीन हुनुपर्छ। भने पछि ती भारतबाट भागेर आएका हुन त? सम्भव छैन। नेपालको मान्छे मलेशिया जान्छ, कतार जान्छ। भारतको मान्छे नेपाल किन आउने? २५० वर्षको एकात्मक व्यवस्थाले गर्दा सड़े गलेको अर्थतन्त्रमा त्यस्तो के आकर्षक कुरा छ कि भूमिहीन भए पनि नेपालमैं बस्नुपर्ने? पुस्तों पुस्ता देखि बसिबसाऊ गर्दै आएका मिथिलावासीलाई पहाडबाट झरेर आएको केपी ओली जस्तो मेहमानले विदेशी भन्दिने?

मैथिलीमा एउटा कहावत छ ----- कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय। अलिकति बस्न देउ, (केही समय पछि) अलि कति खुट्टा खुकुलो पार्न पाए हुन्थ्यो, (केही समय पछि) सुत्न ठाउँ देउ। पहाडबाट झरेको शरणार्थी केपी ओली, अहिले आएर स्थानीय वासिन्दालाई नै बिहार युपी धपाउने कुरा गर्ने?

वर्गीय मुक्तिको कुरा छ। जातीय शोषणको पक्षमा उभिएको प्रमुख शक्ति आजको एमाले। त्यो मार्क्सवाद हुँदै होइन। मार्क्सवाद भनेको जातीय शोषणको विरुद्धको सिद्धान्त हो। र जातीय शोषण र वर्गीय शोषणबीच सम्बन्ध छ। जातीय शोषणमा परेकाहरु वर्गीय शोषणमा पनि परेका हुन्छन्। जातीय शोषणमा परेकाहरुको समुह बेग्लै, वर्गीय शोषणमा परेकाहरुको समुह बेग्लै भन्ने छैन। त्यो कुरा नेपालमा टडकारो रुपमा देख्न सकिन्छ।

जातीय मात्र होइन लैंगिक शोषणको प्रमुख शक्ति पनि आजको एमाले हो।

देशलाई माफियाकरणको बाटोमा लांदा सबभन्दा मर्का पर्ने भनेको साधारण जनता हो। मर्कामा पर्ने खस समुदायकै ९८% मानिस हुन। त्यसलाई उराठलाग्दो वर्गीय विभेद नै भन्नुपर्ने हुन्छ।

जातीय विभेदको पक्षधर, लैंगिक विभेदको पक्षधर, वर्गीय विभेदको पक्षधर आजको एमाले पुर्ण रुपले विचलित पार्टी हो। यो पार्टीले बाटो हराएको छ। त्यसको सजाय देशले पाउनु हुन्न।

मधेशमा वर्गीय विभेदकै कुरा गर्ने हो भने नागरिकता पत्र नहुनु, भूमिहीन हुनु र निरक्षर हुनुमा सबैभन्दा गार्हो नागरिकता पत्र नहुनु नै हो। त्यस्तो मान्छेले पासपोर्ट बनाउन पाउँदैन अनि मलेसिया कतार जान पाउने कुरा आउँदैन। ती ४३ लाख भूमिहीन मधेसीलाई नागरिकता पत्र दिनुहुन्न भनेर सबैभन्दा चर्को स्वरमा कराएको शक्ति एमाले हो।

गिरिजा जस्तै म पनि बिहारमा जन्मेको मान्छे। मलाई बिहारी भन्दिन्दा हुन्छ केपीले, तर ती ४३ लाख मधेसीलाई नागरिकता पत्रबाट वंचित राख्नु पाप हो।

नागरिकताको सवालमा ठुलो स्वरमा कराउने मधेसवादी पार्टीहरु वास्तवमा मधेसमा वर्गीय मुक्तिका सच्चा सिपाही हुन। जातीय मुक्ति र वर्गीय मुक्ति जोडिएको छ।

पहिला त ती ४३ लाखले कमसेकम वोट खसाल्ने गरेका थिए। माधव  नेपालले त्यो पनि चिलिम गर्दियो।

को हुन ती ४३ लाख नागरिकता पत्र बिनाका मधेसी? ती स्थानीय भूमिहीन हुन। ती राजा जनकका सन्तति हुन। तिनलाई वोटर लिस्टमा लाने हो। तिनलाई नागरिकता पत्र दिने हो। तिनलाई भूमि दिने हो। तिनलाई शिक्षा र स्वास्थ्य उपलब्ध गराउने हो। तिनको रोजगारीको व्यवस्था गर्ने हो। तिनको उत्थान गर्ने हो।


Thursday, January 15, 2015

मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु



मधेशमा वर्गीय विभेद नभएको होइन। मधेसमा लैंगिक विभेद नरहेको होइन। छ। र तिनको अलि अलि मात्र होइन जोड़दाड़ विरोध नै हुनुपर्छ।

तर नेपाल जस्तो गरीब, अशिक्षित र कृषिप्रधान देशमा कुनै पनि परिवारकालागि वर्गीय विभेदको सबैभन्दा भयानक रूप हो भूमिहीनता। मधेशमा भूमिहीनता पहाड़मा भन्दा कैयौं गुणा बढ़ी छ। साक्षर मानिस, पढेलेखेको मानिस भूमिहीन छ भने पनि उसले जागीर खाएर परिवार धान्न सक्छ। तर कोही नेपाली भूमिहीन पनि छ, निरक्षर पनि छ र उसँग नागरिकता प्रमाणपत्र पनि छैन त उसको अवस्था बड़ो दर्दनाक पो हुन्छ त। गरीबीको रेखा त्यस्तो परिवारकालागि कंक्रीटको छत जस्तो हुन्छ, पड्काउनकालागि माओवादीको डायनामाइट नै चाहिने।



मधेशका अधिकांश मानिस जो भूमिहीन पनि छन, निरक्षर पनि छन र जोसँग नागरिकता प्रमाणपत्र पनि छैन --- तिनलाई विभेदमा पारेको मधेशका ५-१० बिघा जग्गा भएका अन्तर्राष्ट्रिय गरीबहरुले होइन। त्यो चरम विभेदको कारक तत्व पृथ्वी नारायण शाह र महेन्द्र शाहका अवैध सन्तानहरु केपी ओली, वामदेव गौतम, माधव नेपाल, झाले नाले हरु हुन। गरीब मधेसी परिवारको सदस्य भएकै कारणले ती केपी-वामे-झाले-नाले-माधवको चाकरी चापलुसी गर्ने मधेसीहरुलाई कम्युनिष्ट होइन नोकरचाकर (slave) भन्नुपर्ने हुन्छ। त्यो slave mentality बाट मुक्ति पाउनु बड़ो जरुरी छ। त्यो मुक्ति बिना वर्गीय संघर्ष पनि संभव छैन र उद्धार पनि संभव छैन।

मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु बीच ठुलो खाडल छ। मधेश स्वराज बाट मात्र मधेशका गरीब अर्ध गरीब सबैको कल्याण हुन्छ।

मधेशका भूमिहीनलाई जग्गा नबाँड्ने तर बर्मा, आसाम, भुटान बाट आएकालाई वन कटानी गर्दै जग्गा बाँड्ने महेन्द्र शाहको वामदेवले पुजा गर्छ। त्यो सामन्ती महेन्द्रको पुजा किन गरेको भनेर एमालेका सबै कार्यकर्ताले वामेलाई सोध्ने बेला आइसकेको छ। पहाडबाट झापा झरेको सुकुम्बासी केपी ओलीले जग्गा पाउने, त्यहींको लोकल मुसहर दुसादले नपाउने व्यवस्था कायम गर्नेहरु कम्युनिष्ट होइन शोषक हुन।



४३ लाख मधेसीसँग आज पनि नागरिकता प्रमाण पत्र छैन ---- तर वामे नागरिकता प्रमाण पत्र नभएको एक जना पनि छैन भन्छ। त्यो त शोषकको भाषा भो। त्यस्तो मान्छेको पछि लाग्ने मधेसी कम्युनिष्ट हुँदै होइन।

त्यो ४३ लाख मधेसीलाई मतदाता नामावलीबाट फालेको माधवले हो। कंक्रीटको छतमाथि एक दुई layer कंक्रीट थप्ने काम माधव नेपालले गरेको छ।

नेकपा एमाले भनेको कम्युनिष्ट पार्टी हुँदै होइन ----- यो एउटा racist पार्टी हो। देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी हो। एमाले भनेको नेकपा (माफियावादी), नेकपा (मधेशविरोधी), नेकपा (जनजातिविरोधी), नेकपा (देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी) हो।

केपी ओली एउटा असक्षम मान्छे हो। त्यो वामे अनपढ़ गँवार औंठा छाप, ह्रितिक रोशन riot को मास्टरमाइंड गरेको चुतिया। झाले नाले माले मंडले माधव सब एउटै स्कुल पढेका racist mindset का मानिस हुन।

मधेशबाट एमालेलाई पुर्ण रुपले नधपाए सम्म मधेसमा वर्गीय मुक्ति संभव छैन।


Friday, January 09, 2015

"मधेसीसँग माफ़ी माग्दिन" -- केपी ओली

केपी बाजेको अर्को ताजा वक्तव्य आयो: "मधेसीसँग माफ़ी माग्दिन" भनेर। त्यो केपी बाजे racist मान्छे भएको ताजा प्रमाण हो। कुनै बाजेको अपमान गरेको भए मैले माफ़ी माग्थे, तर अपमान गरेको त मधेसीको हो, मधेसीसँग पनि माफ़ी माग्छ कोही भनेर केपी बाजेले भनेको हो।


केपी बाजे त्यति मुर्ख मान्छे चाहिं होइन ---- केपीले मधेसीको अपमान गरेकोमा दंग परेका विभिन्न उमेर समुहका खस सम्प्रदायका मानिसहरु गदगद भएर social media मा केपी बाजेको वाहवाही गर्दैछन्। आधा देश केपीको पुतला जलाउँदैछ, आधा देश केपीको वाहवाही गर्दैछ --- यो टुटनै पर्ने देश हो त?

नेपाल प्रहरीले वामदेवको गैर कानुनी आदेश नमान्नु लोकतन्त्रको दस्तुर हो

सामन्ती व्यवस्था र लोकतन्त्रमा फरक हुन्छ। लोकतंत्र भनेको कानुनको राज्य हो। कानुनको राज्यमा पदमा बसेको मान्छेले गैर कानुनी आदेश जारी गर्न मिल्दैन। जारी गरेमा त्यस गैर कानुनी आदेशलाई नमान्नु पर्ने हुन्छ। होइन भने गैर कानुनी आदेश जारी गर्ने गृह मन्त्रीलाई पनि कानुन लाग्छ र त्यो गैर कानुनी आदेश पालन गर्ने नेपाल प्रहरीलाई पनि कानुन लाग्छ।

गृह मंत्रीको पदमा बसेको मान्छेले नेपाल सेनाका अधिकारीहरुलाई बैठकमा डाकन मिल्दैन। त्यो कुरा लोकतन्त्रमा हुँदैन। गृह मंत्रीको माफियासँग साँठगाँठ हुँदैन --- लोकतन्त्रको त्यो अर्को दस्तुर हो।

आफ्नो मानव अधिकार हनन गरेको आरोपमा वामदेवलाई सीके राउतको Alliance For Independent Madhesh (AIM) ले अदालत लाने हो। २००६ को अप्रिल क्रांतिले कोरेको अंतरिम संविधानमा प्रत्येक नेपाली नागरिकको मानव अधिकार सुरक्षित छ। त्यो अंतरिम संविधान मान्छु भनेर शपथ खाएको गृह मन्त्रीले त्यो अंतरिम संविधान नमाने पछि त्यस्तालाई पदच्युत गराउनु प्रधान मंत्रीको पदीय जिम्मेवारी हो।

A Duty to Disobey All Unlawful Orders

Thursday, January 08, 2015

सीके राउतको मानव अधिकार

सन २००६ को अप्रैल क्रांतिले नेपालको प्रत्येक नागरिकको मानव अधिकार स्थापित गरेको हो। वाक स्वतंत्रता, शांतिपूर्ण तरिकाले सभा सम्मेलन गर्न पाउने स्वतंत्रता मानव अधिकार अंतर्गत पर्दछ। तर त्यसो भनेको सीके राउतको विचारसँग सबै सहमत हुनुपर्छ भन्ने छैन। सीकेसँग विचार नमिलनेहरुले आफ्नो वाक स्वतंत्रताको प्रयोग गरेर तर्क वितर्क गर्ने हो, आफ्नो असहमति जनाउने हो।

तर अहिले वामदेवको इशारामा राज्यले मानव अधिकार हननको नाङ्गो नृत्य जुन बारम्बार प्रदर्शन गरिरहेको छ त्यो २००६ को अप्रिल क्रान्तिको उपहास हो। त्यस क्रांतिका १९ जना शहीदहरुको उपहास हो।

मधेश अलग देश भनेको एउटा राजनीतिक प्रक्रिया हो। भोलि गएर बन्ने मधेश राज्यको संसदमा पहिले त सीकेको पार्टीले बहुमत ल्याउनु पर्यो। अहिले त सिकेसँग एउटा राजनीतिक पार्टी पनि छैन। भर्खर भर्खर एउटा राजनीतिक संगठन जन्मेको छ तर त्यसको संगठन विस्तार हुँदैछ। मधेशको संसदमा बहुमत नल्याएसम्म जनमत संग्रह हुँदैन। जनमत संग्रह हुन्छ भने पनि मधेश अलग देश भन्नेहरुले त्यस जनमत संग्रहमा बहुमत ल्याउन सक्नु पर्यो। प्रक्रिया लामो छ।

मधेश अलग देश नचाहनेहरु दंग पर्नुपर्ने प्रक्रिया लामो भएकोले, तर उल्टै तिनले त्यो प्रक्रियालाई छोट्याउने काम गरिरहेका छन। सेनाको बलमा चुनाव जितेकाहरु सेनाको बलमा संविधान ल्याउने कुरा गर्दैछन्। त्यस प्रवृतिको नेतृत्व चुतिया वामदेवले गर्दैछ। २००६ को अप्रैल क्रांतिभन्दा भीषण क्रांतिको बीउ रोपिंदैछ।

२००६ को अप्रिल क्रांति नमान्ने र मानव अधिकारको हनन गर्ने, मधेसी क्रांति नमान्ने र संघीयताको मुद्दामा खुट्टा (केपीको मलहम पट्टी लागेको हात घिसारने) घिसारने ---- यो प्रतिक्रांतिकारी प्रवृति हो ---- र यस प्रतिक्रांतिकारी प्रवृतिको जवाफ एउटा अर्को अंतिम निर्णायक क्रांति हो। त्यस क्रांतिले यो सरकार, यो संविधान सभा सबैलाई बढारेर लान्छ।

सीके राउतको मानव अधिकार हनन वामदेवलाई बड़ो महँगो साबित हुनेछ। वामदेवले नेपालको अदालतको अवहेलना गर्ने काम गरेको छ। कानूनभन्दा माथि ज्ञानेन्द्र छैन भने वामे कुन ड्याङ्गको मुला हो?


Wednesday, January 07, 2015

"युपी र बिहार पनि मधेशमा गाभ तिमीहरु"



अपनत्वको हिसाबले नेताहरु बीच privately भेंटदा तँ तँ म म हुनु कुनै आपत्तिको कुरो होइन। तर केपी ओलीले अपनत्व जताउन खोजे जस्तो देखिएन। तिमी भन्ने शब्दको प्रयोग यहाँ racist किसिमले गरिएको छ। यो केपीले मदिसे भनेको हो, कालो मान्छेलाई हेपेर भन्नेले nigger भने जस्तो। 

अमेरिकामा "you people" भनेर एउटा Senator ले कालो मान्छे बारे बोल्दा उसले राजीनामा दिनु परेको थियो। केपीले "you people" भनेको हो। उसको बोलीमा intense ethnic hatred झल्किएको यो पहिलो पटक होइन। 

उ इलामबाट झापा झरेको मान्छे नेपाली र झापाली, तर त्यहीं झापाको राजवंशीलाई उसले बिहारी भण्ठान्छ। उसको अभिव्यक्तिबाट त्यस्तो देखियो। 

सारा नेपालीको नेता बन्ने केपी ओलीको लक्ष्य नै होइन। केपी सिर्फ ती नेपालीहरुको नेता बन्न चाहन्छ जो उ जस्तै मधेसीहरुलाई घृणा गर्छन। कुनै पनि हालतमा नेपाल देशभित्र मधेसीलाई समान अधिकार दिन चाहँदैनन्। 

"युपी र बिहार पनि मधेशमा गाभ तिमीहरु" ----- भन्ने केपीले एक दुई कुरा बुझ्नु जरुरी छ। संघीयता मधेसी समुदायले केपी सँग मागेकै होइन। केपी को हो र संघीयता दिने अथवा नदिने? मधेसीहरुले मसँग संघीयता मागेको मागै छन, बड़ो आपत पारेका छन भन्ने पोज़मा जुन केपी ओली बसेको छ, त्यो एउटा उल्लु मान्छेको पोज़ हो। 

२००६ को अप्रिल क्रांतिले गणतन्त्रको निर्णय गरेको हो, त्यस्तै मधेसी क्रांतिले संघीयताको निर्णय गरिसक्यो। नेपाली जनताले गणतंत्र कहिले केपी अथवा वामे अथवा ज्ञानेद्रसंग माग्दै मागेनन ----- राजाले गणतंत्र दिएको होइन। जब कि केपी न राजा हो न केही हो, फगत एउटा विरामी मान्छे हो। दिनमा १-२ घण्टा उसको दिमाग चल्छ, अरु बेला चल्दैन। त्यो मान्छे हो केपी ओली। 

केपी बड़ो पाखंडी कुरा गर्दै आएको छ। कसैले उसँग संघीयता माग्यो भनेर नभनोस् केपीले। 

 

Sunday, January 04, 2015

नेपाल सेनाले चुनावमा धाँधली गरेर शान्ति प्रक्रियासँग खेलवाड़ गर्यो

काँग्रेस र एमालेको चुनावी नतिजा यथार्थ होइन। चुनावमा धाँधली भएको हो। बुथबाट वोट गन्ने सदरमुकामसम्म वोटको बक्सा माथि नेपाल सेनाले एकछत्र कायम गर्यो, धाँधली गरेको हो। त्यो व्यव्हार शान्ति प्रक्रियाको उपहास थियो। २००६ को अप्रिल क्रान्तिको उपहास थियो।

राज्यभन्दा माथि राजा थियो। त्यो राजा गयो। राज्यभन्दा माथि सेना छैन, प्रहरी छैन, प्रशासन छैन। नेपालमा एउटा ruling clique छ लगभग १,००० मान्छेको --- त्यो समुह लोकतन्त्रमा विश्वास गर्दैन। चुनाव फगत एउटा औपचारिकता भंठान्छ।

नेपाल सेनाको नाम फेरियो तर त्यस सेनाको लोकतांत्रिकरण भइ सकेको छैन। त्यस सेना भित्रै व्यापक भ्रष्टाचारको अवस्था छ। सेनाको धॉँधलीको भरमा चुनाव जित्नेहरु जनताको मन र मत जित्नु जरुरी ठान्दैनन् --- जुन कि अहिले भएको छ। त्यो symptom हो, चुनावमा धाँधली भएको कुरा को।

गृह युद्ध ताका ह्वात्त बढेको सेना र प्रहरीको संख्या गृह युद्ध समाप्त भएको वर्षौं बितेर पनि किन नघटेको? जनताको पैसा हो। स्कुल र अस्पतालमा लगाउन मिल्ने पैसा सेना र प्रहरीमा खर्च भएको छ। त्यस कुराले पहाड़कै बाहुन क्षेत्रीलाई बेफ़ाइदा छ त।

निष्पक्ष निर्वाचन गर्ने हो भने नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव नजित्ने केपी कामरेडलाई नेपाल सेनाले जिताइ दियो -- त्यो पनि हो कुरा? लोकतन्त्रको त्यस्तो उपहास गर्ने अधिकार नेपाल सेनालाई छैन।

विपक्षी दलले पनि कानुन ल्याउनु, बुथबाट वोट गन्ने सदरमुकामसम्म वोटको बक्सासँग विभिन्न पार्टीका कार्यकर्ता हुनै पर्ने भन्ने कानुन संसदमा ल्याउनु। छैन।

विगत ८ वर्षमा मधेशका गाउँ गाउँमा जति पुलिस चौकी स्थापना गरिए, ती सबमा १००% मधेसी प्रहरी भर्ना गरिदिएको भए सीके राउतको अलग देशको तर्क ३०% समाप्त भइ सक्थ्यो। तर काठमाण्डु कुँवाका भ्यागुताहरु को नियत साफ भए पो! बरु मधेश काठमाण्डुको उपनिवेश भन्ने तर्कलाई बल पुगेको छ, आगोमा घ्यु थप्ने काम भएको छ।

राज्यको प्रत्येक अंगमा मधेसीको समानुपातिक सहभागिता हुँदैन भने नेपाल देशलाई figment of imagination भन्नु पर्ने हुन्छ। नेपाल तोड्न चाहेको समानुपातिक सहभागिता विरोधीहरुले हो।


२००६ अप्रिल क्रान्तिले स्थापित गरेको मानव अधिकार र सीके राउत

मधेसमा सिके लहर
मधेसमा भुसको आगोसरी फैलिँदै गरेको ‘स्वतन्त्र मधेस राज्य’सम्बन्धी जानकारी पाइएकाले भ्रमण उपयोगी भयो । यतिखेर ‘स्वतन्त्र मधेस राज्य’ (छुट्टै मुलुक)का लागि प्रयास सुरु भएको छ । त्यसको पृष्ठभूमिमा छन् राज्यद्वारा पक्राउ गरिएका सिके राउत। ...... मधेस त्यस्तो शब्द हो, जुन सुनेपछि आम पहाडी समुदायका नेपालीहरूको मनमा ‘ए मधिसेहरू अर्थात् इन्डियनहरू’ भन्ने कल्पना मनमा आउँछन् । यस्तो मन भएका मानिसहरू मधेसी समुदायले नेपालको राष्ट्रिय स्वार्थ र हितको पक्षमा कहिल्यै काम गर्न नसक्ने ठान्छन्। ..... हालसम्म पनि सुस्तालाई कुनै पनि मूल्यमा भारतमा गाभ्न दिनु हुँदैन भनेर आन्दोलन चलाउनेहरू मधेशका मुसलमानहरू थिए । उनीहरूमध्ये मुन्ना खाँ र आदम खाँलाई भारतको उत्तर प्रदेश तथा बिहार राज्यमा हत्या, चोरी र डकैतीको मुद्दा चलाइएको छ । ...... असई पौडेलका अनुसार सुस्ताको आन्दोलनलाई जोगाउने अरु कोही नभई मुन्ना खाँ नै हुन् । तर उनी असुरक्षाका कारण सुस्तामा बस्दैनन्, उनका छोरा बुहारी मात्रै बस्छन् । तर पनि कसरी हाम्रो मनमा जन्मिछन्, ‘मधेसेहरू भारतमा मिसिन खोज्छन्’ भन्ने भाव ? ..... त्यहाँ मित्र जितबहादुर ठाकुरले आश्रय दिए । उनी पेसाले नाई हुन् । उनी पहाडी समाजमा सजिलै घुलमिल हुन सक्छन् । तर अपमानका शब्दले उनलाई पनि नराम्ररी पिरेका रहेछन् । कयौं वर्षसम्म गरिएको अपमानलाई शब्दमा उतार्न कठिन हुने रहेछ । उनले मलाई नै प्रश्न गरे– ‘तिमीलाई आफ्नै देशमा विदेशी आयो भनेर भन्न थालियो भने तिमी कस्तो महसुस गरौला ?’ ....... ‘मैले नबुझेको के हो भने दार्जिलिङ, सिक्किम तथा बर्माबाट आउनेहरूलाई पहाडी समुदायले नेपाली भन्छ र हार्दिकता व्यक्त गर्छ । तर सदीयौँदेखि यहीँ बसोबास गर्दै आएका हामीलाई चाहिँ भारतीय भनेर दुत्कार्छ, जबकि हामी नेपाली नागरिक हौं, उनीहरू विदेशी हुन् ।’– उनले थपे । ........ सत्तारुढ दलहरू संघीयतामा सहमत भएनन् भने ‘स्वराज मधेस’को आन्दोलन चर्काउने छलफल भुसको आगोसरी सल्किरहेको पाएँ । मुख्यतः नवलपरासी र रूपन्देहीमा सक्रिय रहेका जुनसुकै राजनीतिक पार्टीका अगुवाहरूमा एउटा साझा धारणा पनि पाएँ । उनीहरू मधेसलाई अधिकारसम्पन्न बनाउन र मधेसीलाई अधिकार दिलाउन ‘स्वतन्त्र मधेस राज्य’को निर्माण नगरी हुँदैन भन्ने निष्कर्षमा पुग्न थालेका रहेछन् । ............ मधेसभित्र सल्किरहेको यही साझा चेतनालाई राज्यमा जस्तै अधिकांश पहाडीहरूमा दमनकारी माध्यमबाटै सल्टाउने सोच पनि उत्तिकै रहेको पाएँ । अन्नपूर्ण पोष्ट दैनिकमा काम गर्ने नवलपरासीका सक्रिय पत्रकार हरि शर्मा भन्छन्– ‘यिनीहरू जहाँ गए पनि यही पच्चीस–तीस जना नै हुन्, यिनलाई पेलेरै ठिक पार्नु पर्छ । यी सबै त देश टुक्र्याउने मान्छे हुन् नि भाइ ।’ उनको सोचाइ राज्यको मूलधारमा रहेको शासकीय मत नै हो । त्यसले हिजो माओवादीलाई पनि पेलेरै ठिक पार्नुपर्छ भन्ने सोच्दथ्यो । ....... प्रहरीले ‘स्वराज मधेस’का अगुवा सिके राउतलाई हचुवाको भरमा पक्रेपछि मधेसका ‘आइडियल’ भएर उदाएका रहेछन् । कुनै समय उपेन्द्र यादव र महन्त ठाकुर साझा नेताका रूपमा रहेझैं अहिले राउत मधेसका ‘आइकन’ भएका छन् । यात्रामा मैले ‘मधेसलाई अलग्गै राष्ट्र बनाउनुपर्छ’ भन्ने अभियानका नवलपरासी अभियन्ता कैलाश महतोलाई भेटें । उनी तिनै व्यक्ति हुन्, जो नवलपरासीमा मधेस आन्दोलनको समय सबैभन्दा सक्रिय थिए । अहिले पनि उनी त्यहाँका बौद्धिक व्यक्तिमध्ये गनिन्छन् । .......... मलाई उनीसँग भेट गराउन नवलपरासीमा ‘स्वतन्त्र मधेस’ अभियानमा खुलेर लागेका नेकपा एमालेका एक कार्यकर्ता बेचु गौडले सहयोग गरेका थिए । एमालेको बडहरा दुवौलिया गाविस सचिव रहिसकेका उनी प्रेस चौतारी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए । उनी हाल कान्तिपुर दैनिकका नवलपरासी संवाददाता हुन् । ......... मधेसमा सक्रिय रहेको कांग्रेस नै त्यस्तो पार्टी रहेछ, जसका नेता–कार्यकर्ता अधिकार विकेन्द्रित गर्ने विचारको विपक्षमा रहेछन् र भन्छन्, ‘अधिकार विकेन्द्रित गरेमा देश टुक्रन्छ ।’ अन्य दलका नेता–कार्यकर्ता भने आफ्नै पार्टीको केन्द्रीय नीतिको पनि विरोधमा रहेछन् । यो हालत एमालेदेखि एनेकपा माओवादी हुदै तमलोपासम्ममा देखिन्छ । ........ त्यहाँ सहभागी अधिकांशले आजसम्म मधेसी समुदायलाई नेपालले उपनिवेश बनाएकाले अब त्यसबाट मुक्त हुने समय आएको बताए । ....... समग्रमा यो भ्रमण मेरा लागि उत्तिकै नयाँ साबित भयो, जति एउटा बालकका लागि आगोबारे जान्नु नौलो हुन्छ ।
यी मानव अधिकार भित्र पर्छन। नेपालमा मानव अधिकार स्थापना गरेको २००६ अप्रिल क्रान्तिले हो। सीके राउतको आम सभा बिथोल्ने, सीके राउतको खुट्टा भाँच्ने जस्ता कुरा लोकतन्त्रमा हुने कुरा होइनन्। 

उसको विचारसँग सहमत हुनु जरुरी छैन। ऊसँग असहमत हुनेले आफ्नो असहमति पेश गर्ने हो। अदालतमा बहस गर्ने हो। आफ्नो छुट्टै आम सभा गरेर उसको तर्क काट्ने हो। प्रेसमा गएर तर्क काट्ने हो। तर उसको मानव अधिकार हनन गर्ने अधिकार नेपाली सत्तालाई छैन। 

वामदेवले त भनिसक्यो, नेपालको इतिहासमा उसलाई सबैभन्दा मन पर्ने दुई व्यक्ति मध्ये एक राजा महेन्द्र भनेर। देशमा २००६ को अप्रिल क्रान्ति मेट्ने प्रयासहरु भैराखेका छन।

यस्ता हर्कतले देश क्रान्तिमय हुँदै गएको छ। 


प्रहरी आक्रमणले डा. सी. के. राउतको खुट्टा भाँचियो
मोरंग प्रहरीले सभालाई बिथोल्ने क्रममा ३ घंटासम्मको अवधिमा दर्जनौं शेल अश्रुग्याँस र हवाई फायर गरेको थियो, भने अन्धाधुन्ध लाठीचार्ज गरेको थियो। प्रहरी दमनले दर्जनौं मधेशीहरू घायल र रक्ताम्य भएका थिए। घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका रोहित कुमार यादवको स्थिति चिन्ताजनक रहेको छ।

Wednesday, December 03, 2014

केपी ओली र सीके राउत बीच फरक: देश तोड्न चाहेको केपीले हो



अचम्मको समाचार आएको छ: केपी ओलीले भारतमा पनि संविधान सभा विफल भएर भारत पाकिस्तान दुई टुकड़ा भएकै हुन, नेपालको संविधान सभा सफल हुनु नै पर्छ भन्ने छैन भनेर भनेको समाचारमा आएको छ। मैले केही दिन अगाडि भनेको थिएँ, केपी प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेब मानसिक रुपले। तर आज लागिरहेको छ, केपी मानसिक रुपले पनि तैयार हुनुहुन्न कि?

मधेसी विरुद्ध विभेद कायम रहे मधेश अलग देश स्थापना गर्ने कुरा सीके राउत भन्छन, तर उपेन्द्र यादव त्यसो भन्दैनन्। नेपाल देश यादव हरुले स्थापना गरेको देश। यो आफ्नो देश छोडेर कहाँ जाने? उपेन्द्र यादवले त्यस्तो भन्छन। बरु राजस्थान बाट भागेर आएका शाह, राणा, ओलीहरुलाई नेपालबाट धपाउने --- उपेन्द्र यादवको तर्क त्यस किसिमको छ।

केपी ओली अर्काको देशमा आएर देश तोड़फोड़को कुरा गर्ने? सत्ताकालागि नेपालका नेताले जेसुकै गर्छन, यहाँसम्म कि देश पनि तोड्छन् भन्ने कुरा केपी ओलीको आजको अभिव्यक्तिले प्रमाणित गरिदिएकोछ। नेपाललाई दुई टुकड़ा पारेर केपी ओली प्रधान मंत्री हुन्छन् भने देश टुटेकै राम्रो केपी को लागि। केपीको पुर्वज भारतको कुन भागबाट आएको? ख़ालिस्तानबाट हो?

न प्रधान मंत्री बन्न का लागि केपीसँग साधारण बहुमत छ, न उसँग छेउ न टुप्पोको सात विनाश क्षेत्र को नक्शाका लागि दुई तिहाई छ। यो नेताजीलाई अंकगणित सिकाउनु पर्ने हो?


Monday, November 24, 2014

स्वायत्त मधेश राज्य भित्र कोचिला, मिथिला, भोजपुरा, अवध, थरुहट प्रदेश हरु

झापा देखि कन्चनपुर सम्म, उदयपुर, मकवानपुर , चितवन, दांग र सुर्खेत सहितको आत्म निर्णय को अधिकार सहितको स्वायत्त मधेश राज्य जस भित्र कोचिला, मिथिला, भोजपुरा, अवध, थरुहट प्रदेश हरु हुनेछन्। 

केन्द्र सरकार, राज्य सरकार, प्रदेश सरकार, र स्थानीय सरकार (गाउँ/शहर) ----- अहिलेका जिल्लाहरु ओझल हुनेछन्। 

आत्म निर्णयको अधिकार भनेको जनमत संग्रहको माध्यमले अलग देश घोषणा गर्न पाउने अधिकार नै हो। आत्म निर्णयको अधिकार बिनाको संघीयता त संघीयता नै होइन। 

मधेश स्वराज भनेको मधेश राज्यबाट पहाड़ी CDO/DSP गायब पार्ने भनेको हो। मधेश राज्यमा पहाड़ी प्रहरी हुँदैन।मधेशको आफ्नै प्रहरी हुन्छ। मधेशको आफ्नै प्रशासन हुन्छ। नेपाल सेनामा मधेसीको समानुपातिक सहभागिता हुन्छ। 

CK Is Out, Finally


Chandra Raut
9:15 AM

Paramendraji, thank you very much. I just came out of jail. We need your help to invite/inform all world media, diplomats etc. on Nov 26th mass-gathering in KTM. Would you please send this PR to all of them as much as you can, if you don't have list, would you please spare some time to collect emails of international media too..

Please circulate the following.

Dr. Raut Released from Dillibazar Prison on Bail
To address mass-meeting on 26th November in Ratnapark, Kathmandu at 12:00pm

Kathmandu- 24th November 2014, Respecting the verdict of lakhs of people, who with much love and trust, voluntarily donated one-rupee each to secure the release of Dr. C. K. Raut; to unveil the conspiracies of national and foreign power-centers to prevent Madheshis from getting their rights, to kill Dr. Raut in fake encounters in the police custody, and to finish him off in a mafia-style by hiring a shooter, Dr. Raut decided to get out of jail by paying the bail amount of Rs.50,000/- as ordered by the Special Court.

Dr. Raut is scheduled to address a mass-meeting on November 26th, 2014 at 12:00 PM in Ratna Park, Kathmandu. It should be noted that the national and foreign forces shall attempt their best to foil our peaceful assembly on the day and prevent Dr. Raut from addressing the mass, by confining him behind the bars through any possible and unjust means. But our scheduled programme shall continue by all means. All well-wishers, journalists, intellectuals and diplomats are kindly requested to attend the mass-meeting.

Upon release from the special court in Babarmahal, Dr. Raut thanked the gathering waiting eagerly outside and said that all the recent events, sufferings and his stay in jail had made him stronger and more passionate and determined about his goal. Dr. Raut was arrested on September 13th, 2014 by the Morang Police. The Government of Nepal had filed a treason charge against him demanding life-imprisonment on October 8th for expressing his views on separate Madhesh. He was sent to the Dillibazar Jail on October 14th, after he refused to pay a bail amount of 50,000 rupees, as ordered by the Special Court.

###
Contact:
Binay Panjiyar
Coordinator
‘Save Dr. Raut’ Struggle Committee, Kathmandu
Phone: +977-9808112405, 9843492466
Email: madheshini@gmail.com



https://www.facebook.com/FreeDrCKRaut

Paramendra Kumar Bhagat
10:02am
Paramendra Kumar Bhagat

अरे CK ------- welcome back! Finally ! Absolutely ---- I have been using this mailing list, 9,000 strong, that I created during the 2005-06 democracy movement, that includes Nepalis across the world, Madhesis included, plus a ton of international media organizations, human rights organizations, political parties, etc. It is pretty comprehensive. मै broadcast कर देता हुँ ---- बिल्कुल।

You will see online इधर से भी बहुत लोग active रहे हैं।

रिहाई का बधाई -------- एक बार ऐसे ही बधाई इमेल किया था जब वो लोग अनशन तुडबाए थे -- लेकिन वो तो fraud निकला !

Be safe. Your organization should take precautionary measures. Security के लिए संगठन के कुछ लोगोको जिम्मेवारी दे देना बेहतर होगा। Can't take any chances. मन्जिल करीब है।

Get some much needed rest. Eat well. Get in good shape for the big day.

जनकपुर बारह बिघा मैदान में मोदी को बोल्ने नहीं दिया गया ---- आप जाके बोलो।



Friday, November 21, 2014

आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ

हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज
हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज (Photo credit: Wikipedia)
मैं अपने आपको भारतीय बोलता हुँ तो बहुत लोग संकोचमें आ जाते हैं। बहुत मधेसी भी protest करने लगते हैं। यादव लोग कहने लगते हैं नेपाल देशका स्थापना हम गोपालवंशीने किया। हम तो यहीं के हैं। होंगे। लोग हमें इतिहास पढ़ाने लगते हैं। कि देखो मधेसीका इतिहास है। हम हजारो सालसे यहीं पर रह रहे हैं। तुम अपने आपको भारतीय क्यों कहते हो?

मेरा व्यक्तिगत इतिहास है कि मैं भारतीय हुँ। मेरी माँ भारतीय होने के नाते मैं भारतीय हुँ। मैं ५०% नेपाली, ५०% भारतीय नहीं हुँ। मैं १००% नेपाली और १००% भारतीय हुँ। मैं पैदा ही भारतमें हुवा था। नेपाल मेरा पितृ भुमि और भारत मातृ भुमि। भारत मेरा जन्म भुमि।

आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ।

लेकिन आप भी भारतीय हैं। जिस तरह फिजी के भारतीय फिजीके नागरिक होने के बाबजुद भारतीय हैं। आप नेपालके नागरिक होंगे, फिर भी आप सब भी भारतीय हैं। अपने self hate से छुटकारा पाइए और इस बातको कबुल करिए कि आप भारतीय हैं।

ब्रिटिश ने आपको नेपाली बना दिया क्या? मधेशका राजनीतिक इतिहास देखिए। १८१६ और १८६० में क्या हुवा? मधेश ब्रिटिशो का बापका सम्पत्ति तो था नहीं। आज दुनिया में भारत एक ताकत है। ब्रिटेन तो लापता है। तो फिर आपको अपने आपको भारतीय कहने में संकोच क्युँ? आईने में अपना चेहरा देखके आप लजा क्युँ जाते हैं? अपने आप पर गर्व करिए।

ब्रिटेन ने १८१६ और १८६० में जो गलती किया, उसका आधुनिक समाधान दो है: (१) नेपालमें संघीयता और स्वायत्त मधेश, यानि कि मधेश स्वराज और (२) दक्षिण एशिया का आर्थिक एकीकरण।

इन दोनो ही बातो पर कोई compromise नहीं होगा। अधिकार पर भी compromise होता है क्या?

१८१६ और १८६० का इतिहास बता रही है, प्रत्येक मधेसी भारतीय है। वो परिचय नेपाली नागरिकता के साथ coexist करती है। फिजी के भारतीय अपने आप को भारतीय मानते हैं, कबुल करते हैं, आप भी कबुल करिए। ख़तम करिए अपने self hate (आत्म घृणा) को। सर ऊँचा कर के चलिए। अपने पहचान को कबुल करिए। 

Wednesday, November 19, 2014

थारु, मुसल्मान, दलित र मधेसी पहिचान

थारु जनजाति हो। तर राष्ट्रीय स्तरमा जनजातिहरुको संगठन भेला हुँदा पहाडका जनजातिले थारुलाई मधेसी भनेर थिचोमिचो गरिरहेको हुन्छ। राष्ट्रिय स्तरमा दलितको भेलामा र संगठनमा त्यसरी नै मधेसी दलितलाई पछाडि पारिएको हुन्छ।

थारु मधेसी हो। तराईको दलित मधेसी हो। काठमाण्डु उपत्यकामा ५०० वर्ष देखि बसेको मुसलमान मधेसी हो। काठमाण्डुको बिलियन डॉलर कमाएको मारवाड़ी मधेसी हो।

भन्दैमा थारुको जनजातीय पहिचान गुम्ने होइन। दलित दलित हो। र तराईका दलितको पहाड़को दलितसँग मात्र किन भारतको दलितसँग पनि सहकार्य हुनु जरुरी छ।



मधेशी–थारु :एक विश्लेषण by शंकरलाल चौधरी
थारूहरूसंस्थापक र प्रथम मधेशी हुन् । तर आज नयाँ पुस्ताका थारू युवाहरूलाई किन हीनता बोध हुन्छ किहामी मधेशी होइनौं । निर्णय भएर र उत्साही भएर भन्नु पर्दछ कि हामी मधेशी हौं । हीनता बोध किन भइरहेको छ कि हामी मधेशी होइन र यसैले गर्दा अरूको लहै–लहैमा परेर आज थारूको यो अद्योगतिर दुर्दशा भएको छ । नेपालका कथित विज्ञहरूद्वारा नै गलत टिका टिप्पणी भएकोले आम जनताले मधेश र मधेशी भन्नालेगैरनेपाली अर्थ लगाउन बाध्य भए रसोझा थारूहरू मधेशर मधेशी शब्दबाट तिरस्कृत हुन लागे । प्रशासकीय समूह र पहाडे मूलका नेपाली मित्रहरूद्वारा मधेशी भन्नाले भारतीय मूलका नेपाली नागरिक हो भनी जानी–जानी घृणा गरेकोले थारूहरू मधेशी संज्ञालाई त्यागेर फरक पहिचान खोज्न लागेको हो । त्यसैले आजकोदिनमा थारूहरू भए पनि र मधेश भए पनि प्राचीन थारूहरू आदिवासीकै नामले चिनिन्छन् । ..... त्यसमा कुनैआपत्ति नहुनु पर्ने हो । हाल सम्पूर्ण मधेशी मोर्चाहरूबाट “स्वायत्त मधेश एक प्रदेश” खोजेको बेलामा सबैलाई खुशी हुनुपर्ने हो । “तँ”र “म” को सट्टा हामी मधेशी हौं को संज्ञा दिनुनै बुद्धिमता हो र वास्तविकतापनि यही हो । र, अरूको बहकावमा परे पनि थारू युवाहरू सानोभुलभुलैयामा नपरी पुनः फर्केर मूल थलो र मूलधारमा आऔं । यही नै आजको माग,सुझाव र आवश्यकता पनि हो । (लेखक तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीयसदस्य हुन् ।)

Tuesday, November 18, 2014

सीके जनताके अदालतमें आ रहे हैं

October 31, 2014: सीके राउत जेल बाहिर आउने बेला आइसक्यो


मुद्दा तो खेपेंगे ही, मुद्दा अभी बाँकी है। लेकिन वामदेवके अदालतमें नहीं, जनताके अदालतमें। मधेश स्वराज का मतलब हुवा उपनिवेशका खात्मा। मधेसी जिल्लामें पहाड़ी CDO क्यों? पहाड़ी DSP? पहाड़ी पुलिस? पहाड़ी प्रशासन? ये उनका व्यक्तिगत मुद्दा नहीं है, सारे मधेसीका है। फैसला जनता करे, मधेसी जनता करे। मधेसी जनता जो निर्णय करेंगे वो सीके को कबुल रहेगा। बहस शुरू किया जाए।

बोलिए स्वायत्त मधेश चाहिए कि नहीं? लेंगे कि नहीं? मधेश स्वराज चाहिए कि नहीं?

सिके राउत मंसिर १० गते काठमाडौंमा आमसभा गर्ने
काठमाडौंस्थित डिल्लीबजार कारागारमा जेल जीवन विताइ रहेका राउतले मंगलबार सप्तरी जागरण अनलाइनसँग संक्षिप्त कुरा गर्दै आफु अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा हुने बताएको छ । छुट्टै तराइ राज्यको माग गर्र्दै आइरहेका राउत गत भदौ २८ गते मोरङको रंगेलीबाट पक्राउ परेको हो । उनिमाथि सरकारले राज्य विप्लपको मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत असोज २२ गते ५० हजार धरौटी माग गरेका थिए । राउतले धरौटी रकम नबुझाएपछि जेल परेका हुन् । ..... सरकारले मंसिर ३ गतेदेखि राउतलाई परिवारको सदस्य बाहेक अन्यलाई भेटघाटमा प्रतिवन्ध् लगाएको छ । कारागारमा राउतले आपूm मंसिर १० गते रिहा भई काठमाडौंको रत्नपार्कमा १२ बजेदेखि आमसभा गर्ने उद्घोष गर्नुभयो । उहाँले उक्त सभामा उपस्थित हुन मधेशी समुदायलाई आग्रह गरेका छन् । आफु मधेशबाट माटो ल्याउन खोज्दा राज्यले रोकेकोमा आक्रोश प्रकट गर्दै भने ‘जेलमा बस्ने अरु सबैले पिजा र मःम ल्याउन पाइने तर आपूmले मधेशको माटो पनि ल्याउन नपाउने कस्तो विडम्वना !!’ ..... अनलाइनका सम्पादक वैद्यनाथ यादवसँगै कारागार पुगेका सप्तरीका नागरिक समाजका अगुवा शशीकुमार यादवले राउतलाई जेलबाट बाहिर निस्केर आप्mनो कुरा जनताबीच राख्न सुझाव दिएका थिए । यादवले राष्ट्रपतिबाट प्रथम गणतन्त्र दिवसको अवसरमा विकासोन्मुख रत्नबाट सम्मानित यादवले भने ‘सिके जस्तो विद्वानको खाँचो यो राष्ट्रलाई छ’ । ... प्रतिउत्तरमा राउतले आपूm रिहा भई काठमाडौंबाट नै मधेशलाई सम्वोधन गर्ने बताए । आप्mनो सभालाई कसैले विथोल्न खोजे त्यो नेपाली शाषकवर्गलाई घातक हुने राउतको दावी छ ।

फिजीके इंडियन और नेपालके इंडियन



एक बार गुजरातके मुख्य मंत्री नरेन्द्र मोदीसे पुछा गया कि वो ये क्यों कहते हैं कि अगर फिजीके इंडियन के प्रति विभेद हो और ओ भारत आना चाहें तो आ सकते हैं ----- तो मोदीने जवाब दिया, उल्टे प्रतिप्रश्न किया: "तो वो जाएंगे कहाँ?"

भुटानमें तराई नहीं है। उधरका तराई भारतमें है। १८१६ और १८६० में ब्रिटिश ने तराईको, मधेशको काठमाण्डुके शासकोको दे दिया। ब्रिटिश लोगोका बपौती सम्पत्ति तो था नहीं कि दे देता। दिया। तभी से अभी तक काठमाण्डुके शासक वर्गने मधेशको उपनिवेश बना के रखे हुआ है।

अब तो आर कि पार कि लडाइ है। या तो मधेसीको न्यायपूर्ण संघीयता और समानता मिलेगी, या तो देश टुट जाएगी।

पाकिस्तानमें और बंगलादेशमें हिन्दुको दिक्कत है। श्री लंकामें तमिल को दिक्कत है। नेपालमे मधेसीको दिक्कत है। इस बात पर मोदी विचार करें। फिजीके इंडियन के बारे में मोदी वाफिक हैं, नेपालके इंडियन के बारे में वाफिक हैं कि नहीं?

जिस मोदीको अमरीका ने आम सभा सम्बोधन करने से नहीं रोका, उस मोदी को काठमाण्डु के शासक वर्ग जनकपुर में आम जनताको सम्बोधन करने से रोक रही है। इस बात को मोदी समझने की कोशिश करें।

बॉबी जिन्दल कल अमरीका का राष्ट्रपति बन सकता है, लेकिन वो इंडियन है, उनको इंडियन ओरिजिन कहा जाता है। ब्रिटिश लोगोने अपने बापका संपत्ति काठमाण्डु के शासकोको सुपुर्द नहीं किया। वो मधेश स्वतंत्र भारतका हिस्सा होना था। नेपालके जितने मधेसी हैं, जितने थारु हैं सबके सब बॉबी जिन्दल की तरह इंडियन हैं। बॉबी जिन्दल भी तो अमरीकी नागरिक है।

मोदी नेपालके इंडियन को पहचानने का प्रयास करें। हम मधेसी हैं, आपके परोसी हैं। वामदेव गौतम के लिए सीके राउत और नरेंद्र मोदी में कोई फर्क नहीं है।

वामदेवले मोदीलाई मदिसे भनेको?


Friday, October 31, 2014

सीके राउत जेल बाहिर आउने बेला आइसक्यो

छठ पर्व पनि सकियो, मधेशमा धान कटनी पनि सकियो। अब सीके राउत जेल बाहिर आउने बेला भइसक्यो। बेल तिर्ने अनि जेल बाहिर आउने। वामदेव/केपी/सुशीलको सरकारले फेरि समात्ने संभावना छैन। सीके त राजनीतिक बन्दी हो, बीपी कोइराला जस्तो। पाकेटमार त वामदेव गौतम हो, चार्ल्स शोभराज जस्तो। कहाँ सीके राउत कहाँ वामदेव गौतम, कहाँ राजा भोज कहाँ गंगवा तेली। (वामदेव बाँदर हो)

आफ्नो पैसाले बेल नतिर्ने, जनताको पैसाले बेल तिर्ने। वार्षिक करोड़ों तलब खाने जागीर छोडेर देश फर्केको देशप्रेमी सीके राउत, यो वामदेव गच्छेदार जस्तो चोर डांका होइन भन्ने कुरा जनताले बुझेका छन। विदेशको करोड़ों छोडेर देश फर्केको देशप्रेमी, र देशमा बसेर करोड़ों जनताको करोडो चोर्ने वामदेव। कहाँ राजा भोज कहाँ गंगवा तेली।

समात्नु पर्ने पाकेटमार वामदेव हो। खोइ त अख्तियारले समातेको? कि अख्तियार पनि संघीयता विरोधीहरुको अस्त्र हो?

सीके राउतले बेल तिर्ने र जनताको अदालतमा गएर बोल्न थाल्ने। झापादेखि कन्चनपुर सम्म दौडाहा मा जाने, जिल्ला जिल्लामा आम सभा गर्ने र जनताको मा गएर आफ्नो पक्षमा बहस गर्ने। राज्यका तीन अंग माथि जनता बसेका हुन। यो देश सार्वभौमसत्ता सम्पन्न देश। सार्वभौमसत्ता जनतामा रहेको देश। जनतामा गएर सीकेले आफुलाई surrender गर्ने हो। कि यदि मेरो केही गल्ती छ भने जनता जनार्दनले निर्णय गरुन।

क्रान्ति और संगठन

सीकेको संगठन नभएको होइन। तर सीके जेलमा भएकोले त्यो संगठन अहिले नेतृत्व विहीन छ। सीके बाहिर आउने अनि आफ्नो संगठन सम्हालने, त्यो संगठन अब विस्तार गर्ने। त्यो संगठनले सीके को सुरक्षाको जिम्मेवारी लिने। कुनै पनि मानिस, चाहे त्यों Madonna होस् अथवा Barack Obama, ज्यादा visible भयो भने उसलाई सुरक्षा चाहिने हुन्छ। सीके को संगठनले सीके लाई बाहिर सुरक्षा प्रदान गर्ने।


म मधेशलाई अलग देश बनाउने पक्षमा छैन

म मधेशलाई अलग देश बनाउने पक्षमा छैन। कहिले पनि थिइन, र अहिले पनि छैन।

तर वाक स्वतंत्रता मेरो धर्म हो, र वाक स्वतंत्रतामा समझौता गर्ने कुरा आउँदैन।

म एक मधेसी हुँ। विभेद मैले भोगेको छु, देखेको छु, त्यस विभेद बारे मैले गहिरो अध्ययन गरेको छु। आज भन्दा दुइ दशक अगाडि हृदयेश त्रिपाठी महासचिव भएको पार्टीमा म उप महासचिव थिएँ। मेरो पृष्ठभुमि राजनीतिक हो। मधेस प्रतिको विभेद रोग हो। औषधि नेपालमा संघीयता र दक्षिण एशियामा आर्थिक एकीकरण हो, मधेशलाई अलग देश बनाउनु होइन भन्ने मेरो ठोस मान्यता हो। तर विभेदमा मधेसी मात्र परेका होइनन्। सबैभन्दा ठुलो विभेदमा परेका त दलित हो। र त्यो रोगको औषधि खोज्ने मधेसी नेता को? वीपी कोइराला बाहुन थिए, पर्वते थिए, विभेदमा परेकै हुन। केपी ओली खुद जेल बसेको मान्छे। त्यो त विभेद नै थियो।

तर मधेसीको विरुद्धको विभेद structural हो जुन कि कायम छ, केपी विरुद्धको विभेद कायम छैन। कोही मधेसी राष्ट्रपति र प्रधान न्यायधीश भएर structural विभेद समाप्त भएको मान्न सकिँदैन। राम वरण जस्तो राष्ट्रपति बन्न पायो भने त त्यो structural विभेद कायम नै राख्ने सुझाव दिन्छ उसले।

तर संविधान सभा भनेकै पहिले जे भयो भयो, अब कसैलाई विभेद नहुने किसिमको संविधान ल्याउं भन्ने हो। यो एउटा fresh start को मौका हो। तर विभेद बिनाको भविष्य निर्माण गर्दा छलफलको क्रममा विगतका विभेद बारे कुरा हुन्छ त।

म लोकतन्त्रको पक्षधर हुँ, म संघीयताको पक्षधर हुँ। लोकतन्त्रमा सार्बभौमसत्ता जनतामा हुन्छ। सार्बभौमसत्ता जनतामा निहित हुनुको कारणले नै संघीयता चाहिएको हो। सार्बभौमसत्ता जनतामा निहित हुनुको कारणले नै power devolution चाहिएको हो। सार्बभौमसत्ता जनतामा निहित हुनु भनेको यो देश जनताको हो भनेको। त्यो जनताले निर्वाचनको माध्यमले नेता चुन्ने भनेको नेता hire गरेको हो। Boss त जनता नै हो। प्रधान मन्त्रीलाई तलब ख्वाएको जनताले हो। Boss जनता हो।

आत्म निर्णय सहितको संघीयता भनेको देशको कुनै पनि राज्यले जनमत संग्रहका माध्यमले देशबाट अलग हुन पाउने अधिकार हो। सार्बभौमसत्ता जनतामा निहित हुने तर राज्यहरुले आत्म निर्णयको अधिकार नपाउने भनेको यो घर तिम्रो हो तर तिमी यस घरमा बस्न पाउँदैनौ तिमीले यो घर बेच्न पाउँदैनौ भनेको हो। भने पछि यो घर कसको हो? यो घरमा बस्न पाउने को? यो घर किनबेच गर्न पाउने कसले?

मधेशले आत्म निर्णयको अधिकार पाउँदैमा मधेश अलग देश बन्ने होइन। तर मधेशलाई आत्म निर्णयको अधिकार दिइन्दैन भने त्यो नेपाल देशभित्र मधेसी विरुद्धको विभेद कायम राख्ने निर्णय हो। नेपालमा सार्बभौमसत्ता जनतामा निहित छ तर त्यो जनतामा मधेसी पर्दैन भन्नु हो। र मधेस नेपालबाट अलग देश बन्नुपर्ने कारणहरु त्यस पछि थपिंदै जाने हो।

तर मधेशलाई आत्म निर्णयको अधिकार हुन्छ भने त्यो मधेशलाई नेपाल भित्रै राख्नु पर्छ भन्ने हरुले होड़बाजी गर्छन, मधेशलाई नेपालभित्रै राख्न मधेसी विरुद्धको विभेद अन्त्य गर्नु पर्दो रहेछ भन्ने कुरा पत्ता लगाउँछन् र त्यो विभेद अन्त्य गर्न एक अर्कासँग प्रतिस्प्रधा गर्छन। र विभेद हतार हतारमा अन्त्य हुन्छ। र विभेद अन्त्य भए पछि मधेशलाई अलग देश बनाउनु पर्ने कारण समाप्त हुन्छ।

भनेपछि मधेशलाई आत्म निर्णयको अधिकार दिन सबभन्दा अगाडि ती मान्छे हुनुपर्ने जो नेपाललाई एक देश बनाइराख्न चाहन्छन्।

नेपालमा आत्म निर्णयको अधिकार सहितको संघीयताले भन्दा राष्ट्रियता निर्माण गर्ने राम्रो राजनीतिक अस्त्र अर्को छैन। राष्ट्रवादी जति सबै आत्म निर्णयको अधिकारको पक्षमा उभिने बेला हो यो।


Tuesday, October 28, 2014