Sunday, December 04, 2022

4: Nepal

सरकार गठनमा एमालेको पनि गृहकार्य
शेखर–गगन संवाद सुरु : निकटस्थमार्फत भेटघाट तिव्र पार्दै देउवा
अब सरकार कसको, संसद् कस्तो ? देउवा, ओली र प्रचण्डका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को हुनेछैन । ...... चुनावमा अन्तर्निहित मतदाता–सन्देशलाई बुझ्ने हो भने देउवा, ओली र प्रचण्डले तीनै जना फेरि प्रधानमन्त्री बन्ने खेलमा लाग्नुभन्दा विश्राम लिएर नयाँ नेतृत्वका लागि बाटो खुला गरिदिए हुन्छ । यो चुनाव परिणामले तीनै जनाको राजनीतिक उचाइ बढाएको छैन, बरु घटाएको छ । माथि–माथि सत्ता फेरबदलको खेलमा रमाउने प्रचण्डको नेतृत्व खुला चुनावी प्रतिस्पर्धाका लागि पटकपटक अक्षम प्रमाणित भइसकेको छ । त्यस्तोलाई नेतृत्वको गतिशीलता भन्न मिल्दैन । माओवादीको पार्टीगत हैसियत प्रचण्डको छायाभन्दा बढी देखिएन । ओलीको नेतृत्वले अघिल्लो संसद्मा न बहुमत जोगाउन सक्यो, न विभाजनपछि पनि संसद्मा सबैभन्दा ठूलो दल रहेको एमालेको त्यो हैसियत रहने भयो । समानुपातिकमा केही मतले पहिलो छौं भनेर दाबी गर्नुको कुनै तुक छैन । वास्तवमा उसले सात प्रतिशत लोकप्रिय मत गुमाएको छ, जुन सामान्य होइन । यस्तै, कांग्रेसले प्रत्यक्षतर्फ सिट बढाएर सबैभन्दा ठूलो दल भए पनि यसले एमालेकै हाराहारीमा समानुपातिक मत गुमाएको छ । दुवै दलले समानुपातिकतर्फ पहिलेभन्दा ६ सिट कम पाउने निश्चित छ । यसको जिम्मेवारी नेतृत्वमा बस्नेहरूले लिनैपर्छ । यी तीनै जनाका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को उपलब्ध हुनेछैन । ....... यदि विश्वासिलो वातावरण बनाउने हो भने संसदीय दलमा नयाँ नेतृत्वसहित आउन सके पहिलो पालो माओवादीलाई दिनु उपयुक्त हुन्छ । नेपाली कांग्रेसमा पनि नेतृत्व हस्तान्तरण सहज हुनेछ, युवा पुस्तामा नेतृत्व आउने सम्भावना बढ्छ । दोस्रो पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्दा गगन थापा प्रधानमन्त्री हुन सके राम्रै हुन्छ । यद्यपि यसै पटक गगन प्रधानमन्त्री बनून् भन्ने लोकप्रिय चाहना देखिन्छ । ........ कांग्रेस र एमाले पहिलो र दोस्रो दल तथा माओवादी तेस्रो दल भएको अवस्थामा सरकार फेरबदलको साँचो प्रचण्डले निकै घुमाए । यस पटकको संसद्मा त्यो भूमिकामा उनीसँग समानान्तर खेल खेल्न सक्ने (किङमेकर) हैसियत रास्वपाका रवि लामिछानेको पनि छ । तर अलगअलग भूमिकामा यिनले पनि त्यो खेल निर्णायक बनाउन सक्ने स्थिति छैन । ‘हरूवा गोरुको छेरुवा दाउ’ भनेजस्तै वाम एकताको कुरा पनि सुनिन्छ । तर छिमेकीको चलखेलबाहेक यो कार्ड खोटो प्रमाणित भइसकेको छ । नेपालको राजनीतिमा को वाम, को दक्षिण भनेर वर्गीकरण गर्नुको कुनै तुक छैन; सबै छासमिस छन् । त्यस्तै, कुन गठबन्धन पवित्र र कुन अपवित्र हो भनेर कोट्याउनुको पनि कुनै आधार छैन । ........ २०४८ सालदेखि नै हाम्रो संसदीय अभ्यासमा सत्तापक्ष अन्तर्कलहको सिकार र विपक्ष रमिते एवं अवरोधकको भूमिकाभन्दा माथि उठ्न सकेको छैन । विधेयकहरूमा गुणात्मक बहस हुँदैन । २०४८ सालदेखि निरन्तर र दशकौं सांसद भएका मानिस छन्, तर तिनले कुनै विषयविज्ञता स्थापित गर्न सकेका छैनन् । त्यस्तो विज्ञता स्थापित गर्न सके त्यो सांसदले बोल्न थालेपछि सत्तापक्ष र विपक्ष दुवै सावधानी र धैर्यसाथ सुन्न बाध्य हुन्छन् । पछिल्लो समयमा प्रदीप गिरिले केही हदसम्म त्यो हैसियत बनाएका थिए । तर उनको कुरा सबैले प्रशंसा त गर्थे, कसैले मान्दैनथे । गएको संसद्मा गगन थापाको प्रस्तुति विषयगत र राजनीतिक दुवै हिसाबले जोडदार थियो । कांग्रेस विपक्षमा छँदा उनले धर्म थामेका थिए, विपक्षी दलको नेता भनेर देउवालाई संसद्मा देख्नै पाइन्नथ्यो । उनी प्रधानमन्त्री ओलीको छाया नै थिए । प्रधानमन्त्री भएपछि पनि संसद्मा उनको प्रस्तुति नाम मात्रको थियो, महत्त्वपूर्ण मुद्दामा गगनले नै सरकारी प्रस्तावको वजनदार प्रतिरक्षा गर्थे । ......... प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा पनि जान सकिन्छ । .

एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव ‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो'........ अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए । ...... पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो ।

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णयक बनेको हो । जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ । ....... एमालेले मोरङ ५ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ मोरङ ५(२), मोरङ ४(२) र ६(२) जसपालाई दिने सहमति गरेर चुनावी गठबन्धन गरेको थियो । तर उम्मेदवारी दर्ता गराउने दिन मोरङ ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा एमालेका कृष्ण बस्नेतलाई टिकट दिए । यता प्रदेशसभा सदस्यमा यो दुई क्षेत्रको सहमति उल्लंघन गरेको र मोरङ ५ मा जसपाका उम्मेदवार राजकुमार यादव र ५(२) मा मन्त्री यादवलाई एमालेले मतदान नगरेकाले पराजय बेहोर्नुपरेको जसपाको ठहर छ । त्यसले पनि जसपाका नेता तथा कार्यकर्ताहरूले प्रदेश १ मा एमाले गठबन्धनमा सरकारमा जान नहुने भन्दै चर्को आवाज उठिरहेको छ । ...... यस प्रदेशमा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना प्रदेश सांसद पाउने राप्रपाले पनि एमाले गठबन्धनमा नै सरकारमा जाने पूर्ण मनस्थितिमा देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले चुनावी गठबन्धनमा आ-आफ्नो चुनाव लडेर हारजित भएको तर अब सरकार गठनको विषयमा पार्टीको निर्णय गरेर मात्रै अघि बढ्ने बताए ।



गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी
देउवालाई ‘महाथिर’ नबनाए हुन्थ्यो!

No comments: