Friday, November 25, 2022

सयपत्री

. असुरक्षित कार्यस्थलमा दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको मृत शरीर दिनमै छ–सात वटा आउने गरेको छ। ........ त्यो दास युगमा युरोप र अमेरिकामा अफ्रिकी दासहरूले ज्यान गुमाउनुमा र अहिले खाडीमा नेपाली श्रमिकहरूले ज्यान गुमाउनुमा तात्त्विक फरक कति होला! ....... यिनै कथाव्यथाहरूको मूल्यमा श्रमिकहरूले यहाँ रेमिटेन्स पठाइरहेका छन्। त्यही रेमिटेन्सबाट आयात गरिएका सामानमा भन्सार र भ्याट लगायतका कर लगायत देशको खर्च चलिरहेको छ।........ देशको कुल गार्हस्थ्य उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने श्रम बजारलाई व्यवस्थित र मर्यादित गराउन केले रोकेको छ? .

३७ वर्षमा पनि नसकिने भयो बबई सिँचाई आयोजना ११ अर्ब खर्चिँदा भौतिक प्रगति ६२ प्रतिशत...... हालसम्म ३६ हजार हेक्टर जमिनमध्ये आयोजनाका संरचनाले २३ हजार ६ सय हेक्टर जमिनमा १२ महिनै सिँचाई पुगेको उनले बताए। .

मधेश प्रदेशमा अझै ११ स्थानमा नतिजा आउन बाँकी, कहाँ कसको अग्रता?



लोसपा अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी
उपेन्द्रको ‘अवसरवाद’ को हार, मधेस मुद्दामा सीके राउतको हस्तक्षेप ०६३ माघ १ गतेदेखि लागू भएको ‘अन्तरिम संविधान २०६३’ काठमाडौंको माइतीघरमा जलाएर ‘मधेस आन्दोलन’ घोषणा गरेपछि राष्ट्रिय राजनीतिमा उनी लगातार छाउँदै आएका थिए तर त्यसको राप सकिँदै जाँदा आफ्नो जन्मथलोबाट चुनाव लडेका यादवले राउतको भन्दा आधा पनि भोट पाउन सकेनन् । ....... पहिलो संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित भएका यादवको पार्टीले प्रत्यक्षतर्फ २४० सिटमध्ये ३२ सिट जितेको थियो । उक्त निर्वाचनमा कांग्रेसले ३६ र एमालेले ३३ सिट जितेको थियो । ....... ‘आत्मनिर्णयको अधिकारसहित समग्र मधेस एक प्रदेश’ र ‘राज्यका सबै निकायमा समानुपातिक सहभागिता’ लाई मुद्दा बनाएर उनले राष्ट्रिय राजनीतिमा स्थान बनाएका थिए । ...... नागरिकता ऐन रोकेकोमा एमालेविरुद्ध जुलुश निकाल्ने जसपा फेरि एमालेसँगै तालमेल गरी चुनावमा जान सहमत भयो । ...... यसपटक उपेन्द्र यादव चुनाव लड्दा काठमाडौंको सत्तालाई मधेसका मुद्दा सुन्न बाध्य पार्ने मधेस आन्दोलनमा संलग्न कोही पनि व्यक्ति उनको ‘क्याम्पेनिङ’ मा सहभागी भएनन् । बरु उल्टै उनलाई हराउन क्रियाशील भए । ....... मधेस आन्दोलनको मुख्य थलो सिराहाको लहान भनिए पनि मधेस राजनीतिको मूल थलो सप्तरी हो । सप्तरीका मधेस आन्दोलनका ‘एक्टिभिष्ट’ ले नै उपेन्द्र नजितोस् भन्ने चाहनु उनको हारको मुख्य कारण हो । ....... चुनावका क्रममा सीके राउतले ‘बेष्ट पब्लिसिटी’ गरे । भोट किन्ने नाउँमा एक पैसाको पनि खर्च गर्न सोचेनन् । ठूल्ठूला भोटका ‘ठेकेदार’ हरू खोजेनन् बरु तल्लो तहका जनतामा गए । ....... उनले रिक्सावाला, ठेलावाला, साना व्यापारीहरू, दलित र गरिब किसानहरूलाई प्राथमिकता दिए । अनि भ्रष्टाचारविरुद्ध, किसानका पक्षमा आफूलाई ‘योद्धा’ का रूपमा स्थापित गरे । ....... तराई–मधेसमा सबैभन्दा संगठन भएको क्षेत्रीय दल जसपा नै हो । अब त्यसलाई चुनौती दिनेगरी नयाँ जनमत पार्टी पनि आएको भने अवश्य हो । .

गठबन्धनबाट कांग्रेसलाई लाभ, माओवादीको ‘पत्तासाफ’ ! काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सिट गरी जम्मा ४५ सिटमध्ये माओवादी शुन्य भएको छ । ...... नेताले गरेको अन्तर्घातकै कारण माओवादी राजधानीमा शुन्य हुनुपरेको माओवादीको बुझाइ छ । ...... राजधानीमा शुन्य भएपछि माओवादी केन्द्रीय सदस्य रहेका वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले ट्वीट गर्दै कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनलाई धोका दिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, “.....गगन थापाले ... भनेका थिए– म कालो कांग्रेस हुँ । हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो ...!” ......... माओवादीको प्रभाव क्षेत्रमा माओवादीले कांग्रेसलाई र कांग्रेसले विगतमा जित्दै आएको क्षेत्रमा कांग्रेसले माओवादीलाई धोका दिएको देखिन्छ । ...... माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव नेपालले भने एमालेलाई देशबाटै ‘क्लिन स्वीप’ गरिदिनेसम्म घोषणा गरेका थिए । ........ अहिलेको मत परिणाम हेर्दा कांग्रेस वा माओवादी केन्द्रले एमालेसँग एक्लै सामना गर्न नसक्ने आत्ममूल्याङ्कन सही देखिन्छ । ...... अझ गठबन्धनभित्रका पाँच दल मिलेर पनि बहुमत नआएमा त्यो कांग्रेसका लागि खुसी हुन नसक्ने अवस्था आउन सक्छ । नेपाली राजनीति ०५३ सालतिरको जस्तै विकृत राजनीतिक अभ्यासमा फस्न सक्छ । ...... गत चुनावमा १२१ सिट हासिल गरेको एमाले ३५–४० सिट गुमाउने संभावना छ । ........ कांग्रेस–एमालेले दुई दलले संघीय संसदमा हासिल गर्ने संख्या लगभग उस्तै हुने छ । बहुमत त धेरै परको कुरा, कुनै अर्को एउटा मात्र दलको साथले सरकार बनाउनसक्ने संख्या दुवै दलको हुने छैनन् । .......

सबैभन्दा हारको मानसिकतामा माओवादी केन्द्र छ । ऊ पूरै पराजित मानसिकतामा छ । ५४ सिटसहित चुनावमा गएको माओवादी त्यसको आधा आकार पनि हासिल गर्न मुस्किल छ ।

......... “०६४ सालमा दिएको विश्वासलाई विश्वासघात गर्दाको फल हो यो ।” ........ नयाँ शक्तिका रूपमा देखिएका बुटवलभन्दा पश्चिम तराईमा प्रभाव देखाएको नागरिक उन्मुक्ति पार्टी र पूर्वी तराईमा देखिएको जनमत पार्टीले पनि जितेको भन्न सक्ने आकार छैन ।
.



पहिले म मतदाता खोज्थेँ, अहिले उहाँहरूले मलाई खोजिरहनु भएको छ : सोविता गौतम कानुन विषयको अध्ययन र वकालत गरेकी सोबिता गौतम ........ मैले आफैलाई आफ्नो प्रेरणाको स्रोत मानेको छु । मैले बाल्यकालदेखि भोगेका समस्या, विभेदहरुले नै आज राजनीतिप्रति चासो बढेको हो । समाजमा रहेका विसंगतिहरुसँग आफैँ लड्दालड्दै यी विसंगतिहरुको हल खोज्ने क्रममा मैले मेरो उमेदवारी दिएकी हुँ । समाजलाई विभेदरहित बनाउनका लागि मेरो उमेदवारी हो । ....... म कानुन विषय पढेर आएको छु, अधिवक्ताको रुपमा काम गरिसकेको छु । सदनमा गएर कस्ता कानुन आवश्यक छन् भन्ने बुझेको छु । ....... संसद्मा बन्ने कानुनहरुमा पर्याप्त छलफलबिना नै आउने गर्छन्, जसकारण कानुनमा छिद्रता उत्पन्न हुने गर्छ । एउटा समितिले निर्माण गरेको कानुन सदनमा छलफल हुनु पर्छ । कुन समुदायलाई लक्षित गरेर कानुन बनाइन्छ, ती समुदायलाई कानुन निर्माण प्रक्रियामा सामेल गराइँदैन । यस्ता विषयहरुलाई मैले सदनमा पुगेपछि समाधान गर्ने प्रयत्न गर्ने छु । कानुनी छिद्रतामै टेकेर नीतिगत भ्रष्टाचार हुने गर्छ, यसको समाधान म सदनबाटै गर्नेछु ।

विकासको स्पष्ट रोडम्याप छ, देश बदल्न राजनीतिमा होमिएको हुँ विनोद चौधरी– उमेदवार नवलपरासी १ (नेपाली कांग्रेस) ....... उनका प्रतिष्पर्धी छन् सोही निर्वाचन क्षेत्रमा २०४८ सालदेखि लगातार ६ पटक चुनाव लडिसकेका नेता हृदयश त्रिपाठी । ...... त्रिपाठी २०७० सालमाबाहेक सबै निर्वाचनमा विजयी नेता हुन् । तर कांग्रेस उमेदवार चौधरीले यसपल्टको निर्वाचनमा त्रिपाठीलाई खासै प्रतिष्पर्धी मानेका छैनन् । ...... तर देश किन बन्दैन ? –किनकि हामीले विकास बजेट खर्च गर्नै सक्दैनौँ । –हामीसँग बजेटको अभाव छैन । नेपाललाई माया गर्ने लगानीकर्ता प्रशस्तै छन् । ......... पार्टीगत तहमा केही समस्या चाहिँ छ । केही निषेधको रानजीति पनि हुन्छ । दश वर्ष क्रियाशील नभइ पार्टीमा माथिल्लो निकायमा लड्न मिल्दैन । ......... भारतको उदाहरण हेरौँ न । –भारत आज कहाँ छ ? पार्टनरसिपले नै अघि बढेको हो । ....... यो क्षेत्रमा २५ वर्षमा केही भएन । राजनीतिभन्दा केही भएन । ...... यहाँ किसानको व्यथाले हृदय रुवाउँछ । सीमा हुँदा हुँदै पनि कति दुखद् अवस्था छ । राम्रो क्याम्पस छैन, अस्पताल छैन । राजमार्गले छोएको तर नेपालकै अविकसित क्षेत्र हो कि जस्तो लाग्ने छ । ....... मान्छे विकृत र पराजित मानसिकताबाट गुज्रिएपछि के बोलिरहेको छु भन्ने थाहा हुँदैन । ....... यहाँ डुबानको समस्या छ । त्यो पानीलाई सिँचाइमा बदल्न सक्छौँ भारतसँग कूटनीतिक पहल गरिसकेको छु । मैले त्यो काम थालिसकेको छु । ...... राजनीति गर्ने मान्छे मन्त्री बन्न चाहन्न भन्छ भने त्यो फटाहा नै हो । ....... सबै पार्टीका नेताहरुले कसरी सहयोग गर्न सकिन्छ भनेर निरन्तर संवादमा हुनुहुन्छ । मलाई विकासको पात्रको रुपमा देखेका छन् ।

भाेका सन्तान शान्त पार्न लठ्याउने औषधि खुवाउन विवश छन् अफगानहरू

No comments: