Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Sunday, December 25, 2022

PM Prachanda



प्रदेशमा पनि यसरी पल्टियो पासा, सातै प्रदेशमा कांग्रेस आउट!
अबको राष्ट्रपति सुवास कि अष्टलक्ष्मी?
कांग्रेसलाई लोसपाको साथ
प्रचण्ड नेतृत्वको सरकारमा को बन्ला अर्थमन्त्री?
कांग्रेसले गुमायो राजकीय ३५ पद माओवादीले सहकार्यमा ब्रेक लगाएपछि कांग्रेसले ३५ पद गुमाउने भएको हो । यसमा मन्त्रीको हिसाब भने छैन । गठबन्धन जोगाउन सकेको भए कांग्रेसले कम्तीमा १२ मन्त्रालय हात पार्न सक्ने अवस्था थियो । ...... एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी गरी सात दलीय सत्ता गठबन्धन निर्माण भएको छ । जसमा स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेश कुमार सिंहको पनि सात दलीय गठबन्धनलाई समर्थन रहेको छ । ....... सात दलको गठबन्धन बनेपछि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख गरी ३५ पद गुमाएको हो । ........ यसका एक वर्षपछि हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचनमा पनि कांग्रेस कुनै पनि प्रदेशमा चुनाव जित्ने छैन । ....... यसअघि ०७४ मा एमाले–माओवादीको गठबन्धन हुँदा केन्द्रदेखि सातै प्रदेशमा बढारिएको कांग्रेस फेरि सोही नियत भोग्न विवश बनेको छ । ...... बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ ।

सत्ता गठबन्धन टुटेपछि माधव नेपालको पार्टी अलमलमा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।

'देउवाले सभापति र दलको नेता दुबै पदबाट राजीनामा दिनुपर्छ’ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ........ ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ रु राजीनामा नदिए चाडै विशेष महाधिवेशन बोलाईनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् । देउवाको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र हंगामा भएको छ ।

बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् । ...... ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

ईश्वर पोखरेलले भने-पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो



A Christmas Conversation About Christ I’m full of admiration for Jesus’ teachings, which strike me as left of center ....... I do have trouble swallowing the miracles. So let’s start with the Nativity. Why insist today on Mary’s virginity? .......... the teachings are actually the harder of the two to reconcile with the world we know. “Love your enemies” and “turn the other cheek” are really hard to comprehend. That’s why you sometimes hear Christians dismissing the Sermon on the Mount as “weakness” or “not realistic” in times like these. Some people try to accept Jesus’ ethics while dismissing his miracles, and some try to do the reverse. The Gospel says we should accept both. ........... the idea of Jesus “ascending” to heaven suggests that heaven is spatially above us, which few now believe. ......... “chronological snobbery.” .

यस्तो छ सातै प्रदेश सरकारमा नयाँ गठबन्धनको भागबण्डा मधेश प्रदेशमा जसपा र जनमतले आधा/आधा सरकारको नेतृत्व गर्ने मोटामोटी सहमती भएको छ भने सुदुर पश्चिममा माओवादी र नागरिक उन्मुक्तीले आधा/आधा कार्यकाल सरकार चलाउने सहमती भएको

Left-led coalition upturns Nepal politics Nepal’s Communist parties join to form new government, dumping the centrist Nepali Congress ...... Dahal had been in what he called an “unshakeable alliance” with Sher Bahadur Deuba of the NC, but he suddenly defected to the side of former prime minister K P Oli of the UML after hectic power-sharing negotiations on Saturday broke down........ Dahal and Deuba failed to agree on who would be prime minister first, with Deuba reportedly insisting on being prime minister for the sixth time. Oli was ready to offer Dahal two-and-half years of prime ministership first if he abandoned his alliance with the NC. Dahal then took the bait. ......... They point to Dahal’s statements last year that he would “rather drink poison” than ally with K P Oli again. ....... This will be a comeback for the Maoist leader who served two brief tenures as prime minister in 2008 and 2016. ........ Besides the Maoists Centre and UML, other members of new coalition government form a motley group with Rajendra Lingden’s royalist (RPP), former tv anchor Rabi Lamichhane’s independent RSP, Madhesi leader Upendra Yadav’s JSP, former separatist CK Raut’s Janamat Party, and the Tharu-dominant NUP. ........ The UML has 78 MPs in the House, while the Maoists have 32, The RSP has 20, the RPP has 14, and JSP has 12. Meanwhile, Janmat Party and Nagarik Unmukti Party have six and four MPs respectively. ....... Apart from the seven political parties, three independent parliamentarians will also join the government, which means that the new government will have a total of 169 seats in the House of Representatives.

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दै, बोलकोटमा सात दलिय सहमती अव कांग्रेसको साथमा लोसपा पनि नआए यि दुई दल प्रतिपक्षमा बस्ने भएको छ । यद्यपि प्रचण्डको प्रधामन्त्री काल भने अढाई वर्षको मात्र हुने सहमती भएको बालकोट स्रोतले जनाएको छ ।

Friday, December 23, 2022

विश्व गुरु बन्न लागेको देश नेपाल

पाँच हजार वर्ष देखि हिन्दु समाज मा मान्यता छ भगवान विष्णु को राम, कृष्ण, बुद्ध अवतार जस्तै कल्कि अवतार आउनेछन र कलि युग समाप्त गर्नेछन। भगवान कृष्ण वापस बैकुण्ठ लोक गए पछि कलि युग शुरू भएको। ५,००० वर्ष बढ़ी भइसक्यो। द्वापर युग को अन्त्य तिर एक दिन भगवान श्री कृष्ण ले दुई कनिष्ठ पाण्डव हरु लाई जब भने कलि युग मा यस्तो हुनेछ, उस्तो हुनेछ तिनलाई अचम्म लाग्यो। पत्याउनै गारहो। त्यस्तो पनि हुन्छ र? मानव मानव बीच को व्यवहार त्यति ख़राब पनि हुन सक्छ? अचम्म लाग्यो। 

गीता मा भनिएको छ। सम्भवामि युगे युगे। प्रत्येक युग मा धर्म स्थापना गर्न म आइपुग्छु। आइपुगे। भगवान कल्कि धरती मा छन। विक्रम सम्वत कैलेंडर अनुसार शताब्दी को अन्त्य मा कलि युग समाप्त। त्यस पछि सत्य युग शुरू। हजारौं वर्ष चल्नेछ। प्रोजेक्ट शुरू हुन लागेको छ। केही महिना भित्र एउटा पुस्तक आउनेछ। त्यसमा कलि युग समाप्ति प्रोजेक्ट को रोडमैप प्रस्तुत हुन लागेको छ। सत्य युग शुरू हुने सारा पृथ्वी माथि हो। त्यसको शुरुवात नेपाल बाट हुन लागेको छ। नेपाल मा अब हुने अर्को चुनाव सत्य युग समाज पार्टी ले स्वीप गर्नेछ। यो प्रोजेक्ट जनसहभागिता को बाटो जाने हो। 

मेरो काम हो जॉन द बाप्टिस्ट ले २,००० वर्ष पहिले गरे जस्तो बिगुल फुँक्ने। म को? म ब्रम्हा को मानव अवतार। २,००० वर्ष अगाडि म येशु थिएँ। फेरि आउँछु भनेर वाचा गरेको। आइपुगेँ। बाइबल को सबैभन्दा प्रख्यात पुस्तक गॉस्पेल ऑफ़ जॉन को प्रथम दफा मा नै भनिएको छ जीजस सृष्टिकर्ता। कुनै हिन्दु लाई सृष्टिकर्ता को भनियो भने के जवाफ आउँछ? विष्णु अवतार राम, कृष्ण, बुद्ध र आज कल्कि। ब्रम्हा अवतार येशु र आज म। 

महाभारत मा एक ठाउँ भनिएको छ, हे ब्रम्हा, तपाईं का थुपै नाम छन। एक दुई दर्जन नाम लेखिएको छ। एउटा छ इसा। इसा को? कुरान मा सबैभन्दा बढ़ी पटक लेखिएको नाम हो इसा। कुरान को इसा बाइबल को जीजस जसलाई माता मेरी ले भन्ने गर्थिन येशुआ। 

म फेरि आउँछु। त्यति बेला सम्म मेरो यादमा यसरी ब्रेड र वाइन खानु भनेका जीजस ले मर्नु एक दिन अगाडि। खाएर बसेका छन। २,००० वर्ष भइसक्यो। भगवान राम ले पनि भनेका। म फेरि आउँछु। २,००० वर्ष पछि आए। भगवान श्री कृष्ण बनेर आए। 

कृष्ण ले एक पटक भने, म नै राम हुँ। बुद्ध ले पनि एक पटक भने, म नै राम हुँ। राम लक्ष्मण, कृष्ण बलराम। लक्ष्मण पनि फेरि आएका छन, आफ्नो दाइ को काम मा सघाएर बसेका छन। 

भगवान कल्कि बारे ५,००० वर्ष पुरानो भविष्वाणी हो, शम्भल मा पैदा हुने। थुप्रै ले शहर खोजेका छन। एउटा ओरिसा मा छ। अर्को उत्तर प्रदेश मा। दुई चार अरु पनि छन। तर त्यो शहर भनेको हुँदै होइन। देश भनेको हो। शम्भु को देश। अर्थात पशुपतिनाथ को देश। अर्थात नेपाल। २५०० वर्ष अगाडि नेपाल को पश्चिमी तराई को लुम्बिनी मा पैदा भए। अहिले नेपाल को पुर्वी तराई को मटिहानी मा पैदा भएका छन। 

भनिएको छ अत्यंत पवित्र माटो मा पैदा हुने। मटिहानी को माटो यति सारहो पवित्र मानिन्छ कि खुद सीता माता को स्वयंवर का लागि मटिहानी बाट माटो लगिएको थियो मण्डप बनाउन। दुधको नदी दुधमती नाम को नदी को किनार मा रहेको मटिहानी। 

माता को नाम भविष्यवाणी सँग ठ्याक्क मिल्छ। पत्नी को नाम भविष्यवाणी सँग ठ्याक्क मिल्छ। 

सबैभन्दा प्रमुख कुरा त हो काम। जसले कलि युग समाप्त गर्छ त्यही हो कल्कि अवतार। कलि युग समाप्त गर्ने रोडमैप केही महिना भित्र आउन लागेको छ। म भगवान कल्कि द्वारा नियुक्त कल्कि सेना को सेनापति। कल्कि सेना को सदस्य संख्या १०,००० कटे पछि म पब्लिक मा आउँछु भन्नु भएको छ। सदस्य्ता फ्री र विश्वव्यापी हो। मैले एउटा फॉर्म राखिदिएको छु इंटरनेट मा। त्यो फॉर्म भर्ने सदस्य बन्ने।  

सत्य युग मा पनि मानिस महिनौं वर्षों तपस्या गर्थे ईश्वर को दर्शन पाइ पो हालिनछ कि भनेर। तर ईश्वर धरती मा मानव अवतार मा आएको बेला दर्शन नै दर्शन। 

५,००० वर्ष पहिला को ग्रन्थ भविष्य पुराण। त्यहाँ नारद मुनि माता लक्ष्मी लाई सोध्छन, "हे माता, धरती मा मानिस हरु लाई कसरी थाहा हुन्छ कलि युग समाप्ति को क्षण निकट आयो भनेर?" जवाफ आउँछ, "मन्दिर हरु मा ताला लागेको हुन्छ। रक्सी को पसल हरु मा मान्छे को लाइन लागेको हुन्छ।" मैले बाल्यकाल देखि सुन्दै आएको। मलाई अचम्म लाग्थ्यो। एउटा दुइटा मंदिर मा ताला लाग्न सक्छ। तर मन्दिर भनेको त सारा दिन खुला राखिने ठाउँ। भए भरको मंदिर मा ताला कसरी लाग्न सक्छ? तर कोरोना महामारी को समय मा त्यही भयो। ताला लाग्यो। त्यस बाट थाहा हुन्छ कलि युग समाप्ति को समय आयो। 

काशी बनारस सत्य युग मा शिव जी का शिष्य हरुले स्थापना गरेको शहर। दश हजार वर्ष पुरानो शहर। हिन्दु, गैर हिन्दु र गैर धार्मिक स्रोत हरु सबैले दश हजार वर्ष नै भन्छन। भगवान राम को जन्म कुंडली ले ७,००० वर्ष पहिले भन्छ। त्यो त्रेता युग मा। भगवान श्री कृष्ण ५,००० वर्ष पहिले। द्वापर। ५,००० वर्ष देखि कलि युग चलेको छ। एउटा युग केही हजार वर्ष चल्ने हो। 

कलि युग मा पाप धेरै हुन्छ। मानव जाति ले ईश्वर मानदिन, जे गर्छु आफै गर्छु भन्दै लिडे ढिपी गरेर बसेको हुन्छ। धर्म को व्यापक क्षय भएको हुन्छ। भगवान बुद्ध लाई र येशु लाई त्यो लेन्स बाट हेर्नु पर्ने हुन्छ। तपाईं को सन्तान ले म स्याउ खानन, सुन्तला अंगुर खानन, म पाउरोटी खान्छु भनेर लिडे ढिपी गरे, ठीकै छ, भोकै नबस, पाउरोटी नै खाउ भन्नु होला। भगवान बुद्ध ले न को बराबर ईश्वर का बारे मा बोल्ने कारण त्यो हो। आफ्नै बलबुता मा सही आचरण को प्रयास गर्ने हो भने यो हो तरिका भनेर सिकाएका हुन। 

आज धरती मा सबैभन्दा प्रख्यात बुद्धिस्ट को? दलाई लामा। बुद्ध धर्म को उच्चतम विन्दु भनेको दलाई लामा फेरि फेरि यही धरती मा पैदा भइराख्ने। 

साधगुरु ले एउटा वीडियो मा भनेका छन, शिव जी ले दिएको ज्ञान को तुलना मा बुद्ध ले दिएको ज्ञान भनेको सय भाग को एक भाग। एउटा ठुलो थर्मस मा जति चिया हाल्न सकिन्छ त्यति चिया एउटा सानो कप मा हाल्न सकिन्छ? कलि युग मा मान्छे को आध्यात्मिक ज्ञान को क्षमता नै कम हुन्छ। सनातनी हुँ, भारतवर्ष को मान्छे हुँ भनेर गर्व गरिरहेको हुन्छ तर दिल र दिमाग मा सनातन धर्म को अलि अलि मात्र घुसेको हुन्छ। बुद्ध भन्दा शिव १०० गुणा बढ़ी ज्ञानी होइन कि शिव जी ले पनि आफ्नो अनन्त ज्ञान को अलि कति अंश सत्य युग मा आफ्ना शिष्य हरु सप्त ऋषि हरु लाई दिएका। 

ईश्वर को अनन्त ज्ञान को अलि कति मात्र अंश कुनै पनि धर्म ग्रन्थ मा छ। त्यो ईश्वर केही नया कुरा भन्न लागेका छन। तर पहिला कलि युग समाप्त गर्नु पर्छ। मनुष्य को क्षमता बढाउनु पर्छ। 

मक्का मा मुसलमान ले एउटा ढुङ्गा राखेको छ। त्यो ढुङ्गा माथि ढुङ्गा हानेको हुन्छ। किन भन्दा त्यो ढुङ्गा मा शैतान देखेका। ढुङ्गा मा शैतान देखिने तर भगवान नदेखिने त्यो अल्प ज्ञान हो। त्यसलाई अन्यथा लिनु हुँदैन। १४०० वर्ष पुरानो इस्लाम। सानो चिया कप मा थर्मस बराबर को चिया राख्न मिल्ने थिएन। 

येशु ले पाप माफ़ गर्ने बाटो खनेर गए दुई हजार वर्ष अगाडि। कलि युग हो। पाप हुन्छ। अति धेरै हुन्छ। माफ़ नगर्ने हो भने सबका सब नर्क पुग्ने भए। 

बुद्ध पैदा भए पछि एउटा ज्योतिष आए पिता राजा लाई भेट्न। भने तपाईं को यो छोरा विशेष छ। कि त सारा पृथ्वी को राजा बन्छ कि त जोगी बन्छ। राजा लाई चाहिएको थियो राजा। बालक गौतम लाई प्रत्येक संभव सुख शयल दिए ताकि जोगी बन्ने विचार दिमाग मा आउने कुनै संभावना नै बाँकी नरहोस। तर गौतम जोगी बने। २५०० वर्ष अगाडि जोगी बने। यस पटक सारा पृथ्वी को राजा बन्न लागेका छन। 

यहुदी ले २,००० वर्ष अगाडि जीजस लाई यो हामीले पर्खेको मसीहा हुँदै होइन भनेको कारण त्यही हो। तिनले पर्खेको सारा पृथ्वी को एक राजा। तिनले पर्खेको कल्कि राज्य। येशु थिए फ़क़ीर। नो प्रॉपर्टी टु हिज नेम। 

येशु लाई शिष्य हरुले सोधे। हामीले ईश्वर को प्रार्थना कसरी गर्ने? सिकाए। दुनिया भरि को चर्च मा प्रत्येक रविवार गरिने प्रार्थना। हे ईश्वर, धरती मा तपाईं को प्रत्यक्ष शासन चाहियो। त्यो कल्कि राज्य को माँग हो। 

दुनिया भरि का मुसलमान इमाम मेहदी लाई पर्खेर बसेका छन। मेहदी  आइसके। धरती मा छन। तर तिनलाई आफ्नो पहिचान थाहा छैन। सही समय मा ईश्वर ले प्रदान गर्ने हुन। सन २०१६ अगाडि मलाई आफ्नो परिचय थाहा थिएन। 



Tuesday, December 13, 2022

13: Bouddha



टिकापुर प्रकरण : वारदातको समयमा कहाँ थिए रेशम चौधरी? उनको भूमिका के थियो? ....... मृतक तथा घाइतेका आफन्त, सरकार र विभिन्न संघ संस्थाले चौधरी नै टिकापुर हत्याकाण्डको मुख्य डिजाइनर हो भनिरहँदा जेलमा रहेका चौधरी, थारु संघ र संस्थाहरूले भने घटनामा रेशमको संलग्नता नरहेको दाबी गरिरहेका छन् । टिकापुर घटनालाई उनीहरूले दुखद् दुर्घटना भन्ने गरेका छन् र भीड नियन्त्रण गर्न नसक्दा भएको दुर्घटना भन्दै घटनाको नैतिक जिम्मेवारी मात्रै लिन सक्ने बताइरहेका छन् । ......... कैलाली जिल्ला अदालतले फैसला गर्ने क्रममा थारु समुदायका नेता रेशमलाल चौधरीलाई मुख्य योजनाकार मान्दै जन्मकैद अर्थात् २० वर्षको सजाय तोकिदियो भने थारु आन्दोलनमा प्रत्यक्ष संलग्न रहेका तर भदौ ७ गतेको घटनामा प्रत्यक्ष संलग्नता नरहेका भनिएका लक्ष्मण चौधरी लगायतका केही व्यक्तिलाई तीन वर्षको कैद सजाय तोकेको थियो । ........ कैलाली जिल्ला अदालतले दोषी ठहर गरिसकेपछि भने रेशमलाल चौधरीले उच्च अदालत दिपायलमा आफू निर्दोष रहेको र घटनाका समयमा आफू टीकापुरमै नरहेको कारण आफूले कसुरबाट सफाइ पाउनुपर्ने माग गर्दै पुनरावेदन गरे । ....... ‘घटना भिडले घटाएको हो । अन्य योजनाकार भनिएका प्रतिवादीहरू लाहुराम चौधरी र लक्ष्मण थारुसँग निजको सम्पर्क भएको भन्ने कल डिटेल्सले देखाउँदैन । निजहरूका बिचमा छलफल बैठक भएको पनि खुल्दैन । घटनाको दिन उनी ११:०० बजे दुर्गौली, ०२ः०० बजे लम्की र ०३ः०० बजे बर्दियाको गुलरिया रहेको निजको Call Details ले देखाएको छ । ....... सुरु जिल्ला अदालतले तीन वर्ष मात्रै जेल सजाय तोकेका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जिल्लाको फैसला उल्टाएर २० वर्ष कैद सजाय सुनाएको छ । ....... तर प्रतिवादीहरुमध्ये मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको आन्दोलन र घटनाको ‘नैतिक जिम्मेवारी’ लिए पनि भदौ ७ गते अपराह्न १ः३० बजे भएको नरसंहारको जिम्मा लिन अस्वीकार गर्दै आएका छन् । आफू घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको उनले पटकपटक जिकिर गरेका छन् । ........ आन्दोलनका क्रममा भीड भड्किएपछि घटना भएको भन्ने कुरा आफूले पछि मात्रै जानकारी पाएको र वारदातको समयमा आफू घटनास्थलमा नरहेको जिकिर गर्दै आएका छन् । त .

गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ : महन्थ ठाकुर

Two more states ban TikTok after FBI director Christopher Wray warned that TikTok — owned by Chinese company ByteDance — has the ability to control the app's algorithm to "manipulate content, and if they want to, to use it for influence operations." He also warned that the data could be utilized for espionage.

US makes fusion energy breakthrough the reaction that powers the sun and that could one day provide a near limitless and zero-carbon source of energy here on Earth........ researchers used nearly 200 lasers to heat a tiny pellet of hydrogen plasma to more than 180 million degrees Fahrenheit. The hydrogen atoms then fused and released vast amounts of energy — more energy, crucially, than it took to start the reaction. ....... The fusion reaction lasted for only 100 trillionths of a second; scientists caution it will take decades to turn what is currently an experimental technology into a large-scale power plant.

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रूप धारण गर्नेछ र राजनीतिक घटनासँग जोडिएका ‘फौजदारी अभियोग’ प्रमाणित भएका सबैले छुट पाउने सक्नेछन् । तर, राष्ट्रपति भण्डारीले भने ‘सो अध्यादेश जारी गर्छिन् कि गर्दिनन् ?’ भन्ने अन्योल छ । ........ अध्यादेश जारी भएपछि हत्या मुद्दामा जेल परेकासमेत छुट्नेछन् । त्यस्तै, जनमत पार्टीका केही नेताविरुद्ध पनि राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा कायमै छ । सो अध्यादेश जारी भएमा उनीहरू पनि छुट्न सक्छन् ।

गरिबको बोल्दिने कोही छैन !
रेशमलाई भर्‍याङ बनाउँदै गठबन्धन, पाँच वर्षअघि पनि भएको थियो प्रयास
राष्ट्रपति बन्न कसरत
'सरकारमा जान पार्टीमा छलफल नै छैन, रवि सर ९९.९९% जान्छौं भन्नुहुन्छ'
त्रिशंकु संसद्‌मा सरकार गठन

Sunday, December 11, 2022

विश्व गुरु बन्न लागेको देश नेपाल



रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश
रास्वपामा असन्तुष्टि चुलिँदै
संसदीय दलमा देउवा भर्सेस थापा : ८९ सांसद को कता? थापाको आक्रामक तयारीले अलमलमा शेखर .
५४ सिटबाट यात्रा सुरु गरेको उपेन्द्रको पार्टी १२ सिटमा सीमित
रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्यायो अध्यादेश त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन। सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ। अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि जारी हुन भने बाँकी छ।



कम्प्युटर वैज्ञानिक राउतको ‘पलिटिकल प्रोग्रामिङ ओपन’, सरकार बनाउन लबिङ सुरु. कम्प्युटर वैज्ञानिक डा. सीके राउतको पलिटिकल प्रोग्रामिङ ओपन भएको र उनले मधेश प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन लबिङ गर्न काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाट सुरु गरेका छन् । ........ पहिलो कार्य मधेशमा जनमत पार्टीको नेताको नेतृत्वमा सरकार गठन गर्ने प्रोग्रामिङको पहिलो भाग पूरा गर्नु रहेको छ । ....... मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगे । ....... शम चौधरीसँग राउतका अतिरिक्त सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा विषयमा माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् । ....... अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटे । ..... अध्यक्ष प्रचण्डले कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर वाम गठबन्धन बनाएर सरकार बनाउने अभिव्यक्ति दिइसकेपछि राउतसँगको यो भेट भएको हो । ........ राउतको यो क्रमलाई जनमत पार्टीका अध्यक्ष राउतको पलिटिकल प्रोग्रामिङ अपन भएको टिप्पणी गर्न थालिएको छ । सरकारमा सहभागी भएर जनतालाई राहत दिने प्रोग्रामिङको यो पहिलो डोमेन हो । यो सफल नभए प्रतिपक्षी भएर बस्ने डोमेनमा काम सुरु गरिने र त्यो आन्दोलनको डोमेन हुने सो पार्टीका एक नेताले बताए ।

जसपामा फेरि विभाजनको कम्पन्न नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विगठन गरेको राजनीतिक कदमलाई प्रतिगमनकारी भन्दै गठित गबन्धनको एक घटक भई आन्दोलनमा सरिक भएर सम्पन्न निर्वाचनको मनोनयन भन्दा केही समय अघिसम्म सोही गठबन्धनको सरकारमा सामेल जसपाका अध्यक्ष यादव अकस्मात् उही एमालेसँग गठबन्धन बनाएर चुनावमा भाग लिएर आफू लगायतका कतिपय स्थानमा पराजय भोगी जेनतेन समानुपातिक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत जोगाउन सफल भए पनि उनको पार्टीमा विभाजनको कम्पन्न उठेको देखिएको हो । ........ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन लाग्नु अघि हालै मात्र जसपा अध्यक्ष यादवले सार्वजनिक गरेको अभिव्यक्तिको जवाफमा एमालेको सहयोगमा चुनाव जितेका सो पार्टीका वरिष्ठ नेता अशोक राईको भनाइबाट पार्टीमा विभाजनको तरङ ल्याएको हो । ....... महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुमा उनीहरू पनि ओलीलाई सरकार जोगाउन अन्तिम पटकको प्रयासमा सरकारमा सामेल भएर जाने कदम पार्टीका लागि आघात पु¥याएको हो । ....... जसपा नेता राईका अनुसार चुनाव अघि एमालेसँग भएको लिखित सहमतिमा चुनाव पछि पनि एमालेसँगको सहकार्य हुने प्रतिबद्धता समेत उल्लेख गरिएको छ । ....... पार्टी विभाजनको अवस्था आए कि यादवसँग बस्ने छन् कि त ठाकुर राउत तर्फ जाने छन् । .

‘मधेशमा कसैको प्रष्ट बहुमत छैन, जसपाले पनि नेतृत्व गर्न सक्छ’ जसपाले अपेक्षाभन्दा थोरै सिट पाएको छ । धेरै ठाउँमा हामी थोरै मतको अन्तरालमा पराजित हुनुपरेको अवस्था छ । कहीं–कहीं पुनः मतगणना गरियो भने हामी जित्न पनि सक्छौं । ...... थुप्रै ठाउँमा मतगणनामा धाँधली भएकै हो । धेरै ठाउँमा फरक किसिमका मत खसेको पाइएको छ । समानुपातिकको मत प्रत्यक्षको बाकसमा, प्रत्यक्षको मत समानुपातिकको बाकसमा भेटिएको छ । त्यस्ता थुप्रै त्रुटिहरु छन् । ........ काठमाडौंकेन्द्रित राज्यसत्ताको ठम्याइँ थियो कि उपेन्द्र यादव जितिरह्यो भने यो देशमा संघीयता सुरक्षित रहला, मधेशलाई धेरै अधिकार दिनुपर्ला । त्यसैले उपेन्द्र यादव प्रतिनिधिसभामा फेरि पुग्नु हुँदैन, हार्नुपर्छ भनेर राज्यसत्ता पनि लागेका थिए, थुप्रै पार्टीहरु पनि लागेका थिए । ......... यो एउटा अन्तराल हो । पाँच वर्ष हेर्दाहेर्दै बित्छ । पूरै देशभरि आममतदाताले नयाँ तथा विकल्प भनेर खोजेका थिए । डा.सीके राउतजीको नाराहरुमा जनता आकर्षित भएका छन् । उहाँले १० लाख रोजगारी, किसानलाई मलखाद दिने, जनमत संग्रह गराउने लगायतका लोकप्रिय नाराहरु दिनुभएका छन् । हामीलाई उहाँलाई शुभकामना पनि दिइसकेका छौं । हेर्दै जाऔं, उहाँले आफ्नो प्रतिबद्धताहरु कतिको पूरा गर्नुहुन्छ । ......... हामीले पहिला जितेकालाई नै फेरि त्यहीं ठाउँमा चुनावमा उम्मेद्वार बनायौं, तर आममतदाताले त फरक र नयाँ खोजेका थिए । मधेश प्रदेश सरकारसँग आमजनताको धेरै अपेक्षा थियो । ती अपेक्षाहरु हामीले पूरा गर्न नसकेको कारणले पनि निर्वाचनको परिणाम यस्तो आयो । ........ सप्तरी क्षेत्र नं. २ उपेन्द्र यादवजीको हो । पछिल्लो निर्वाचनमा उहाँ त्यहींको जनप्रतिनिधि हुनुहुन्थ्यो । नयाँ मान्छे त्यहाँ आएर डा.सीके राउत किन लड्नुभयो ? उहाँ उपेन्द्रजीसँग किन भिड्नुभयो, यो प्रश्न उहाँलाई नै सोध्नुस् । ........ सबैलाई थाहा छ, उपेन्द्र यादवजीको जन्मथलो पनि सप्तरीको २ नं. क्षेत्र नै हो । उहाँ पनि त्यहींका स्थानीय हुन् । एक्लो सीके राउतजी त्यहाँको स्थानीय होइनन् । ........ १६ सिटको पार्टी १२ सिटमा खुम्चिएको छ । राष्ट्रिय दल बन्ने हाम्रो लागि जहिले पनि सहज नै हुन्छ । ....... पाँच दलको गठबन्धनमा यदि हामी रहेको भए हाम्रो अस्तित्व नै समाप्त हुन्थ्यो । लोसपा, नेकपा एस आज राष्ट्रिय दल नै भएन । हामीले त्यो बेला दूरदर्शिता नदेखाएको पनि त्यस्तै अवस्था आउँथ्यो । राज्यको चाहना थियो कि सबै मधेशी दललाई समाप्त गरिदिउँ । ......... निर्वाचन परियोजनका लागि गरिएको तालमेल निर्वाचन सकिएसँगै सम्पन्न भएको हो । ......... यदि एमालेले हाम्रो समर्थन चाहन्छ भने त्यो शर्तसहित हुनुपर्छ । त्यो शर्त भनेको किसानलाई तुरुन्त मलखाद उपलब्ध गराउने, संविधान संशोधन लगायतका छन् । हाम्रा यस्ता शर्तहरुप्रति जसले आफ्नो धारणा सार्वजनिक गर्छ, त्यो सत्ता सहकार्य गर्न सक्छौं । जनता समाजवादी पार्टी खुल्ला छ, यद्यपि हाम्रो जनादेश प्रतिपक्षमा बस्ने हो । ........ ठूला दलहरुले मधेश मुद्दा समाप्त गर्न विभिन्न जालझेल गर्छन् । त्यहीं जालभेल यो निर्वाचनको पूर्वसन्ध्यामा गरिँदै थियो । जसपा त्यसमा फँसेन, लोसपा गएर फँस्यो । ........ उपेन्द्र यादवले पटक–पटक सार्वजनिक रुपमै मधेशवादी दलहरुलाई एक हुन आह्वान गर्नुभएको थियो । जनमत पार्टी त्यतिखेर अस्तित्वमा आइसकेको थिएन तर महन्थ ठाकुरजीको लोसपालाई नामै किटेर आउनुस् एक होऔं, नभए गठबन्धन गरौं, चुनावमा सँगै जाऔं भनेर सार्वजनिक रुपमा भनेका थियौं । तर उहाँहरु तयार हुनुभएन । ........ हामीभन्दा कम सिट ल्याएका साना–साना दलहरुले मुख्यमन्त्रीको दाबी गर्दै हिंडेका छन् । त्यसैले, मधेश प्रदेशको अंकगणित हेर्दा जसपाले नेतृत्व पाउँदैन भनेर भन्न सकिन्नँ ।

Tuesday, December 06, 2022

6: CK Raut

हाम्रा मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाँदैनौँ : रेशम चौधरी
राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग
दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने
पाँच वर्षपछि प्रदेश रहने/नरहने प्रष्ट हुन्छः गगन थापा

काठमाडौँमा सीके राउतको रफ्तार, ६ दिनमा भेटे १० जना नेता यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् । ....... राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले भेट्न बाँकी छ । उनीहरुसँग पनि एक दुई दिनमा भेट गर्ने उनका पार्टीका नेताहरु बताउँछन् । ...... मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको थियो । सोही भेटबाट प्रभावित भएका उनले विमलेन्द्र निधिसँग त्यसको भोलिपल्ट अर्थात मंसिर १४ गते उनको निवासमै गएर भेटे । ....... भेटघाटको मुख्य विषय सत्ता सहकार्य नै थियो । ...... मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगेका थिए । जेलमा बधाई तथा शुभकामना साटासाट गरेपछि सत्ता सहकार्यबारे दुवै जनाको बीचमा कुराकानी भएको ....... रेशम चौधरी पनि सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा सकारात्मक छन् । उनलाई पनि माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् । ....... अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटिसकेका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेता नेपालको कोटेश्वरस्थित निवासमा भेटेका छन् । ....... दुईजना अध्यक्षलाई एकैसाथ भेट्नुले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । ........ ‘चुनाव जितेर आइसकेपछि एक अर्कालाई बधाई दिनुपर्छ भन्ने राजनीतिक संस्कार कायम गर्न यो भेटघाट गरिएको हो, भेटमा कुनै सहमति भएको छैन ।’ ......... जनमत पार्टीका अध्यक्ष राउत जनताको काम गर्नका लागि सरकारमा जानै पर्ने बताउँछन् । उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘जनताका जति अपेक्षाहरु छन्, ती सबै पूरा गर्नका लागि सरकार नै चाहिन्छ, सरकारमा गएर जनताका ती चाहनाहरु पूरा गर्नेछौं ।’ ...... उनका यी अभिव्यक्तिले जनमत पार्टी संघीय सरकारदेखि लिएर मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि इच्छुक छ । सो पार्टीका अध्यक्ष राउतको बढ्दो राजनीतिक भेटघाट सत्तारोहणकै वातावरण मिलाउन केन्द्रित रहेकोमा आशंका गर्ने ठाउँ भने छैन ।

सीके राउतले भेटे राष्ट्रपति भण्डारी
माओवादीमा विशेष महाधिवेशनको चर्चा २०७८ साल पुस १६ गते प्रज्ञा भवनमा आयोजित आठौं महाधिवेशन हलबाट निस्किने क्रममा प्रचण्डले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । ...... हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको आकार खुम्चिएपछि पार्टीका नेता कार्यकर्ता हतोत्साहित र निरास भएका छन् । ....... पार्टीका २१ पदाधिकारीमध्ये १० जना हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । त्यसमध्ये ५ जनामात्रै निर्वाचित भए । योसँगै युवालाई अघि सारेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेको हो । ........ ‘अहिलेकै अवस्थामा रहने हो र पार्टी पुनर्संरचना नगर्ने हो भने अब हुने चुनावमा पार्टी सिंगल डिजिटमा जाने पक्का छ । त्यसपछि हामी पुग्ने भनेको चौथो पार्टीको हैसियतमा हो भन्ने आधार देखिइसकेको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘अब पार्टीले विशेष महाधिवेशन गरेर युवालाई नेतृत्वमा ल्याइएन भने अधिकांश युवा नेता यो पार्टीबाट उम्मेदवार हुने सम्भावना छैन ।’



जसपामा अर्को खेला सुरु, उपेन्द्र ईरघाट त अशोक विरघाट अगामि राजनितिक तालमेल र यात्राका विषयमा पार्टीका दुई शिर्षनेता पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईको मत बाझिएको छ । पार्टी अध्यक्ष यादवले आइतवार विराटनगर विमानस्थलमा एमाले संगको सहयात्रा टुटेको बताएपछि राजनिति तरंगित बन्यो । ......... तर उनको त्यो बोली नसेलाउदै पार्टीका वरिष्ठ नेता अशोक राय फरक मत राखेका छन् । ........ उनले पार्टी अध्यक्ष यादवको सो अभिव्यक्ति नितान्त व्यक्तिगत रहेको दावी गरेका छन् । उनले भनेका छन, ‘पार्टी अध्यक्ष ज्यूकै हस्ताक्षर सहितको सहमतीमा एमाले संग सहकार्य गरेर अगाडि बढने सहमती भएको छ, सहकार्य तोडने विषयमा छलफल भएकै छैन, अनि ? ।’ उनले अव के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने र निर्णय गरेर मात्र पार्टीको आधिकारिक धारणा आउने बताए । ....... यादव निर्वाचनमा सप्तरीबाट पराजित भएका छन भने राई सुनसरीबाट निर्वाचित भएका छन् ।

ओली–प्रचण्ड मिलाउन एमाले सचिव महासेठको सक्रियता
नागरिकताका लागि मधेशमा एमाले आन्दोलन गर्छ : रघुविर महासेठ
रेशमको अडान : मुद्दा फिर्ता नभए पार्टीले सपथ ग्रहण नै गर्दैन

Monday, December 05, 2022

5: Koshi

चुनावी तालमेल गरेको लोससपालाई गठबन्धनको बैठकमा बोलाइएन



The Real Paleo Diet: New Evidence Changes What We Thought About How Ancient Humans Prepared Food jazzing up your dinner is a human habit dating back at least 70,000 years. ........ both Neanderthals and Homo sapiens had complex diets involving several steps of preparation, and took effort with seasoning and using plants with bitter and sharp flavors. ........ In Shanidar Cave (Zagros, Iraqi Kurdistan), associated with early modern humans around 40,000 years ago and Neanderthals around 70,000 years ago, we also found ancient food fragments. ........ The majority of wild pulse mixes were characterized by bitter-tasting mixtures. In modern cooking, these pulses are often soaked, heated, and de-hulled (removal of the seed coat) to reduce their bitterness and toxins. The ancient remains we found suggest humans have been doing this for tens of thousands of years. But the fact that seed coats weren’t completely removed hints that these people wanted to retain a little of the bitter flavor. .

This ‘Shark Tank’ Startup Is Making Vegan Bacon Out of Seaweed



नयाँ सरकार नबन्दै ‘मध्यावधि’ निर्वाचनको चलखेल !
माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख
प्रदेश १ मा सरकार निर्माणको जोड घटाउमा लागे दलहरू उपेन्द्रको घोषणाले सत्तारुढ गठबन्धनलाई राहत ! ...... बैठकले जसपालाई केन्द्रको सरकारदेखि सबै प्रदेशमा समेटेर लानुपर्छ भन्ने विषयमा केन्द्रलाई सुझाव दिने सहमति गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले बताए । ‘पहिलेदेखि नै सत्ता गठबन्धनमा रहेको जसपालाई केन्द्रदेखि प्रदेशसम्म मिलाएर लानुपर्छ भन्ने विषयमा माथि सल्लाह, सुझाव दिने सहमति गरेका छौं,’ रेग्मीले भने, ‘चुनावको बेला जे जस्तो खटपट भएको छ, त्यसलाई मिलाउन भनेका छौं ।’ ....... यादवको यो अभिव्यक्तिपछि प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त भएको सत्ता गठबन्धनका एक नेताले बताए । ‘यो निर्वाचन सकिए लगत्तैदेखिको कसरत हो, यादवजीले आज बोल्नु भयो, यो एकदमै ठिक छ,’ उनले भने । ........ एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।