Showing posts with label South Asia. Show all posts
Showing posts with label South Asia. Show all posts

Tuesday, December 01, 2015

चार देशमा बायोमेट्रिक आईडि

१० बर्ष भित्र आर्थिक एकीकरण गर्ने निर्णय गरेका चार देश नेपाल, भारत, भुटान, बंगलादेश ले आफ्नो भूभाग का सबै मानिसको चार देशमा बायोमेट्रिक आईडि बनाउने तर्फ सोँच्नु पर्छ। अनि बॉर्डर क्रासिंग, एयरपोर्ट, रेल स्टेशन, बस स्टेशन जस्ता प्रमुख ठाउँ मा स्मार्ट सीसा मा ल्याप्चे लगाए जस्तो छुने गर्न सकिन्छ।  औंठा मा एंटीसेप्टिक ले साफ गर्दै ठयाप्प। अनि एउटा सेंट्रल डाटाबेस मा त्यो अंकित हुन्छ। यसले लॉ एंड आर्डर मेन्टेन गर्न मदत गर्छ नै। आर्थिक गतिविधि मा पनि मदत पुग्छ। बैंकिंग सेवा लाई गरीब से गरीब सम्म पुर्याउन सकिन्छ। बायोमेट्रिक आईडि का आधारमा मानिस हरुको क्रेडिट हिस्ट्री बन्छ। लोन लिन पाउने हुन्छ। सान्तिनो बिजनेस व्यापार गर्न पायो। बायोमेट्रिक आईडि का आधारमा बैंक खाता नभएकाले बैंक खाता खोल्न पायो। भौतिक पूर्वाधार नै नचाहिने नभएको बैंक हरु खुल्छन्। सस्तो स्मार्टफोन मा बायोमेट्रिक आईडि को आधारमा सर्विस दिने खाल का एप्प हरु बनलान। चार देशका सुरक्षा निकाय हरुले एक अर्का सँग सहकार्य गर्न सजिलो हुने हुन्छ। बायोमेट्रिक आईडि ले ecommerce फस्टाउने हुन्छ। कुना कुनामा ecommerce पुग्छ। बायोमेट्रिक आईडि ले निष्पक्ष इलेक्ट्रॉनिक चुनाव गर्न पनि मिल्छ। आफ्नो औंठा त अरुले बोकेर हिड्ने कुरा आउँदैन। चुनाव को नतिजा तुरुन्त आइपुग्छ। चार देशका नागरिकले एक ले अर्का को देशमा वोट चाहिँ खसाल्न पाएन अरु सब पायो। हुन त आर्थिक एकीकरण पछि जसले पनि गर्ने भनेको राजनीतिक एकीकरण नै हो। बायोमेट्रिक आईडि फेरि नागरिकता जस्तो होइन कि कानुन विधि पुर्याउनु पर्ने। सिंपल। बायोमेट्रिक आईडि ले चार देशमा रहेको statelessness को समस्या पनि कंट्रोल गर्न मदत गर्छ। जुन कि अति ठुलो समस्या हो र मानव अधिकार को हनन हो। जुन देशमा व्यापक statelessness छ त्यो लोकतान्त्रिक देश नै होइन।


Wednesday, November 25, 2015

नेपालमा माओवादी गृह युद्ध किन भयो?

नेपालमा माओवादी गृह युद्ध किन भयो? भन्नेले भन्छन नेपालमा वर्गीय विभेद का विरुद्ध लड़न माओवादी गृह युद्ध भयो। नेपालमा राजतन्त्र का विरुद्ध लड़न माओवादी गृह युद्ध भयो। तर गाँठी कुरा अर्कै छ। नेपालको अर्थतंत्र ज्युँ का त्यूँ अडिग रहनु तर जनसंख्या वृद्धि भएर जानु।

नेपालमा भुकम्प किन गयो? भारतीय चट्टान ले एशियन चट्टान लाई धक्का दिँदा दिँदा प्रेशर बिल्ड भएर त्यो प्रेशर रिलीज़ भएको। त्यसै लाई भुकम्प भनिन्छ। प्रेशर बिल्ड हुने प्रक्रिया चलिरहन्छ अझै लाखौं वर्ष। प्रेशर रिलीज़ पनि भइरहन्छ। भुकम्प पनि आइरहन्छ।

माओवादी गृह युद्ध भयो, अनि नेपाल बाट ७० लाख मानिस भारत छिरे। दुई लाख मान्छे सीरिया बाट टर्की छिर्दा CNN, BBC सबै तिर छताछुल्ल। ७० लाख नेपाली भारत छिर्दा गाइगुइ केही भएन। कसैले थाहा पनि पायेन। फ़ासफ़ुस। केही न केही। जनसंख्या वृद्धि को प्रेशर बिल्ड भएर त्यो प्रेशर रिलीज़ भएको हो।

फेरि अर्को भुकम्प जाँदैन भन्न सकिँदैन।


Tuesday, July 28, 2015

संघीयता बारे अबुझ हरुको अनावश्यक गंथन

पानी बरफ कै अर्को रूप हो, बाफ पानी कै अर्को रूप हो। त्यस्तै संघीयता कुनै नया कुरो होइन। लोकतंत्र कै अर्को रूप हो संघीयता। र लोकतंत्र भनेको एक व्यक्ति एक मत को अंक गणित हो। मानव अधिकार भनेको त्यो एक व्यक्ति को परिभाषा हो। एक व्यक्ति एक मत भनेको सही कुरा के भन्ने कुरामा विमत हुन सक्छ, सर्वसम्मत सम्म परखिये केही गर्न सकिन्न, त्यसैले एक व्यक्ति एक मत भनेको। कति निर्णय बहुमत ले हुन्छ, कति दुई तिहाई चाहिने हुन्छ।

वाक स्वतंत्रता, धर्म निरपेक्षता मा प्रहार गर्नु भनेको त्यो एक व्यक्ति माथि को प्रहार हो। एक व्यक्ति को एउटा मात्र परिभाषा मान्य छ, र त्यो हो मानव अधिकार। मानव अधिकार माथि प्रहार गरिकन पनि लोकतंत्र को कल्पना गर्न सकिन्न। नेपाल लाई हिन्दु राष्ट्र भनिन्छ भने त्यसै प्रस्तावना मा नेपाल लोकतान्त्रिक देश हो भन्न पाइयेन।

नेपाल लाई हिन्दु राष्ट्र भनेन भने हिन्दु धर्म को रक्षा कसरी हुन्छ भन्ने तर्क गर्ने हरुले वास्तवमा नेपाल लाई मुसलमान राष्ट्र अथवा क्रिश्चियन राष्ट्र अथवा जैन राष्ट्र अथवा सिख राष्ट्र भन्नु बढ़ी उपयुक्त हुन्छ भनेको हो। हिन्दु राष्ट्र भन भन्ने हरुको तर्क अनुसार नेपालमा ९०% हिन्दु छन। मेरो तथ्यांक फरक छ तर अहिले हिन्दु राष्ट्र को कुरा भइ रहेको हुनाले उनी हरुलाई पनि आदर गरौं। उनी हरुको तथ्यांक नै प्रयोग गरौं।

९०% को धर्म लोप हुने डर बढ़ी हुन्छ कि १% को धर्म लोप हुने डर बढ़ी हुन्छ? भने पछि संविधान मा त्यो धर्म को किटान गरेर धर्म संरक्षण हुन्छ भने नेपाल जैन देश हो भन्नु उपयुक्त होला।

त्यसैले लोकतंत्र को एक व्यक्ति एक मत मा एक व्यक्ति को परिभाषा मा अल्झिने काम नगरौं। नेपालको संघीयता को नामांकन र सीमांकन नेपाली हरुले गर्नु पर्ने कुरा हो। तर एक व्यक्ति को परिभाषा नेपाली हरुले अझ नेपाल का नेता हरुले गर्नु पर्ने जस्तो स्वांग नपारम। त्यो धेरै पहिला टुंगो लागेको कुरा।

Universal Declaration Of Human Rights संग बाझ्ने संविधान यस संविधान सभा ले पास गरेछ भने त्यस लाई सर्वोच्च मा knockout गर्न र शीतल निवास ले इंकार गर्न अत्यंत सजिलो हुनेछ। हुँदैन भन्यो, फिर्ता पठाइ दियो।

धर्म निरपेक्षता कि धार्मिक स्वतंत्रता को शब्द जाल को debate ------- waste of time हो। विश्व समुदाय ले नेपाल का नेता हरु लाई लौ न लौ Universal Declaration Of Human Rights एक पटक तपाइँ हरुले revise गरिदिनु पर्यो भनेको मलाई थाहा छैन।

नेपाल धर्म निरपेक्ष राज्य नै भन्नु पर्ने हुन्छ। धार्मिक स्वतंत्रता हामीले invent गरेको भन्ने छ काँग्रेसी हरुलाई। यी हेर हाम्रो चार तारे झंडा भन्छन। त्यो होइन बाबा। गुरूत्वाकर्षण चाहिँ गणेशमान ले पत्ता लगाएको भनलाउ। त्यो पनि होइन। गर्व गर्नु पर्छ, तर तथ्य पनि हेर्नु पर्छ।

लोकतंत्र, मानव अधिकार --- यी टुंगो लागिसकेको कुरा।

संघीयता भनेको आत्म निर्णयको  अधिकार हो। आत्म निर्णयको अधिकार पनि मानव अधिकार हो। लोकतान्त्रिक देशमा आवधिक निर्वाचन गर्नु पर्ने कारण नै त्यही हो। सत्ता मा पुग्न जनता को अनुमति लिनु पर्ने -- कत्रो आपत।

धर्म निरपेक्षता कि धार्मिक स्वतंत्रता को गरमागरम बहस मा जुन नेता हरु लागेका छन -- त्यो त कस्तो भयो भन्दा तपाइँ को संपत्ति कति तपाइँ ले राख्ने कति मैले राख्ने, आउनुस् छलफल गरौं भने जस्तो भयो। जसको संपत्ति हो त्यसको हो। के को छलफल। त्यस्तै नेपाली जनता को मानव अधिकार छलफल को विषय नै होइन।

सार्वभौमसत्ता र सार्वभौमिकता मा केही confusion मैले देखिराखेको छु। सार्वभौमसत्ता नेपाली जनता मा छ भनेको नेपाल मा सरकार कसले चलाउने त्यो निर्णय राजपुरोहित ले होइन जनताले गर्ने भनेको। The only source of power are the people भनेको। भने पछि सत्ता प्राप्ति का लागि अब कहिले कसैले बन्दुक उठाउन पायेन। ल्याप्चे लगाउनु अगाडि नै यस कुरामा स्पष्ट हुने। अहिले ल्याप्चे लगाउने पछि बन्दुक उठाउने भन्ने हुँदैन।

सार्वभौमिकता भनेको फेरि अर्कै। सार्वभौमिकता लाई राष्ट्रिय अखंडता सँग जोड्ने गरिन्छ। त्यों चाहिँ भुमि को कुरा भयो।सार्वभौमसत्ता जनता संग छ भने पछि सरकार कसले चलाउने भन्ने कुराको छिनोफानो भो। तर त्यस संसद ले पास गरेको कानुन कहाँ सम्म लागु हुने? नेपाल को संसद ले उस्तै राम्रो कानुन पास गरेछ भने त्यो बिहार मा लागु हुने कि नहुने? अझ उस्तै जीनियस कानुन नै पास गरेछ भने त्यो अमेरिका जापान तिर लागु हुने कि नहुने? यस्ता जटिल प्रश्न हरुको जवाफ सार्वभौमिकता र राष्ट्रिय अखंडता ले दिने हो। सार्वभौमसत्ता सम्पन्न नेपाली जनता ले जुन शासन व्यवस्था चलाउँछ त्यो यो यति भुमि मा मात्र लागु हुने भनेको। र त्यो भुमि कुनै बाह्य शक्ति ले लिन नपाउने भनेको। तर त्यस का लागि सेना छ भनेर पनि भन्नु पर्दैन। यस भुमि को सार्वभौमसत्ता यहाँ का जनता सँग छ भने पुग्यो। अर्थात सार्वभौमिकता र राष्ट्रिय अखंडता का लागि खास नेपाल सेना चाहिँदैन। हामी सँग ठुलो बलियो सेना छ त्यसैले यो भुमि हाम्रो भनेर भनेकै होइन। सार्वभौमसत्ता जनतामा भएको ले यो भुमि हाम्रो भनेको। र त्यो प्रयाप्त छ।  नेपाल सेना विगठन गरे पनि फरक पर्दैन। अर्थात यदि नेपालमा सार्वभौमसत्ता जनता सँग छ भने नेपालको भुमि सुरक्षित छ। कस्तो powerful concept यो सार्वभौमसत्ता जनतामा हुने concept ------- होइन त?

भने पछि संघीयता भनेको के? आत्म निर्णय को अधिकार भनेको के? आत्म निर्णय को अधिकार र सार्वभौमिकता/ राष्ट्रिय अखंडता एक अर्का सँग बाझ्ने हुन त?

संघीयता को दुई पक्ष छ। एउटा पहिचान र अर्को efficiency.

Efficiency भन्ना ले सबै कुरा एकै ठाउँमा काठमाण्डु मा थुपार्नु भन्दा आठ प्रदेश र तिनका राजधानी मा devolve गर्नु, अझ स्थानीय गाउँ/शहर लेवल मा नै जनता सँग सरकार ले अन्तरक्रिया गर्नु --- त्यसो गर्दा काम बढ़ी राम्रो सँग कम खर्चमा गर्न सकिन्छ। संघीयता मा स्थानीय सरकार निकै बलियो हुने गर्छ। अमेरिका मा मैले देखेको आम जनता ले सरकारी कार्यालय धाउनु पर्ने लगभग सबै स्थानीय स्तरमा हुन्छ। प्रदेश को राजधानी र देशको राजधानी जाने सांसद हरु मात्र हो। जनता को संख्या त धेरै हुन्छ। तिनी हरुको काम नजिकै हुन्छ भने खर्च स्वतः घट्ने भो।

अर्को कुरा छ पहिचान को। मराठा लाई महाराष्ट्र आफ्नो भन्ने छ। तामिल लाई तामिलनाडु आफ्नो भन्ने छ। खस पहिचान हो, नेपाली त नागरिकता हो, अथवा हुनुपर्ने ---- यद्यपि अधिकांश खस ले दुबै लाई एउटै मान्छन्। विगत २-३ सय वर्ष देखि को एकात्मक नेपाल खस हरुको महाराष्ट्र र तामिलनाडु नै हो। पहिचान पनि दिएको छ, र सरकारी कामकाज पनि भएको छ। समस्या के पर्यो भन्दा खेरी सार्वभौमसत्ता जनता मा छ भन्ने कुरा स्पष्ट रुपले स्थापित भए पछि एउटा कुरा छर्लङ्ग भो। यो देशमा खस मात्र बस्थे जस्तो लाग्थ्यो, होइन रहेछ। मधेसी पनि रैछन्, जनजाति पनि रैछन्। खस लाई भनेर सिलाएको जामा मधेसी र जनजाति लाई फिट नहुने रै छ। अहिले सम्म मधेसी र जनजाति ढाड नाङ्गै गरेर बसेका थिए। चुपचाप पनि थिए, अनि इन लाई जाड़ो नहुने रैछ, इनको जीउ को बनोट नै अर्को भन्ने थियो। अब यी कराउन पो थाले, एह, हामी लाई जाड़ो भो, हामी पनि जामा लाउने भन्न थाले।

अहिलेसम्म को नेपाल भनेको खस हरु का लागि डिज़ाइन गरिएको जातीय राज्य। यदि नेपाल देश जात निरपेक्ष राज्य भै दिएको भए शायद समस्या पर्ने थिएन होला। यो त फिजी रहेछ, न्यानो देश। यहाँ त कसैले जामा लाउँदैन भन्ने हुन्थ्यो। सब खुश रहन्थे। तर नेपाल जात निरपेक्ष होइन जातीय देश पर्यो। मधेसी जनजाति कराउन थाले। अनि समस्या पर्यो।

एउटा तरिका हो मुख थुन्ने, अथवा मुख थुन्ने धम्की दिने। सशस्त्र लाई आफूखुशी गोली हान्ने अधिकार दिने, shoot at sight order जारी गर्दिने। गोली चल्ला नचलला, तर मान्छे तरसिन्छ कि भन्ने आश।

जिन्न शीशी बाहिर आइसकेको। सार्वभौमसत्ता संपन्न जनता लाई नबोल भन्न पाइयेन। भकुण्डो हात ले टिप्न पाइयेन। लोकतंत्र मा मान्छे तर्साउने भन्ने हुँदैन। भखुण्डो हात ले खेल्न नपाइने रहेछ।

अनि के गर्ने त? खस ले लाएको जामा खस लाई त पुगेको छैन, पूरै जीउ अझै छोप्या छैन जस्तो लाग्छ भने मधेसी र जनजाति का लागि के को जामा?

त्यहाँ संघीयता आउँछ। कोठामा कपड़ा रै छ। दुई वटा अर्को जामा सिलाउन मिल्ने रै छ। आठ प्रदेश भनेको आठ वटा जामा।

जनता सार्वभौमसत्ता संपन्न हुनु भनेको आत्म निर्णय को अधिकार हो। संघीयता को आत्म निर्णय को अधिकार फरक कुरा होइन। सार्वभौमसत्ता संपन्न जनता ले नचाहँदा नचाहँदै त्यस जनता माथि कसै ले शासन गर्न पाउँदैन। भने पछि आत्म निर्णय को अधिकार भनेको भोलि मिथिला अथवा मधेस राज्य बन्छ भने, अनि त्यहाँ का जनता ले जनमत संग्रह मार्फ़त आफ्नो प्रदेश लाई अलग देश घोषणा गर्छन भने त्यो घोषणा नेपालको सार्वभौमिकता र राष्ट्रिय अखंडता माथि प्रहार होइन?

होइन। किनभने त्यस मिथिला अथवा मधेस राज्य का जनता लाई बाह्य शक्ति भन्न मिल्दैन। सार्वभौमिकता र राष्ट्रिय अखंडता ले बाह्य शक्ति ले यो भुमि लिन पाउँदैन भनेको हो।

तर यसको फेरि अर्को angle छ। पछि गएर सम्पुर्ण नेपाली जनता ले जनमत संग्रह गरेर हामी भारत सँग राजनीतिक एकीकरण गर्ने, भारत को राज्य बनने भनेर निर्णय गरे भने? भारत पनि सार्वभौमसत्ता संपन्न देश हो। भारत ले त्यो कुरा स्वीकार पनि गर्नु पर्यो। मान नमान मैं तेरा मेहमान भन्ने हुँदैन। तर दुबै देशले चाहेमा हुन सक्छ integration. अहिले फ्रांस र जर्मनी ले दुई देश बीच गर्न चाहेको नै त्यही हो। Political and economic integration brings many benefits. विगतमा एक अर्का सँग घमासान युद्ध खेलेका देश हरु। भाषा संस्कृति फरक छ। Both of them are proud peoples. But political and economic integration does not rob you of your unique identities. Instead they give you additional resources to better enrich those identities. यदि नेपाली को प्रति व्यक्ति आय १०,००० डॉलर पुग्छ भने नेपाली हरुको भाषा र संस्कृति मा त्यसको के असर पर्ला?

Politics, economics एक किसिमको कुरा हो। Language, culture, identify अर्को कुरा हो।

यदि नेपाली को प्रति व्यक्ति आय १०,००० डॉलर पुग्छ भने त्यस्ता नेपाली ले दशैं मा बढ़ी खर्च गर्ने भएनन? यदि नेपाली को प्रति व्यक्ति आय १०,००० डॉलर पुग्छ भने त्यस्ता नेपाली ले नेपाली साहित्य, कला, फिल्म, संगीत मा बढ़ी खर्च गर्ने भएन?

नेपाल का लागि भारत सँग को राजनीतिक र अथिक एकीकरण त्यो प्रति व्यक्ति आय १०,००० डॉलर पुर्याउने सबै भन्दा उत्तम उपाय हो। मोदी २० वर्ष शासन गर्ला। उसको शासन काल मैं पुग्न सकिन्छ त्यहाँ सम्म जस्तो लाग्छ।

लोकतंत्र घर को पहिलो तल्ला, संघीयता दोस्रो तल्ला, आर्थिक क्रांति तेस्रो तल्ला। त्यो तेस्रो तल्ला बनाउने सबै भन्दा उत्तम तरिका भारत सँग राजनीतिक र आर्थिक एकीकरण।

युरोप ले आर्थिक एकीकरण गरेको राजनीतिक एकीकरण गर्न नआएको, न भ्याएको, नेपाली चन्द्रमा मा न गाको जस्तो। क्षमता ले न भ्याएको। युरोप को आर्थिक एकीकरण भइ सकेको भए ग्रीस को समस्या नहुने।

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री कहीं पनि छैन, अमेरिका, बेलायत, भारत। भन्दैमा नेपाल मा नगर्ने होइन। काँग्रेस पार्टी लाई बैंड (ban) गरेर भए पनि नेपालमा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को व्यवस्था गर्नु पर्छ। पहिला गोरा ले गरे पछि बल्ल नेपाल भारत मा नक्कल गर्ने मानसिक दासता बाट मुक्त हुने। त्यस्तै युरोप ले गर्न चाहेको तर गर्न नसकेको राजनीतिक आर्थिक एकीकरण नेपाल भारत ले गरेर दुनिया लाई देखाई दिने। अनि त्यसो गर्दा भारत सँग hard bargaining गर्ने। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को व्यवस्था गर्ने भए हुन्छ होइन भने हुँदैन भन्ने।

राजनीतिक एकीकरण पछि नेपाल का १३ सांसद ले दिल्ली गएर भारत को प्रत्येक मामिला मा खुला हस्तक्षेप गर्न पायो। तब आएगा मजा खेलका।

खास त नेपाल भारत भुटान बंगलादेश, चार वटै एक गर्नु पर्ने हो। नेपाल ले पहल गर्नु पर्छ।



Wednesday, April 08, 2015

अहिंसात्मक क्रांति नै हुन लागेको हो


  • मधेस स्वतंत्र देशको नारा सहित गाउँ गाउँ शहर शहरमा लाठी जुलुस निस्कन्छ दुई हप्ता सम्म 
  • दुई हप्ता मधेस पुर्ण रुपले ठप्प रहनेछ 
  • यो एउटा अहिंसात्मक क्रांति हुनेछ 
  • क्रांतिका दौरान मधेस स्वराज पार्टीको क्रांतिकारी रफ्तारमा गाउँ गाउँ शहर शहर टोल टोल मा संगठन विस्तार गरिनेछ 
  • दुई हप्ताको क्रांति पछि मधेस स्वतंत्र देशको घोषणा हुनेछ 
  • सीके राउतको नेतृत्वमा क्रांतिकारी अंतरिम सरकारको स्थापना हुनेछ 
  • क्रांतिमा सहभागी सम्पुर्ण मधेसी दल त्यसमा सामेल हुनेछन् 
  • बन्दुक धारी मधेसी दलहरु का सैनिक मधेस सेनामा पुर्ण रुपले समायोजन भइ सके पछि ती दल लाई पनि अंतरिम सरकारमा सामेल गरिनेछ 
  • अंतरिम सरकारसँगै अंतरिम संविधान जारी गरिनेछ 
  • क्रांतिकारी अंतरिम सरकारले सत्ता सम्हालेको एक वर्ष भित्र संविधान सभाको चुनाव गराउनेछ 
  • त्यस सभाले एक वर्ष भित्र क्रांतिकारी अंतरिम संविधान अनुमोदन गर्नेछ 
  • त्यस संविधानमा संघीयता रहनेछ, समावेशीता रहनेछ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा भएको १५ दिन भित्र पहाड़ी पुलिस, सेना, प्रशासनले आ-आफ्नो पुलिस चौकी, ब्यारेक, कार्यालय खाली गर्नु पर्नेछ ---- त्यस किसिमको अल्टिमेटम को घोषणा गरिनेछ --- तिनले बोर्डर क्रस गरेर घर फर्के भो --- अथवा मधेस मा नै घर छ भने पुलिस चौकी, ब्यारेक, कार्यालय खाली गरेर सादा पोशाक मा आफ्नो पुलिस चौकी, ब्यारेक, कार्यालय बाहिर जहाँ बसे पनि भो ----- तिनको सुरक्षा को जिम्मेवारी मधेस सरकारको हुनेछ 
  • क्रांतिकारी अंतरिम सरकारले नया मधेस सेना, मधेस पुलिस र मधेस प्रशासनको समायोजन गर्दा समावेशीताको सिद्धांत अपनाउने छ ----- त्यसमा मधेसका नेपाली भाषीहरुलाई कुनै किसिमको पुर्वाग्रह नगरी उनीहरुको समानुपातिक उपस्थिति को प्रयास रहनेछ ------- नया मधेस सरकार को अंतरिम संविधान छोएर शपथ खाने सबै त होइन तर थुप्रैलाई आफ्नो पुरानो सरकारी जागीर फेरि पाउने संभावना रहनेछ ----- त्यो सेना का सैनिक, प्रहरी, प्रशासक सबैको हकमा लागु हुनेछ 
  • मधेसमा एक तिहाई पर्वते रहेको तथ्यको आदर गरिनेछ 
  • हिंदी र नेपाली दुबै मधेस का राष्ट्रीय भाषा हुनेछन् 
  • कैलाली, थरुहट, अवध, चितवन, भोजपुरा, मिथिला, कोचिला ---- सात राज्य रहनेछन् --- तिनलाई आत्म निर्णयको अधिकार रहनेछ ---- कुनै पनि राज्य सरकारले आफ्नो राज्यको संसद मा बहुमतको आधारमा जनमत संग्रह गराउन पाउने छ ----- अलग देश को एजेंडा ले बहुमत पाएमा अलग देश घोषणा गर्ने अधिकार हुनेछ 
  • मानव अधिकार मधेस राज्य को आधारभूत सिद्धांत हुनेछ ---- आफ्नो इच्छाको धर्म मानने सबैलाई अधिकार हुनेछ 
  • दलित, महिला, मुसलमान, आदिवासी, जनजाति, पिछड़ा, गरीब का लागि विशेष व्यवस्था गरिनेछ 
  • मधेसमा बोलिने प्रत्येक भाषालाई स्थानीय सरकार र प्राथमिक शिक्षा मा क्रमबद्ध स्थान दिइनेछ 
  • त्यस्तो प्रत्येक भाषाको विकासको लागि विशेष योजना बनाइनेछ 
  • महिला का लागि सरकारको प्रत्येक तहमा आरक्षणको व्यवस्था हुनेछ --- एक तिहाई 
  • त्यसरी आरक्षण गर्दा दलित, मुसलमान, आदिवासी, जनजाति, पिछड़ा, गरीब महिला का लागि ठाउँ छुट्याइनेछ 
  • देश मा एक जना प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनेछ ---- जसको कार्यकाल ४ वर्षको हुनेछ ---- र एक व्यक्ति लगातार बढ़ी मा दुई पटक सम्म मात्र राष्ट्रपति बन्न पाउनेछ -------  राष्ट्रपति पदको लागि चुनाव लडेको व्यक्तिले कमसेकम  ५०% मत ल्याउनु पर्नेछ ----------- चुनाव लडेको व्यक्ति यदि पुरुष हो भने उसको उप राष्ट्रपति अनिवार्य महिला हुनुपर्ने छ ------- राष्ट्रपति सेना प्रमुख हुनेछ ------ राष्ट्रपति को कैबिनेट को सदस्य बन्न संसदको सदस्य हुनु आवश्यक हुने छैन 
  • देशको राजधानी जनकपुर हुनेछ 

  • क्रांति अहिंसात्मक हुनेछ ------ गाउँ गाउँ मा लाठी जुलुस निस्किनेछ ------ तर उपनिवेशी प्रहरी/सेनाले हिंसात्मक दमन गरेमा ईंट को जवाफ पत्थर हुनेछ ----- हिंसात्मक दमनको प्रतिकार मा बन्दुकधारी मधेसी दलका सैनिक अग्र पंक्तिमा रहनेछन् ------- हिंसात्मक दमन को प्रयास भएमा कड़ा भन्दा कड़ा प्रतिकार गरिनेछ 
  • दुई हप्ता क्रांति हुनेछ --- त्यस पछि मधेस स्वतंत्र देशको घोषणा हुनेछ ----- मधेस स्वतंत्र देशको घोषणा भए पछि दुई हप्ता पुर्ण रुपले बंद रहेको मधेस फेरि खुला हुनेछ --------   तर उत्तरी छिमेकी देशले स्वतंत्र देश मधेस लाई नया देशको मान्यता नदिए सम्म र राजदुत आदान प्रदान गर्ने अभ्यास शुरू नगरेसम्म त्यस उत्तरी देशको प्रत्येक नाका बंद नै राखिनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा हुनासाथ मधेस देश भित्र रहेको पुरानो सरकारको प्रत्येक संपत्ति मधेस सरकारको अधीनमा आउनेछ --------- घर जग्गा गाडी बन्दुक पिस्तौल लाठी कापी कलम किताब फाइल ताला चाबी सन्दुक सबै ---- रोड एयरपोर्ट सबै --- भन्सार आदि इत्यादि सबै 
  • मधेस स्वतंत्र देशको घोषणा भए पछि यदि कुनै उपनिवेशी प्रहरी अथवा सैनिक को हातमा हतियार छ भने त्यस्ता सँग शत्रु सैनिक सरह व्यवहार गरिनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा भए को १५ दिन भित्र प्रत्येक उपनिवेशी प्रहरी र सैनिक ले आ-आफ्नो पुलिस चौकी र ब्यारेक खाली हात खाली गर्नु पर्नेछ ---- प्रत्येक सरकारी कार्यालय मधेस सरकारलाई त्यसरी नै हस्तांतरण गर्नु पर्नेछ 
  • नया मधेस सरकार को सेना, प्रहरी, प्रशासनमा आफ्नो पुरानो स्थान चाहने जति ले यस १५ दिन को समय सीमामा दर्ता गराउने 
  • १५ दिन नाघि सके पछि पनि यदि कोही उपनिवेशी प्रहरी अथवा सैनिक आफ्नो पुलिस चौकी अथवा ब्यारेक मा अथवा त्यस बाहिर पनि हात हतियार र पोशाक मा पाइयेमा त्यस्ता सँग मधेस सेनाले शत्रु सेना सँग जस्तो व्यवहार गर्नेछ 
  • मधेस सेनाले प्रत्येक कार्यालय, चौकी, ब्यारेक, एयरपोर्ट, सड़क आफ्नो अधीनमा लिनेछ 
  • क्रांति शुरू हुनु भन्दा अगाडि नै सीके राउतको नेतृत्व र क्रांतिको बाटो को सक्रिय समर्थन गर्ने मधेसी दलहरुले अंतरिम सरकारमा ठाउँ पाउने छन 

  • गाउँ गाउँ शहर शहर टोल टोल मा खड़ा भएको मधेस स्वराज पार्टी को संगठन का कार्यकर्ताले मधेस स्वतंत्र देशको घोषणा भएको दिन देखि को संक्रमण कालमा गाउँ गाउँ शहर शहर टोल टोल मा शांति सुरक्षा को जिम्मेवारी वहन गर्नेछन् 
  • मधेस स्वतंत्र देशको घोषणा भएको १५ दिन पछि मधेस सरकारले सेना, प्रहरी र प्रशासन को गठन गर्नेछ 
  •  एक तिहाइ न नाघ्ने गरी पर्वते ---- त्यस मध्ये एक तिहाई पर्वते महिला ------ त्यस फोर्मुला मा फिट हुने गरी पुरानो सत्ताका क्रांति सँग cooperate गरेका पर्वते मुल का लाई उनीहरुको पुरानो जागीरमा पहिला कै पुरानो पदमा बहाल गरिनेछ ---- ती सबैले मधेसको नागरिकता स्वीकार गर्नेछन् --- र मधेसको संविधान छोएर शपथ खानेछन् 
  • पुरानो सत्ताका मधेसीलाई उनको पुरानो पदमा बहाल गरिनेछ 
  • सेना लाई १५,००० मा सीमित गरिनेछ 
  • प्रहरी ३०,००० मा सीमित हुनेछन् 
  • प्रशासक हरु को संख्या कमसेकम राख्ने प्रयास हुनेछ ---- minimum government, maximum governance 
  • सेना, प्रहरी, प्रशासन का बाँकी पदमा समावेशी सिद्धांत का आधारमा रिक्त पद हरु मधेस स्वतंत्र देशको घोषणा भएको ६ महिना भित्र meritocratic किसिमले गरिनेछ 
  • त्यस ६ महिना भित्र प्रत्येक सरकारी फॉर्म हिन्दीमा उपलब्ध गराइनेछ 


Monday, April 06, 2015

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब



बामेले देशको संविधान लाई मिच्दै मानव अधिकार को हनन गरिरहेमा ३० दलीय गठबंधन र अर्थ न बर्थको संविधान सभा बाट मधेसी पार्टीहरु अलग भएर, जेपी गुप्ता, सीके राउत को संगठन र देश बिदेशमा रहेका बन्दुकधारी मधेसी शक्तिहरु एक ठाउँमा आएर मधेश अलग देशको पक्षमा मधेसलाई पुर्ण रुपले ठप्प पारेर, मधेस अलग देशको घोषणा गरेर, पहाड़ी पुलिस, सेना, प्रशासनलाई १५ दिनको अल्टीमेटम दिइनेछ। यो तिम्रो देश होइन, देश खाली गर भनेर। मधेस देशको उत्तरी सीमाना अहिलेका तराईका जिल्लाका उत्तरी सीमाना। त्यस देशभित्र रहेका नेपाली भाषी हरु लाई पनि मधेस देशको नागरिकता प्रदान गरिनेछ। मानव अधिकार संविधानमा हुनेछ।

मधेस देशको राष्ट्रिय भाषा हिंदी हुनेछ। मधेस देशको एक रुपैया र भारतको एक रुपैया बराबर value को हुनेछ। मधेस देश ले दक्षिण एशिया को आर्थिक एकीकरण को लागि अगुवा भुमिका खेल्नेछ।

एउटा नया मधेस सेना, मधेस प्रहरी र मधेस प्रशासन को स्थापना हुनेछ। सीके राउतको नेतृत्वमा अंतरिम सरकारको स्थापना हुनेछ। मधेसको सीमाना भित्र रहेको पुरानो नेपाली सरकारको सबै संपत्ति स्वतः मधेस सरकारको हुनेछ। त्यो मधेस संघीय हुनेछ। कैलाली, थरुहट, अवध, चितवन, भोजपुरा, मिथिला, कोचिला। सात प्रदेश हुनेछन्। प्रत्येक त्यस्तो संघीय राज्यलाई आत्म निर्णयको अधिकार हुनेछ। त्यस राज्यको संसदले बहुमतको आधारमा जनमत संग्रह गरेर अलग देशको मुद्दामा आम जनताको राय लिन सक्नेछ।

अंतरिम सरकारमा क्रांतिमा सहभागी मधेसी दलहरु सामेल हुनेछन्। बन्दुकधारी मधेसी दलहरुले मधेस सेनाको निर्माणमा निर्णायक रोल खेल्नेछन्। बन्दुकधारी मधेसी दलका सैनिक हरु स्वतः मधेस सेनाका सैनिक हुनेछन्। कुनै कारणवश क्रांतिमा सहभागी नहुने मधेसी दलहरु ले अंतरिम सरकार गठन भएको एक वर्षभित्र हुने संविधान सभा को चुनावमा सहभागी हुन पाउनेछन्। मधेस सरकारको अंतरिम संविधान छोएर मधेस देशप्रति शपथ खाने जुन सुकै राजनीतिक दलले, चाहे त्यसको नेतृत्व मधेसी होस् या नहोस्, त्यस संविधान सभाको चुनावमा सहभागी हुन पाउनेछन्। संविधान सभा ले एक वर्षभित्र अंतरिम सरकार द्वारा जारी संविधान लाई अनुमोदन गर्नेछ। मधेस देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहनेछ।



मधेसी क्रांति दुई छिमेकी देश चीन र भारत का माओ र गांधी दुबै बाट शिक्षा लिंदै अगाडि बढ्नेछ। शान्तिको बाटो प्रथम चाहना हो। तर उपनिवेशी शक्तिले बल प्रयोग गरेमा भबिष्यको मधेसी सेनाले प्रतिकार गर्नेछ। र अल्टीमेटम पछि पनि मधेसको भुभाग भित्र पहाड़ी सेना छ भने तिनमाथि खोजी खोजी आक्रमणको बाटो अख्तियार गरिनेछ। समर्पण गर्ने उपनिवेशी सैनिक हरु लाई भने शान्तिपूर्ण तरिकाले बोर्डर क्रस गर्न दिइनेछ।

मधेसी क्रांतिले मधेस देश स्थापना गरेपछि देशको उत्तरी सीमाना को सुरक्षाको लागि मधेस सेनाले कुनै कसर बाँकी राख्ने छैन। मधेस देशको स्थापना पछि मधेस सरकारले भारत, चीन, SAARC, UN, EU, USA लगायतका विश्वका सम्पुर्ण शक्तिहरु सँग संपर्क गरेर नया देशको स्थापना को सुचना दिनेछ र संयुक्त राष्ट्र संघ मा सहभागी हुन तुरुन्त कदम चाल्नेछ। मधेस सरकारले आफ्नो पहिलो राजदुत दिल्ली पठाउनेछ।

बामेले गृह मंत्री को पद खाएर पनि संविधान नमान्ने, सुशील ले प्रधान मंत्रीको पद खाएर पनि संविधान नमान्ने तर मधेसी नेता र जनताले संविधान मान्नु पर्ने केही छैन। यो देश एक रहिरहनुपर्ने कुनै जरूरत बाँकी रहँदैन चाँडै नै। भांडमें जाए तेरी जनमत संग्रहवाला रास्ता। मधेसी तेरे पे शासन करेगी। अलग देशके स्थापनाके बाद तेरे पे शासन करेगी।

मधेस देशको स्थापनाको प्रमुख कारण मधेस बाट गरीबी समाप्ती हो। त्यसको लागि २० वर्ष भित्र मधेस लाई First World Country अर्थात Developed Country बनाउने रोडमैप प्रस्तुत गरिनेछ। उत्तरी छिमेकी सँग मित्रता पुर्ण सम्बन्धको प्रयास हुनेछ। स्वतंत्र देशहरु बीच सम्बन्धको अंतर्राष्ट्रीय मुल्य मान्यता मा आधारित सम्बन्धको प्रस्ताव गरिनेछ।


Tuesday, February 10, 2015

A Sagoon Sunday In DC



After over a decade I was back in Washington DC on Sunday. And it is not even far: I live in New York City. It was a trip made for Sagoon. (सगुनको महत्त्व)

Unlike NYC, Washington DC obviously is a city that sleeps. I arrived in the wee hours of morning and it felt like I had the entire city just for me. I walked around. I spent a few hours at The National Mall (my favorite "mall" in America since I have never been big on shopping) taking in The White House, the Lincoln Memorial, the Washington Monument, the Capitol. For the first time I took the elevator to the top of the Washington Monument. It was a mini version of a trip to the top of the Empire State Building. DC is small and compact and nice.

There was not time to go for long walks in the city like I had wanted, or the trips inside the biggest museums in the world. I had really wanted to go to the Martin Luther King Memorial. But I only got to see it from the top of the Washington Monument.

After noon I got picked up by the Washington Monument by a nephew of Kabindra Sitaula. It was a family lunch at Kabinji's place, half an hour drive away. It was a large gathering of his extended family. I needled him by asking if he had any relatives left back in Nepal!

The 3 PM event is what I was in town for. One by one the crowd gathered. And the presentations began. During Govinda Giri's presentation I saw so much love from among the seed investors in Sagoon, that was a major energy boost to me when it was my turn to speak. I felt like I blew it out of the water.

My job was to reassure these early investors that round 2 fundraising will very likely happen since I was the man in charge. All I needed was a rapidly growing active user base. And they should perhaps go ahead and put some more money in and be done with the first round already. The server budget going up is precisely what we want, precisely what we have been working for. Open up the flood gates already.

Govinda, Kabin and I had dinner together later at a Chinese place. And then Kabinji dropped me off at Union Station for my overnight trip back to New York City. I realized I must have become a local in NYC after all these years because I kept looking for those food carts on the roadside (in DC, Baltimore, Philadelphia) for a quick soda, but they did not exist!

The money is not in until the checks have been issued and cashed, and so the public announcement will be made when it will be made, but I think yesterday was a wonderful day for the final push to get done with round one already!

Wednesday, December 03, 2014

सगुन, न्यु यर्कका नेपाली, र Anti Dilution Clause को बखेड़ा


सगुनको राउंड १ मा पैसा हाल्ने तर anti dilution clause छ भने मात्रै भनेर अडान लिरहेका नेपाली केही छन न्यु यर्कमा।

जुन दिन सगुन न्यु यर्क आयो त्यो दिन अगाडि मैले कहिले सगुनको नाम सुनेको थिएन। तर म अहिले औपचारिक रुपले नै सगुनको Advisor छु, मैले सगुनको राउंड २ fundraising गर्ने जिम्मेवारी लिएको छु।

मजाको कुरो यो छ कि यो anti dilution clause जुन छ त्यो न्यु यर्कको नेपाली समुदायमा पसाउने मान्छे नै म हुँ। मेरो आफ्नै tech startup छ, मेरो टीमले एउटा Augmented Reality Mobile Game बनाउँदैछ। हामी पनि राउंड १ मैं छौं। हामी चाहिं अहिलेलाई pre-launch हो, सगुन चाहिं post launch हो।

मेरो tech startup मा anti dilution clause छ। हाम्रो अहिले valuation १ मिलियन डॉलर हो, त्यस valuation मा हामीले राउंड १ मा 50K उठाउन लागेको। भने पछि 50K हाल्नेले ५% स्वामित्व पाउने कुरा छ। 10K हाल्नेले १% पाउने भो। र त्यहाँ anti dilution clause छ। अर्थात पछि राउंड २, राउंड ३, राउंड ४ जति सुकै राउंड fundraising भए पनि अहिले १% स्वामित्व पाएको इन्वेस्टरको १% कायम रहने छ। IPO हुँदा पनि त्यही हो।

तर नाक छुने दुई तरिका छन भन्छन। र सगुनले अर्को बाटो रोजेको छ। र बहुसंख्यक tech startup ले मेरो होइन सगुनको बाटो नै लिएको देखिन्छ। सगुनले २ मिलियन valuation मा 350K उठाइ सक्यो र अर्को 150K उठाउन लागेको छ। यो 500K हाल्नेले समग्रमा २५% पाउने भन्ने छ तर anti dilution clause छैन। र त्यो समस्या होइन। यो राउंड १ को २५% dilute हुँदै गएर राउंड ५ मा आखिर ५% हुन सक्छ। तर त्यो समस्या होइन। अहिले २ मिलियन valuation मा रहेको कम्पनी राउंड ५ मा ५०० मिलियन valuation मा पुगेछ भने २५% बाट झरेर ५% मा पुगेको स्वामित्वको डॉलर value कति भयो? २५ मिलियन भएन? 500K इन्वेस्ट गरेको र झिक्दा २५ मिलियन भएर आउने कुन मम पसल छ? कुन किराणा दोकान छ? कुन अख़बार छ? कुन घर छ? कुन रेस्टोरेंट छ? कुन अपार्टमेंट छ?

परसेंटेज ओनरशिप मा नअल्झिने। डॉलर value हेर्ने हो। २५% र ५% को मतलब भएन।

तर कम्पनी डुब्यो भने २५% पनि जीरो हो, ५% पनि जीरो हो। तर यो सफल कम्पनी हो। सबै आतंरिक कुरा मैले publicly भन्न मिल्दैन, तर मैले सगुनलाई नजिकबाट अध्ययन गरेको छु। त्यही गरेर न मैले बिज़नेस डील गरेको हो। Advisor बनें म। मैले सगुनको राउंड २ fundraising गर्ने हो। त्यसो गरेर मैले पाउने लगभग सबै कुरा fundraising गरे पछि पाउने हो। महिनौ मैले समय लगाउनु छ। सगुनको मैले promise नदेखेको भए मैले किन त्यसरी समय इन्वेस्ट गर्नु पर्यो?

तर मैले हिजो कवीन्द्रजीलाई भनें, तपाईंले राउंड १ का इन्वेस्टरलाई २५% दिएर त्यहाँ anti dilution clause राख्नु हुन्छ भने सबभन्दा पहिला म भाग्छु। किनभने त्यस पछि राउंड २ fundraising का सबै बाटाहरु बन्द हुन्छन्। कम्पनी डुबछ, शुरुको 350K डुबछ, अब आउने 150K डुबछ। सब चिलिम।

परमेन्द्र भगतको कम्पनीको जस्तो anti dilution clause पनि खोज्ने अनि गोविन्द गिरी, कवीन्द्र सिटौलाको कम्पनीको जस्तो २५% पनि खोज्ने! त्यो कसरी हुन्छ? परमेन्द्र भगतको कम्पनीमा anti dilution clause छ तर त्यहाँ राउंड १ काले जम्मा ५% मात्र पाएका छन। नाक छुने दुई तरिका छन। दुवैले नाक नै छुने हो।

म नेपालको लोकतान्त्रिक क्रांतिमा फुल टाइम खटेको मान्छे, त्यस पछिको मधेसी क्रांतिमा फुल टाइम खटेको मान्छे, र अब आगामी ३० वर्ष नेपालको आर्थिक क्रांतिकालागि समर्पित मान्छे। सगुनलाई र मेरो tech startup लाई त्यस angle बाट पनि हेर्नु पर्ने हुन्छ।

कवीन्द्रजीले बारम्बार remind गर्नु हुन्छ, हामी नेपाली, हामी South Asian भनेर। त्यो feeling को ठुलो महत्त्व छ। त्यसै feeling को आधारमा ६ मिलियन इसरायलीले ६०० मिलियन जनसंख्या भएका देशले गर्न नसकेका कुरा हरु गरेका छन।

टेक टीम बिल्ड गर्नु भनेको fundraising भन्दा धेरै गार्हो काम हो। सगुनले गजबको टेक टीम बिल्ड गरेको छ दिल्लीमा। १००,००० user हुनु भनेको धेरै हो। मैले शुरुमा सगुनको आन्द्रा भुँडी बुझ्नु अगाडि म excited भएको त्यो एउटा नम्बरको आधारमा हो।

I do think there is space for another social network. And I think we need tens if not hundreds of successful Nepal/Nepali origin tech startups if Nepal is to hope to become a developed nation within 20-30 years. Nepalis investing in round 1 in a tech startup positions that startup to raise round 2 from professional investors. They come in with much bigger pots of gold.

Last year नवम्बर तिर म खगेन्द्रजीलाई भेट्न गएँ, मेरो टेक स्टार्टअपको बारेमा। बड़ो राम्रो गफ भयो। मेरो राउंड १ मा 5K हाल्नोस् भन्ने मेरो अनुरोध थियो। म र मेरा साथीहरु मिलेर 50K हाल्छौं तर हामीलाई ५०% ओनरशिप चाहिन्छ भन्नु भो। कुरै समाप्त भो। त्यो अनुसार मैले डील गर्ने हो भने कम्पनी पनि डुब्ने, वहाँको र वहाँको साथीहरुको 50K पनि डुब्ने --- त्यस्तो खेती किन गर्ने? (Tech Startup Equity Distribution)



सगुन र दर्शन रौनियार
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)




Monday, December 01, 2014

Bad Politics, Poor Nepal, Untapped Water Resources

नेपालमा एउटा घातक political class छ जसले नेपाललाई अहिलेसम्म गरीब बनाएर राखेको हो र त्यसै रुपमा राखि रहन चाहन्छ। नेपालको नदी जब भारत पुग्छ, त्यो नदी र त्यो पानी भारतको भयो। त्यो अन्तर्राष्ट्रिय मान्यता र कानुन हो। तर भारतले त्यस्ता आफ्ना नदी नालाका बारे योजना बनाउँदा शंकाको दृष्टिले हेर्ने? नदी नालाको देश हुँदैन। देश बनाएको मान्छेले हो। बिजुली उत्पादन, बाढ़ी पहिरो नियन्त्रण, सिंचाई का लागि योजना बनाउँदा comprehensive किसिमले हेर्नु पर्ने हुन्छ। बिहार मा flood control गर्न नेपालको सीमाना भित्र नै केही गर्नु पर्ने हुन्छ। त्यो नेपालका लागि समस्या कसरी भयो? त्यस्ता परियोजनाबाट नेपाल का लागि पनि सकेसम्म कसरी फाइदा लिने, त्यता तर्फ सोच्ने हो। बार्गेनिंग गर्ने हो, लिंडे ढिपी नगर्ने हो। नेपालको गरीबीलाई नेपालको राष्ट्रियता ठान्ने तत्व हरु बाट सावधान।

दिल्ली र बेइजिंग का मानिस दिन भरि नेपाल बारे सोंचेर बस्छन् भन्ने भ्रम फाल्ने हो। त्यो यथार्थ होइन। दिल्ली र बेइजिंग दुवै एक अर्का को अर्थतंत्रमा योगदान पुर्याउन खोजेका ताकत हुन। दुबैको समस्या गरीबी भन्ने कुरा दुबैलाई थाहा छ। नेपाल काले पनि थाहा पाउनु पर्ने कुरा त्यही नै हो। विकासको काममा बाधा नबन्ने। Thank You भन्न सिक्ने, appreciate गर्ने।

१००% पूँजी लगाउने, १००% काम गर्ने प्राइवेट कम्पनीले त्यो परियोजना बाट उत्पादन हुने बिजुली १००% नेपाल लाई दिने कुरा त आउँदैन। १००% नेपाललाई दिन पर्यो भनेर तर्क सार्ने हरु पनि देखिएका छन।

नेपालमा गार्हो पर्यो भने भारतीय कंपनी भुटान जान्छ, गएको पनि छ। FDI देश भित्र ल्याउन compete गर्ने हो। आउन लागेको FDI लाई पनि धपाउने होइन।

Modi Noticed A "Trust Deficit"
नेपालको नदीहरुमा भारतको गिद्दे दृष्टि

South Asia’s hydro-politics Water in them hills Bad politics should no longer prevent Nepal and its neighbours making the most of some amazing geology




Himalayan rivers, fed by glacial meltwater and monsoon rain, offer an immense resource. They could spin turbines to light up swathes of energy-starved South Asia. Exports of electricity and power for Nepal’s own homes and factories could invigorate the dirt-poor economy. National income per person in Nepal was just $692 last year, below half the level for South Asia as a whole. ...... South Asian Association for Regional Co-operation ..... Governments think the normally rudderless body could find a purpose in energy integration ....... Research done for Britain’s Department for International Development suggests four big hydro projects could earn Nepal a total of $17 billion in the next 30 years—not bad considering its GDP last year was a mere $19 billion. ...... All Nepal’s rivers, if tapped, could feasibly produce about 40GW of clean energy—a sixth of India’s total installed capacity today. Add the rivers of Pakistan, Bhutan and north India (see map) and the total trebles. Bhutan has made progress: 3GW of hydro plants are to be built to produce electricity exports. The three already generating produce 1GW out of a total of 1.5GW from hydro. These rely on Indian loans, expertise and labour. ....... In Nepal projects were once scuppered by local politics, a ten-year civil war, suspicion of India and a lack of regulation that put off creditors. ...... the terms of the projects look generous to the host. For Upper Karnali, GMR will set aside 12% of electricity production, free, for Nepali consumers. It will also give Nepal a 27% stake in the venture. After 25 years of operation the plant will be handed to Nepal. ........ radical change that opened India’s domestic power market a decade ago. Big private firms now generate and trade electricity there and look abroad for projects ...... South Asia will have to triple its energy production over the next 20 years. Integrating power grids and letting firms trade electricity internationally would be a big help. It would expand market opportunities and allow more varied use of energy sources to help meet differing peak demand. Nepal could export to India in summer, for example, to run fans and air conditioners. India would export energy back uphill in winter when Nepali rivers dry and turbines stop spinning. ..... Governments that learn to handle energy investments by the billion might manage to attract other industries, too. Nepal’s abundant limestone, for example, would tempt cement producers once power supplies are sufficient. In the mountains, it is not only treks that are rewarding.

Thursday, November 27, 2014

SAARC Observations

English: Benazir Bhutto, photographed at Chand...
English: Benazir Bhutto, photographed at Chandini Restaurant, Newark, CA by iFaqeer (Photo credit: Wikipedia)
(1) Isolating Pakistan Would Be A Bad Idea

(2) China Should Try And Go Back To Double Digit Growth Rates And The Way To Do That Is Through Bold Political Reforms To Eventually Lead To Political Pluralism

(3) India Is About To Become The Fastest Growing Economy On The Planet And Nepal Is Wanting To Miss Out

(4) The Army And The Intelligence Services In Pakistan Are Not Exactly Under Pakistan's Parliament And Not Exactly Under The Pakistani Prime Minister

(5) Pakistan Is As Much Under Attack By Islamic Extremists Internally As Is India, That The Pakistani Intelligence Services Use Them When Convenient Does Not Make It Black And White

(6) The Only Way South Asia Can Compete With Europe Economically Is If Pakistan And India Normalize Their Relations

(7) In A Democracy The Army Is Strictly Under The Parliament, And Pakistan Is Not A Full Democracy In That Sense

(8) America Can Help Pakistan Become A Fuller Democracy

(9) India Can Help Nepal Become A Fuller Democracy: The Nepal Army Also Needs To Be Brought Completely Under The Parliament

(10) The Muslims Are In India What Blacks Are In America: That Needs To Change

An Optimistic Scenario

Tuesday, November 25, 2014

Three Hydro Deals

मैले साँचै नै बुझन खोजेको कुरा जल सम्पदाबारे

भारतीय कम्पनीले $1.04 billion को लागतमा ९०० मेगावाट बिद्युत उत्पादन गर्छ भने र चिनिया कम्पनीले $1.6 billion को लागतमा ७५० मेगावाट बिद्युत उत्पादन गर्छ भने भारतीय कम्पनीको काम राम्रो देखियो। र भारतले यसरी अग्रसरता नदेखाए सम्म बिश्व बाजार को पुंजी नेपाल आउने वाला छैन। भारतको अन्ध विरोध गर्नेहरु नेपाललाई गरीब नै बनाई राख्न चाहने हरु हुन।

१००% पुंजी लगाएर १००% काम गर्ने कम्पनीले के पाउने? कति पाउनु जायज हो? विश्वमा अरु ठाउँमा त्यो अवस्थामा के हुने गरेको छ? अरु ठाउँमा नदी भएको देशले ३०% बिजुली मुफ्तमा पाएको छ कि? भन्न सक्नुपर्यो।

यसरी २-४ महिनाको फ़रक़मा ९०० मेगावाट को दुइ दुइ वटा deal ल्याइ दिने मोदी ----- यो त हर हर मोदी नै भन्नुपर्ने मान्छे रै छ, वामदेवलाई चेतना भया। यो गतिमा अगाडि बढ्ने हो भने १०-२० वर्ष भित्र ४०,००० मेगावाट बिजुली उत्पादन भइ सक्छ।

एक खरब रुपया सानो amount होइन। त्यत्रो लगानी भित्र्याउनेलाई आदर गर्न सिक्ने हो।

Nepal to Ink India Power Deal During Modi Visit
The inking of the deal with Indian company Satluj Jal Vidyut Nigam Ltd. to build the 900 megawatt Arun III hydropower station ...... The $1.04 billion project is expected to begin producing electricity in 2020. More than three quarters of its output will be exported to India ....... The Arun III agreement.. comes just two months after a similar deal with another Indian company. ....... They are the two biggest private foreign investments in Nepal ...... In September, Nepal signed an agreement with Indian company GMR to build the $1.15 billion Upper Karnali Hydro power plant. ...... Under the Arun III agreement, Nepal would get 22 percent of the electricity free of charge and would able to buy more to ease power shortages. ..... China's state-backed Three Gorges International Corp. is negotiating with Nepal for construction of a power plant over the West Seti river in Nepal's west. The project would cost $1.6 billion and generate 750 megawatts of electricity