Showing posts with label Constituent assembly. Show all posts
Showing posts with label Constituent assembly. Show all posts

Thursday, May 27, 2021

जब्बर गाँठो


अदालत ले बढीमा गर्न सक्ने भनेको संसद पुनर्स्थापना गरेर प्रधान मंत्री लाई उपधारा (३) मा फेरि उभ्याएर जाउ संसद मा विश्वासको मत लेउ सम्म भन्न सक्ने हो। अहिलेको अवस्थामा त्यो विश्वासको मत पाउने संभावना देखिँदैन। जसपा सुसाइड मिसनमा देखिन्छ। एमाले का केही र जसपा का केही अनुपस्थित भइदिने रणनीति होला। (संसद पुनर्स्थापना को पुर्ण संभावना छ) माधव नेपाल पक्षले नया पार्टी खोलेको पनि नखोलेको पनि अवस्था छ। (माधव नेपाल ले अर्को पार्टी खोल्ने निर्णय)

अनि सरकार ढलेर ओली कामचलाउ प्रधान मंत्री फेरि। फेरि शपथ ग्रहण। टीवी मा लाइभ। पर्दैन, त्यो त पर्दैन भन्न पायेन। त्यस पछि संसद उपधारा (५) मा पुग्छ। बढीमा तीन दिन पाउने होला। त्यहाँ मैले देखेको एक मात्र संभावना महन्थ ठाकुर। ओली को पार्टी देउबा लाई नमान्ने, देउबा को पार्टी ओली लाई नमान्ने भए पछि उपाय के? तर महंथ त ओली र देउबा को शब्दकोश मैं छैन। भने पछि उपधारा (५) पनि ढल्छ। उपधारा (५) ले निर्दलीय व्यवस्था भनेको होइन। भन्न नै सक्दैन। फेरि सांसद पद खारेज भएका मानिस पनि लाइन मा छन। 

भने पछि कामचलाउ प्रधान मंत्री ले मध्यावधि निर्वाचनको घोषणा गर्ने। कोरोना कहरको तेस्रो र अहिलेसम्मको विकराल वेभ को अवस्था हो त्यो। तर निर्वाचनको तैयारी त नगर्ने भन्ने हुँदैन। निर्वाचन भनेको समयमा तर हुँदैन। खर्च हुन्छ, निर्वाचन हुँदैन। अनि छ महिना सकिए पछि ओली अपदस्थ। राष्ट्रपति शासन शुरू। देशको प्रत्येक निर्वाचित व्यक्ति अपदस्थ। राष्ट्रपति ले पनि छ महिना मा चुनाव गराउन नसके संविधान ख़तम। अंतरिम संविधान ब्युंतियो। नया संविधान सभाको निर्वाचनको घोषणा। (तेस्रो लहर: अक्टोबर/नोभेम्बर/डिसेम्बर: बालबालिका बढी प्रभावित हुने)

धारा (७६) त्यति क्लिष्ट धारा पनि होइन। त्यस धारा मा लडीबुडी खेल्ने दल हरुले यो १०० ठाउँमा संसोधन गर्नुपर्ने संविधान संसोधन गर्छन भन्ने कुरा पत्याउन सकिने कुरा होइन। यो संविधान गएको राम्रो। नया संविधान सभा को घोषणा भएको राम्रो। नया संविधान सभाको चुनाव ले यी सबै ज्येष्ठ नागरिक हरु लाई विदा गर्नुपर्छ। घाँडो भइसके। (जनमत पार्टी का समय और भ्रष्टाचारका मुद्दा)


लोकतंत्र, गणतंत्र, संघीयता, धर्म निरपेक्षता सबै अंतरिम संविधानमा सुरक्षित छ। संविधान सभा ले अंतरिम संविधान मा दिएका अधिकार मा थप्न पाउँछ, घटाउन पाउँदैन। प्रत्येक धारा र उपधारा मा प्रत्येक सभासद ले पाँच मिनट को समय सीमा मा बोल्दै बिना व्हिप मतदान गर्दै गए एक वर्षमा नया संविधान दिन्छ सभाले। 

मेरो विचारमा देश र जनता का लागि सबैभन्दा उपयुक्त र हितकर बाटो नै संविधान कल्यापस र नया संविधान सभा को बाटो हो। अहिले को यो झुण्ड बाट देश लाई छुटकारा दिलाउने बाटो। 






पाँच पूर्वअर्थमन्त्रीहरूले भने– कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन
योजना आयोगका ९ जना पूर्व उपाध्यक्षले सरकारलाई भने– अध्यादेशबाट बजेट नल्याऊ
स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ...... ‘स्वास्थ्य आपत्कालसहित अध्यादेशमा भएका व्यवस्था कसरी कार्यान्वयन गर्ने भनेर छलफल भयो, त्यसअनुसार अब सिसिएमसी र सम्बन्धित मन्त्रालयले योजना बनाउँछन्,’ स्वास्थ्यमन्त्रीसमेत रहेका निर्देशक समितिका सदस्य हृदयेश त्रिपाठीले बैठकपछि भने । स्वास्थ्य आपत्काल घोषणा गर्न मिल्ने कानुनी प्रबन्धसहित सरकारले गत बिहीबार मात्रै कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको थियो । ...... ‘आपत्काल सीधै घोषणा गर्ने कुरा होइन, अध्यादेशले त प्रावधान कायम गरेको हो । आपत्कालमा के–के गर्न पाइन्छ, के गर्न पाइँदैन ? महामारी नियन्त्रणमा कसको भूमिका के रहने भनेर मापदण्ड, कार्यविधि बनाउनुपर्ने हुन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘अर्थको रायपछि मापदण्ड मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपछि आवश्यकताअनुसार आपत्काल घोषणा हुने हो ।’ ..... यसअघि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समिति पुनर्गठन गरेर प्रधानमन्त्रीको नेतृत्व रहने व्यवस्था गरेको छ । त्यस्तै, सिसिएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

रिट दर्तापछि विपक्षी गठबन्धनको रणनीति : थोरै वकिल र छोटो बहसबाट शीघ्र फैसला



रणनीति बनाउँदै विपक्षी गठबन्धन : आगामी कार्यदिशाबारे शीर्ष तहमा छलफल, कांग्रेसले बोलायो शीर्ष नेताको बैठक
ओलीको आक्रोश : कांग्रेसले लोकतान्त्रिक बाटो र प्रक्रिया छाडेर ‘प्रचण्डपथ’ अंगीकार गरेको आरोप ‘अहिले आफूलाई लोकतान्त्रिक भन्ने पार्टी पनि प्रचण्डपथ अंगीकार गरेर हिँड्न खोजेको छ । ताजुब के लाग्यो भने आफूलाई प्रजातान्त्रिक शक्ति हुँ भन्ने पार्टीले पनि अब केपी ओलीले गराएको चुनावमा भाग लिँदैनौँ भन्ने ! यो कुन लोकतान्त्रिक परिभाषा, कुन संवैधानिक परिभाषा, कुन प्रणाली र कुन प्रक्रियाअन्तर्गत हो ?’ ..... माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स : ओली
नागरिकको जीवनरक्षाका लागि तीन–चार सय पर्ने अक्सिजन सिलिन्डर ५० हजार तिरेर ल्याइयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको संख्या : संसदमा ९३, शीतलनिवासमा १५३
केपी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छ : माधव नेपाल कम्युनिस्ट सरकार रहेका वेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने, तर सर्वहारा वर्ग र आमनेपाली जनता अपहेलित हुने अवस्था आउनु दुःखद पक्ष भएको नेपालले बताए ।

Monday, April 12, 2021

धर्म निरपेक्षता भनेको नास्तिकता होइन

नेपालमा संविधान सभाको समय देखि नै, अझ त्योभन्दा अगाडि नै, हिन्दु राष्ट्रको मुद्दा बड़ा ज्वलंत हुने गरेको छ। २०४६ को आंदोलन पछि राजा वीरेन्द्र ले नया संविधान मा अरु जेसुकै लेखे नलेखे पनि हिन्दु राष्ट्र अवश्य लेख्नु भनेर वाहवाही लुटेका थिए। राजस्थान बाट भागेर आएका राजाले अहिले नेपालबाट फेरि भागेर हिन्दुस्तान कब्ज़ा गर्न लागिसके भन्ने खालको रिपोर्टिंग हरु भएको देखिन्छ युट्युब मा। 

नेपालको संविधानले धर्म निरपेक्षता र सनातन धर्म दुबै भनेको छ। आखिर के हो त धर्म निरपेक्षता? यो वादविवाद दुई हजार वर्ष अगाडि हुँदैनथ्यो। युरोप बाट शुरू भएको आधुनिक राज्य को अवधारणा सँग यो आएको हो। युरोप मा धर्मका नाममा मारकाट। अमेरिका को स्थापना हुँदा पनि युरोप बाट भागेर आएका पीड़ित प्रोटेस्टैंट हरु ले शांतिपुर्वक आफ्नो धर्म को पालन गर्न पाऊँ भन्ने अभिप्रायले नै लेखेका हुन। अर्थात धर्म निरपेक्षता भनेको धर्म मास्न पाऊँ भनेर लेखिएको थिएन। उल्टो थियो। त्यसको सिको गरेर नेपालमा धर्म निरपेक्षता लेखेको हो। धर्म मास्न पाऊँ भन्ने अर्थ लागनै सक्दैन। 

नेपालको संविधानले धर्म निरपेक्षता लेखेको जाबो मेलम्ची को पानी काठमाण्डु सम्म पुर्याउन ३० वर्ष लगाउने झुण्ड बाट आफ्नो हिन्दु धर्मको रक्षा गरिपाऊँ भन्ने अर्थ नै लाग्छ। 

भगवान कृष्ण खुदले मेरो असीमित ज्ञान मध्ये अलिकति (अर्थात अत्यंत थोड़ै अंश) यस गीतामा छ भनेका छन। कुनै हिन्दुले गीता बाहिरको ईश्वरको कुरा गरेको म मान्दै मांदिन भने त्यसलाई के भन्ने? कुनै हिन्दुले म राम मान्छु तर कृष्ण मांदिन भन्दा के भन्ने? 

इजराइल का यहुदी ले अरु हरु लाई धर्म परिवर्तन गरेर यहुदी बनाउने प्रयास गरेको पाइँदैन। भारतका हिन्दु पनि त्यस्तै छन। तिमी ले हिन्दु भएर जन्मिने सौभाग्य पाएको हो र तिमी हिन्दु हुने भन्छ? Chosen People Syndrome. इजराइल का यहुदी सँग भारतवर्षका ब्राह्मण हरुको थुप्रै कुरा मिल्छ। जन्मजात पंडित। सारा युरोप भन्दा टेक्नोलॉजी मा इजराइल एक्लै अगाडि छ जबकि युरोप आफै त्यस्तो कमजोर होइन। 

ब्राह्मण जन्मजात ब्राम्हण हो भने ब्राम्हणले पाएको सफलता पाउन के गर्ने? ईश्वरको आराधना गर्ने। थुप्रै जन्मको पापले दलित लाई त्यहाँ पुर्याएको हो यदि भने उपाय के? आम माफ़ी को बाटो। शुलीमा चढेको इशु लाई अँगाल्ने। पृथ्वीमा समानता प्राप्त हुन्छ र मृत्यु पश्चात मुक्ति। भगवान कृष्णले गीतामा भनेका छन, हे अर्जुन तिमी ब्रम्हको बाटो पाप को प्रत्येक सागर पार गर्न सक्ने छौ। अर्जुन भनेर समस्त मानव जाति लाई भनिएको हो। इशा धर्तीमा आउनु भन्दा तीन हजार वर्ष पहिला भनिएको हो। जति बेला बाइबल को एक अक्षर पनि लेखिएको थिएन त्यति बेला भनिएको हो। गीता ले गॉस्पेल तिर देखाएको छ। 

भारतवर्षका ब्राह्मण ले घ्यु चामल होम गर्छन। त्यही ईश्वरले भने इजराइल का यहुदी सँग भने भेंड़ा को रगत मागेको छ। किन होला? किन भन्दा भारतवर्षका ब्राह्मण ले घ्यु चामल होम गर्दा गर्दा ईश्वरको बारे कम घ्यु चामल बारे बढ़ी सोच्ने गल्ती नगरुन भनेर। 

प्राचीन इतिहासमा ईश्वर मनुष्य भएर पैदा हुनुपर्ने, विभिन्न ड्रामाटिक्स देखाउनुपर्ने। होइन भने मनुष्यले पत्याउँदैन। अझ त्योभन्दा अगाडि त ठीकै छ आफ्नै आँखाले देख्ने वर्षा कै पुजा गर भनेका। पछि आएर सच्याएका आफैले। वर्षा दिने इंद्र देव त ईश्वर होइनन, ईश्वर त म हो भनेर भन्नुपरेको भगवान कृष्णले। 

तर इस्लाम धर्ममा त्यस्तो कुनै मानव अवतार छैन। किन? कैलेंडर हेर्नुपर्छ। १३०० वर्ष अगाडि मात्र शुरू भएको। The Koran is the only miracle we need भन्छन मुसलमान ले। हिन्दु लाई जस्तो सुदर्शन चक्र घुमाइराख्नु परेन। सुदर्शन चक्र घुमाउनु परेको ५,००० वर्ष अगाडि। 

शिव कुनै औरतको कोख बाट पृथ्वी मा जन्मिएका होइनन, राम र कृष्ण जस्तो, सोझै स्वर्ग बाट पृथ्वी झरेका ध्यान मुद्रामा। स्वर्गका देव ले पुजा गर्ने शिव। हिन्दुले भन्छ ब्रम्ह विष्णुको नाभी बाट उत्पन्न भएका। त्यसैलाई क्रिस्चियन ले अझ स्पष्ट भन्छ, Holy Father, Holy Son. 

एक पटक कसैले शिव लाई सोधे, तपाईं कसको छोरा? शिवले भने ब्रम्हको। ब्रम्ह कसको सन्तान? विष्णु को, शिवले भने। विष्णु लाई पैदा गर्ने को? शिवले भने म आफ्नै हजुर बा हुँ। गीतामा भगवान कृष्णले भनेका छन, न म पैदा भएँ न मरछु। भने पछि अमीबा एक बाट दुई भए जस्तै एउटा शिव बाट शिव र विष्णु दुई भए होलान। तर त्यो सबै धरती र यो ब्रम्हांड को समय सीमा भित्र भएको होइन। जसलाई हामी समय भन्छौं त्यो आफैमा ब्रम्हको सृष्टि हो। त्यो शिव ब्रम्ह का अगाडि एउटा बालक भएर प्रगट भए, रुन थाले। ऐ बालक, तिमी किन रोएको भन्दा मेरो कुनै नाम छैन। ब्रम्ह ले शिव लाई नाम दिनु अगाडि न शिव शिव थिए न महादेव। ब्रम्ह ले शिव लाई अडॉप्ट गरेका। पैदा गरेका होइनन। पैदा गरिने बच्चा र गोद लिइने बच्चा बराबर हुन। तर त्यो सब हुँदा एक पटक पनि स्वर्ग अथवा पृथ्वी को सृष्टि भएको थिएन। 

विष्णुले ब्रम्ह पैदा गरे भने विष्णु महिला कि पुरुष? त्यो प्रश्न नै व्यर्थ हो। महिला कि पुरूष त्यो सीमित मनुष्य मा लागु हुन्छ, असीमित ईश्वरमा होइन। 

शिव सत्य युगमा आए। आजसम्म तिनका अनुयायी कुम्भमा डुबुल्की मार्छन। राम आए। फेरि आउँछु भनेर गए। २,००० वर्ष पछि कृष्ण बनेर आए। कृष्णको प्रस्थान पछि कलयुग शुरू भयो। हिन्दु हरु भन्छन। कलियुग मा पाप हुन्छ। चार ऋतु जस्ता चार युग। त्यो पापको हरण गर्न ब्रम्ह येशु अवतारमा २,००० वर्ष अगाडि इजराइल आएको कुरा मानन हिन्दु हरु लाई किन गारहो? 

Holy Father: Vishnu, Holy Son: Bramha, Holy Spirit: Shiva.

बाइबलमा कहानी छ, अब्राहम को पहिलो छोरा लाई पत्नीको वचनमा छोड्नुपर्दा ईश्वर ले चिन्ता न गर म तिम्रो त्यो छोरा मार्फ़त पनि एउटा राष्ट्र खड़ा गर्छु भनेका: Nation of Islam. 

जुन ईश्वरले मनुष्य जातिको मायामा आफ्नै छोरा लाई बलि चढ़ाइदिन सक्छन त्यही ईश्वरले मनुष्य जातिको मायामा आफ्नै छोरा लाई त्यो त मेरो छोरा नै होइन पनि भनिदिन सक्छन भन्ने बुझ्न फेरि क्रिस्चियन हरु लाई धेरै गारहो। अब्राहम ले आईजैक लाई त्यसरी नै मेरो होइन भन्नुपरेको। आज थुप्रै यस्ता मानिस छन जसलाई आफ्नो बाउ को हो थाहा छैन। ईश्वर तिन लाई पनि माया गर्छन। 

धर्म निरपेक्षता भनेको आधुनिक राज्य ले ईश्वर भनेको मेरो jurisdiction भन्दा धेरै माथिको कुरा भनेको मात्र हो। नास्तिकता भनेको होइन। 

महाभारतमा एक ठाउँमा भनिएको छ, हे ब्रम्ह, तपाइँका थुप्रै नाम छन, एउटा त्यस्तो नाम हो ईशा। कुरान मा जीसस को नाम हो ईशा। क़ुरानमा सबैभन्दा बढ़ी उच्चारण गरिएको नाम। 

हिन्दुले ईश्वर मानने, बहुत कड़ाई का साथ मानने, तर त्यही ईश्वर भारतवर्ष बाहिर प्रगट भए नमान्ने। अर्थात ईश्वरले पनि हिन्दुको GPS फॉलो गर्नुपर्ने। भारत सृष्टि गर्ने ईश्वर, अमेरिका सृष्टि गर्ने ईश्वर अर्कै हो र? समुचा ब्रह्माण्ड को सृष्टि गर्ने एक ईश्वर। 




Wednesday, September 18, 2019

बाबुराम भट्टराई को शिशा गिलास



संविधान : आधा गिलास भरी, आधा खाली पुरानै शक्तिको नेतृत्वमा रहेको राज्यसत्ताले संविधान संरक्षण र विकास गर्न नसक्ने गम्भीर स्थिति छ, यसैकारण उपलब्धि गुम्ने खतरा बढ्दै छ वास्तवमा संविधान भनेको तत्काल विद्यमान राजनीतिक, आर्थिक, सामाजिक शक्तिसन्तुलनको दस्ताबेज हो । शक्तिसन्तुलनको फेरबदलसँगसँगै संविधानमा पनि परिवर्तन हुँदै जान्छ र संविधान कहिल्यै पनि पूर्ण हुँदैन । संविधान भनेको कुनै ढुंगामा कुँदेको अक्षर पनि होइन । सँगसँगै सत्य कहिल्यै पनि सेतो वा कालो हुँदैन । सत्य खैरो हुन्छ । त्यसर्थ संविधान जारी गरेको चार वर्ष भएको सन्दर्भमा फेरि एकपटक वस्तुनिष्ठ ढंगले यसको मूल्यांकन गर्नु अपरिहार्य छ । ......... धारा २ मा ‘नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ’ भनिएको छ । यो अत्यन्त ऐतिहासिक महत्वको विषय हो । विगतका संविधानमा राजाले ‘हामीमा निहित सार्वभौमसत्ता र राजकीय सत्ता प्रयोग गरिबक्सी यो संविधान जारी गरेका छौँ’ भन्थे । ०४७ सालको संविधानमा पनि त्यही भनिएको थियो । त्यस अर्थमा नेपाली जनता पूर्ण रूपले सार्वभौम हुनु अत्यन्त सकारात्मक पक्ष हो । ............ धारा ३ मा राष्ट्रको परिभाषा गरेका छौँ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका... सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ ......... धारा ४ मा नेपालको राज्यको परिभाषा गरिएको छ– ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ ........

यो संविधानमा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्यको सविस्तार उल्लेख गरिएको छ । सम्भवतः यति धेरै मौलिक हकको उल्लेख गरिएको संविधान विश्वमै अन्यत्र पाउन गाह्रो छ ।

....... रोचक कुरा त के छ भने स्वच्छ वातावरणको हक भनेर ‘सबै नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ’ भनिएको छ । यो अत्यन्त उन्नत समाजमा मात्रै प्राप्त हुने हक हो । ........ अनुसूची ५ देखि ८ सम्म संघ, प्रदेश र स्थानीय तहका अधिकार किटानीसाथ उल्लेख गरिएको छ । मलाई लाग्छ, विश्वको कमै संविधानमा यो उल्लेख होला । सँगसँगै संघीय संसद्मा एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित हुने र स्थानीय तहमा ४० प्रतिशत महिला र प्रत्येक वडामा एकजना दलित महिलाको अनिवार्य सहभागिता हुने व्यवस्था पनि गरिएको छ ।......... सातवटा विशिष्ट आयोगहरूः महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोगको किटान संविधानमै गरिएको छ । ........ राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने, राजनीतिक दल लोकतान्त्रिक हुनुपर्ने, पाँच/पाँच वर्षमा अधिवेशन गर्नुपर्नेजस्ता विषय संविधानमा किटान छ । .....

प्रक्रियागत रूपमा हामीले केही त्रुटिहरू ग-यौँ । ३०८ धारालाई जम्मा चार दिनभित्र हतार–हतारमा पर्याप्त छलफल नगरीकन पारित गर्‍यौँ । संविधानको धारा पारित गर्दा कर्मकाण्डजस्तो मात्रै हामीले ग-यौँ । प्रत्येक धारामा छलफल गरेर, प्रत्येक धारामा मतदान गरेर टुंग्याउनुपर्ने ठाउँमा हतार–हतारमा एकमुष्ठ ढंगले गर्‍यौँ ।

..... भाषागत रूपमा पनि कतिपय दोहोरिएका, कतिपय दोहोरो अर्थ लाग्ने खालका शब्द परेका छन् । जसले गर्दा यो संविधानमा शब्द–शब्दमा मुद्दा परेर अल्झिने र लेखिएका कुरा कार्यान्वयन नहुने गम्भीर खतरा छ । ....... संविधानका मूलभूत मान्यतामै कतिपय गम्भीर अस्पष्टता र विभेदकारी प्रावधान छन् । उदाहरणका निम्ति धर्मनिरपेक्षतालाई संविधानको आधारभूत सिद्धान्त मानिसकेपछि धारा ४ मा स्पष्टीकरण थपेर ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता’ भनी थप अस्पष्टता र अन्योल जोडिएको छ । धर्मनिरपेक्षताको त अन्तर्राष्ट्रिय परिभाषा र मान्यता छ । ........ नागरिकतामा स्पष्ट ढंगले नै देखिने गरी विभेद रहन पुगेको छ । संविधानको धारा ११ को ६ मा वैवाहिक अंगीकृत नागरिकताको कुरा गर्ने सन्दर्भमा छोराको दम्पतीले अंगीकृत नागरिकता पाउने कुरा गरिएको छ भने छोरीको दम्पतीबारे कुनै उल्लेख छैन । यसरी छोरी र छोरा अथवा महिला र पुरुषमा नागरिकतामा स्पष्ट विभेद झल्किन्छ । सँगसँगै आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयमा पनि अन्योल सिर्जना हुन्छ । सँगसँगै नेपालको जस्तो विशिष्ट अवस्थामा गैरआवासीय नेपाली र ब्रिटिस गोर्खामा काम गर्ने नेपालीलाई कमसे कम तीन पुस्तासम्म पूर्ण नागरिकताको व्यवस्था गर्दा देशलाई लाभ हुन्थ्यो । त्यो विषय पनि छुट्न पुगेको छ । ............ प्रायः सबै मौलिक हकमा ‘कानुन बमोजिम’ भन्ने शब्द उल्लेख गरिएको छ र कानुन बनाउन ढिला गरेर अथवा त्रुटिपूर्ण कमजोर कानुन बनाएर मौलिक हकलाई छल्न सकिने ठाउँ राखिएको छ । ..........

अहिले लोकसेवा आयोगबाट समावेशिताका आधारमा कर्मचारी नियुक्तिको जुन विज्ञापन गरियो, त्यसमा संविधानविपरीत हुने गरी गरियो । त्यसरी नै निर्देशक सिद्धान्त संविधानमा राम्रै ढंगले लेखिए पनि धारा ५५ मा ‘यो कार्यान्वयन भए/नभएको अदालतमा प्रश्न उठाउन नसकिने’ भन्ने उल्लेख छ ।....... संघीयताको ढाँचा निर्धारण गर्न पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना समिति र अन्तरिम संविधानबमोजिम गठित राज्य पुनर्संरचना आयोगले संघीयताको पाँचवटा पहिचानका आधार र चारवटा सामथ्र्यका आधारलाई स्वीकार गरेको थियो । त्यस आधारमा नेपालमा एक प्रतिशतभन्दा बढी भाषा, जनसंख्या भएका जो समुदाय छन् । ........ उनीहरूलाई स्वायत्त प्रदेश दिने गरी संघीय प्रदेश बनाइनुपथ्र्यो । त्यसो गर्दा नेपालमा १० वटा संघीय प्रदेश हुने र दलितहरूको गैरभौगोलिक प्रदेश हुने अवस्था आउँथ्यो । आयोगले यस्तो सिफारिस गरेको भए पनि कार्यान्वयन गरिएन । साना समुदायका निम्ति स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउने जुन कुरा थियो, त्यसको पनि पालना गरिएन । सात प्रदेशको जुन ढाँचा बनाइयो, त्यसको वास्तवमा कुनै पनि आधार छैन ।

..........

घुमाइफिराईकन पञ्चायतकालको जुन पाँच विकास क्षेत्र थियो, त्यसैको सामान्य परिवर्तित स्वरूप मात्रै देखिन्छ । त्यसैले यो संविधानप्रति सबैभन्दा बढी असन्तुष्टि रहेको विषय नै यही छ ।

........ यसलाई सच्याउन संविधानमा गरिने संशोधनका लागि पनि केही जटिलता छ । .......संविधानको धारा २७४ को उपधारा ४ मा प्रदेशको सिमाना वा प्रदेशको अधिकारको सूची परिवर्तन गर्नुपर्दा सबै प्रदेश सभाले मतदान गरेर स्वीकार गर्नुपर्ने, बहुमतले पारित गर्नुपर्ने प्रावधान छ । जबकि सिमाना परिवर्तन गर्दा एउटा प्रदेशको सिमाना अर्कोले त मान्दैन । त्यो कारणले गर्दा संविधान संशोधन गर्ने बाटोसमेत छेकिन पुगेको छ । यो त्रुटि नै संविधानको स्वीकार्यताको निम्ति सबैभन्दा बाधक रहेको छ । ......... नेपालको विविधतालाई सम्बोधन गर्ने गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को व्यवस्था नै नेपालका निम्ति सबैभन्दा उपयुक्त व्यवस्था हो । .............. पहिलो संविधानसभाका वेला पनि ०६९ जेठ २ गतेको सहमतिमा कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीसहितको मिश्रित फ्रान्सेली प्रणालीको व्यवस्था गर्ने उल्लेख गरिएको थियो । अहिले त्योभन्दा पनि पछाडि हटेको छ । त्यसले गर्दा शासकीय स्वरूप अत्यन्त कमजोर बनेको छ । .........

अहिलेको अति कमजोर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा अधिकारसम्पन्न जनलोकपालको व्यवस्था हुनुपथ्र्याे । त्यो नभएसम्म देशमा उच्च तहमा भइरहेका भ्रष्टाचार रोक्न र सुशासन कायम राख्न सम्भवै छैन ।

........ न्यायपालिकाको पुनर्संरचना गर्ने विषयमा पनि पुरानै न्यायपालिकालाई यथावत् राखिएको छ । संवैधानिक मुद्दा हेर्नका निम्ति छुट्टै संवैधानिक अदालतको जुन व्यवस्था प्रस्तावित गरिएको थियो, त्यो स्वीकार नगरी संवैधानिक इजलास मात्रै राखियो र पुरानै न्यायालयको ढाँचा कायम गरियो ।........... सेनाको नाम शाही नेपाली सेनाबाट बदलेर नेपाली सेना राखिए पनि त्यसको संरचनात्मक परिवर्तनमा खासै जोड पुगेको छैन । त्यहाँ समावेशिताका कुरा उल्लेख त छन्, तर व्यवहारतः कार्यान्वयन हुन सकेको छैन  ....... संविधानका जुन आधारभूत सिद्धान्त वा मान्यताः गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्रको पक्षमा नभएका शक्तिहरू नै अन्ततः सत्तामा हावी हुन पुगेका छन् । संविधानसभा र गणतन्त्रलगायत मान्यताविरोधी शक्ति मूलतः ०५२ सालअघिका कांग्रेस र एमालेकै वर्चस्व सत्तामा रहन पुग्नुको कारणले संविधानका अग्रगामी प्रगतिशील पक्ष व्यवहारतः कार्यान्वयन नहुने र बिस्तारै खोसि“दै जाने गम्भीर खतरा देखिन्छ । .........

जसरी चोर बिरालोलाई दूध कुर्न राख्दा दूधको संरक्षण हुन सक्दैन, त्यसरी नै अहिलेको संविधान पुरानै शक्तिकै नेतृत्वमा रहेको राज्यसत्ताले संरक्षण र विकास गर्न नसक्ने गम्भीर स्थिति छ ।

........ यो संविधानका त्रुटि नहटाउने हठले संविधान एउटा गतिशील दस्ताबेज हो र समयानुकूल परिवर्तन हुनुपर्छ भन्ने मान्यतालाई अस्वीकार गर्छ र देशमा अर्को मुठभेड निम्त्याउँछ । त्यसैले देशको यतिवेलाको आवश्यकता यो संविधानका अपूर्णतालाई पूरा गर्ने गरी छिटो संविधान संशोधन गर्नु नै हो ।.....०५२ सालपछिका राजनीतिक शक्ति, विशेषतः माओवादी जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन, महिला,–दलितका आन्दोलनसँग जोडिएका शक्ति र अहिले जुन नयाँ सचेतन पुस्ता अगाडि आएको छ, तिनीहरूको बीचमा एउटा बृहद् ध्रुवीकरणले मात्रै नेपाललाई अग्रगति दिन सक्छ 



संविधान सभा मा व्हिप नलाग्ने हो। व्हिप लाग्ने संविधान सभा संविधान सभा नै होइन। अंतरिम संविधान मा अधिकार थप्न पाउने घटाउन नपाउने भन्ने किटान का साथ भनिएको थियो। तर अंतरिम संविधान ले दिएको अधिकार संविधान सभा मा व्हिप लगाएर खोस्ने काम भयो। प्रक्रिया गलत। संविधान गलत। मधेसमाथि संविधान लादने काम सबैभन्दा गलत। फ़ासिस्ट दमन गरेर लादिएको संविधान फ़ासिस्ट संविधान हो। अप्रिल २००६ को १९ दिनको क्रान्तिको रापताप लाई पाँच गुणा र पाँच पटक उछिनेको मधेसी क्रान्ति लाई प्रस्तावनामा ठाउँ नदिनु को के अर्थ लाग्छ? उल्लेख छैन।

अहिलेको संविधान मधेसी क्रान्तिको प्रतिक्रांति हो। संघीयता र समावेशिता देशले पाएकै छैन। एक व्यक्ति एक मत लोकतंत्र पनि पाएको छैन। दशौं लाख मधेसी लाई नागरिकता पत्र विहीन बनाउने काम लोकतंत्र मास्ने काम हो। गणतन्त्र चाहिँ आयो भनौं भने एउटा राजा गयो देशमा १० वटा राजा आयो।

न लोकतंत्र, न गणतंत्र, न संघीयता।

माओवादीले खोज्यो गणतन्त्र पायो बेबी किंग को अवस्था आएको भए आधा गिलास पुरा गिलास भन्दै बसथ्यो माओवादी? मधेसीले खोज्यो संघीयता पायो घच्यांग मच्यांग।

पहिलो संविधान सभा तुहाउने काम गर्ने प्रमुख व्यक्ति प्रचंड। सेना प्रमुख सँग किन निहुँ खोज्नु परेको? होइन भने पहिलो संविधान सभाले प्रगतिशील संविधान दिने हो।

दोस्रो संविधान सभा त कदम कदम प्रतिक्रांति।


Sunday, July 28, 2019

के नेपाल लाई अर्को संविधान सभा को आवश्यकता छ?



के नेपाल लाई अर्को संविधान सभा को आवश्यकता छ?

लोकतान्त्रिक तवरले बनेको संविधान को घोषणा लाई आधा देशले कालो दिवस को रुपमा मनाउँदैन। लोकतान्त्रिक तवरले बनेको संविधान को घोषणा गर्दा एक दुई सय मान्छे शहीद हुनुपर्दैन। लोकतान्त्रिक तवरले बनेको संविधान देश माथि लादन का लागि एउटा स्वतः स्फुर्त आन्दोलन, एउटा शांतिपुर्वक संचालित आन्दोलन माथि फ़ासिस्ट दमन गरिँदैन। त्यो फ़ासिस्ट दमन को रिपोर्ट लाई कुनै पनि लोकतान्त्रिक चरित्र भएको प्रधान मंत्री ले दबाएर राख्न सक्दैन।

स्वाभाविक छ यो संविधान अवैध छ। यो समाजवादी होइन फ़ासिस्ट संविधान नै हो। त्यसैले त नेकपा को एक जना शीर्ष पदाधिकारी ले प्रधान मंत्री निवासकै जग्गा आफ्नो नाम मा गर्न भ्याएको छ। पञ्च हरु पनि चोरी गर्दा लुकी लुकी गर्थे। कसैले थाहा पाऊँछन कि भन्ने डर हुन्थ्यो। नेपालका सत्ताधारी फ़ासिस्ट हरु लाई त त्यो डर पनि नलाग्ने रहेछ।

हुन त संविधान सभाले पनि दुई तिहाई ले नै संविधान पास गर्ने हो, र आखिर संसदले कुनै पनि बेला दुई तिहाई ले संविधान संसोधन गर्न सक्छ। संविधान सभा नै किन चहियो? संसद छँदै छ त।

संविधान सभाले संसदले गर्ने प्रत्येक काम गर्न सक्छ। सरकार बनाउन र ढालन सक्छ। संविधान बाहेक का कानुन बनाउन हटाउन सक्छ। तर संसदले संविधान सभाले गर्ने प्रत्येक काम गर्न सक्दैन। संसदमा व्हिप लाग्छ। संविधान सभामा व्हिप जारी गर्न पाइँदैन। भने पछि प्रत्येक संविधान सभा सदस्य ले निर्धक्क भएर बोल्न पाउँछ र मतदान गर्न पाउँछ। संविधान को प्रत्येक धारा र उपधारा बारे प्रत्येक संविधान सभा सदस्य ले बोल्न पाउने भने हुन्छ। त्यो बहस बिना कुनै मतदान हुँदैन। सिंगो संविधान बारे एउटा मतदान हुँदैन। प्रत्येक धारा र उपधारा बारे छुट्टा छुट्टै मतदान हुन्छ।

देशमा राजतन्त्र फर्केर आउँदैन। त्यो पारसले सुनिश्चित बनाइसकेको कुरा। राजतन्त्र को भुत देखाएर देशमा फ़ासिस्ट संविधान लादने काम भयो। नहीं तो गब्बर आ जाएगा भन्ने काम भयो।

देशले संविधान संसोधन होइन संविधान को अवसान खोजेको हो। देशले नया संविधान सभा नै खोजेको हो।

त्यहाँ सम्म पुग्ने बाटो के हो? देशले नया संविधान सभा नै खोजेको छ भनेर जनताको मा जाने। मैंडेट लिने। सरकार बनाउने र सम्विधान सभाको चुनाव गर्ने।

यो संसोधन गर्न नमिल्ने संविधान हो। प्रयास बेकार छ।


Wednesday, February 10, 2016

फेज २ मा वार्ताको महत्त्व

यदि सत्ता पक्षले अहिलेको संविधान हुबहु मान भन्न खोजेको हो भने वार्ता मा किन बस्ने? वार्ता जरुरी छैन। त्यसै गरी मधेसी मोर्चाले हाम्रो ११ बुँदे जस्ताको तस्तै मान भन्न खोजेको हो भने वार्ता मा बस्ने नै किन? बरु यो फेज २ लाई फेज ३ का लागि गृह कार्य गर्ने समय को रुपमा सदुपयोग गर्ने। 

तर सही निर्णय हो वार्ता। अर्थात सत्ता पक्षले संविधान संसोधन हुन्छ र ११ बुँदे को प्रत्येक बुंदा मा विषय प्रवेश गर्नै पर्छ। त्यसै गरी मधेसी मोर्चा ले ११ बुंदा मा कहाँ सम्म लचक हुन सकिन्छ भनेर आतंरिक वार्ता गर्नु पर्यो। ११ बुँदे को रट लगाएर वार्ता गर्ने भन्ने हुँदैन। गृह कार्य गर। 


Monday, February 01, 2016

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ। एक मधेस दो प्रदेश मा जाँदा मधेसको कुनै पनि जिल्ला तोड़ फोड़ हुँदैन। जस्ताको तस्तै।


Nepal News (1)



सीमाकंन पुनरावलोकन पछि मात्रै नाका सहज : दाहाल
‘संविधान संसोधनसंगै नाका खुल्छ भन्ने धेरैको अपेक्षा थियो । तर मलाईचाहिँ त्यस्तो लागेको थिएन,’ पार्टी कार्यालय पेसिरडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने– ‘राजनीतिक संयन्त्र निर्माण गरी जवसम्म सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढ्दैन, तवसम्म नाका खुल्छ जस्तो लाग्दैन ।’ ...... इन्धन लगायत अत्यावश्यक सामग्री आयातको नेपालको कुल आयातको ८० प्रतिशत हिस्सा ओगट्ने वीरगञ्ज नाकामा सुचारु नभई ब्यवहारिकरुपमा नाकाबन्दी अन्य हुँदैन । ......

कालोबजारि र तस्करीमा सक्रिय गिरोहले नाकाबन्दी लम्बियोस भन्ने चाहना राखेको पनि उनले बताए ।

....... ‘एउटा छिमेकीको नाताले मैले बेजिङ ओलम्पिकको समापन समारोहमा जानै पथ्र्यो, त्यस अघि भारत जान सम्भव पनि थिएन,’ उनले भने– ‘मैले चीन–भारतबीच खेल्न खोजेको होइन । त्यतिवेला ओलम्पिक समापन समारोह बेजिङको साटो दिल्लीमा भएको भए म भारतनै पहिले जान्थे । ...... गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बेइजिङ ओलम्पिक समापनमा नजानु हाम्रो महान छिमेकीकोमा नजाने काम हुन सक्दैनथ्यो ।’ ..... ‘कांग्रेसको महाधिवेशन अघिनै पनि राष्ट्रिय सरकार बनाउन सकिन्छ । सबैले मान्छन् भने ओलीजीकै नेतृत्वमा पनि बनाउन सकिन्छ । कांग्रेसको महाधिवेशनबाट जो निर्वाचित भएर आउँछ, उसैको नेतृत्वमा पनि बनाउन सकिन्छ ।’ ......

अध्यक्ष दाहालले एमाओवादी परित्याग गरी नयाँशक्तिको गृहकार्यमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई ‘राष्ट्रघात’ भनेको छन् । भट्टराईको कदम जनयुद्ध, बलिदान, वेपत्ता योद्धा र सहिद परिवार विरुद्ध रहेको उल्लेखगर्दै उनले भने– ‘उहाँको कदम राष्ट्रघाती र विचारघाती मात्रै छैन, आत्मघाती पनि छ । उहाँले जे रोप्नु भएको छ, भोली त्यही फल्छ ।’

...... साम्यवादी दर्शनमा आधारित जनवादका लागि शसस्त्र क्रान्तिमा अगुवाई गरेका नेताले कम्युष्टि पार्टीनै परित्याग गरेको भट्टराईको जस्तो कदम संसारमै विरलै पाईने दाहालको भनाई छ ।


जनकपुरमा कांग्रेस सभासदहरुको घर अगाडि दिनभरि प्रदर्शन
पूर्वमन्त्री निधिको घरमा आगजनी, दुई मोटरसाइकल जलाइए
मोर्चाका कार्यकर्ताहरुले कांग्रेस पूर्वमन्त्री विमलेन्द्र निधीको मिल्स एरियास्थित घरमा आगजनी प्रयास गरेका थिए । उनिहरु सांसद निधीको घरमा प्रवेश गरी दुईवटा मोटरसाइकलमा आगजनी गरेका थिए । आगजनीबाट ज२प ९४३८ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ, भने ज१प ४३५ नम्बरको राजदूत मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । ...... पूर्णत: नष्ट भएको मोटरसाइकल रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको हो । पूर्वमन्त्री निधीका दाजु नवेन्द्र निधी हाल क्याम्पस प्रमुख छन् । ..... मधेसी मोर्चाका कार्यकर्ताहरु कांग्रेस सांसदहरुको घरमाथि आक्रमण गर्न सक्ने चेतावनी हुँदा हुँदै पनि जिल्ला प्रहरी कार्यालयले कांग्रेस नेता निधीको घर अगाडी सुरक्षाकर्मी खटाएको थिएन । घरमा आक्रमण हुने बेला क्याम्पस प्रमुख नवेन्द्र निधी क्याम्पसमा थिए । किरण एक्लै घरमा थिइन् ।...... यसअघि मोर्चाका कार्यकर्ताहरुले भानुचौकस्थित सांसद आनन्दप्रसाद ढुंगाना तथा ब्रह्मपुरीस्थित सांसद लीला कोइरालाको घरमाथि पनि ढुंगामुढा गरेका थिए । .....

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशन लगायतले नेपाली कांग्रेसको जारी गाउँ, नगर तथा जिल्ला अधिवेशन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनरत्त मोर्चाले ‘मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरु’लाई जिल्ला प्रवेशमा समेत रोक लगाएको छ । .... सद्भावना अध्यक्ष संजयकुमार सिंहले भने, ‘मधेसको चासोको विषयमा चुप्प बस्ने अनि मधेस विरोधी संविधानमा हस्ताक्षर गर्नेहरुलाई किन चाहियो मधेसका जिल्लाहरुमा संगठन ?’

....... नेपाली कांग्रेसको जारी नगर अधिवेशनलाई बिथोल्न मोर्चाले सोमबार नगर क्षेत्रका पसल, वित्तीय संस्था तथा स्कूल कलेज समेत बन्द गराएका थिए । बन्द सफल बनाउन मोर्चाका नेताहरु दिनभरि लाठीसहित प्रदर्शन गरेका थिए ।


बिहारी नेताले भने– मधेस अान्दाेलन नेपालको आन्तरिक समस्या मात्र होइन
मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादवसमेत सहभागी बिहारको मुजफ्फरपुरमा आइतबार भएको कार्यक्रममा बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बताएका हुन । ......

‘हाम्रो नाताकुटुम्ब आन्दोलनमा मारिरहँदा नेपालको आन्तरिक समस्या मात्र भनेर हामी चुप लाग्ने स्थिती हुँदैन,’ उनले भने ।

सिंहले भारतको विदेश नीतीको पनि आलोचना गरे । ‘बढो चमकधमकका साथ गएका थिए नि नरेन्द्र मोदी पशुपतिमा जल चढाउन । के भयो ?’ उनले भने, ‘अहिले मोदी टुरिस्ट बनेका छन । तर हाम्रो समबन्धी छिमेकमा समस्यामा रहँदा नहेर्ने ?’ ......

‘चौबिस लाख हाम्रा छोराछोरीको बिवाह भएको ठाउँमा समस्या हुँदा हामी आन्तरिक समस्या भनेर चुप लाग्ने स्थिती छैन्,’ उनको तर्क थियो । उनले नेपालमा समस्या हँुदा आफूहरुको मुटु दुख्ने गरेको बताए ।

...... मधेस समस्या सुल्झाउन भारत सरकारले कुटनीतिको प्रयोग गर्दै मध्यस्थता गर्नुपर्नेमा जोड दिए । नेपालको समस्यामा भारत उदासिन र बेखबर रहन नहुने बताउँदै सिंहले नेपाल र भारतबीचको समबन्ध खराब नहोस् भन्ने तर्फ पनि भारत सरकार सचेत रहनुपर्ने बताए । ..... ‘नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाइँदैछ, अनि विदेश नीतिलाई कसरी ठिक मान्ने ?’ उनले भने, ‘छिमेक बिग्रिरहेका बेला संसारका अरु देशसँग मित्रता गरेर हुँदैन् । छिमेकीको समस्या समाधानमा भारत सरकारले ध्यान दिनुपर्छ ।’ नेता सिंहले संविधन संशोधन धोका भएको आरोप लगाए । संशोधनलाई सकारात्मक भन्ने भारत सरकारको कदम गलत रहेको सिंहले आरोप थियो ।




लालुलार्इ भेटे मोर्चा नेताहरु
आन्दोलनमा सर्मथन खोज्दै मोर्चा नेता विहारमा
केन्दि्रय नेता भन्दा सिमा जोडिएका राज्यका नेताहरु मधेश समस्यावारे बढी जानकार रहेकाले बिहारका सता र विपक्षी नेतालाई भेटन आएको महतोले बताए ।


गठबन्धनले गर्‍यो ‘महागठबन्धन’ बनाउने निर्णय
वीरगन्जमा दुई दिन चलेको गठबन्धन बैठकले आन्दोलनरत दलहरुको एउटै आन्दोलन, मागपत्र र वार्ता टोली बनाउनुर्पो प्रस्ताव गरेको छ । .... बैठकले महागठबन्धन निर्माणका लागि सहमत हुन औपचारिक रुपमै मोर्चालाई आग्रह गरेको छ ..... गठबन्धनले राज्यले वार्ताको नाटक मात्र गरेको भन्दै आन्दोलनका सबै कार्यक्रमलाई जारी राख्ने जनाएको छ ।


बिहारकाे मुख्यमन्त्री नितिश कुमार र लालुसँग अाज मधेसी मोर्चाका नेताहरुकाे भेटवार्ता हुँदै
संविधान संशोधनको प्रक्रिया सुरु भएपछि भारतको केन्द्र सरकारले आमहड्ताल र नाकाबन्दी तत्काल फिर्ता लिन मोर्चाका नेताहरुमाथी तिव्र दबाब दिइरहेका बेला मोर्चाका नेताहरु सिमावर्ती बिहार राज्य सरकारसँग आन्दोलनमा सहयोगको आग्रह गर्ने बुझिएको छ । ..... यसअघि हिजो मोर्चाका नेताहरु बिहारको मुजफ्फरपुृरमा आयोजित मधेस बहस कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंसप्रसाद सिंहले पछिल्लो केही समय यता सीमा क्षेत्रमा मधेस आन्दोलनबारे कार्यक्रम गर्दै आएका छन् । सिंहकै योजनामा हिजो मुजफ्फरपुरमा कार्यक्रम भएको थियो । उनकै पहलमा आज मोर्चाका नेताहरु लालुप्रसाद र नितिशकुमारलाई भेट्दै छन् ।
संवादमा फर्किए मोर्चा र दलहरू
कार्यदललाई सक्रिय पार्ने सहमति
संविधान संशोधनले पनि आफ्ना माग पूरा नगरेको भन्दै मोर्चा आन्दोलनमै रहेपछि प्रमुख दलहरूले पुनः सहमति खोज्ने औपचारिक प्रयास थालेका हुन् । सोमबार भएको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले दुबै पक्षले यसअघि बनाएको कार्यदललाई नै सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णयअनुसार अब सीमांकनका लागि बनाउने संयन्त्रलगायत विषयमा कार्यदलले सहमतिको प्रस्ताव बनाउन प्रयास गर्नेछ । ..... 'अब टुंगोमा पुग्ने गरी सहमति खोजिनेछ र त्यसका लागि कार्यदलले गृहकार्य गरी प्रस्ताव ल्याउनेछ,' बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने । दुवै पक्षबीच कुराकानी हुन नसकिरहेका बेला सोमबारको छलफल सकारात्मक प्रगतितर्फ उन्मुख भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए । वार्ता र छलफल जहाँ अडकिएको थियो, त्यहींबाट सुरु गरी कार्यदलस्तरबाटै सहमतिको प्रस्ताव ल्याउन प्रयास गरिने जानकारी उनले दिए । .....

कार्यदलमा कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मोर्चाबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र रामनरेश राय छन् ।

....... प्रदेशको सीमा परिवर्तनका लागि राजनीतिक संयन्त्र बनाउने र त्यसलाई तीन महिनाको समयावधि दिने विषयमा तीन दल र मोर्चाबीच सैद्धान्तिक सहमति भएको थियो । तर, उक्त संयन्त्रले प्रदेशको सीमांकन गर्दा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित त्यसको कार्याविधि संविधानमै अनुसूचीमा राख्नुपर्ने अडान मोर्चाका तर्फबाट आएपछि प्रमुख दलहरूसँग सहमति हुन सकेको थिएन । .....

नाकाबन्दी खुलेको अवस्थामा मात्र प्रधानमन्त्रीको भारत भ्रमण सहज हुने सत्तारूढ दलहरूकै ठहर छ । नाका सहज नभएको अवस्थामा भारत भ्रमणमा जान समस्या पर्ने निष्कर्ष निकाल्दै सत्तारूढ दलको उच्च स्तरीय राजनीतिक समन्वय समितिको आइतबारको बैठकले मोर्चासँग छिटो सहमति खोज्नुपर्ने निर्णय लिएको थियो ।

तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति



सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव
कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए । ....... कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् । ..... कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’ ...... कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे । ...... झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।
११ बुँदे मा पुगेर मधेस आंदोलन को सफल विसर्जन भएको अवस्थामा देश एउटा स्वस्थ बाटो मा जाने देखिन्छ। द्रुत गतिको आर्थिक विकास रोक्न नसकिने अवस्था आउन सक्छ।

तीन ध्रुव को उदय हुन सक्छ: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति।

एमाले र माओवादी एक पद एक उम्मेदवार मा जानु, काँग्रेस मा गगन थापा को उदय हुनु, मधेसी जनजाति र नया शक्ति एक पद एक उम्मेदवार मा जानु। मधेसी मोर्चाले मधेसमा काँग्रेस को जरो काटेको अवस्था छ। बाबुराम ले त्यसरी नै एमाले र माओवादी को जरो काटन सक्ने संभावना छ। अहिले नंबर एक स्थान मा भने मधेसी जनजाति र नया शक्ति नै छ। तर लोकतंत्र राम्रो व्यवस्था भएकै लोकतान्त्रिक प्रतिस्प्रधा हुने भएकोले हो। तीन ध्रुव ले सकेसम्म राम्रो गर्ने, सकेसम्म को आतंरिक एकता प्रदर्शन गर्ने, र सकेसम्म स्वस्थ र लोकतान्त्रिक प्रतिस्प्रधा गर्नु मा नै आम जनता लाई फाइदा छ। गगन थापा को उदय मा ढिलाई भए काँग्रेस नंबर तीन मा पुग्छ। तर केंद्र, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति बाँडिएको अवस्थामा तीन ध्रुव नै कहीं न कहीं सत्ता मा रहने हुँदा कुनै पनि शक्ति पुर्ण रुपले सत्ता बाहिर रहँदैन। त्यो राम्रो हो।

चौथो ध्रुव: सीके राउत। एक्लै। सीके राउत को मधेस अलग देश को सोंच गलत होइन। अहिंसा को बाटो मा हिडेको कमजोर भएर होइन चतुर भएर हो। हिंसाको बाटो विचलन र पराजय को बाटो हो। तर गंतव्य नै मधेस अलग देश मानेकोले समस्या देखिएको हो। गंतव्य तो लोकतंत्र र समृद्धि हो। मधेस अलग देश त साधन मात्र हो। मधेस अलग देश भन्दा राम्रो त मधेसी ले पहाड़ माथि शासन गर्नु हो। लिच्छवि राज पार्ट दो। तर सीके राउत ले आफैले आफैलाई साँघुरो बनाए जस्तो देखिन्छ। मधेसी हिंदी भाषा र हिन्दु धर्म वाला भारतीय सांस्कृतिक राष्ट्रियता को अभिन्न अंग भएको कुरा को आदर सीके राउत ले गरेको देखिएन। बुद्ध लाई मधेसी राष्ट्रियता को केंद्रविंदु मान्दै पहाड़ को बाटो सारा चीन कब्ज़ा गर्ने बाटो पो बाटो। त्यस किसिमको विराट विचार का लागि मधेस अलग देश अंतिम गंतव्य होइन क्षणिक टैक्टिक्स मात्र हुन सक्छ।

मुख्य कुरा त संगठन विस्तार हो। सारा दक्षिण एशिया को ली कुऑन यु भनेको मोदी हो। मोदी को उदय भैसक्यो। मोदी ले २० वर्ष शासन गर्छ। मोदी हाथी को खुट्टा मा मधेसको डूङ्गा बाँध्नु नै उत्तम उपाय हो। मधेस अलग देश को विचार मोदीको विचार सँग मेल खाए जस्तो मलाई लाग्दैन।

मधेस अलग देश मा पनि जान सक्ने तर त्यस सम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रिय रुपले सहभागी हुने ------ सीके राउत को बाटो शायद त्यो हो। सीके राउत ले tactical flexibility देखाउने हो भने झापा देखि कंचनपुर सम्म मधेसी मोर्चा ले एकक्षत्र स्वीप दिन्छ। पहाड़मा गगन र बाबुराम को भन्दा मधेसमा सीके राउत को अपील कैयौं गुणा बढ़ी छ। अहिलेसम्म एउटा पनि चुनाव नलडेको, एक पटक पनि सत्ता मा नपुगेको, १००% क्लीन इमेज, विश्व स्तरको शैक्षिक पृष्ठभूमि, सालाना करोड़ों को तलब त्याग गरेको, वैज्ञानिक मान्छे। बिभिन्न कारणले सीके राउत ले मधेस को imagination capture गरेको अवस्था छ। तर tactical flexibility को अभावमा त्यसको पुर्ण फाइदा मधेसी कॉज ले पाएको छैन।

मधेसीको सशक्तिकरण का लागि मधेस अलग देश ठुलो कि मधेसी ले सारा देश माथि शासन गरेको ठुलो? कि मधेस चीन भरि छाएको ठुलो। वर्ष को २०० डॉलर कमाइ राखेको मधेसी का लागि १,००० डॉलर ठुलो हो तर हजार ठुलो कि १०,००० ठुलो। हजार मा गएर किन अड्किने? १०,००० या ५०,००० को लक्ष्य किन नराख्ने?

दिल्ली ले मधेस आंदोलन को साथ दिएको अवस्थामा, मधेस जागिसकेको अवस्थामा मधेस अलग देश सानो लक्ष्य भयो। सारा देश कब्ज़ा गर्ने लक्ष्य हुनुपर्छ। अहिलेको मधेस आंदोलन लाई पार लगाउन सक्ने निर्णायक व्यक्ति सीके हो। जब तक मानव अधिकार का घोषणपत्र रहेगा तब तक मधेस अलग देश की संभावना बनी रहेगी लेकिन अभी के समय में मधेसी मोर्चा के ११ बुँदे को मानते हुवे भन्दै आफ्नो संगठन लाई पनि अहिले कै आंदोलन मा एकाकार गराउनु पर्छ।

नेपाल भारत भुटान बंगलादेश आर्थिक एकीकरण को बाटो मा हिडिसकेको अवस्थामा मधेस अलग देश को बाटो नदीको पानी उल्टो दिशामा लाने प्रयास जस्तो देखिन्छ। मधेस अलग देश को लक्ष्य लाई माओवादी को समाजवाद जस्तो टाढाको लक्ष्य बनाउनु नै श्रेयस्कर छ। होइन भने सीके ले आफुलाई अनुपलब्ध बनाए जस्तो देखिन्छ। मधेसी जनता लाई सीके चाहिएको आज, सीके ले चाहिँ म आज उपलब्ध छैन भने जस्तो देखियो।




Sunday, January 31, 2016

नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु

मधेसी मोर्चा लाई नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर साढ़े तीन पहाड़ी दल लाई ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु सब एक एक गरी बेईमान हुन। एमाले र काँग्रेस ले नमानेर मात्र भन्ने प्रचंड को हिंट आफैमा बेईमानी हो। माओवादी ले ११ बुँदे हामी मान्छौं भनेर कतै भनेको मलाई थाहा छैन। एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भन्ने हरुको नियत शंकास्पद छ। अन्याय सह भनेको हो। विरोध नगर, अन्याय सह, दोस्रो दर्जाको नागरिक हुनमा नै चित्त बुझाउ भनेको हो। त्यस्तो भन्ने हरुका विरुद्ध नै त यो आंदोलन हो। आंदोलन जसका विरुद्ध गरिएको हो, ती प्रतिपक्षी हुन भने ती प्रतिपक्षी हुन। ती शत्रु हुन भने शत्रु हुन। हाम्रो पक्ष एउटै हो भन्ने चालबाजी का साथ एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भनेर वकालत गर्ने हरु नाकाबंदी फिर्ता के ले गर्छ भन्ने थाहा नभए जस्तो गर्छन। नाकाबंदी त दुई मिनट मा समाप्त हुन्छ। ११ बुँदे पुरा त गर। अहिले प्रमुख समस्या नै एकोहोरो किसिमले नाकाबंदी फिर्ता गर भन्ने हरु हुन। प्रचंड एमाले को बी टीम नै हुन। पार्टी एकाकार भइसकेको अवस्था छ वैचारिक किसिमले। माओवादी लाई एमाले ले क्वाप्प निलिसक्यो।


Wednesday, January 27, 2016

मधेसी मोर्चाको ११ बुँदे बारे त्रिकोणात्मक Televised Debate गरौं तीन चार घंटा, तीन चार राउंड

मधेसी मोर्चा ११ बुँदे माग
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points



मोर्चासित दाहालको संवाद प्रयास
त्रिपाठीले कार्यदलको सहमति प्रयास माघ ५ गते प्रधानमन्त्री र केही नेताका कारण तुहिएको, त्यसको पर्सिपल्ट एमालेका कारण रंगेली घटना भएको भन्दै गुनासो गरेका थिए । ‘हामीले मेहेनत गरेर सहमति नजिक पुर्‍याएको कार्यदल बैठक प्रधानमन्त्रीजीले एकै छिनमा झर्‍यामझुरुम बनाइदिनुभयो, वार्ता अवरुद्ध भएका बेला रंगेलीमा कार्यक्रम राख्नुभयो,’ त्रिपाठीले दाहालसँग भनेको उद्धृत गर्दै लाजिम्पाट स्रोतले भन्यो, ‘समस्या धेरै लम्बिसक्यो, तपाईंले पहल लिनुपर्‍यो । नत्र अझै आन्दोलन चर्कन सक्छ ।’

त्रिकोणात्मक: (१) मधेसी मोर्चा (२) साढ़े तीन पहाड़ी दल (३) नया शक्ति
जम्मा छ घंटा: प्रत्येक दिन दुई घंटा गरी लगातार तीन दिन

"वार्ता" प्रचंड के वश की बात नहीं। देश १००% नाकाबंदी उन्मुख छ। काठमाण्डु मा ९ रेक्टर को राजनीतिक भुकम्प आउन लागेको छ। खुल्लम खुल्ला छलफल गरौं। आम जनताले पनि सुनुन। के रैछ त कुरा।



Monday, January 25, 2016

ओली सुशील मार्का नेता हरु र देश उँभो लाग्ने कुरा

संसारको उसै पनि सबैभन्दा गरीब देश, अब योभन्दा कति गरीब हुनु, तीव्र गतिमा विकास नहोला, क्षमता नपुग्ला, तर स्थिति यति सारहो ख़राब छ, योभन्दा चाहिँ ख़राब हुँदैन कि भन्यो ओली सुशील हरुले देशलाई अझ धरातल मा लाने उपाय हरु खोज्न भ्याएका हुन्छन्। केही न केही खुबी अवश्य छ। हामी थुप्रै ले देख्न नसक्ने कुरा हरु देख्न सक्ने ओली सुशील हरु। एक किसिमको इंजीनियर नै हो। अब योभन्दा तल देश जाँदैन, जानै मिल्दैन भन्यो, त्यहाँ बाट पनि तल लाने उपाय खोजिसकेको हुन्छ। यो एउटा आफ्नै किसिमको विशेषता हो।


Sunday, January 24, 2016

मधेसी क्रांति ३ फेज २

हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज
हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज (Photo credit: Wikipedia)
मधेशी मोर्चा आन्तरिक छलफलमा । आन्दोलन पुन चर्काउन लागी विभिन्न गृहकार्यहरु हुदै ।
प्रमुख दलहरुले आन्दोलनरत मधेशी मोर्चाको सहमती वेगर संविद्यान संशोधन गरे पछि उत्पन्न परिस्थती वारेमा मधेशी मोर्चा आन्तरिक छलफलहरु विभिन्न तहमा सुरु गरेका छन । आन्तरिक छलफल र गृहकार्य कै कारण मोर्चाको बैठक तत्कालै तीन चार नबस्ने समेत मोर्चाका नेताहरुले बताएका छन । आज देखि मोर्चाको दोस्रो तहका नेताहरुले विभिन्न तहमा अगामी आन्दोलनको रणनिती वारेमा छलफलहरु सुरु गरेका छन । प्रमुख दलहरुले हिजो राती गरेको २ बुदे संविद्यान संशोधनले मधेश आन्दोलनको मुद्धाहरुलाई समबोधन नगर्ने भन्दै मोर्चाले त्यसलाइ अस्विकार गर्नै जनाएका छन । त्यही भएर मोर्चाले लिने अगामी रणनीती वारेमा सर्वत्र चासो समेत देखिन्छ । तर मोर्चाका सवै शिर्ष नेताहरु काठमाडौ वाहिर भएकाले र अगामी रणनीती वारेमा केहि आन्तरिक गृहकार्यको समेत खाचो देखिएकाले मोर्चा केहि दिनमा त्यसमा व्यवस्त हुनेछन । पछिल्लो समयमा मोर्चाका शिर्ष नेताहरु मध्ये तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीमा छन भने, सदभावना अध्यक्ष राजेन्द्र महतो विराटनगरक्षेत्रमा छन । त्यसैगरी पछिल्लो केहि दिन यता पार्टीको केन्द्रिय कार्यसमितीको बैठकमा व्यवस्त रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बैठक सकाए पनि उनी भोली विराटनगर जाने कार्यक्रम छन । तमसपाका अध्यक्ष महेन्द्र यादव पनि उपचारकै सिलसिलामा भारतमै छन । मोर्चा स्रोतका अनुसार मोर्चाको अगामी बैठक केहि दिन पर धकेल्ने भएका छन । यद्यपी जारी आन्दोलनका कार्यक्रमहरु यथावत छन । स्थानिय तहहरुमा आफनो ढगले विरोधका कार्यक्रमहरु जारी नै छन र केन्द्रिय स्तरमा मोर्चाले अगामी रणनीती वारेमा केहि ठोस तयारीमा जुटीरहेको बुझिएको छ । ........ तमलोपा अध्यक्ष ठाकुर अगामी वुधवार पछि मात्रै दिल्लीवाट फर्कने भएकाले मोर्चाको बैठक उनी आए पछि मात्रै गर्ने तयारी भईरहेको बुझीएको छ । यस विचमा मोर्चाका दोस्रो तहका नेताहरुले आन्दोलनको क्रममा हरेक पक्षको जिल्लागत रुपमा समिकक्षा गरेर काहा काहा के के मा कमजोर देखिएको वारेमा विश्लेषण गर्ने छन .........

मोर्चाका नेताहरुका अनुसार मोर्चाले अघि सारेको ११ बुदे मागको वारेमा कार्यदल स्तरमा सहमती नजिक पुगेको वेला सरकारी पक्ष वार्ता विथोलेर २ बुदे संविद्यान संशोधन गरेर अन्य मागलाई आझेलमा पार्न खाजेका छन । साथै सरकारी पक्ष मोर्चाको माग सम्बोधन भन्दा पनि भारतलाई रिझाउने सकिन्छ भन्ने दाउका साथ अघि वढर अवरुद्ध नाका सुचारु गराउन लागी परेको छ । मोर्चा स्रोत भन्छन, मोर्चाको ११ बुदे मागको वारेमा जव सम्म प्याकेजमा सहमती हुदैन तव सम्म विरगंज नाका सुचारु हुने सवाल नै आउदैनन । वरु मोर्चाले प्रमुख दलहरुको रवैयाका कारण पछिल्लो समयमा खुकुलो बनाउदै लगिएको अन्य नाकाहरु पनि चाडै कडाका साथ अवरुद्ध पार्न सकिने योजना अघि वढीरहेको बताउछन ।

...... मोर्चाले माघ मसान्त सम्म चिसो मौसमको प्रभाव रहने भएकाले अगामी आन्दोलनको रणनती फागुन देखि लागु गरी मात्रै बढाउनमा व्यस्त देखिन्छ । यती वेला सम्म हालै रंगेलीमा भएको घटनाको विरोध स्वरुप विभिन्न कार्यक्रमहरु गदैृ जाने र विरगंज नाकामा मात्रै अहिले समित रहने योजना छन । वरु यो विचमा कालोवजारी मार्फत वढेको तस्करुी नियन्त्रणको वारेमा मोर्चाले भारतीय पक्ष संग मिलेर एउटा ठोस निष्कर्षमा पुगेको नेताहरु बताउछन । नेपाल तर्फ सरकारी सयंन्त्र नै पुरै कालोबजारु िप्रति मौन वसि दिदा अव भारतीय पक्ष वाट यसमा कडाई गर्नै भएका छन । भारतीइ पक्षले अव देखि नेपाली नम्बरको मोटसाइृकल सहित अन्य सवै सवारीलाई भारत प्रवेश गर्दा अनिर्वाय पासको व्यवस्था लागु गर्नै भएका छन भन्ने ग्रामिण क्षेत्रका सिमा नाकाहरु वाट सवारी साधनहरुको प्रवेशमा पुर्ण रुपेण रोक लगाउने अन्तिम तयारी गरीसकेका छन ।

कालोबजारी मार्फत सरकारले काठमाडौ सम्म पेटियिम पर्दाथ भित्राउन सफल भए पछि नाका अवरोधको प्रभाव काठमाडौ न्युन देखिदै आएका थिए ।

.......... वलियो सरकारी संरक्षण यस्ता कामहरु सवै ठाउमा हुने गरेकाले मोर्चाले कतिपय ठाउमा आफनै नेता कार्यकर्ता संग्लन भएको थाहा पाउदा पाउदै पनि रोक्न प्रभावकारी भुमिका खेल्न सकिरहेका थिएन । त्यस पछि भारतीय पक्ष वाटै यसमा कडा नियन्त्रण गर्न लागीएको बुझिएको छ । ...... मोर्चा स्रोतका अनुसार एक दुई दिन मै लागु हुन थालेको भारतीय पक्षको कालोवजारी नियन्त्रणको प्रभावले आउदो मसान्त सम्म काठमाडौमा प्रत्यक्ष प्रभाव पर्ने सकिने आकंलन मोर्चाको छ । त्यस लगतै चिसो कम भए संगै

फागुनको सुरु देखि नै पुर्व र पश्चिम सहित मोर्चाले आन्दोलन उठाएर प्रमुख दलहरुलाइृ आफनो माग सम्बोधन गराउन बाध्यात्मक अवस्था सिर्जना हुन सक्ने बुझाई मोर्चाको छ ।

मोर्चाले अगामी आन्दोलनको रणनीती स्वरुप नै पुर्व र पश्चिमको जिल्लाहरुमा गोप्य रुपमा कार्यकर्ता प्रशिक्षणहरु समेत चलाईरहेका छन । मोर्चाको बुझाईमा प्रमुखदलहरु संघियताका लागी यती लामो आन्दोलन भईरहदा पनि रती पनि लचकता देखाएका छैनन ।
अब के गर्छन मधेशी मोर्चा ?
२५ पुषमा माघको पहिलो हप्ताको केन्द्रिय कार्यक्रम घोषणा गरेको मोर्चाको उक्त कार्यक्रमहरु पनि समाप्त भइसकेको छ । विचमा आशावादी रहेको वार्ता प्रक्रिया लगभग सकिएको विन्दूमा पुगिएको छ । ...... पहिलो अवको बैठकले सम्रग अहिले सम्मको आन्दोलनको समिकक्षा गर्ने छ, दोस्रो विभिन्न तहमा भएको वार्ताको प्रयास मोर्चाको लाईन अनुसार लगभग असफल भएको छ, तेस्रो

अव मोर्चाले लिने रणनिती सम्भवतह पांच महिना देखि जारी आन्दोलनको सवै भन्दा कठोरतम फेजमा जाने छन ।

वार्ता र संवादमा पछिल्लो समय सहभागी मोर्चाको नेताहरुको निष्कर्ष छन, प्रमुख दलहरु मधेशको मुद्धा सम्बोधन हुने गरी संद्यिान संशोधनको पक्षमा छैन । नेपाली काग्रेसको पुर्ववर्ती सरकारले पेश गरेको दुई ओटा संशोधन विद्येयक माथी टेकेर सहमतीय प्याकेज खोज्ने सम्भावना भाडिए पछि मोर्चाले काग्रेस, एमालेको तहवाट हुने जस्तो सुकै संविद्यान संशोधनलाई स्विकार गर्ने छैन । ....... जारी मधेश आन्दोलनको क्रममा अवरुद्ध पारिएको नाकाहरु सम्भवतह तह केहि दिन भित्र थप कडाईका साथ अनइ नाकाहरुपनि अवरुद्ध हुने छ । विरगंज सगै अव भैरहवा, र पुर्वको विराटनगर नाका पनि पुर्ण रुपमा ठप्प हुने आन्त्रिक योजना मोर्चाले बनाउदै छन । ...... विरगंज नाका सुचारु गर्न सहयोग गर्नै भन्ने आशय पनि अव छैन । रंगेली घटना र कार्यदल स्तर वार्ता सतारुढ र खासगरी प्रधानमन्त्रीको तहवाट भाडिए पछि भारतीइ पक्ष मोर्चालाई अव त्यस्तो कुनै दबाब दिने छैन । .......

मंसीरको तेस्रो हप्ता देखि आन्दोलनलाई रणनीती अनुसार नै कमजोर बनाउदै आएको मोर्चा अव आन्द्योलन पुर्न चर्काउने र नाकाहरुलाई पुर्नरुपमा ठप्प पार्दै छन ।

..... उनी अस्पतालवाट भोली विहान निस्के पछि उनको पहिलो बैठक उच्च तहको कुटनितीक अधिकारीहरु संग हुदै छन । नेपालको मामिलामा काम गर्ने उच्च तहको कुटनितीक तहका अधिकारीहरु संगको भेटपछि ठाकुर भारतीय गृहमन्त्री राजनाथ सिहं र विदेशमन्त्री सुष्मा स्वराज संग छलफल गर्दै छन । अहिले सम्म निश्चित नभए पनि उनी निकटस्त उच्च स्रोतका अनुसार

पर्सी ठाकुरको भारतीय प्रधामन्त्री नरेन्द्र मोदी र उनको सुरक्षा सल्लहकार अजित डोभेल संग बैठक हुने सम्भावना छ ।

...... पछिल्लो चरणमा वार्ताको प्रयास असफल भए पछि भारतीय पक्ष पनि जारी मधेश आन्दोलनको विषयमा गम्भिर रुपमा कुटनितीक तहमा कुराकानीहरु अघि वढाएका छन । ठाकुर भारतीय पक्षहरु संगको उच्च स्तरीय भेटघाटकै लागी अर्को तीन देखि चार दिन दिल्लीमा बस्ने योजना छ ।



मधेसी क्रांति ३ फेज २ 

फेज १ मा हामी असफल भएकै हो। त्यो असफलता बाट हरेश खाने होइन शिक्षा लिनुपर्छ।

  • हामी असभ्य मानिस हरु सँग डील गर्दैछौं। लोकतंत्र त सभ्यता हो। अहिंसात्मक आंदोलन सभ्य हरुको हतियार हो। नाकाबंदी बाहेक केहीले काम गर्ला जस्तो छैन। १००% नाकाबंदी। 
  • बढ़ी मा तीन देखि चार हप्ता को कड़ा आंदोलन। वार्ता बिल्कुल नबस्ने। यो हो ११ बुँदे। यस अनुसार तिमी हरु संविधान संसोधन गर होइन भने कड़ा आंदोलन झन झन कड़ा हुँदै जानेछ। त्यो बाहेक अरु कुनै सन्देश हुन सक्दैन। र यो फेज कैलेंडर हेरेर तीन देखि चार हप्ता। एक मधेस दो प्रदेस अहिले। तु। 
  • त्यो तीन चार हप्ता मा संविधान संसोधन नभए संविधान संसोधन को एजेंडा हराउँछ। त्यस पछि आंदोलन ले १० लाख मधेसी जल थल वायु को बाटो काठमाण्डु ओराल्छ र काठमाण्डु भित्रका १५ लाख मधेसी जनजाति लाई जगाउँछ। अनि सिंह दरबार कब्ज़ा। यो संविधान बाई बाई बेबी बाई बाई बाई हुन्छ। देश नया पुर्ण अंतरिम संविधान र अंतरिम सरकारको बाटो जान्छ। पहिलेको अंतरिम संविधान मा सीमांकन नामांकन थपे भैगो। 
  • बरु अहिले गृह कार्य भनेको त्यो अंतरिम संविधान तैयार राख्ने र मधेसी मोर्चा ले अंतरिम प्रधान मंत्री को भनेर निर्णय गर्ने। शायद महंथ ठाकुर? संघीय गठबंधन को सरकार। मधेसी जनजाति सरकार। 
  • यानि कि तीन देखि चार हप्ता। त्यस पछि एक देखि दुई हप्ता। 

Saturday, January 23, 2016

अखण्ड देश र अहिंसा को परिधि भित्र मधेसी मोर्चाले गर्नु पर्ने गृहकार्य

मधेसी मोर्चाले दुई कुरा कुनै हालतमा छोड्दैन।

अखण्ड देश र अहिंसा को परिधि भित्र मधेसी मोर्चाले गर्नु पर्ने गृहकार्य भने धेरै छ। संसदीय अभ्यासमा विपक्षी भन्ने हुन्छ। तर आंदोलन को समयमा त विपक्षी शत्रु हो। आफ्ना कार्यकर्ता र आंदोलनकारी मारिरहेको छ शत्रुले। शत्रुले ११ बुँदे मान्दैन भन्ने कुरा स्पष्ट छ। भने पछि शक्ति बढाउनु पर्ने भो आफ्नो तर्फ बाट। 




Friday, January 22, 2016

Nepal News (38)



संशोधन विधेयकमाथिको दफावार छलफल सकियो
भोलिबाट विधेयक पारितकाे प्रक्रिया सुरु हुने
मन्त्रीको जवाफपछि भोलिको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रिया बढ्ने छ । दलहरुबीच संशोधन परेका मध्ये कुनैमा सहमति भए त्यो बढ्ने नभए सरकरले पेस गरेको विधेयक जस्ताको त्यस्तै पारित हुने सम्भावना छ ।


शनिबार संविधान संशोधन भएपछि नाकाबन्दी हट्छ : दाहाल
‘संविधान संशोधनपछि मधेस आन्दोलन रोकिन्छ र भारतीय नाकाबन्दी पनि हट्छ,’ पार्टीको आन्तरिक प्रशिक्षणमा आएका दाहालले शुक्रबार क्रान्तिकारी पत्रकार संघको भेटमा भने, ‘शनिबार संविधान संशोधन प्रस्ताव पारित हुनसक्छ ।’ उनले भारतले लगाएको नाकाबन्दी सम्मानजनक ढंगले खुलाउने कूटनीतिक पहल भइरहेको बताए । ..... दाहालले मधेसको माग सम्बोधन हुने गरी छिट्टै संविधान संशोधन हुने बताएका छन् । उनले समानुपातिक समावेशी र जनसंख्या आधारमा निर्वाचन क्षेत्र बनाउने बिषयमा संविधान संशोधन हुने उनले बताए । ..... दाहालले बाबुराम भट्टराइको नयाँ शक्ति ‘बुर्जुवा’ भएको बताए । ‘नाममात्रै नयाँ लेबल लगाइएको हो । तर शक्ति पुरानै हो,’ उनले भने, ‘शब्द नयाँ भएर भएन । बैचारिक र राजनीतिक हिसावले सबैभन्दा पुरानो बुर्जुवा बिचार हो ।’
कांग्रेस र एमालेलाई सँगै मिलाएर लानुपर्छः अध्यक्ष दाहाल
मधेसमा हाम्रा कार्यक्रम अझै हुन्छन् : युवा संघ
‘लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाइन्छ कि पाइदैन ?’ अध्यक्ष पहारीले भने


कांग्रेस–एमाले निष्कर्ष, ‘मधेस आन्दोलन एकैपटक अन्त्य हुँदैन’
मोर्चालाई कोर्स करेक्सनका लागि अपिल गर्ने
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन गर्दै मधेस आन्दोलन मत्थर पार्ने निधोमा पुगेका छन् । ‘मधेसका कतिपय जायज माग अहिलेकै संविधान संशोधनमा समेट्ने कुरा भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘आन्दोलन मत्थर पार्दै बाँकी माग पनि सम्बोधन पछि गरिन्छ ।’ ..... एमाले प्रमुख सचेतक भानुभक्त ढकालले मधेस मुद्धामा दु्वै दलको साझा धारणा रहेको बताउँदै समस्या समाधानमा एक भएर जाने निर्णय गरेको बताए । ...... बैठकमा सहभागी नेताका अनुसार मधेसमा दुई प्रदेशको माग कुनै हालतमा पूरा गर्न नसकिने निष्कर्ष दुवै पार्टीले निकालेका छन् । ‘दुई प्रदेशसहितका केही मागमा मोर्चाको नियत लुकेको देखिन्छ,’ ती नेताले भने, ‘दुवै पार्टीका शीर्ष नेताहरुले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’ ...... बैठकले मधेसी मोर्चा वार्तामा रिजिड भएर प्रस्तुत भएको निष्कर्ष निकाल्दै कोर्स करेक्सनका लागि अपिल गर्ने निर्णय गरेको छ ।
सरकारी बेवास्ताले वार्ता असफल: यादव
वार्तालाई निष्कर्षमा पुर्‍याउन मोर्चा तत्पर रहे पनि तीन दलका नेताको अहंकार वार्ताको बाधक बनेको यादवले बताए । ..... तीन दल वार्ता गर्ने पक्षमै नरहेको भन्दै अध्यक्ष यादवले वार्ताका नाममा सरकारले समय कटाउने षड्यन्त्र मात्रै गरेको टिप्पणी गरे । पार्टीको दोस्रो केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै यादवले पाच महिनादेखि मधेसमा आन्दोलन जारी रहेको र सरकार-मोर्चाबीचको वार्ता सफल नभइरहेको टिप्पणी गरे । बैठकमा फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउतसगै पूर्वउपराष्ट्रपति परमानन्द झासमेत उपस्थित भएका थिए । झा फोरमको कोटाबाट उपराष्ट्रपति बनेका थिए ।
संसदमा लक्ष्मणलालको प्रश्न : जब-जब निर्णायक वार्ता हुनलाग्छ सरकारले किन गोली चलाउँछ
गौर र टीकापुर घटना दोहोर्‍याउने हल्ला कसले चलायो : सुनुवार
'यसरी नै गोली चलाउने हो भने हामी वार्तामा बस्दैनाैं'
‘जब जब निर्णायक वार्ता हुनलाग्छ, सरकारले किन ताकी ताकी गोली चलाउँछ । सप्तरीमा त्यस्तै भयो, वीरगञ्जमा त्यस्तै भयो हिजो रंगेलीमा पनि त्यस्तै भयो । सरकारको उद्देश्य के हो ?’ उनले भने । उनले रंगेलीमा प्रहरीले ताकी ताकी गोली हानेको पनि बताए । ‘शान्तिपूर्ण कार्यक्रममा सरकारले यसरी दम गर्ने हो भने हामी वार्तामा बस्दैनौं, वार्ता गर्नुको कुनै औचीत्य रहदैन,’ उनले भने ।
जनकपुरमा लाठी जुलुस, जानकी मन्दिर क्षेत्रमा तनाव
गत सातादेखि शान्त जनकपुर बाजर शुक्रबार बिहानैदेखि पुन: अशान्त बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय समावेशी मधेशी गठबन्धन सम्बद्ध नेता कार्यकताहरुले चोक चोकमा टायर बाली बिहानैदेखि प्रदर्शन गरेका छन् । ..... दुई दिनअघिदेखि सुरु भएको बस सेवा पनि बन्द गराइयो । नगर क्षेत्रका सम्पूर्ण पसल तथा व्यापारिक प्रतिष्ठान बन्द रहे । स्कूल कलेजसमेत संचालन भएनन् ।......बिहीबार रंगेलीमा प्रहरीको गोली प्रहारबाट तीन आन्दोलनकारीको मृत्यु भएयता मधेसी मोर्चा, गठबन्धन तथा युवा संघ संस्थाहरुले आन्दोलन चर्काएका हुन् । आन्दोलनकारीले अपरान्ह जानकी प्रहरी चौकीलाई लक्षित गरी ढुंगामुढा गरेपछि जानकी मन्दिर एरिया अपरान्ह तनावग्रस्त बनेको थियो ।
रंगेली घटनापछि सिरहामा पनि आन्दोलन चर्क्यो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्लामा आन्दोलन सशक्त बनाएको छ । हिजो भएको रंगेलीको घटनालाई लिएर मोर्चाका नेता तथा कार्यकर्त्ताले जिल्ला सदरमुकाम सिरहा, मिचैर्या, गोलबजार, लहान लगायतका बजार पसल पूर्ण रुपमा बन्द गराएका छन् । ..... आन्दोलनकारीहरुले बन्द गराउने क्रममा जिल्ला सदरमुकाम सिरहास्थित मालपोत कार्यालयमा तोडफोड गर्दै कार्यलय प्रमुख ज्ञानराज लम्सालमाथि समेत आक्रमण गरे । प्रमुख लम्सालले आपmनो कार्यालयमा बसिरहेको अबस्थामा तराइ मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डललगायतका मोर्चाका नेता तथा कार्यकर्त्ताले कार्यालय किन खोलेको भन्दै आक्रमण गरेको प्रत्यक्षदर्शी सोही कार्यालयका अधिकृत अम्रेन्द्र कुसियैतले बताए । ..... यस्तै, जिल्ला विकास समिति सिरहाको समिक्षालयमा आयोजित एमाले जिल्ला कार्य समिति सिरहाको बैठक समेत मोर्चाका नेता तथा कार्यकर्त्ताले अबरुद्ध पारेको एमालेसम्बद्ध नेताले बताए । ..... यसैबीच,

लहान नगरपालिका २१ का सत्यनारायण यादवलाई सशस्त्र प्रहरीले बिहिवार राती लहान १ स्थित एक चिया पसल अगाडी निर्घात कुटपिट गरेको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट उनको बाया खुट्टा मर्केको छ भने शरीरको बिभिन्न भाग चोट लागेको छ । ......उनले कानूनी राज्यमा बिना कुनै कसुरमा नै आफूमाथि कुटपिट भएकोले अदालतमा गएर कानूनी उपचार खोज्ने बताए । उनले शुक्रवार जिल्ला अदालत सिरहाबाट आदेश गराएर घाउजाच गराएको छ । उनले सशस्त्र प्रहरी बेस क्याम्प लहानका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश माझी नेतृत्वको टोलीले आफूलाई कुटपिट गरेको बताए । .....

एमालेका भातृ संगठन युवा संघका पूर्व केन्दि्रय उपाध्यक्ष र हाल एमालेको सगरमाथा अञ्चल कमिटि सदस्य समेत रहेका यादवले माघ ५ गते लहानमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

मोर्चा बैठकमा शीर्ष नेतृत्वबीच नै चर्काचर्की
संसद्मा आएका २४ वटा संशोधन दलको नभएर व्यक्तिको भएकाले त्यस्ता संशोधनप्रति सरकार जिम्मेवार हुनद सक्दैन भन्दै ओलीले आक्रोस व्यक्त गरेका थिए ।......ओलीको प्रश्नबाट आक्रोसित प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रस्ताव मन्त्रिपरिषद्को निर्णयबाट ल्याएको जवाफ दिएका थिए ।
तमलोपाको प्रश्न – मोर्चाले हतियार प्रयोग गरेको हो भने उत्तापट्टी किन कोही घाइते भएन ?
ह्रदयश त्रिपाठीले भने, ‘यदि आन्दोलनकारीले घरेलु हतियारसहित आक्रमण गरेको हो भने सरकारी पक्ष तथा युवा संघका कार्यकर्ता पनि घाइते पनि भएको होला नि तर हालसम्म त उताका कोही पनि घाइते भएको कुरा त बाहिर आएको छैन नि, त्यसैले सरकारले सुनियोजित ढंगबाट घटना गराएर मधेशीमाथि उल्टै आरोप लगाएको छ ।’
रंगेली घटनालाई लिएर वीरगन्जमा आन्दोलन चर्कियो (फोटोसहित)
मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा मधेसी दलले आजदेखि वीरगन्जमा आन्दोलनलाई फेरि चर्काएका छन् । मधेसी दलका नेता कार्यकर्ताहरु वीरगन्जको चोक–चोकमा आज बिहानदेखि प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगन्जको विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् । ...... आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार आज बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु र स्कुल बससमेत चल्न दिएका छैनन् । ..... आन्दोलनकारीहरुको तोडफोड र आगजनीबाट दूरसञ्चार कार्यालयमा ५० लाखको क्षति भएको कार्यालयका निमित्त प्रमुख गिरिराज सुबेदीले बताए । क्याबिनेटमा आगजनी गरिएका कारण सात सय टेलिफोन लाइनको सेवा पनि अवरुद्ध भएको सुबेदीले जानकारी दिए । .... यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले आज बिहानैदेखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारी सधान पनि चल्न दिएका छैनन् । आन्दोलनकारीहरुले कलैयामा आज बिहान दुई वटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् । ..... मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जितपुर, परवानीपुर लगायतका स्थनामा पनि बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन् । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ६१ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी आज एक सय २१ औं दिन पनि जारी रहेको छ । ..... मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधन वीरगन्ज छिर्न सकेको छैन ।


दर्जनौं असफल वार्तापछि अब के ?
दुई दर्जनभन्दा बढी शीर्ष वार्ता, आधा दर्जनभन्दा बढी कार्यदल र वार्ता टोलीस्तरीय बैठक हुँदासम्म मधेस आन्दोलन टुंगोमा पुग्न सकेन । बिहीबार मोरङमा मारिएका तीन समेतलाई जोड्ने हो भने साउन ३१ यता जारी आन्दोलन क्रममा नागरिक र सुरक्षाकर्मी गरी ५९ को ज्यान गइसक्यो । घाइते, अंगभंगको अझै यकिन हुन सकेको छैन ।

संविधान जारी भएलगत्तै मधेसी मोर्चाको आह्वान र भारतीय नाकाबन्दीले सिंगो देश नै उठ्नै नसक्ने गरी थला परेको छ ।

..... सीमांकन थाती राखेर उधारो सहमति गर्न आफूहरु तयार हुँदा समेत तीन दल सहमति गर्न तयार नभएको मोर्चा नेताहरुको आक्रोस छ । तर, तीन दल भने मोर्चाले मधेसमा दुई प्रदेश असम्भव माग दोहोर्याइरहेको तर्क गर्छन ।

बाबुरामको थारु आंदोलनमा सहभागिताले निकास दिन्छ

समर्थन एउटा कुरा हो, सहभागिता अर्को कुरा हो। अहिलेसम्म बाबुराम भट्टराईको मधेस र थारु आंदोलनमा समर्थन रहेको छ। एक आध कोस टाढा बाट आशीर्वाद दिए जस्तो। अब सहभागिता आउन लागेको हो भने त्यसले फरक पार्छ।

यो आंदोलन हो, चुनावी अभियान होइन। ११ बुँदे मा आउने सबै लाई स्वागत मात्र गर्ने होइन कि सकेसम्म धेरै लाई सक्रिय रुपले ल्याउने हो।

बाबुरामको थारु आंदोलनमा सहभागिताले निकास दिन्छ। समर्थन भन्दा सहभागिता ठुलो कुरा हो। आन्दोलनको पलड़ा भारी हुन्छ।



केही दिन अगाडि समाचार मा आएको, गगन थापाले शिकायत गरेको। देश भरि घुमें, जहाँ गए पनि तपाइँ बाबुरामको नया शक्ति मा शामिल हुने हल्ला छ भने साथीहरूले, म बाबुराम जी लाई अनुरोध गर्न चाहन्छु, कृपया यस्ता हल्ला फैलाएर दुःख दिने काम नगरदिनुस्।

यो बाबुरामले हल्ला फैलाएको होइन होला। यो बाबुरामको नया शक्ति देशमा जंगल को आगो जस्तो फैलिरहेको तथ्य उजागर भएको हो। मैले यसको संभावना देखेको। तर अब प्रमाण पनि पाएँ। नीतिश ले बिहार मा स्वीप दिए जस्तो गरी बाबुराम ले नेपालमा स्वीप दिने मैले देखेको छु। नेता भन्दा जनता बाठो भएको देश।

त्यस बाबुरामले मधेसी थारु आंदोलनमा सहभागिता दिन्छन् भने त्यसले धेरै फरक पार्छ। वार कि पार भन्ने गरेको, पार लगाउन मद्दत गर्छ। माओवादी को जनयुद्ध ताका माओवादी पत्र पत्रिका मा मधेस अधिकार बारे आउने गरेका लेख हरु सबै बाबुरामको कलम बाट आउने गर्थ्यो। मधेस को मुद्दा मा बाबुराम नया पाहुना होइनन्।

मधेसी मोर्चा ले एक दुई कदम अगाडि सोच्नु पर्यो। ११ बुँदे मा सक्रिय रुपले आउन चाहने सबै शक्ति लाई एक ठाउँ ल्याउनु पर्यो। यो आंदोलन चार पार्टीको मोनोपोली हुन सक्दैन। यो अधिकार को आंदोलन हो। यो चुनावी अभियान होइन। तर भविष्यको चुनावी अभियान लाई पनि त्यस्तो बृहत् मोर्चाबंदीले सघाउने काम गर्छ।

आंदोलन मा सक्रिय रुपले सहभागी हुन्छन् भने नेतृत्व मा पनि आउन सक्छन। Why not? मधेसी को अधिकार का लागि लडन मधेसी हुनुपर्ने कहाँ लेखिएको छ?

हृदयेश ले दाढ़ी किन पालेको? नेपालको राजनीति मा बाबुराम भन्दा अगाडि छिरेको मान्छे, कम उमेरमा। नेता हरुले बाल नेता जस्तो व्यवहार गरेर अनि दाढ़ी पालेको। बरु अब काट्ने कि? गगन सँग प्रतिस्प्रधा गर्ने बेला आउन लाग्यो।


Thursday, January 21, 2016

वार्ता का कस्तुरी मृग: प्रचंड (2)


मधेस अलग देश को संभावना मैले देखिराखेको छैन। आखिर हुन्छ भने कसरी हुन्छ? बाह्य कारण पनि छ, आतंरिक कारण पनि छ। दुई छिमेकी लाई नहुने कुरा त्यो। पैंडोरा'स बॉक्स खोले बराबर हुनेछ दुबै का लागि। त्योभन्दा ठुलो कारण आतंरिक छ। संघीयता मा त यति सारहो झमेला छ सीमांकन मा भने अलग देश को सन्दर्भमा के हुने होला? त्योभन्दा पनि मुख्या कुरा केही गरी देशलाई दुई फ्याक् गर्ने हो भने पनि जुन मुद्दा सँग हामी अहिले जुझिरहेका छौं त्यही मुद्दा त्यो दुई वटै देशमा बरक़रार रहने हुन्छ। बॉर्डर समस्या होइन, चुनौती त राजनीतिक मुद्दा हो। र त्यस राजनीतिक मुद्दाको राजनीतिक समाधान मात्र छ। हिंसात्मक संघर्ष अलग देश भन्दा पनि गलत बाटो। यस राजनीतिक मुद्दाको हिंसात्मक समाधान हुँदो हो त राज्य पक्ष ले खोज्ने प्रयास गरेको हो त। खै, भेटेन त।

अलग देश को एजेंडा ले मधेसवादी दल हरु लाई स्पेस भने बनाएको छ। हिंसात्मक समुह हरु को सान्तिनो चलखेल ले हल्का स्पेस बनाये जस्तो प्रतीत हुन्छ। तर त्यता तरफ कसैले सोच्नु हुँदैन। जातीय युद्ध बड़ो खतरनाक हुन्छ। युद्ध गरे पनि आखिर वार्ता मैं आउनु पर्छ। भने पछि लामो बाटो नाक छुने प्रयास किन गर्ने? हिंसा भनेको नजाने गाउँको बाटै नसोध्नु भने जस्तो हो।

मधेस आंदोलन लाई अझै कड़ा पार्ने कुरा छ। अझ कड़ा भनेको १००% नाकाबंदी र १० लाख मधेसी काठमाण्डु पुग्ने भनेको हो। तर त्यस पछि पनि आखिर वार्ता नै हुने हो। सहमति नै हुने हो। खिलाड़ी पनि यिनै हुन। भने पछि बेलैमा किन नचेत्ने?

देशलाई १००% नाकाबंदी बाट बचाउन सक्ने मान्छे अहिले प्रचंड नै हुन। अंक गणित प्रचंड को उपयुक्त छ अहिले। एमाले लाई कलात्मक झट्का दिनुपर्ने बेला हो यो प्रचंड का लागि। यो कदम देशको हितमा पनि छ, मधेस आंदोलन को हितमा पनि छ, र प्रचंड को पार्टी को भविष्य का लागि पनि राम्रो कदम हो।

एमाले र माओवादी एकीकरण हुँदैन। कम्निष्ट नाम बाहेक केही मिल्दैन। सामाजिक प्रगतिशीलता मा काँग्रेस र एमाले को बरु मिल्छ कुरा। प्रचंड, बाबुराम, मधेसी, जनजाति को कुरा मिल्छ। ती चार शक्ति फेरि  एउटै मोर्चा मा आउनु पर्ने हुन सक्छ। त्यसो भएको खंडमा एमाले  माओवादी ले यहाँ सम्म कि बाबुरामले पनि चाहने वर्गीय मतदाता उस्तै उस्तै हुन। भने पछि प्रतिस्प्रधा हुन्छ। यानि कि चुनाव ताका प्रचंड को एमाले सँग बढ़ी काँग्रेस सँग कम प्रतिस्प्रधा हुनेछ। भने पछि प्रचंड ले आफ्नो हात माथि गर्ने यो सुनौलो मौका हो।

पहिलो संविधान सभा का दौरान घड़ी माधव नेपाल लाई घडी झलनाथ खनाल लाई प्रचंड ले प्रधान मंत्री बनाएको ले आफ्नो पार्टी लाई कमजोर बनाए। जनताले हेरिरहेको हुन्छ। प्रचंड को नेता एमाले भए हाम्रो पनि नेता एमाले भन्ने निर्णयमा पुग्छ। अनि ह्वात्त साइज घट्ने हुन्छ पार्टीको। घट्यो पनि। त्यही गलती प्रचंड ले फेरि दोहोर्याउँदैछन्।

सशस्त्र क्रांति मा घघडान मान्छे तर संसदीय राजनीति मा त्यति देखिएन। काठमाण्डु अभिमन्युको चक्रव्यूह जस्तो प्रचंड का लागि। अहिले जस्तै एमाले को बी टीम जस्तो भएर प्रस्तुत भइरहने हो भने प्रचंड को पार्टी अहिले भन्दा पनि सानो भएर जानेछ। अहिले प्रचण्डले मौका मा चौका हान्ने बेला हो यो।

तेस्रो सानो पार्टी ले दुई ठुला पार्टी लाई अंक गणित को बलमा नचाउन सक्ने बेला हो यो। विशेष गरी एमाले लाई।

सबै मधेसी पार्टी र सबै सत्ताधारी पार्टी र काँग्रेस एकै चोटि सहमति मा आइपुग्ने संभावना कत्तिको छ? छैन। यहाँ प्रचण्डले गोटी चाल्नु पर्ने भो। पहिलो चरणमा आफ्नो पार्टी र मधेसी मोर्चा सँग कुरा गरेर मिलाउनु पर्यो। दोस्रो मा काँग्रेस लाई मिलाउनु पर्यो। अनि बल्ल एमाले। सरकार ढलने जस्तो देखेमा एमाले पनि आइपुग्छ सहमतिमा।

उपिया लाई कम्तीमा पुतली बनाउने बेला हो यो। उट लाई गाई बनाउने प्रयास हो।

मधेसी मोर्चा र माओवादी मात्र ले वार्ता गर्ने हो भने कुरा कहाँ पुग्छ? मलाई लाग्छ १००% कुरा मिल्छ। मधेसी मोर्चा ले त बन्दुक उठाएको छैन। तिनै मुद्दालाई लिएर एक समय माओवादीले त बन्दुक नै उठाएको। भने पछि सहमति त्यहाँ बाट शुरू गर्ने। अनि काँग्रेस लाई फकाउने। एमाले लाई अन्त्य मा एक्लो पार्ने। फकाउन खोज्यो भने मात्तिन्छ।

प्रचंड को प्रयास र घुर्की ले गर्दा एमाले नचाहि नचाहि सहमति मा आयो भने अनि धरातल मा एमाले भन्दा माओवादी ठुलो पार्टी बन्छ। संघीयता नबुझ्ने पार्टी ले आर्थिक क्रांति पनि नबुझेको स्पष्ट हुन्छ। एमाले लाई घाटा यस कुराको छ कि त्यसले आर्थिक क्रांति बुझेको छैन। देशलाई संघीयता को मुद्दा मा सही ट्रैक मा ल्याएर आर्थिक क्रांति को बाटो लानुपर्ने छ। देश ओली को लिडे ढिपीले गर्दा केही दशक पिछे पुगिसक्यो। आर्थिक क्रांति त हो यो तर रिवर्स गियर को आर्थिक क्रांति। बैक गियर लगायो ओली ले गाडी लाई।




वार्ता का कस्तुरी मृग: प्रचंड



वार्ता बाट समाधान खोज्नु हुन्न भन्ने होइन। जस्तो सुकै कड़ा आंदोलन गरे पनि अन्त्य मा वार्ता नै हुन्छ। २०४६ मा त्यही भयो। सन २००६ अप्रिल मा त्यही भयो। अहिले पक्ष विपक्ष दुबै सन २००६ का सहयात्री भएका कारणले होला जरुरत से ज्यादा आशा गरे जस्तो देखिन्छ मधेसी मोर्चा ले। मानि हाल्छ भन्ने छ। तर मानेको छैन।

प्रचंड ले त्यति बेला को मधेसी मोर्चा लाई बड़ो नाटकीय ढंगले फालेर यो उपिया संविधान ल्याए। प्रचंड ले उपिया भने बाबुराम ले उट। त्यसरी नै नाटकीय ढंगले ओली लाई एक धक्का दिने हो भने निकास निस्कन सक्छ। तर प्रचंड ले त्यो प्रयास गरे जस्तो देखिएन।

वार्ता का कस्तुरी मृग: प्रचंड। शक्ति को बैलेंस आफ्नो हात मा छ अहिलेको अवस्था मा। वार्ता को गाँठों फुकाउने ईमान्दारी नदेखाए जस्तो लाग्छ मलाई त। ओली को एजेंडा ओली को मात्र नभएर अब आएर प्रचंड को आफ्नो एजेंडा नै भैसक्यो जस्तो लाग्छ। होइन भने खोइ त दिएको झट्का?

झट्का दिनु मैं प्रचंड लाई राजनीतिक फाइदा पनि छ। अहिले माओवादी एमाले को बी टीम जस्तो इमेज छ। त्यस इमेज ले पार्टी झन झन खुम्चिने हुन्छ। एकतरफा नाकाबंदी खोल्नुस् भन्ने सुझाव का साथ पेश भएका प्रचंड ले आफुले दिन सक्ने झट्का ओली लाई नदिएर देशलाई १००% नाकाबंदी तर्फ लान लागेका छन। त्यो किन? त्यो कसका लागि?

एक मधेस दो प्रदेस देश छुट्याउन का लागि हो कि बहिष्करण मा परेका मधेसी र जनजाति को सशक्तिकरण का लागि हो? देश १००% नाकाबंदी मा जान्छ भने त्यसको प्रमुख दोष प्रचंड लाई जानेछ। किनभने वार्ता को चाभी प्रचंड को हात मा छ। अंक गणित त्यस प्रकारको छ। ओली लाई देश होइन सत्ता प्यारो। प्रचंड ले सत्ता डगमग नपारे सम्म ओली ले सुन्दैन।

झण्डै झण्डै सफल भइसकेको कार्यदल को वार्ता। एक्कासी के भयो? महेश आचार्य को कुरा पनि पॉजिटिव आइसकेको थियो। एमाले लाई सबैले मिलेर एक्लो पार्ने हो भने तु समाधान निस्कन्छ।

सीमांकन का लागि सही फोर्मुला: अहिले एउटा, १० वर्ष पछि अर्को

मधेस-पहाड छुट्याउने चलखेल सफल हुन दिन्न: प्रधानमन्त्री अोली
ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन्। ..... ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने बताएका हुन्। ..... उनले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे। ..... देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए। प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए। ...... देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए।
प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो
कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट
बैठकमा एमाले उपाध्यक्ष भीम रावलले बोलिरहेका थिए, प्रधानमन्त्री ओलीले म केही कुरा भन्छु भन्दै बीचमा हस्तक्षेप गरे । जब ओली बोल्न थाले वैठकको माहौल एकाएक विग्रियो । ...... एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सुरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिए । उनले संविधान संशोधन विधेयक आफूहरुको सहमति विना नै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पेश गरेको र त्यही कारण अहिले गाईजात्रा भएको टिप्पणी गरे । ..... त्यसपछि उनले यो संशोधन पारित भएपछि आन्दोलन रोकिन्छ भन्दै मधेसी मोर्चाका नेताहरुलाई प्रश्न गरे । उनले तीन दलबीच संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित गर्ने सहमति भइसकेको दाबी गरे ।

आन्दोलन रोकिँदैन भने समानुपातिक समावेशी कसलाई मतलव छ भन्दै प्रधानमन्त्री जङ्गएिपछि वार्ताको वातावरण विग्रिएको एक नेताले बताए ।

......... बैठकको आहृवानकर्ता प्रधानमन्त्री ओली आफैं आक्रामक रुपमा प्रस्तुत भएपछि मधेसी मोर्चाका नेताहरु रिसाए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले हामी चिया खान मात्र आएका होइनौं भन्दै प्रतिवाद गरे । ...... मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री ओलीको प्रस्तुतीलाई लिएर कांग्रेस र एमाओवादी रुष्ट बनेका छन् ।...... बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधनसँग मधेसी मोर्चालाई अनावश्यक रुपमा नजोड्न आग्रह गरे ।

प्याकेजमा सहमति भए मात्र मोर्चासँग सहमति हुन्छ भन्ने आफूलाई थाहा रहेको भन्दै उनले छलफल जारी राख्नु पर्नेमा जोड दिए ।

....... एमाओवादीले समानुपातिक समावेशी आफूलाई मतलव भएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिएको छ । साथै ओलीले भनेजस्तो संविधान संशोधन विधेयक यथास्थितिमा पास गर्ने कुनै सहमति नभएको माओवादीले बैठकमा प्रष्ट पारेको स्रोतले बताएको छ । ....... कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पनि ओलीको प्रस्तुतीको विरोध गरे । विगतका कुुरालाई कोट्याएर वार्ताको वातावरण विगारेर के गर्न खोजेको भन्दै उनीहरुले प्रश्न गरे । ....... वार्ता भाँडिएपछि मधेसी मोर्चाका नेता एवं फोरम अध्यक्ष उपेन्द्र यादवले यो सरकारबाट निकास असम्भव रहेको बताए ।...... यादवले भने-आउने वित्तिकै चिया खाइयो । त्यसपछि प्रवचन सुनियो । उडेर हिँडिँदैछ ।’ उनले अघि भने-जहाँ चार महिना अघि सुरु भयो, त्यही छ । .....

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसी मोर्चाका नेताहरु बाहिरिएपछि बसेको प्रमुख दलहरुको बैठकले मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने र प्याकेजमा सहमतिको प्रयास जारी राख्ने प्रमुख दलहरुको निर्णय भएको जानकारी दिए ।

...... मधेसी मोर्चाले तराई मधेसको दुई प्रदेशको सीमांकन परिमार्जन गर्ने विकल्प पनि ल्याएको उनले बताए ।

के एउटै मधेसी पार्टी बन्न संभव छ?

सबै मधेसवादी दल मिलेर ठूलो शक्ति निर्माण गर्नुपर्छ -महामन्त्री सोनल
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेस अधिकारका लागि लडिरहेका सबै दल मिलेर एक ठूलो शक्ति निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । सिरहाको लहानमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसवादीहरुको एउटा बेग्ले शक्ति बने मधेसको मुक्ति सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “कहीँ संविधान कार्यान्वयन भएर निर्वाचन भयो भने मधेसवादी शक्ति मिल्नैपर्ने हुन्छ । त्यसैले अहिले नै एउटा शक्ति भएर अगाडि बढ्न जरुरी छ ।” उहाँले भन्नुभयो –

“अशोक राईको पार्टीसँग उपेन्द्र यादवले एकीकरण गर्दा जति सजिलो ढङ्गले भयो त्योभन्दा सजिलै मधेसवादी दलहरुको शक्ति बन्न सक्छ ।”

एक छुट्टै प्रसङ्गमा महामन्त्री सोनलले मधेसका २२ जिल्ला पुग्ने एक स्वतन्त्र र निष्पक्ष मिडियाको आवश्यकता रहेको बताउनुभयो । देशभर पुग्ने पत्रिका धेरै रहे पनि स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्ने गरेको उहाँको गुनासो थियो ।

Nepal News (34)

नेपालको कालो बजार सम्बन्धि अन्तर्राष्ट्रिय स्तर को टिभी अलजजिरा को रिपोर्ट ।

Posted by timepass.com on Monday, January 18, 2016

केपी ओलिसम्म यो खवर पुगोस

Posted by Nepali for Nepal on Wednesday, January 20, 2016

Anumeha Yadav reports from India-Nepal border - and how protestors have occupied a bridge for months now and...

Posted by Prashant Jha on Thursday, January 21, 2016

जनकपुर जल्दै छआन्दोलन जारी छ।

Posted by Upendra Mahato on Wednesday, January 20, 2016

एमाले मतलब पहादिले पुलिसको सहयोगमा रङोलिमा मधेसिलाई घेरा हाली हत्याको प्रायस गर्दैछ तर मधेसिको आन्दोलनमा पहादिया बहुरुपिवाहरु सहभिगी हुन्छ । कस्तो नैतन्की ?

Posted by Mahesh Yadav Adhikari on Thursday, January 21, 2016

बिराटनगर में यूथफोर्स के गुण्डों ने मधेशी मोर्चा के कई नेताओं को घर से निकाल कर हत्या का प्रयास किया है। पुलिस के सामने ...

Posted by Pankaj Das on Thursday, January 21, 2016

आउने दिनमा नेपाल सतिले सरापेको देश भनेर होइन, शहिदको विधवाले सरापेको देश भनेर चिनिन्छ..!! By Saroj Ray dai

Posted by Satendra Sah on Wednesday, January 20, 2016

मोरंगमा सरकारी र एमाले आतंक र हत्याको बिरोधमा सप्तरीमा प्रदर्शन

Posted by सदभावना पार्टी on Thursday, January 21, 2016

के एमालेले जानी जानी भिडआउनको लागी आफ्नो कार्यक्रम रङोली मा राखनु , पुलिसलाई गोली चलाउन लगाउनु, उसको कार्यकर्ताले खुकुरी प्रहार गर्नु के उचित थियो? कोइछैन एमाले को बिरोध बोल्ने?

Posted by Mahesh Yadav Adhikari on Thursday, January 21, 2016

"The earnings of a generation or two were lost. We've gone back 20 or 30 years." @NTGKTM at Asha Toronto this eve. https://t.co/cUp2DBorJq

Posted by Manjushree Thapa on Wednesday, January 20, 2016

Update: जनकपुर र बिरगंजमा तोडफोड*****************************मोरंगमा सरकारी र एमाले आतंक र हत्याको बिरोधमा बिरगंजमा प्रदर्शन

Posted by Upendra Mahato on Thursday, January 21, 2016

"The current discourse and crisis of Nepal is an evolution of desire for assimilation, equality and inclusion as the first and the foremost need for the nation building." Amit Ranjan

Posted by Khushbu Mishra on Thursday, January 21, 2016

मोरंगमा सरकारी र एमालेको आतंक र हत्याको बिरोधमा जनकपुरमा प्रदर्शन

Posted by सदभावना पार्टी on Thursday, January 21, 2016

लहान–प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताबीच बलुवाटारमा वार्ता सुरु हुनु अगाडि प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच फोन सम्वाद भएको छ।

Posted by सदभावना पार्टी on Wednesday, January 20, 2016

दुनियाँका दुवै उदारवाद होस् वा जनवाद एउटा कुरोमा सान्निध्यता छ, आम आवादीको पहिचानलाई सुनिश्चित गर्ने । उदाहरण खोज्न टाढा...

Posted by Luisang Waiba Tamang on Thursday, January 21, 2016




बाबुराम भट्टराईको प्रतिज्ञा- अन्तिम समयसम्म थारुका अधिकारका लागि लड्नेछु



महतोले भनेः संशोधनले शान्तिपूर्ण आन्दोलनप्रति जनविश्वास नगुमोस्
विराटनगरको घटना राज्य आतङ्क होः महतो
'हामीलाई वार्तामा अल्झाएर हाम्रा नेता कार्यकर्तामाथि गोली बर्साउने कार्य अब सह्य हुदैन।' ..... 'मसँग मिठो कुरा गर्ने ओली ज्यू नै बिहीबारको वार्तामा 'खलनायक' बन्नु भयो। अब उहाँमाथि कुन आधारमा विश्वास गर्ने ?' राज्यबाट आन्दोलनकारीमाथि भएको दमनबारे प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तासाझेदार दल एमाओवादीले पनि मुख खोल्नु पर्ने उनको भनाइ थियो। 'राज्यले आतङ्क मच्चाई रह्ने, निहत्था नागरिकमाथि गोली बर्साइरहने अनि सबै चुपचाप आँखा बन्द गरेर हेरिरह्नु उचित होइन,' उनले भने।
चुरे भावर पार्टीले सेनाको प्रदर्शन गर्ने
चुरे भावर राष्ट्रिय एकता पार्टीले माघ १६–१७ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । सर्लाहीको हरिवनमा आयोजना हुने उक्त राष्ट्रिय भेलामा २२ जिल्लावाट करिव १ हजार प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बद्री न्यौपानेले जानकारी दिएका छन् । ..... उनका अनुसार उक्त भेलामा भावर सेनाको पनि प्रदर्शन गरिने छन् ।
A bridge between India and Nepal has been occupied by protesters for four months
trade worth hundreds of crore has come to a stop. ...... Usually, hundreds of fuel tankers and trucks loaded with material from Bihar and West Bengal's Haldia port drive past the dusty Indian immigration office at the eastern edge of Raxaul and cross the Maitreyi Bridge over the dried-up Sirisiya river, to enter Nepal's Birgunj town that lies across the bridge, or drive further to Kathmandu, 150 kilometres away. Most of the goods that enter Nepal pass through this bridge. ......... the new Constitution rolls back their rights for fair political representation, equal citizenship, and new federal boundaries that Nepal's interim Constitution of 2008 had committed to. ........ In Birgunj in eastern plains, the protests have taken the form of an economic blockade to stop goods from reaching the capital Kathmandu. The black tarpaulin tent in the centre of the Maitreyi bridge on Raxaul-Birgunj international border is the most visible symbol of the economic blockade that has gone on for four months now. Nepal government has termed this India's undeclared economic blockade. Indian authorities say the blockade is because of Nepal government's failure to politically accommodate the diverse groups' demands. ....... Around January 13, as the negotiations between parties from Madhes and the three major political parties progressed in Kathmandu, the protestors allowed two-wheelers on the bridge. ......

A group of old farmers have slept on the bridge continuously for more than 100 days. And every morning by 11am, a fresh batch of volunteers – farmers, women political workers, students, teachers, other professionals – reach the bridge as per their turn marked in a roster kept inside the tent. Every day, the tent turns into a site of intense political discussion and debate.

....... Are politicians from Madhes profiting from the black market syndicate in fuel that has sprung up all along the international border as a result of the blockade? ....... On January 19, with no substantive progress even after months, the parties from Madhes dissolved the task force conducting the talks. In Birgunj, the protesters continued to occupy the bridge in no man's land. In the town centre, at ghantaghar clocktower, fresh protests are still being organised every day. ....... “Hamare dimaag mein adhikaar bas gaya hai, chetna ho gaya hai [Our rights have taken deep root in our minds, we have become aware]."